यर्थाथतामा प्रत्येक मानिसको जिवन पूर्ण रुपमा परमशान्त, परम आनन्दीत, परम स्वतन्त्र, पूर्ण जागरुक, श्वाशत, मोक्षरुप आदि प्रकृतिको छ । मानिसको जिवनमा ‘दुख’ नामक कुनै वस्तुको उपस्थिति नै छैन । फेरि यो जगतको प्रत्येक मानिसको यर्थाथता यस्तो छ कि यो जगतमा प्रतयेक मानिस प्रतिक्षण दुखी, ब्याकूल, अशान्त, निरास, भयभीत आदि छ । मानिसको स्थिति यति भयावह छ कि मृत्युपश्चात पनि मानिसको यी दुखहरुको अन्त छैन । मृत्यु पश्चात मानिस लोकचक्र (लोकहरुमा घुमीरहनु) भवचक्र (पुर्नजन्म) आदि प्राप्त गरिरहेको छ । अवतारहरु मूलतः किन मानिसहरु प्रतिक्षण दुखी छन् ? यो दुखको कारण के हो ? यो दुखको निवारणको उपाए (साधना विधि) के हो ? मानिसको यो जिवनको सतत् दुखलाई कसरी सत्य मोक्ष साधना विधिद्वारा नास गरी परम वा निर्वाण जिवन प्राप्त गर्न सकिन्छ ? आदि शिक्षाहरु प्रदान गर्न नै पृथ्वीमा आउँछन् । अवतारहरुको जिवनलाई अधययन गर्दा यो स्पष्ट देखिन्छ कि समयको धारामा विविध कारणहरुले गर्दा सतय मोक्ष साधना विधि अप्रंभंसीत भई लुप्त हुनपुग्दछ । जब यसरी मोक्ष साधना विधिनै अप्रभंसीत हुनपुग्दछ, मानिसहरु प्रयास गर्दागर्दै पनि जिवनको सतय मार्ग पहिल्याउन नसकि घोर सांसारीकतामा प्रवेश गर्दछन् । साधकहर पनि अनेकन् साधना संघर्षमा फसि अध्यातम विषयबाट नै बन्धन प्राप्त गर्दछन् । यो स्थितिमा अवतारहरु विस्मृत सत्य मोक्ष साधना विधिको स्मृति दिलाई अर्धमको नास र साधकको रक्षा गर्न नै धरतिमा आउँछन् ।
श्रीभगवानुवाच ।
इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।
विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेऽब्रवीत् ।।४–१।।
हे अर्जुन ! मैले यो अविनाशी योग (कर्म योग) को बारेमा कल्पको आदिमा सुर्यलाई भनेको थिएँ । सुर्यले आफ्नो छोरा मनुलाई भने, (र) मनुले आफ्ना दुई पुत्र ईक्ष्वाकुलाई भने ।
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः ।
स कालेनेह महता योगो नष्टः परन्तप ।।४–२।।
हे परन्तप अर्जुन ! यस प्रकार (श्रुत) परम्पराबाट प्राप्त भएको यो योगलाई राजमहर्षिहरुले जाने । तर यो योग धेरै काल वा समयदेखि पृथ्वीलोकमा नष्ट वा लुप्त भयो ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।४–७।।
हे भारत ! जब जब धर्मको हानी र अधर्मको बृद्धि हुन्छ, तब तब म साकार रुपमा प्रकट हुन्छु ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।४–८।।
साधु (साधक) पुरुषहरुको उद्धार गर्न, दुष्कृताम् वा (मोक्ष विद्या लुप्त भएकोले संस्कार विनास गर्ने विधि ज्ञात नहुँदा पाप वा विकार कर्म गर्न विवशहरुको सत्य मोक्ष विद्याद्वारा पाप वा विकार) विनाश गर्न र धर्मलाई स्थापना गर्न म युग युगमा प्रकट हुन्छु ।



