यतिरसदनुसन्धिं बन्धहेतुं विहाय
स्वयमयमहमस्मीत्यात्मदृष्ट्यैव तिष्ठेत् ।
सुखयति ननु निष्ठा ब्रह्मणि स्वानुभूत्या हरति
परमविद्याकार्यदुःखं प्रतीतम् ।।३३४।।
यति (सन्यासी) हरूले बन्धनको कारण असत् वस्तुको अनुसन्धान (चिन्तन) लाई छोडेर ‘यो ब्रह्म मै हुँ’ भन्ने आत्मदृष्टिमा स्थिर रहनु पर्दछ । किनकि ब्रह्मनिष्ठामा आत्म–अनुभूतिको आनन्द प्राप्त हुन्छ । पूर्वमा प्रतीत हुने अविधा र उसको कार्य दुःख पूर्णरूपमा नाश हुन्छ । ।।३३४।।
परमात्मा प्राप्तिका लागि संसारसँग सम्पूर्ण नाता तोडिदिएका सन्यासीहरूले बन्धन, जन्मपर्यन्त दुःख, व्याधी, मृत्युपश्चात् जन्म–मरणको कारण मिथ्या असत् वस्तु प्राप्तिको चिन्तनलाई पूर्णरूपमा त्यागेर ‘यो ब्रह्म मै हुँ’ भन्ने दृढ भावना लिई ब्रह्मबाहेक अन्य चिन्तन त्य(ागेर ब्रह्ममा नै स्थिर रहनुपर्दछ ।
नित्य ब्रह्मनिष्ठाको चिन्तनले ब्रह्मस्वरूपको नित्य आनन्द प्राप्त भई अन्ततः पुरुष ब्रह्ममा विलय हुन्छ । यही मोक्ष हो । जब मोक्ष प्राप्त हुन्छ अविद्या उसको कार्य दुःख, जन्म, मरणको सत्ता रहन सक्दैन ।
बाह्यानुसन्धिः परिवर्धयेत्फलं दुर्वासनामेव ततस्ततोऽधिकाम् ।
ज्ञात्वा विवेकैः परिहृत्य बाह्यं स्वात्मानुसन्धिं विदधीत नित्यम् ।।३३५।।
विषयको चिन्तनले दुर्वासनरूपी फललाई नै उत्तरोत्तर रूपमा बढाउँदछ । यसैले विवेकपूर्वक उसलाई (आत्मा) चिनेर बाह्य विषयलाई छोडेर नित्य आत्म–अनुसन्धान गर । ।।३३५।।
विषयको चिन्तनले वासनावृक्षलाई मलजल गरी अनेकन अनर्थरूपी फलहरू प्रदान गरी मनुष्यलाई नष्ट गर्दछ । यो पूर्वश्लोकहरूमा पनि उल्लेख छ । त्यसैले मोक्षका साधकहरूले विवेकपूर्वक जगत्का यी अर्थहीन, मिथ्या भोग विषयप्रति दृष्टिसम्म पनि नदिई स्व–आत्म अनुसन्धानमा निरत रही ब्रह्मपद प्राप्त गर्नुपर्दछ ।
बाह्ये निरुद्धे मनसः प्रसन्नता मनःप्रसादे परमात्मदर्शनम् ।
तस्मिन्सुदृष्टे भवबन्धनाशो बहिर्निरोधः पदवी विमुक्तेः ।।३३६।।
बाह्य विषयलाई निरोध (निषेध) गरेपछि मनमा प्रशन्नता प्राप्त हुन्छ । मन प्रसन्न भएपछि परमात्मासँग साक्षात्कार हुन्छ । सम्यक् साक्षात्कार प्राप्त भएपछि भवरूपी जगत् बन्धन नाश हुन्छ । यसैले बाह्य (वस्तुको) निरोध नै मुक्तिको मार्ग हो । ।।३३६।।
मनुष्यका ईच्छाहरू अनन्त छन् । इच्छा प्राप्त नभएको अवस्थामा प्रायशः मन ती वस्तुहरूको चिन्ता गर्दछ (चिन्ता एक अर्थमा दुःखपूर्ण भाव हो । इच्छा गरेको वस्तु प्राप्त हुन्छ मनुष्यको मन पुनः प्रशन्न (क्षणिक) हुन्छ । इच्छाहरू अनन्त भएकाले एकइच्छा पूरा भएपछि अर्को इच्छाको सिर्जना हुने गर्दछ । जीवन पर्यन्त तृष्णपूर्ण मनुष्य दुःखी मन लिएर बाँच्दछ । जब बाह्य विषय वा ईच्छालाई मिथ्या ठानेर