अहंकार – मुख्यवाधा

0 टिप्पणीहरू 463 आगन्तुकहरू

(सर्व अनर्थको कारण र आत्म अनुभूतीको मुख्य प्रतीवन्ध, अहंकारको व्याख्या तल गरिन्छ ।)

सन्त्यन्ये प्रतिबन्धाः पुंसः संसारहेतवो दृष्टाः ।
तेषामेकं मूलं प्रथमविकारो भवत्यहङ्कारः ।।२९९।।

पुरुषको संसारबन्धन प्राप्तिको कारण मध्ये अज्ञानको विकार रूप अहंकार नै मुख्य हो । ।।२९९।।

मनुष्यको मोक्ष प्राप्तिको मार्गमा अनेकौं वाधा बन्धन वा प्रतीवन्धरू छन् । यी सम्पूर्ण बन्धनहरूमध्ये मुख्य बन्धन अनादि अज्ञान सिर्जित देह अहंकार हो । अज्ञान जनित अहंकारले गर्दा मनुष्य देह, मन, इन्द्रिय, प्राण, बुद्धि आदिसँग एकाकार हुन पुगीसंसारको भवसागर जन्म मरणको चक्रमा प्राप्त गर्दछ । त्यसैले सम्पूर्ण अनर्थको मूले अहंकारलाई ज्ञान प्राप्तिद्वारा विलय गराई ब्रह्मामा स्थिर रूपमा स्थित हुनु मोक्ष हो ।

यावत्स्यात्स्वस्य सम्बन्धोऽहङ्कारेण दुरात्मना ।
तावन्न लेशमात्रापि मुक्तिवार्ता विलक्षणा ।।३००।।

जबसम्म यो दुरात्मा अहंकारसँग तिम्रो सम्बन्ध हुन्छ । तबसम्म यो विलक्षण मुक्तिको वार्ता (चर्चा) सम्म हुन सक्दैन । ।।३००।।

सम्पूर्ण बन्धनको मूल कारण यो दुष्ट स्वभाव भएको (दुरात्मा) अहंकारसँग जबसम्म पुरुषको सम्बन्ध रहन्छ । तवसम्म उसलाई आत्मा र देहको भेदको ज्ञान प्राप्त हुन सक्दैन । जबसम्म पुरुषलाई आत्मा र देहको भेदसम्मको जानकारी छैन । त्यो अज्ञानको स्थितीमा नित्य निरन्तर, आनन्दस्वरूप मुक्तिको चर्चा गर्नु व्यर्थ छ । त्यसैले साधकले सम्पूर्ण बन्धनहरूको मूल अहंकारलाई सम्यक् ज्ञान प्राप्त गरी पूर्णरूपमा नाश गर्नुपर्दछ ।

अहङ्कारग्रहान्मुक्तः स्वरूपमुपपद्यते ।
चन्द्रवद्विमलः पूर्णः सदानन्दः स्वयंप्रभः ।।३०१।।

अहंकाररूपी ग्रह(राहु) बाट मुक्त भएको आत्मा पूर्णचन्द्र, निर्मल, पूर्ण, सदानन्द, स्वयंप्रकाश र आफ्नो स्वरूपलाई प्राप्त गर्दछ । ।।३०१।।

जब चन्द्रमामा पृथ्वीको छायाँ (चन्द्रगहण) पर्दछ । त्यो क्षणहरूमा चन्द्रमामा छायाँ (क्लेश) आदिको उपस्थितिले गर्दा चन्द्रमा पूर्णरूपमा प्रकाशित हुन सक्दैन । जब चन्द्रग्रहण हट्दछ चन्द्रमा पूर्णरूपमा प्रकाशित हुन्छ ।

आत्मामा पनि अहंकाररूपी क्लेश रहेसम्म आत्माको निर्मल, पूर्ण सदानन्द स्वयंप्रकाश स्वरूप प्राप्त हुन सक्दैन । आत्मचिन्तनबाट यो अहंकाररूपी ग्रह पूर्ण रूपमा नष्ट हुन्छ । आत्माको स्वरूप प्रकट हुन्छ ।

यो वा पुरे सोऽहमिति प्रतीतो बुद्ध्याऽविविक्तः तमसातिमूढया ।
तस्यैव निःशेषतया विनाशे ब्रह्मात्मभावः प्रतिबन्धशून्यः ।।३०२।।

