अपरोक्षानुभवको आवश्यकता

0 टिप्पणीहरू 549 आगन्तुकहरू

“यथार्थ, प्रत्यक्ष अनुभव नभई शब्दद्वारा मात्र मोक्ष प्राप्त हुँदैन” भन्दै आदिगुरु तलका श्लोकहरूमा केही दृष्टान्त दिनुहुन्छ ।

न गच्छति विना पानं व्याधिरौषधशब्दतः ।
विनापरोक्षानुभवं ब्रह्मशब्दैर्न मुच्यते ।।६४।।

जसरी औषधिको सेवन नगरी केवल उच्चारण मात्र गरेर रोग निको हुँदैन, त्यस्तै आत्मा–परमात्माको एकताको प्रत्यक्ष बोध नभई ‘म ब्रह्म हुँ’ भन्ने शब्द उच्चारण गरेर कोही मोक्ष हुँदैन । ।।६४।।

मोक्ष इतिहासमा र वर्तमानमा एकाध महापुरुषलाई मात्र प्राप्त भएको छ । मोक्ष अत्यन्त संकल्पपूर्ण साधनामार्गमा विवेक, वैराग्य, षट्सम्पति मुमुक्षुता, सद्गुरुशरण, निदिध्यासन आदिको सिद्धिपछि प्राप्त हुने अवस्था हो । मोक्ष प्राप्ति यस्तो कठिन यात्रा हुँदाहुँदै पनि शास्त्र–शब्दहरूको जालमा परेका साधक साधना नगरीकन मनमा विषयप्रति तीव्र आकर्षण हुँदाहुँदै शब्दमा ‘म ब्रह्म हुँ’ उच्चारण गर्दछन् । अनि ‘तिमी म मुक्त छु’ भनेर मान “मुक्त हुन्छौ” आदि भन्दछन् । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – जसरी नखाईकन ‘औषधि औषधि’ भनेर रोग निको हुँदैन, त्यस्तै जड दृश्य, प्रपञ्चलाई विलय नगरीकन ‘म ब्रह्म हुँ’ आदि शब्द मात्र उच्चारण गरेर कोही मुक्त हुँदैन ।

अकृत्वा दृश्यविलयमज्ञात्वा तङ्खवमात्मनः ।
बाह्यशब्दैः कुतो मुक्तिरुक्तिमात्रफलैर्नृणाम् ।।६५।।

जड दृश्य प्रपञ्चलाई विलय नगरी, आत्मतङ्खवलाई प्राप्त नगरी, बाह्य शब्द (म ब्रह्म हुँ), जसको फलमात्र शब्द उच्चारण छ, ले कसरी मुक्त हुन सक्दछ ?।।६५।।

यो श्लोक पनि श्लोक ६४ कै निरन्तरताको रूपमा आएको छ । मोक्ष प्राप्तिमा मात्र शब्द उच्चारण (मुख्यतः अज्ञानवश, प्रचलनमा रहेको ‘म ब्रह्म हुँ’ आदि जस्ता मन्त्रहरू, जसबाट मोक्ष प्राप्ति हुन सम्भव छ भन्ने विश्वास गरिन्छ) को अनर्थतालाई सम्झाउँदै आदिगुरु भन्नुहुन्छ – हे साधक ! यदि तिमी मोक्ष चाहन्छौ भने साधनामा विश्वास गर । ब्रह्मको अतिरिक्त अन्य सम्पूर्ण जडपदार्थलाई ब्रह्ममा विलय नगरी सदानन्दस्वरूप आत्मतङ्खवलाई साधनाद्वारा साक्षात्कार नगरीकन मात्र ‘अहं ब्रह्म’, ‘म ब्रह्म हुँ’ भन्ने गरेरमात्र तिमी मुक्त हुन सक्दैनौ । शब्द रटेर मोक्ष प्राप्ति सम्भव छैन किनकि यो वासना समाप्त भएपछि प्राप्त हुने अवस्था हो ।

अकृत्वा शत्रुसंहारमगत्वाखिलभूश्रियम् ।
राजाहमिति शब्दान्नो राजा भवितुमर्हति ।।६६।।

सत्रुको संहार नगरी, पृथ्वीको ऐश्वर्य प्राप्त नगरी, ‘म राजा हुँ’ भनेर कोही राजा हुन सक्दैन । ।।६६।।