निषेध गरिन्छ । मनमा ईच्छा प्राप्तिक्रमका सिर्जना हुने चिन्ता, संघर्ष, प्राप्त भए वा नभएपछि मनमा जन्मने अनेकन भाव स्वभावत् नष्ट भई मनमा प्राकृततः आनन्द वा प्रसन्नता जन्मिन्छ । सपना र सुषुप्ति अवस्थामा मनका प्रपन्च घट्ने वा इच्छा नरहने हुनाले यी अवस्थामा मनुष्यमन शान्त, प्रसन्न, आनन्दित अवस्थामा रहन्छ । जब बाह्य विषय निषेधित मन प्रसन्न हुन्छ, मनुष्यले स्व–स्वरूपको आनन्दरूपी परमात्मासँग साक्षात्कार गर्दछ । जबसम्यक् साक्षात्कार प्राप्त हुन्छ, त्यो अवस्थामा मनका सम्पूर्ण प्रपञ्च नष्ट हुन्छन् । यसैले विषय चिन्तनको निषेध मुक्तिको मार्ग हो ।
कः पण्डितः सन् सदसद्विवेकीश्रुतिप्रमाणः परमार्थदर्शी ।
जानन् हि कुर्यादसतोऽवलम्बं स्वपातहेतोः शिशुवन्मुमुक्षुः ।।३३७।।
परमार्थदशी, श्रुति प्रमाणलाई मान्ने, सत् र असत् वस्तु, विवेकी, पण्डित र मुमुक्षु भएर पतनको कारण बुझेपछि बालक झैं (अज्ञानी) असत्का् अवलम्वन को गर्दछ ?।।३३७।।
परमार्थ (परमतङ्खव ब्रह्म) दर्शनको विशिष्ट लक्ष्य लिएको, वेद श्रुति वा ईश्वर वचनलाई श्रद्धा गर्ने, ती वचनलाई प्रामाणीक मानी, विश्वास÷सम्मान गर्ने, सत्
र असत् वस्तु छुट्याई असत्लाई त्याग्ने, विवेकी, शास्त्रज्ञाता (पण्डित) अनि मोक्षमात्र एक लक्ष्य लिएको मुमुक्षु भएर अज्ञान, केही थाहा नपाएको बालक झैं मिथ्या असत् जगत् र विषयवस्तुको चिन्तन ग्रहण कोही गर्दछ भने यो भन्दा ठूलो अनर्थ के होला ?साधकको यो भन्दा ठूलो पतन के होला?
हादिसंसक्तिमतो न मुक्तिर्मुक्तस्य देहाद्यभिमत्यभावः ।
सुप्तस्य नो जागरणं न जाग्रतः स्वप्नस्तयोर्भिन्नगुणाश्रयत्वात् ।।३३८।।
देह आदि अनात्मामा आसक्ति राख्ने पुरुषको कहिल्यै मुक्ति हुँदैन । जुन पुरुष मुक्त हुन्छ उसमा देहाभीमान रहँदैन । जसरी सुतेको पुरुषलाई जागृतवस्था र जागेको पुरुषलाई सपना अवस्थाको अनुभव हुँदैन । यी दुवै अवस्थाहरू भिन्न भिन्न गुणहरूमा आश्रित छन् । ।।३३८।।
देहमा आसक्ति मोक्ष नितान्त दुईपृथक् अवस्था हुन् । जुन मनुष्यमा देह, मन, प्राण अनि जगत्का अनात्मा वस्तुप्रतिको आसक्ति रहन्छ, त्यो अवस्थामा उसको मनको सम्बन्ध जगत्का वासनासँगभई चित्तका रजोगुण, तमोगुणका शक्तिहरू झाँगिई उसको बन्धन शक्तिशाली हुनाले यस्तो पुरुषलाई मुक्ति सम्भव हुँदैन ।
जब पुरुष मुक्त हुन्छ जगत्सँग मनको सम्बन्ध समाप्त हुन्छ । आत्मज्ञान प्राप्त गरेको त्यो विद्वान्मा देहाभीमान कसरी उपस्थित हुन सक्छ र ?जसरी पृथक् गुणहरूमा आश्रित भएकोले सुतेका पुरुषलाई जागृत र जागृत पुरुषलाई सपनाको अवस्थाको अनुभव हुँदैन । त्यस्तै बन्धनमा परेको पुरुषलाई मोक्ष र मोक्ष पुरुषलाई बन्धनमा परको मनुष्यको अवस्थाको अनुभव हुँदैन ।