तमोगुणबाट मोहित बुद्धिद्वारा यो शरीरमा कल्पीत ‘त्यो म हुँ’ भन्ने जुन प्रतीति छ । त्यो पूर्णरूपमा नष्ट भएपछि प्रतिबन्ध शून्य ब्रह्मत्मभाव प्राप्त हुन्छ ।।।३०२।।

तमोगुणरूपी अज्ञानद्वारा मोहित मनुष्य स्वयंको आत्मस्वरूपलाई चिन्न असमर्थ भई ‘त्यो म हुँ’ वा ‘म शरीर हुँ’ भन्ने जुन भ्रमपूर्ण भाव वा प्रतीति प्राप्त गर्दछ । त्यो मिथ्या प्रतीति आत्मज्ञानद्वारा पूर्णरूपमा नष्ट भएपछि मनुष्यले जुन ब्रह्मात्माभाव प्राप्त गर्दछ । यस्तो ज्ञान प्रतिवन्ध अहंकाररहित वास्तविक स्वरूपको हुन्छ ।

ब्रह्मानन्दनिधिर्महाबलवताऽहङ्कारघोराहीना
संवेष्ट्यात्मनि रक्ष्यते गुणमयैश्चण्डैस्त्रिभिर्मस्तकैः ।
विज्ञानाख्यमहासिना द्युतिमता विच्छिद्य शीर्षत्रयं
निर्मूल्याहिमिमं निधिं सुखकरं धीरोऽनुभोक्तुं क्षमः ।।३०३।।

ब्रह्मानन्दरूपी निधिलाई अहंकाररूपी महाभयंकर सर्पले आफ्नो तीनगुणबाट युक्त प्रचण्ड तीन भस्तक (डरलाग्दा टाउकाहरू) ले छोपेर राखेको छ । चम्किलो अनुभवरूपी महान् तलवारबाट यसको तीन मस्तकहरूलाई काटेर र यो महासर्पलाई नाश गरेर धीर पुरुष सुखदायिनी यो निधिलाई भोग्न समर्थ हुन्छन् । ।।३०३।।

ब्रह्मनन्दरूपी जुन निधि (सम्पत्ति) छ । मनुष्यको स्वरूप हुँदाहुँदै वा स्वयंभित्र हुँदा हुँदै पनि प्राप्त गर्न नसकि मनुष्य अनेकौं दुःखले, छटपटिएको छ । त्यो नित्य आनन्दरूपी निधि प्राप्त नहुनुको मुख्य कारण अहंकार हो ।

विषयरूपी दूधपानबाट वलवान वनेको यो अहंकाररूपी महाभयंकर सर्प (देह अभिमान) तम्, रज्, सङ्खव, नाम गरेका आफ्ना तीन गुणबाट प्रचण्ड तीन डरलाग्दा (जगत् विषयवासनालाई भोग्न जिब्रो बाहिर निकाली रहेका) टाउकाले ब्रह्मनन्दरूपी निधि अमूल्य आत्मालाई छोपिराखेको छ । यसैले मनुष्यले तम्, रज, सङ्खव, सिर्जित अनित्य क्षणिक सुख बोध गरेपनि विश्व ब्रह्मनन्दरूपी नित्य आनन्द प्राप्त गर्न सकिरहेको छैन ।

धीरपुरुषले जब विवेक वैराग्यको चम्किलो हतियारबाट यी तम, रज, सङ्खव नामक तीन मस्तकहरूलाई काटिदिन्छ, नित्यआनन्ददायी ब्रह्मनन्दरूपी आनन्द रसलाई प्राप्त गर्न र भोग गर्न सक्दछ ।

यावद्वा यत्किञ्चिद्विषदोषस्फूर्तिरस्ति चेद्देहे ।
कथमारोग्याय भवेत्तद्वदहन्तापि योगिनो मुक्त्यै ।।३०४।।

जबसम्म शरीरमा अलिकति पनि विषको प्रभाव रहन्छ, तबसम्म उ कसरी स्वस्थ रहन सक्दछ ? त्यसैगरि अहंकार पनि योगीजनको मुक्तिको मार्गमा प्रतिवन्धक (वाधक) रहन्छ । ।।३०४।।