श्लोक ६४ र ६५ मा झैं कल्पना र शब्द उच्चारणबाट मात्र मोक्ष प्राप्त नहुने स्थितिको व्याख्या गर्दै आदिगुरु भन्नुहुन्छ – विपक्षी सत्रुलाई नास नगरीकन, त्यो राज्यको भूमाग कब्जा नगरीकन, श्री सम्पत्ति, राजपद आदि प्राप्त नगरेसम्म यदि कसैले “म राजा हुँ” भनेर भन्दछ भने त्यो मिथ्या, भ्रामक र असत्य कल्पनामात्र हुन्छ । त्यस्तै, अन्तःस्करणका शत्रुहरू इच्छा, वासनाादिलाई नष्ट नगरीकन, यथार्थ आत्मबोधको अनुभूति प्राप्त नभईकन, सम्पूर्ण दृश्य प्रपञ्च विलय नभईकन यदि कसैले “म ब्रह्म हुँ” भनेर भन्दछ भने त्यो मिथ्या अनुभूतिमात्र हुनजान्छ । यथार्थमा यस्ता भ्रमपूर्ण मिथ्या विचार बोकेका मानिसहरू पनि यस जगत््मा भेटिन्छन् ।

आप्तोक्तिं खननं तथोपरिशीलाद्युत्कर्षणंस्वीकृतिं
निक्षेपः समपेक्षते न हि बहिश्शब्दैस्तु निर्गच्छति ।
तद्वद् ब्रह्मविदोपदेशमननध्यानादिभिर्लभ्यते
मायाकार्यतिरोहितं स्वममलं तङ्खवं न दुर्युक्तिभिः ।।६७।।

पृथ्वीमा गढेको धन प्राप्त गर्न सर्वप्रथम कुनै विश्वसनीय व्यक्तिको भनाइलाई मान्दै जमिन खनेर ढुङ्गा, माटो आदि पन्छाएर गढेको धनलाई प्राप्त गर्नुपर्दछ । मात्र कुरा गरेर (धन बाहिर आइज भनेर) धन प्राप्त हुँदैन । यसरी नै माया र उसको कार्यबाट रहित निर्मल आत्मतङ्खव पनि ब्रह्मविद् गुरुको उपदेशको मनन अनि निदि(ध्यासनबाट प्राप्त हुन्छ । अर्थहीन कुरा गरेर प्राप्त हुँदैन ।।।६७।।

विनाप्रयास शब्द, कल्पना, तर्क, अध्ययन आदिबाट मात्र मोक्ष प्राप्त हुन सक्दैन भन्ने यथार्थलाई अझ जोड दिँदै आदिगुरु भन्नुहुन्छ – जसरी पृथ्वीमा गढेको धनलाई प्राप्त गर्न कुनै विश्वसनीय व्यक्तिले देखाएको स्थानमा विश्वास गर्दै, त्यो ठाउँ खनेर धन प्राप्त गर्नुपर्दछ (वा गरिन्छ), त्यस्तै माया र मायाको कार्य अहंकार आदिबाट रहित निर्मल आत्मा पनि मोक्ष प्राप्त गरिसकेका आत्मज्ञानी गुरुको वचनप्रति विश्वास, मनन निदिध्याशन पछाडिमात्र प्राप्त हुन्छ । अर्थहीन कुरा गरेर निर्मल आत्मतङ्खव वा आत्मज्ञान प्राप्त हुँदैन ।

तस्मात्सर्वप्रयत्नेन भवबन्धविमुक्तये ।
स्वेनैव यत्नः कर्तव्यो रोगादेरिव पण्डितैः ।।६८।।

जसरी विद्वान्हरूले क्षुधा पीपासा आदि रोग निवृत्तिको लागि स्वयं प्रयत्न गर्दछन्, त्यस्तै मुमुक्षुले पनि भव–बन्धबाट मुुक्त हुन स्वयं सम्पूर्ण प्रयत्न गर्नुपर्दछ । ।।६८।।

