यो जगतमा सदैब पुरक, अपूर्ण, आंसिक, भ्रामक, बौद्धिक वा मानसिक, मिथ्या र कैयन अवस्थामा बिपरित परिणामदायी आदि प्रकृतिका निर्वाण साधनाहरुको साम्राज्य रहने गरेको छ । यही कारण असंख्य साधक – साधिकाहरु बर्षौ बर्ष सम्म अनेकन प्रकारका साधना संघर्षहरुमा फसिरहनु परेको छ । “सत्य साधना केन्द्र” को मुख्य उद्धेश्य सत्य साधनाबिधिहरुलाई प्रकास पार्दै साधक-साधिकाहरुलाई निर्वाण साधनाको “सत्य मार्ग” प्रदर्शित गर्नु नै रहेको छ।
मेरा पुस्तकहरु
सत्य निर्वाण साधनाबिधि लाई केन्द्रमा राखेर लेखिएका मेरा चार पुस्तकहरु प्रकाशित भइसकेका छन । अन्य ६ पुस्तकहरु लेखन समाप्त भइ सम्पादन र प्रकाशनको चरणमा प्रवेश गरेका छन् । तपाई यी पुस्तकहरु अमेरिका र नेपालमा किन्न सक्नुहुनेछ ।
आजको बिचार

जहाँ बुद्ध हुन्छन्, त्यहाँ जयजयकार हुँदैन
बुद्धका आँखाहरु अर्धमूदित छन् । ति आँखाहरु शान्त र मौन छन् । लाग्दछ बुद्ध ध्यानको सघन गहिराइमा डुब्नुभएको छ । कुनै अज्ञात प्रदेशमा हराउनुभएको छ । तर बुद्धका नयनहरु जागरुकताका नयनहरु हुन् । ति होसका नयनहरु हुन् । होसका नयनहरु विस्मृत लोकमा हराउँदैनन् । ति स्वयंतिर फर्किन्छन् । स्वयंको वेहोसी प्रति नै जागरुक हुन्छन् । ति नयनहरुले मात्र एक सन्देश दिन्छन् कि स्वयं प्रति नै जागरुक बन । यसैले जहाँ बुद्ध हुन्छन् । त्यहाँ मात्र जागरुकता हुन्छ । स्वयं प्रति नै अन्तरदृष्टि हुन्छ । त्यहाँ शुद्ध जागरुकताको सततु धारा मात्र बहन्छ । त्यहाँ जयन्ती हुँदैन । व्यक्ति विशेषको
बेहोसपूर्ण पूजा, जयजयकार हुँदैन । किनकि बुद्धको सम्पूर्ण जीवन यात्रा भन्नु नै असत् वाह्य जयजयकार माथिको जागरुक दृष्टि हो । यो त्यहि जागरुकता हो, जसले बुद्धलाई अन्ततः निर्वाण प्रदान गयो ||
लेख तथा चिन्तन
सत्य निर्वाण साधना विधिसंग जोडिएका बिबिध लेखहरु जुन मुलत भगवान कृष्ण द्वारा बाचित गीता र भगवान बुद्ध द्वारा बाचित त्रिपिटकहरु, साथै अन्य आध्यात्मिक ग्रन्थ हरु संग जोडिएका छ्न
लोकप्रिय लेखहरु
-
-
अनुवन्ध – चतृष्टय
इत्याचार्यस्य शिष्यस्य संवादेनात्मलक्षणम् ।निरूपीतं मुमुक्षूणां सुखबोधोपपत्तये ।।५७९।।यस प्रकार गुरु र शिष -
शिष्य बिदाइ
मोक्ष प्राप्ति गरेको ज्ञानी शिष्यलाई गुरुले बिदाइ दिनुभयो । इति श्रुत्वा गुरोर्वाक्यं प्रश्रयेण कृतानतिः ।स -
परमार्थता
परमार्थ सत्य के हो ? न निरोधो न चोत्पत्तिर्न बद्धो न च साधकः ।न मुमुक्षुर्न वै मुक्त इत्येषा परमार्थता ।।५७५।।पर
-