कोही मानिस सर्पदंशबाट विषाक्त भयो वा शरीरमा सर्पदंशबाट विष प्रवेश भयो भने उसले पूर्णरूपमा स्वस्थता प्राप्त गर्न विषको अन्तिम बुँदा उसको शरीरबाट निस्कनु पर्दछ । शरीरमा विष विकार उपस्थित रहेसम्म पूर्व स्वस्थताको स्थिति प्राप्त हुन सक्दैन ।

त्यस्तै मोक्ष प्राप्तिको लक्ष्यमा साधनारत योगीहरूको लागि पनि सूक्ष्म भन्दा सूक्ष्म रूपमा नै किन नहोस् यदि म शरीर हुँ भन्ने अहंकाररूपी भाव मनमा जीवित रहेसम्म स्वभावत्ःमुक्तिको मार्गमा वाधा रहिरहन्छ । त्यसैले ‘म ब्रह्म हुँ’ भन्ने पूर्णबोध प्राप्त नभएसम्म वा अहंकाररूपी अज्ञानको अस्तिङ्खव पूर्णरूपमा नष्ट नभएसम्म योगीहरू साधनारत रहनु पर्दछ ।

अहमोऽत्यन्तनिवृत्त्या तत्कृतनानाविकल्पसंहृत्या । प्रत्यक्तत्त्वविवेकादयमहमस्मीति विन्दते तङ्खवम् ।।३०५।।

अहंकार पूर्णरूपमा निवृत्त भएपछि, त्यसबाट उत्पन्न नानाप्रकारका विकल्पहरू नष्ट हुन्छन् । आत्मवलको विवेक भएपछि म आत्मा हुँ भन्ने तङ्खवबोध प्राप्त हुन्छ । ।।३०५।।

जब साधकमा ‘म शरीर हुँ’ ‘यो शरीर म हुँ’ आदि देहभाव सिर्जना गर्ने अविद्या सिर्जित देहबुद्धि (अहंकार)साधनाद्वारा पूर्णरूपमा नष्ट हुन्छ । त्यो अवस्थामा स्वभावतः साधकको देह, मन, बुद्धि आदिसँग सम्बन्ध समाप्त हुनगई मनमा उठ्ने नाना प्रकारका संकल्प विकल्पहरू पनि समाप्त हुन्छन् ।

अहंकार (देहबुद्धि) पूर्णरूपमा नष्ट भएसँगै मनको अस्तिङ्खव स्वतः परमात्मामा विलय हुनगई आत्मतङ्खवको यथार्थ ज्ञान प्राप्त भएपछि ‘म आत्मा हुँ’ भन्ने तङ्खवबोध यथार्थपरूपमा प्राप्त हुन्छ ।

अहङ्कर्तर्यस्मिन्नहमिति मतिं मुञ्च सहसा
विकारात्मन्यात्मप्रतिफलजुषि स्वस्थितिमुषि ।
यदध्यासात्प्राप्ता जनिमृतिजरादुःखबहुला
प्रतीचश्चिन्मूर्तेस्तव सुखतनोः संसृतिरियम् ।।३०६।।

प्रत्येक, ज्ञानस्वरूप र सुखस्वरूप तिमीलाई जन्म, मृत्यु, बुढौली अनि दुःख ‘म यो देह हुँ’ भन्ने यो संसारको अध्यास (भ्रम) को कारण प्राप्त भएको हो । यसैले विकारपूर्ण, आत्म प्रतिबिम्ब ग्राहक (आत्माको बिम्बबाट प्रतिबिम्बित) र स्वयंको स्वरूपलाई छोपीदिने यो अहंकाररूपी भाव तुरून्त त्यागीदेउ । ।।३०६।।

हे शिष्य ! स्वरूपले प्रत्येक (चैत्यन्यमूर्ति) बोध स्वरूप, आनन्द स्वरूप तिमीलाई यो जन्म, मृत्यु, बुढ्यौली, व्याधी आदि युक्त जुन संसार भवसागर प्राप्त भएको छ । त्यो अहंकाररूपी अध्यासको कारण प्राप्त भएको हो । त्यसैले अविद्या सिर्जित, अनि आत्माको प्रतिबिम्बको प्रकाशले भासवान भएर तिमी स्वयंको सत्, चित्, आनन्द (सचिदानन्द) स्वरूपलाई छोपिदिने यो देहबुद्धिरूपी अहंकारलाई तुरुन्त त्यागेर ‘म ब्रह्म हुँ’ भन्ने भाव ग्रहण गर । जबसम्म तिमीमा यो अविद्या सिर्जित अहंकार उपस्थित रहन्छ । तिमी यो संसार भवःसागरबाट छुट्न सक्दैनौ । त्यसैले यो सम्पूर्ण अनर्थको मूल अहंकारलाई तुरून्त नष्ट गर ।

