तँपाईले अमूल्य मानिसको जीवन प्राप्त गर्नुभएको छ । फेरि तँपाईको जीवन प्रतिक्षण सतत् दुखी छ । तँपाई झै जगतको प्रत्येक मानिस ‘मूलतः’ गहिराइमा दुःखी नै छ । उ प्रतिपल द्वन्द्व, भय, व्याकुलता, निरास, अस्थिर र अशान्त नै छ । यो जगतमा मानिसको स्थिति यस्तो छ कि प्रतिपल मानिसको मनमा तम र रज गुणसँग सम्बन्धित इन्द्रिय भोगहरु, भौतिक पदार्थप्रतिको आकर्षणहरु, लोभहरु, इष्र्याहरु वा अन्य नकारात्मक विचारहरु स्वतः उतपन्न छन् । प्रत्येक मानिसले प्रतिक्षण सुख र शान्तिको खोजी गरीरहेको छ । जीवनमा सुख शान्तिको प्राप्तिको आशामा भौतिक वस्तुहरुको संग्रहको प्रयास पनि गरिरहेको छ, यो प्रयासमा प्रत्येक मानिसले केहि न केहि सांसारीक प्राप्ति पनि गरेको छ । फेरी प्रत्येक मानिसको जीवनमा सुख, शान्ति, आनन्द एक मृगतृष्णा बनेको छ ।
जिवन एक अप्राप्त लक्ष्यको पिडापूर्ण यात्रा हो । यसरी जगतका सम्पूर्ण मानिसहरु दुखमा डुकीरहेको यो विषम स्थितिमा जीवन के हो ? जीवनको दुःख के हो ? यो दुखको मूल कारण के हो ? यो दुख निवारणको उपाए के हो ? जिवनको यो दुखको कारणहरुलाई नाश गरी मोष जिवन स्थिति प्राप्त गर्ने मार्ग के हो ? आदि जस्ता जीवनका मूल प्रश्नहरु अनुत्तरित छन् । ‘विज्ञान’ ‘विज्ञान’ भनिएको छ । फेरि विज्ञान मानिसको वाह्य सुखहरुका अनेकन् वस्तुहरु आविष्कार गर्न सक्षम छ । चनद्रमा, मंगलग्रह, अन्तरीक्षको अनवेषण गर्न सक्षम पनि छ । फेरि यो विज्ञान मानिस मनको दुःखलाई निरुपण गर्न असमर्थ छ । मानिसको केन्द्रीय दुखलाई समाधान गर्न असमर्थ छ । मानिसको जिवनको आन्तरीक आध्यात्मीक विकासको रहस्यलाई बुझ्न असमर्थ छ ।
यो स्थिति जहाँ विज्ञान, विश्वको श्रेष्ठ वैज्ञानिकहरु विद्वानहरु मानव जातीको केन्द्रिय समस्या ‘मनको दुःख’ लाई बुझ्न र सम्बोधन गर्न असमर्थ छन्, शिव, कृष्ण, राम, जिसस्, बुद्ध जस्ता अवतारहरु मानिसको जीवनको यहि केन्द्रीय विन्दूमा प्रवेश गर्दछन् । यि अवतारहरु तँपाईको जीवनको मूल समस्या मनको दुःखलाई कसरी सम्बोधन गर्ने विधि मात्र सुल्झाउँदैनन्, यिनिहरु तँपाईको जीवनलाई आध्यात्मिक रुपमा विकास गर्दै कसरी परम् शान्ति, परम् आनन्द, परम् प्रेमको अविनाशी स्थिति ‘मोक्ष’ लाई प्राप्त गर्न सकिन्छ भन्ने साधना विधि सिकाउँछन् । यिनिहरु कसरी जन्म मृत्यू चक्रलाई नाश गरेर मृत्यू पश्चात पनि अविनाशी शाश्वत पद प्राप्त गर्न सकिन्छ भन्ने मार्ग बताउँदछन् ।
यसैले प्रतिक्षण दुखको यर्थाथ बनेको तँपाईको जिवनमा यि अवतारहरुको असाधारण महत्व छ । यि अवतारहरुले देखाएको शाश्वत जीवन मार्गको विशिष्ट महत्व छ । यो तथ्य स्पष्ट छ कि यदि यि अवतारहरु समय समयमा पृथ्वीमा अवतरित भएर मानिसलाई सत्वबाट शाश्वत जिवन मार्ग प्रदर्शित नगरेको भए स्वयंको जीवनमा छिपेका असाधारण ईश्वरीय पक्षप्रति सदैव अनभीज्ञ नै रहीरहेका थिए । स्वयंको जिवनमा छिपेको नूतन सम्भावनालाई बुझ्न असमर्थ रहन्थे । जिवनको नूतनमार्ग विस्मृत त्यो स्थितिमा मानिस संसारका तुच्छ असत् लक्ष्यहरु वा इन्द्रिय भोगहरुमा नै जीवनलाई अर्पण गरेर दुखी, प्रताडित, व्यथित हँुदै यो जीवनबाट विदा लिएर जान्थे । वर्तमान समयमा पनि गीता, शिवसूत्र, बाइबल, बुद्ध त्रिपिटक आदि जस्ता अवतारहरुले प्रदत्त गरेका ग्रन्थहरुले, प्रत्येक साधकलाई जीवन सत्यको अन्वेषण तर्फ प्रेरित गरिरहेको छ । जीवनको शाश्वत जीवन तर्फ मार्ग प्रदर्शित गरिरहेको छ । यि ग्रन्थहरु नै प्रत्येक साधकको जीवनका साहारा बनिरहेका छन् ।