अवतारहरु कति समयको अन्तरालमा पृथवीमा जन्मिन्छन् ? यिनिहरु कुन कुन समयमा पृथ्वीमा अवतरण हुन्छन् ? अवतारहरुको जनम अनतराल सम्बन्धी यि प्रश्नहरुको कुनै निश्चित उत्तर प्राप्त गर्न सकिँदैन । गीतामा भगवान कृष्णले जुन जुन समयमा सतय मोक्ष साधना विधि नष्ट भई धर्म (आध्यात्मीकता) को हानी र अधर्म (सांसारीकता)को वृद्धि हुन्छ, त्यो त्यो समयमा म साकार रुपमा पृथ्वीमा अवतरित हुनेछु भन्ने घोषणा गर्नुभएको छ । तर यो धर्मको क्षय वा अधर्मको विस्तार भएको समय कुन हो ? धर्मको क्षय र अर्धमको विस्तार भएको यो समय कसरी थाहा पाउन सकिन्छ ? आदि प्रश्नहरुको सम्बन्धमा भगवान कृष्णले केहि बताउनु भएको छ्रैन । पृथ्वीमा धर्मको नाश भएको छ छैन ? पृथवीमा अधर्मको विस्तार भएको छ छैन ? अनि परमात्माले साकार मानिएको रुपमा अवतार लिनुपर्ने समय कुन हो ? आदि सम्पूर्ण मात्र परमात्माको निर्णयको क्षेत्र भएकाले अवतारहरुको कहिले पृथ्वीमा अवतरित हुन्छन् ? भन्ने यो प्रश्न अनुत्तरीत प्रश्न बन्न पुग्दछ ।
तर जब तँपाई पृथ्वीमा अवतरित अवतारहरु जस्तै शिव, राम, कृष्ण, जिसस्, बुद्ध आदि को समय अन्तराललाई अवलोकन गर्नुहुनछ । तँपाई यो तथ्यसँग स्पष्ट हुनुहुन्छ कि यि अवतारहरु केहि हजार वर्ष वा केहि सय वर्षको अन्तरालमा पृथ्वीमा अवतरित भएका छन् । सत्य युगका अवतार भगवान शिव र त्रेतायुगका अवतार भगवान राम विचको समय दुरी……………..वर्ष देखिन्छ । त्यस्तै त्रेतायुगका भगवान राम र द्वापर युगका भगवान कृष्ण विचको समयको अन्तराल झण्डै…………..वर्षको देखिन्छ । त्रेतायुगका भगवान कृष्ण र भगवान बुद्ध विचको समयको दुरी झण्डै……………….वर्ष देखिन्छ । फेरि भगवान बुद्ध र जिसस् क्राईष्टको विचको समयको अन्तराल मात्र…………….वर्ष देखिन्छ ।
पृथ्वीमा समय समयमा अवतरण हुने यि अवतारहरुको जीवनको एक रहस्यमय तथ्य के छ भने यि अवतारहरु एकै वा दुई अवतारहरु वा यो धरतिको एकै स्थानमा जनम वा अवतरित भएको पाइदैन ।