सदैकरूपस्य चिदात्मनो विभोरानन्दमूर्तेरनवद्यकीर्तेः ।
नैवान्यथा क्वाप्यविकारिणस्ते विनाहमध्यासममुष्य संसृतिः ।।३०७।।

नित्य एकरूप, ज्ञानस्वरूप, विभु (अपरिछिन्न शक्तिशाली), आनन्दमूर्ति, पवित्रकीर्ति र अविकारी (आत्मरूप) तिमीमा अहंकाररूपी अध्यास बाहेक अन्य कुनै प्रकारको बन्धन प्राप्त हुन सक्दैन । ।।३०७।।

सधैं एकरूप भएकोले नित्य एकरूप बोधस्वरूप भएकोले ज्ञानस्वरूप, अपरिछिन्न वा शक्तिशाली भएकोले विभू, आनन्द नै स्वरूप भएकोले आनन्दमूर्ति, शास्त्रहरूमा गाइएकोले पवित्र कीर्ति, विकार हीनविहीन भएकोले अविकारी, यस्तो स्वरूप भएको सधैँ मुक्त तिमीमा ‘म शरीर रहुँ’‘यो शरीर म हो’ आदि अनेकन भावहरू जुन मनमा उठिरहेका छन्, त्यो आत्मज्ञानको अभावमा सिर्जित अध्यास हो । भ्रम हो । मिथ्या हो । यो अध्यास बाहेक तिमीमा कुनै बन्धन प्राप्त हुन सक्दैन । जब तिमी यो अहंकारलाई नष्ट गर्दछौं । यो अध्यास सँगै सम्पूर्ण बन्धनहरू पनि समाप्त भई मोक्षपद प्राप्त गर्दछौ ।

तस्मादहङ्कारमिमं स्वशत्रुं भोक्तुर्गले कण्टकवत्प्रतीतम् । विच्छिद्य विज्ञानमहासिनास्फुटं भुङ्क्ष्वात्मसाम्राज्यसुखं यथेष्टम् ।।३०८।।

यसैले भोजन गर्ने पुरुषको घाँटीमा अड्किएको काँडाजस्तै यो अहंकाररूपी स्व—सत्रुलाई विज्ञानरूपी महाखड्गद्वारा काटेर आत्मसाम्राज्यको सम्पूर्ण सुख भोग गर । ।।३०८।।

जब भोजन गर्दा मानिसको घाँटीमा काँडा अड्किन्छ । अनि घाँटीमा अड्किएको काँडा अप्ठ्यारो स्थितिमा रहेकोले निकाल्न असहज हुँदा अनेकन दुःख, कष्ट मानिसले भोग्दछ । त्यस्तै मनुष्य स्वयंको सूक्ष्म शरीरभित्र स्थित अनादिकालिन अज्ञानले गर्दा जन्मिएको यो देहबुद्धिरूपी अहंकार पनि स्वयंभित्र अन्तःकरणसँग एकाकार भएर नष्टगर्न नसकिने गरि असहज स्थितिमा स्थिति छ । यसकारण मनुष्यले जन्म, मृत्यु, रोग, व्याधीरूप संसार प्राप्त गरेको छ ।

जसरी सर्जरी गरेर काँडालाई निकालेपछि मनुष्यले काँडाबाट मुक्ति पाउँछ । त्यसरी, अहंकाररूपी यो सत्रुलाई साधना वा पन्चकोश विवेकबाट नष्ट गरेपछि आत्मसाक्षात्कार प्राप्त भई जगत्को दुःखपूर्ण भवसागर विलय भई आत्मसाम्राज्यको सुख प्राप्त हुन्छ ।

ततोऽहमादेर्विनिवत्र्य वृत्तिं सन्त्यक्तरागः परमार्थलाभात् ।
तूष्णीं समास्स्वात्मसुखानुभूत्या पूर्णात्मना ब्रह्मणि निर्विकल्पः ।।३०९।।