स्वयंको बबन्धन अरू कसैबाट निवृत्त हुन असम्भव छ । स्वयंको अज्ञान स्वयंको ज्ञान प्राप्तिबाट नष्ट हुन सक्दछ । त्यसैले माथिका विविध श्लोकहरूमा आदिगुरुले व्याख्या गर्नुभएझैं अनेकन कल्पना, शब्दजाल, र सतही प्रयासबाट मुक्ति असम्भव भएकाले जसरी बुबुद्धिमानी पुरुषहरूले सम्पूर्ण प्रयासद्वारा क्षुधा–पीपास निवृत्तिको लागि स्वयं भोजन ग्रहण गर्दछन्, त्यस्तै मोक्ष–प्यासी साधकहरूले अविद्यादेखि लिएर देहसम्मका जति पनि बबन्धनहरू छन् तिनबन्धनलाई नष्ट गरी संसारको भव–सागरबाट मुक्ति पाउन स्वयंले प्रयास गर्नुपर्दछ । स्वयंले आत्मज्ञान प्राप्त गर्नुपर्दछ, यो मोक्षगुरु,सद्गुरु, ईश्वर कसैबाट प्राप्त हुन सक्दैन ।

प्रश्न विचारशिष्य, प्रशंसा, मोक्षमा स्वप्रयासको प्रधानता, शास्त्र अध्ययनको व्यर्थता, अपरोक्ष अनुभवको आवश्यकता आदिको व्याख्या गरेपछि आदिगुरु तलका श्लोकहरूमा शिष्यका सात गम्भीर प्रश्नहरूमाथि विचार गर्नुहुन्छ ।

यस्त्वयाद्य कृतः प्रश्नो वरीयाञ्छास्त्रविन्मतः ।
सूत्रप्रायो निगूढार्थो ज्ञातव्यश्च मुमुक्षुभिः ।।६९।।

तिमीले आज जुन प्रश्न गर्‍यौँ, ती प्रश्नहरू शास्त्रसम्मत भएकाले अत्यन्त उत्तम छन् । ती सूत्ररूप भए पनि गम्भीर अर्थपूर्ण र मुमुक्षुले जान्न योग्य छन् । ।।६९।।

श्लोक ५१ मा शिष्यले मोक्षसम्बन्धी सातवटा गम्भीर प्रश्न सोधेका छन् । यो श्लोकमा गुरुदेव शिष्यका गम्भीर प्रश्नहरूको प्रसंसा गर्नुहुन्छ । प्रश्नको दिशा, गहिराइलाई स्वागत गर्नुहुन्छ । अनि भन्नुहुन्छ – विद्वान््, तिम्रा प्रश्नहरू शास्त्रसम्मत, मोक्षदिशा निर्देशित, सुत्रवत्, अर्थपूर्ण, अन्य मुमुुक्षुहरूका लागि पनि मननयोग्य छन् । म तिम्रा प्रश्नहरूको प्रशंशा गर्दछु ।

शृणुष्वावहितो विद्वन् यन्मया समुदीर्यते ।
तदेतच्छ«्रवणात्सद्यो भवबन्धाद्विमोक्ष्यसे ।।७०।।

हे विद्वान्् ! म जे भन्दैछु, सावधान भएर सुन । मैले भनेको तिमीले राम्रोसँग श्रवण ग¥यौ भने शीघ्र भव–बन्धनबाट मुक्त हुनेछौ ।।।७०।।

हे विद्वान् ! हे ज्ञानका तीव्र पिपासु मुमुक्षु ! तिम्रा प्रश्नहरू गहन अनि अर्थपूर्ण छन् । तिम्रा प्रश्नहरू जति गहिरा छन्, उत्तरहरू पनि त्यतिकै गम्भीर छन् । त्यसैले तिम्रा प्रश्नको झैं मेरा उत्तरको पनि एक–एक शब्दले विशिष्ट अर्थ बोकेको छ । तिमीले कतै श्रवणमा असावधानी ग¥यौ भने वा श्रवणको प्रक्रियामा चुकी शब्दले व्यक्त गर्न खोजेको निहित भावलाई ग्रहण गर्न असमर्थ भयौ भने मेरो उत्तरको अर्थ नबुझी भ्रमित हुनेछौ । अनि तिम्रो अवस्था घना जङ्गलमा पथ विस्मृत भई भौंतारिरहेको दिशाहीन पथिकको झैं हुनेछ । त्यसैले तिमी मनलाई अन्य विषयबाट हटाएर शान्त भई अत्यन्तसावधान अनि एकाग्र भएर सुन ।

