अहंकार

0 टिप्पणीहरू 554 आगन्तुकहरू

आत्माको सत्ता र अन्तःकरणको पारस्पारिक सम्बन्धलाई तलका श्लोकहरूमा व्याख्या गरिएको छ ।

अन्तःकरणमेतेषु चक्षुरादिषु वष्र्मणि ।
अहमित्यभिमानेन तिष्ठत्याभासतेजसा ।।१०५।।

चिदाभास तेजले व्याप्त (प्रकाशवान्) अन्तःस्करण (मन) चक्षु आदि इन्द्रियमा र शरीरमा ‘म’को अभिमान गरेर स्थित रहन्छ । ।।१०५।।

जड वस्तु हुँदाहुँदै पनि अन्तःकरण (मन), चक्षु आदि इन्द्रिय, वाक आदि कर्मेन्द्रिय, प्राण र शरीरमा चिदाभास (आत्माको प्रकाशको आभास) को कारणले गर्दा ‘म’को अभिमान लिएर स्थित छ । विवेकशून्य (आत्मा र अनात्मामा विवेक गर्न असमर्थ) अन्तःस्करण आत्मामा बिम्बित स्वयंको प्रतिबिम्बित ग्रहण गरी चेतन भएर चक्षुदेखि लिएर देहसम्म ‘म’को अभिमान गर्दछ । यही देह अभिमानको कारण मनुष्य जीवनपर्यन्त देहभीमानी भोगमा लिप्त मान्दछ । शरीरका तीन अवस्था (जागृत, सपना, सुषुप्ति) मध्ये जागृत अवस्थामा अन्तःस्करण चिदाभासबाट युक्त भएर चक्षुः आदिमा अभिमान गरेर स्थित हुँदा ‘म’को भाव जन्मिए पनि सपना र शुषुप्तिमा यो स्थिति रहन्न ।

अहङ्कारः स विज्ञेयः कर्ता भोक्ताभिमान्ययम् ।
सङ्खवादिगुणयोगेन चावस्थात्रयमश्नुते ।।१०६ ।।

यसैलाई अहंकार भनेर जान्नु पर्दछ । यो नै कर्ता, भोक्ताको अभिमान गर्दछ । सङ्खव आदि गुणको योगबाट जागृत तीन अवस्थालाई प्राप्त हुन्छ । ।।१०६ ।।

आत्माको चिदाभासमा प्रतिबिम्ब स्वयंको प्रतिबिम्बितलाई ग्रहण गर्दा अन्तःस्करणमा जुन ‘म’ भन्ने भाव जन्मिन्छ, त्यो नै ‘अहंकार’ हो । यही अहंकारको कारणले गर्दा मनुष्यले स्वयंलाई कर्ता, भोक्ता आदि मान्दछ भनी अघिल्लो श्लोकमा उल्लेख गरिसकिएको छ । सङ्खव, रज, तम प्रकृतिका तीन प्रधान गुण हुन् । अन्तःस्करण (मन) पनि यिनै तीन प्राकृतिक गुणहरूको कार्य भएकाले तीन अवस्था (जागृत, स्वप्न, अनि सुषुप्ति) प्राप्त गर्दछ । रजोगुणको योगबाट जागृत, सङ्खवगुणको योगबाट स्वप्न तथा तमोगुणको योगबाट सुषुप्ति प्राप्त हुन्छ । यथार्थमा तीन गुणहरू त अन्तःस्करणमा छन् तर यिनीहरूको मात्रा (परिणाम) भिन्न हुँदा मनुष्यलाई अन्तःस्करण (मन) मा भिन्न–भिन्न भाव वा अवस्था प्राप्त हुन्छ ।

विषयाणामानुकूल्ये सुखी दुःखी विपर्यये ।
सुखं दुःखञ्च तद्धर्मः सदानन्दस्य नात्मनः ।।१०७।।

यो (अहंकार) विषयको अनुकूलताबाट खुसी तथा प्रतिकूलताबाट दुःखी हुन्छ । सुख तथा दुःख अन्तःकरण (मन) को नै धर्म हो । सदानन्द स्वरूप आत्माको धर्म होइन । ।।१०७।।

जब विषयहरू आफ्नो इच्छाअनुकूल प्राप्त हुन्छन्, ‘म खुसी छु’ अनि प्रतिकूल हुन्छन्, ‘म दुःखी छु’ भन्ने अभिमान जुन (भावना) मनमा उठ्दछ त्यो मनको धर्म हो । यो सदा आनदस्वरूप भएको आत्माको धर्म होइन । आत्मा दुःखी वा सुखी कहिल्यै हुँदैन । फेरि यो विषयप्रति मनको दुःख वा सुखको भाव परिवर्तनशील छ । कुनै समयमा सुखदायी भएको विषय कुनै समयमा दुःखदायी पनि हुन सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 638 0
मंगलाचरण 1/15/2023 647 0
मुक्तिको दुर्लभता 1/15/2023 538 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 794 0
विचारको महङ्खव 1/15/2023 517 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 631 0
शिष्य प्रार्थना 1/15/2023 691 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 509 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 558 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 626 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 917 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 569 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 982 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 793 0
प्राणको धर्म 1/15/2023 484 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 578 0
तमोगुण 1/15/2023 498 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 586 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 720 0
आवरण र विक्षेपशक्ति 1/15/2023 722 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 592 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 627 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 463 0
आत्मस्वरूप निरूपण 1/15/2023 531 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 553 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 636 0
वासना त्याग 1/15/2023 647 0
अध्यास निराकरण 1/15/2023 638 0
अहंपदार्थ निरूपण 1/15/2023 556 0
अहंकार – मुख्यवाधा 1/15/2023 464 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 482 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 560 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 559 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 585 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 650 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 536 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 570 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 573 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 572 0
आत्म चिन्तनको उपदेश 1/15/2023 492 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 565 0
प्रारब्ध कर्म विचार 596 0
प्रारब्ध निराकरण 1/15/2023 561 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 648 0
बोधोपलब्धी 1/15/2023 550 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 937 0
आत्माको अविनाशिता 1/15/2023 999 0
परमार्थता 1/15/2023 1478 0
शिष्य बिदाइ 1/15/2023 1218 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35536 0