अहंकारबाट वृत्तिलाई फर्काएर, परमार्थलाभ (आत्म अनुभव) बाट रागरिहत बनेको, आत्मसुखको अनुभूतिद्वारा निर्विकल्प पूर्णात्मा ब्रह्ममा मौन भएर स्थित बन् । ।।३०९।।

अहंकार आदिको भ्रान्तिलाई साधनाद्वारा नष्ट गरेपछि जगत्का वृत्तिप्रति मनलाई प्रवृत्त हुने अवसर नदिँदा जुन आत्मआनन्दरूपी अनुभव प्राप्त हुन्छ । त्यही अनुभूतिलाई स्मृतिमा स्थिर राख्दै परमात्मामा नित्य चित्त लगाएर सम्पूर्ण विषयबाट विमूख भएर, आफ्नो वास्तविक स्वरूपमा मौन भएर स्थिर बन् ।
समूलकृत्तोऽपि महान्हं पुनव्र्युल्लेखितः स्याद्यदि चेतसा क्षणम् ।
सञ्जीव्य विक्षेपशतं करोति नभस्वता प्रावृषि वारिदो यथा ।।३१०।।

यो महान् अहंकारलाई मूलसहित नष्ट गरेपछि चित्तद्वारा क्षणमात्र पनि यदि यसको स्मरण भयो भने यो पुनः जीवित भएर सैकडौं विक्षेप खडा गर्दछ । जसरी वर्षाकालिन वायू मेघमा अनेकन उत्पात मच्चाउँछ ।।।३१०।।

यो श्लोकमा साधनामा एकक्षण पनि असावधानी गर्दा के परिणाम प्राप्त हुनसक्दछ भन्ने बारेमा सचेत गराउँदै भनिएको छ कि यो महाभयंकर अहंकारलाई साधनाद्वारा मूलसहित नष्ट गरेपछि वा आत्मसाक्षात्कारको स्थितिलाई प्राप्त गरेपछि पनि यदि कुनै कारणवस् ‘म शरीर हुँ’ भन्ने भाव सूक्ष्मरूपमा मनमा उत्पन्न भयो भने वर्षाकालमा वायुद्वारा वादललाई छिन्नभिन्न गरी उत्पात मच्चाए झंै यो अहंकार पूनर्जिवित भई जगत्सँग सम्पर्क राखि अनेकौं विक्षेपहरूद्वारा साधकलाई पथभ्रष्ट गरी जगत्मा ल्य(ाइदिन सक्दछ । यसैले आत्मासाक्षात्कार प्राप्त भएपछि साधकले निदि(ध्यासनद्वारा निरन्तर ब्रह्म चिन्तनमार्फत ब्रह्ममा पूर्ण विलयभई ‘म ब्रह्म हुँ’ को स्थितिमा पुग्नु पर्दछ । चित्तमा एकक्षण पनि अहंकार रहनु हुँदैन ।

निगृह्य शत्रोरहमोऽवकाशः क्वचिन्नदेयो विषयानुचिन्तया ।
स एव सञ्जीवनहेतुरस्य प्रक्षीणजम्बीरतरोरिवाम्बु ।।३११।।

अहंकाररूपी सत्रुलाई निग्रह गरेपछि विषय चिन्तनद्वारा यसलाई जीवित हुने अवसर दिनु हुँदैन । किनकि क्षीण भएको ज्यामीरको वृक्षलाई जल दिँदा पलाएझैं विषय चिन्तन नै यो अहंकारको पूनर्जिवित हुनुको कारण बन्दछ । ।।३११।।

सम्पूर्ण अनर्थको मूलकारण यो अहंकाररूपी सत्रुलाई साधनाद्वारा निग्रह गरेपछि पनि साधकको असावधानीले गर्दा विषय चिन्तन हुन पुगि अहंकार पूर्नजीवित भई अनेकौं विक्षेपहरू (भ्रमहरू) सिर्जना गरी धेरै साधकहरू लक्ष्(यबाट च्यूत भएका उदाहरणहरू पाइन्छन् । त्यसैले साधन चतुष्टयवाट क्षीण बनेको अहंकारलाई पूर्नजीवित हुने अवसर आउन नदिई आत्मस्वरूप चिन्तनमा मनलाई लगाई ब्रह्मतङ्खव पूर्णबोध नभएको स्थितिसम्म साधनालाई निरन्तरता दिनु पर्दछ । अन्यथा खडेरीले सुकेर क्षीण भई मर्न लागेको ज्यामिरको वृक्ष जसरी जल प्राप्त भएपछि पुर्नजीवित हुन्छ । त्यस्तै साधनले क्षीण बनेको अहंकार पनि विषयको चिन्तनले पुनर्जीवन प्राप्त गरी साधकलाई लक्ष्यबाट विमुख गरिदिन्छ ।