मेरा सुत्रवत् उत्तरहरू, ती उत्तरहरूको मर्म, अनि तिनीहरूको इङ्कित गरेको दिशालाई बुझेर आत्मसात् गर्न सक्यौ भने तिमी कर्ता, भोत्ता, रोग, मरण आदि युक्त यो संसार–सागरबाट सधैंको लागि मुक्त हुनेछौ ।

मोक्षस्य हेतुः प्रथमो निगद्यते वैराग्यमत्यन्तमनित्यवस्तुषु ।
ततः शमश्चापि दमास्तितिक्षा न्यासः प्रसक्ताखिलकर्मणा भृशम् ।।७१।।
ततश्श्रुतिस्तन्मननं सतङ्खवध्यानं चिरं नित्यनिरन्तरं मुनेः ।
ततोऽविकल्पं परमेत्य विद्वानिहैव निर्वाणसुखं समृच्छति ।।७२।।

अनित्य वस्तुहरूप्रति तीव्र वैराग्यलाई मोक्षको पहिलो हेतु (कारण) मानिएको छ । त्यसपछि शम, दम, तितिक्षा र सम्पूर्ण कर्महरूमा आशक्तिको त्याग भनिएको छ । श्रवण, मनन र लामो समयसम्म नित्य निरन्तर आत्मतङ्खवको ध्यान गर्नुपर्दछ । यसपछि विद्वान्् परम निर्विकल्प समाधिलाई प्राप्त गरेर जीवित अवस्थामा नै मुक्तिको सुखलाई प्राप्त गर्दछ । ।।७१,७२।।

शिष्यका सात प्रश्नहरू छन् । गुरु सर्वप्रथम शिष्यको चौथो प्रश्न “मोक्ष कसरी प्राप्त हुन्छ ?” को विवेचनाबाट प्रश्नहरूलाई सम्बबोधन गर्नुहुन्छ । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – हे मुमुक्षु ! तिमी मोक्ष चाहन्छौ भने सर्वप्रथम देह, जगत्् अनि ब्रह्मालोकसम्मका (अप्सरा, नृत्य, आदि) सम्पूर्ण भोग वस्तुहरूप्रति पूर्ण वैराग्य जगाएर यी वस्तुहरूप्रतिको मोहलाई चटक्क त्याग्नु पर्दछ । किनकि वस्तुप्रतिको मोह नै बन्धन–वासना हो । यी वासना–बन्धनहरू रहेसम्म तिमी वहिर्मुखी हुन गई जगत््मा प्रवेश गर्नेछौ । जब तिमीलाई सम्यक् वैराग्य प्राप्त हुन्छ, त्यसपछि षट्सम्पत्ति (शम, दम, तितिक्षा, उपरति, श्रद्धा, समाधान) अनिसंकाम कर्मलाई त्यागी तिमीले इन्द्रियहरूलाई पूर्णरूपमा निग्रह गर्नुपर्दछ । तिमी इन्द्रिय विजयी बन्नुपर्दछ ।

पूर्ण वैराग्य र पूर्ण इन्द्रिय संयम प्राप्त नभएसम्म मोक्षको लागि पात्रताकै विकास हुँदैन । जब तिमीमा सम्यक् वैराग्य र इन्द्रिय पूर्ण निग्रह भई मोक्षको पृष्ठभूमि तयार हुन्छ, तब तङ्खवज्ञानी ब्रह्मनिष्ठ गुरुको शरणमा गई सद्गुरुका वचनहरूको दीर्घकालसम्म श्रवण, मनन र आत्मतङ्खवको चिन्तन गर्नुपर्दछ । दीर्घकालसम्मको तिम्रो साधनाले चित्तका सम्पूर्ण विक्षेपहरू नष्ट भई निर्विकल्प समाधि स्थिति प्राप्त गरी ब्रह्मतङ्खवमा पूर्ण विलय हुनेछौ । पृथ्वीमा साक्षीझैं बाँची जीवित अवस्थामा नै मुक्तिको सुखलाई प्राप्त गर्नेछौ ।

यद्बोद्धव्यं तवेदानीमात्मानात्मविवेचनम् ।
तदुच्यते मया सम्यक्् श्रुत्वात्मन्यवधारय ।।७३।।

अब आत्म र अनात्मको विवेचना, जुन तिमीले जान्नुपर्ने हुन्छ, म पूर्णरूपमा व्याख्या गर्दछु । तिमी गहिरिए राम्रोसँग श्रवण गरी बुबुद्धिमा स्थिर गर (ग्रहण गर) । ।।७३।।

