इत्याचार्यस्य शिष्यस्य संवादेनात्मलक्षणम् ।
निरूपीतं मुमुक्षूणां सुखबोधोपपत्तये ।।५७९।।
यस प्रकार गुरु र शिष्यको संवादरूपले मुमुक्षहरूलाई सजिलोसँग बोध होस् भन्नको निमित्त यो आत्मज्ञानको निरूपण गरिएको हो । ।।५७९।।
यो पुस्तकमा वर्णित गुरु शिष्य सम्वाद कुनै यथार्थ घटना घटेको होइन । मोक्षका जिज्ञासु मुमुक्षुहरूलाई आत्म ज्ञान कसरी प्राप्त हुन्छ भन्ने विषय सहजैसँग बुझ्न र बुझाउन सकियोस् भन्ने अभिप्रायले गुरु शिष्य संवादको निर्माण गरिएको हो ।
हितमिममुपदेशमाद्रियन्तां विहितनिरस्तसमस्तचित्तदोषाः ।
भवसुखविरताः प्रशान्तचित्ताः श्रुतिरसिका यतयो मम्ुाक्ष्ुावो ये ।।५८०।।
शास्त्र विहित (अनुरूप) कर्म बाट जसको चित्तको सम्पूर्ण दोष निवारण भएको छ । जो संसारको सुखभोगबाट विरक्त, शान्तचित्त, श्रुतिप्रेमी र मोक्षका कामना गर्दछ । तिनीहरूले यी हितकारी उपदेशहरूप्रति आदर विचार गरून् । ।।५८०।।
मोक्षका उपदेशहरू सम्पूर्ण मनुष्यहरू मुख्यतः अल्पबुद्धि मनुष्यहरूले बुझ्न वा ग्रहण गर्न सक्दैन । यसर्थ यी उपदेशहरूबाट तिनीहरूले लाभ प्राप्त गर्न सक्दैन ।
यसैले गुरुदेव, साधनाबाट पात्रता विकास गरिसकेका पुरुषहरूलाई सम्बोधन गर्दै भन्नुहुन्छ कि शास्त्र अनुरूप कर्म गरेर शान्त वा शुद्ध चित्त भएका श्रुतिलाई प्रमाणको रूपमा विश्वास गर्ने, जगत्का वासनाबाट विरक्त, भएका हे मोक्षकामी जिज्ञासु तिमीहरू पनि यो पुस्तकमा समाहित वेदान्त दर्शनका सारांशहरू, अमृतमय हितकारी वचनहरू र उपदेशहरूलाई अध्ययन, मनन, चिन्तन गरि जीवनभरी आत्मसात गर्ने प्रयास गर । संसारको भवसागर र जन्म मरणको चक्रलाई पार गर । तिमीहरू यो जीवनमा नै मोक्ष प्राप्ति गर ।
संसाराध्वनि तापभानुकिरणप्रोद्भूतदाहव्यथा–
खिन्नानां जलकाङ्क्षया मरुभुवि श्रान्त्या परिभ्राम्यताम् ।
अत्यासन्नसुधाम्बुधिं सुखकरं ब्रह्माद्वयं दर्शय–
न्त्येषा शङ्करभारती विजयते निर्वाणसन्दायिनी ।।५८१।।
संसाररूपी मार्गमा दुःखरूपी सूर्यका किरणबाट उत्पन्न व्यथाबाट पिडित, मरूभूमिमा तीव्र जलको इच्छाले भट्किंदै, व्याकुल पुरुषको नजिकै अव्दितिय ब्रह्मरूपी आनन्ददायक अमृतको समुद्र देखउने श्री शङ्कराचार्यजीको मोक्षदायिनि यी वाणीहरूले विजय प्राप्त गरिरहेको छ । ।।५८१।।
मार्गमा सिर्जित वासनाहरूको दुःखरूपी ज्बालाबाट संतप्त भई त्यस्तै आकांक्षारूपी वासनाको अनन्त इच्छा, प्यासले जीवनको मरूभूमिमा छटपटिएर व्याकुल भई दिशाहीन भट्किरहेका थकित पुरुषहरूको लागि श्री शङ्कराचार्यजीको शीतल उपदेशहरूले भरिएको यो ग्रन्थ अद्वितीय ब्रह्मरूपी आनन्ददायक अमृतको समुद्र झैं छ । यो ग्रन्थको सम्यक् अध्ययन, मनन, चिन्तन गर्ने मुमुक्षु अवश्य आत्मसाक्षात्कार प्राप्त गरी जीवनका अनेकन संताप, व्याकुलता, प्यासरूपी संसार सागरबाट पार भई परमब्रह्म पदमा स्थित हुनेछ । जगत्मा कैयन मुमुक्षुहरूले श्री शङ्कराचार्यजीको मोक्षदायिनी बचनहरू मार्फत मोक्ष प्राप्त गरिसकेका छन् । यी शाश्वत्, सत्य, वचनद्वारा भविष्यमा कैयन मुमुक्षहरूले जगत् माथि विजय प्राप्त गरी मोक्ष प्राप्त गर्नेछन् । यी अमृतमय मोक्षदायिनी वाणीहरूले जगत् रहेसम्म विजय प्राप्त गरिरहने छन् ।