यसरी प्रतिक्षण काय र चित्तक्षेत्रका संवेदनाहरूको उदय र व्यय प्रक्रियाप्रति सतत जागरुकता र सम्यक दृष्टिको अभ्यास गर्दागर्दै भगवान्को चित्त र देहक्षेत्रका सम्पूर्ण विकार पूर्णरूपमा नष्ट भई चित्त पूर्णरूपमा शुद्ध हुन थालिसकेको थियो । चित्त, शरीर र श्वासप्रश्वास एकाकार भइसकेका थिए। उहाँमा चित्तलाई एकाग्र गरेर काय र चित्तक्षेत्रका अणु–अणुहरूको सूक्ष्म निरीक्षण गर्न सक्ने अद्भूत जागरुक शक्ति विकास भइसकेको थियो । समय समयमा उहाँलाई संवेदनाहरू उदय र व्ययको क्षेत्रभन्दा बाहिरको इन्द्रियातीत अमृतमय निर्वाण क्षेत्रको साक्षात्कारको झलक प्राप्त हुन थालिसकेका थियो ।
जब भगवान्लाईं आन्तरिक अनुभूतिका कारण यस्तो स्पष्ट बोध भयो कि अब उहाँ निर्वाणको निकै नजिक पुग्नु भएको छ । उहाँले एक दिन बोधिवृक्ष तल पद्मासन नामक आसन ग्रहण गर्दै यस्तो सङ्कल्प गर्नुभयो कि जबसम्म मलाई सम्बोधी प्राप्त हुने छैन यस आसनबाट उठ्ने छैन । अन्ततः वैशाख पूिर्णमाको दिन भगवान्लाई महानिर्वाण प्राप्त भयो ।
उहाँ निर्वाणको त्यस इन्द्रियातीत क्षेत्रमा पुग्नुभयो, जसलाई न त इन्द्रियहरूद्वारा बुझ्न सकिन्छ, न शब्दहरूमा नै व्याख्या गर्न सकिन्छ ।