शिष्यको पाँचौं र छैटौं प्रश्न छ – अनात्म के हो ? परमात्मा के हो ? यो पछिका श्लोकहरूमा आदिगुरु शिष्यका यी प्रश्नहरूलाई सम्बोधन गर्दै भन्नुहुन्छः हे मुमुक्षु ! म आत्म र अनात्म वस्तुहरूको विवेचना गर्न गइरहेको छु । मोक्ष यात्राको प्रारम्भ विन्दु नै आत्मा–अनात्मा वस्तुहरूको भेदबाट प्रारम्भ हुने भएकाले तिमी मेरा उत्तरहरूलाई गहिराइमा श्रवण गरी बुद्धिमा स्थिर गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 642 0
मंगलाचरण 1/15/2023 655 0
मुक्तिको दुर्लभता 1/15/2023 542 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 798 0
विचारको महङ्खव 1/15/2023 521 0
शिष्य लक्षण 1/15/2023 620 0
साधन–चतुष्टय 1/15/2023 1593 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 614 0
सद्गुरु लक्षण 637 0
शिष्य प्रार्थना 1/15/2023 697 0
गुरु कर्तव्य 1/15/2023 727 0
1/15/2023 513 0
शिष्य प्रशंसा 1/15/2023 576 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 568 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 630 0
स्थूल शरीरको व्याख्या 1/15/2023 925 0
विषयविन्दा 1/15/2023 616 0
देहाशक्तिको निन्दा 1/15/2023 577 0
स्थूल शरीर निन्दा 1/15/2023 730 0
दश इन्द्रियहरू 1/15/2023 992 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 767 0
पञ्चप्राण 1/15/2023 740 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 801 0
प्राणको धर्म 1/15/2023 490 0
अहंकार 1/15/2023 561 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 464 0
माया वर्णन 1/15/2023 1200 0
रजोगुण 1/15/2023 582 0
तमोगुण 1/15/2023 502 0
सङ्खवगुण 1/15/2023 531 0
कारण शरीर 1/15/2023 594 0
आत्मा–निरूपण 1/15/2023 562 0
अध्यास 1/15/2023 730 0
आवरण र विक्षेपशक्ति 1/15/2023 728 0
बन्ध निरूपण 1/15/2023 512 0
अन्नमय कोश 1/15/2023 550 0
प्राणमय कोश 1/15/2023 558 0
मनोमय कोश 1/15/2023 521 0
विज्ञानमय कोश 1/15/2023 596 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 637 0
आनन्दमय कोश 1/15/2023 472 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 469 0
आत्मस्वरूप निरूपण 1/15/2023 539 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 467 0
जगत्को मिथ्यात्व 1/15/2023 559 0
ब्रह्म निरूपण 1/15/2023 797 0
महावाक्य – विचार 1/15/2023 650 0
ब्रह्मा–भावना 1/15/2023 644 0
वासना त्याग 1/15/2023 653 0
अध्यास निराकरण 1/15/2023 644 0
अहंपदार्थ निरूपण 1/15/2023 560 0
अहंकार – मुख्यवाधा 1/15/2023 470 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 490 0
प्रमाद – निन्दा 1/15/2023 589 0
अविद्याको स्थिति 1/15/2023 566 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 561 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 591 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 658 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 542 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 582 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 549 0
ध्यान विधि 1/15/2023 546 0
आत्म दृष्टि 1/15/2023 583 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 582 0
आत्म चिन्तनको उपदेश 1/15/2023 500 0
शरीर उपेक्षा 1/15/2023 483 0
आत्मज्ञानको फल 1/15/2023 580 0
जीवनमुक्तको लक्षण 1/15/2023 569 0
प्रारब्ध कर्म विचार 602 0
प्रारब्ध निराकरण 1/15/2023 567 0
नानात्व – निषेध 1/15/2023 625 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 654 0
बोधोपलब्धी 1/15/2023 560 0
शिष्यको अनुभव 1/15/2023 621 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 752 0
गुरुको अन्तिम उपदेश 1/15/2023 943 0
आत्माको अविनाशिता 1/15/2023 1009 0
परमार्थता 1/15/2023 1484 0
शिष्य बिदाइ 1/15/2023 1220 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35547 0