हात्मना संस्थित एव कामी विलक्षणः कामयिता कथं स्यात् । अतोऽर्थसन्धानपरत्वमेव भेदप्रसक्त्या भवबन्धहेतुः ।।३१२।।

देहलाई आत्मा मान्ने पुरुषलाई ‘कामी’ भनिन्छ । जो देह आदिबाट विलक्षण आत्मस्वरूपको निश्चय भएको छ त्यो पुरुष कसरी कामी हुनसक्दछ ? विषय चिन्तनबाट भेदबुद्धि हुनजान्छ । संसार बन्(धनको कारण बन्दछ । ।।३१२।।

जो पुरुष यो अनात्मा देहलाई आत्मा भनेर मान्दछ, त्यस्तो पुरुषलाई ‘कामी’ (अनेकन कामनाहरूले भरिएको) भनिन्छ । देहलाई नै आत्मा मानेकोले वा अज्ञानजनित अहंकारबाट ग्रसित भएको कारणले स्वभावत त्यो पुरुषको जगत््सँग सम्बन्ध स्थापना हुन पुगि मनमा प्रायशः यी नै विषय वा कामनाहरूको चिन्तन, मनन चलिरहन्छ । अनि उ संसाररूपी भवसागरको दुःख सुखरूपी प्रवाहमा डुब्दै उत्रँदै गरिरहन्छ । यदि विषय चिन्तनबाट भेदबुद्धि सिर्जना हुन पुगी यहि नै संसार बन्धनको कारण बन्दछ ।

तर आत्मज्ञानी पुरुषस्वयंलाई देह नमानि ‘म नित्य शुद्ध, बुद्ध, मुक्त, ब्रह्म हुँ’ भनेर ज्ञान प्राप्त गरी नित्य ब्रह्मनन्दमा डुबिसकेको छ । उ यी मिथ्या जगत्का अनेकन अनात्म पदार्थहरूको क्षणिक भोगवृत्तिबाट प्रेरित भएर यी वासनाहरूको पछाडि दौडिएर स्वयंलाई संतप्त किन पार्दछ ?यसैले हे शिष्य ! तिमी पनि क्षणिक सुखको लालचामा यी जगत्का अनेकन विषयहरूको चिन्तन अनि अहंकारलाई मलजल गर्दै, संसारको भव बन्धनलाई झन कसिलो बनाई स्वयं नै स्वयंको बन्दी नबन् । तिमी नित्य परम आनन्द प्राप्त गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 636 0
मंगलाचरण 1/15/2023 645 0
मुक्तिको दुर्लभता 1/15/2023 536 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 792 0
विचारको महङ्खव 1/15/2023 517 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 631 0
शिष्य प्रार्थना 1/15/2023 691 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 509 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 556 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 624 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 915 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 567 0
स्थूल शरीर निन्दा 1/15/2023 724 0
दश इन्द्रियहरू 1/15/2023 982 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 757 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 791 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 553 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 576 0
तमोगुण 1/15/2023 496 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 586 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 720 0
आवरण र विक्षेपशक्ति 1/15/2023 720 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 592 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 625 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 461 0
आत्मस्वरूप निरूपण 1/15/2023 529 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 553 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 636 0
वासना त्याग 1/15/2023 647 0
अध्यास निराकरण 1/15/2023 638 0
अहंपदार्थ निरूपण 1/15/2023 554 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 480 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 560 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 557 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 583 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 648 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 534 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 568 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 573 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 570 0
आत्म चिन्तनको उपदेश 1/15/2023 490 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 563 0
प्रारब्ध कर्म विचार 594 0
प्रारब्ध निराकरण 1/15/2023 559 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 646 0
बोधोपलब्धी 1/15/2023 550 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 748 0
गुरुको अन्तिम उपदेश 1/15/2023 935 0
आत्माको अविनाशिता 1/15/2023 997 0
परमार्थता 1/15/2023 1478 0
शिष्य बिदाइ 1/15/2023 1218 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35536 0