आत्माको अविनाशिता

0 टिप्पणीहरू 796 आगन्तुकहरू

आत्मा नष्ट हुँदैन, आत्माको अविनाशीताको व्याख्या तल गरिएको छ ।

पत्रस्य पुष्पस्य फलस्य नाशवद् देहेन्द्रियप्राणधियां विनाशः ।
नैवात्मनः स्वस्य सदात्मकस्यानन्दाकृतेर्वृक्षवदस्ति चैषः ।।५६१।।
वृक्षको पात, फूल र फलहरूको नाश समान देह, इन्द्रिय, प्राण र वृद्धि आदिको नाश हुन्छ । सदानन्द स्वरूप आत्माको कहिल्यै पनि नाश हुँदैन । आत्मा त वृक्ष जस्तै नित्य अचल रहन्छ । ।।५६१।।

जसरी पुरानो जिर्ण भएपछि वृक्षको पात, फल, फूलहरू नष्ट भएजस्तै यो उपाधिरूपी अनित्य देह, इन्द्रिय, प्राण बुद्धि नष्ट हुन्छन् । तर अधिष्ठानसत्सत्ता भएको कारण सदानन्द स्वरूप आत्माको कहिल्यै नाश हुँदैन । आत्मा शाश्वत अटल, अचल छ ।

प्रज्ञानघन इत्यात्मलक्षणं सत्यसूचकम् ।
अनूद्यौपाधिकस्यैव कथयन्ति विनाशनम् ।।५६२।।
आत्मा प्रज्ञानघन (ज्ञान स्वरूप) छ । आत्माको सत्य सूचक लक्षण वर्णन गरेर श्रुति अरू उपाधिद्वारा कल्पित वस्तु नासवास हुन भन्ने बताउँछ । ।।५६२।।

वेद, उपनिषद् आदि श्रुतिहरू अनुसारले आत्मा प्रज्ञानधन वा नित्य ज्ञान स्वरूप छ । यी देह, मन, बुद्धि, इन्द्रिय आदि सम्पूर्ण आत्माका उपाधिहरू प्रज्ञानघन होइनन् । यिनीहरू त अनित्य, कल्पित, नासवास् वस्तु हुन अथवा
श्रुतिले आत्मालाई प्रज्ञान भनि सत्य सूचक लक्षणको वर्णन गरेकोले सम्पूर्ण देह, मन, बुद्धि, चित्त आदि असत्य हुन ।

अविनाशी वा अरेऽयमात्मेति श्रुतिरात्मनः ।
प्रब्रवीत्यविनाशित्वं विनश्यत्सु विकारिषु ।।५६३।।
‘अरे यो आत्मा अविनाशी हो’, यो श्रुति विकार नष्ट भएपछिको आत्माको अविनाशित्वको प्रतिपादन गर्दछ ।।।५६३।।

वृहदारण्यक उपनिषद्को ज्ञानी यज्ञवल्क्य र मैत्रेयीको सम्वादबाट लिइएको प्रसङ्ग (श्रुति) हो यो । विकारी देह, मन, इन्द्रिय आदि अनित्य भएको कारण नष्ट भएपनि अधिष्ठान,सत (सत्ता) आत्मा नष्ट हुँदैन । आत्मा अविनाशी छ । श्रुति प्रमाणको आधारमा पनि आत्मा अविनाशी छ । देह मर्दछ । अविनाशीय नित्य आत्मा अजर, अमर, अक्षय छ ।

पाषाणवृक्षतृणधान्यकटाम्बराद्या दग्धा
भवन्ति हि मृदेव यथा तथैव ।
देहेन्द्रियासुमनआदि समस्तदृश्यं
ज्ञानाग्निदग्धमुपयाति परात्मभावम् ।।५६४।।
जसरी पत्थर, वृक्ष, घाँस, अन्न, भूस र वस्त्र जलेपछि माटो (खरानी) हुन्छ । त्यसैप्रकार देह, इन्द्रिय, प्राण मन आदि सम्पूर्ण दृश्य पदार्थ ज्ञानको अग्निमा डढेपछि परमात्माभाव प्राप्त हुन्छ । ।।५६४।।

जब ढुङ्गा, वृक्ष, घाँस, अन्न, भूस वस्त्र आदि पदर्थाहरू जलाइदिए वा डढाइदिएपछि यसको रूप, गुण, धर्म, पूर्णरूपमा परिवर्तन भई यी पदार्थहरू खरानीमा परिणत हुन्छ । त्यस्तै देह, इन्द्रिय, प्राण, मन आदि सम्पूर्ण दृश्य पदार्थ जुन अज्ञानको कारण प्रतित भइरहेका छन् । यही प्रतितिको कारण परमात्माभाव प्राप्त नभई मनुष्यलाई जुन जगत् भाव प्राप्त भइरहेको छ ।

जब ज्ञानअग्नि वा (आत्मा साक्षात्कार) प्राप्तिबाट पुरुषलाई सम्यक् ज्ञान प्राप्त हुन्छ । त्यही क्षण यो देह, इन्द्रिय, प्राण, मन लगायत सम्पूर्ण जगत्दृश्य पदार्थ नष्ट भई पूर्ण परमात्माभाव प्राप्त हुन्छ ।

विलक्षणं यथा ध्वान्तं लीयते भानुतेजसि ।
तथैव सकलं दृश्यं ब्रह्मणि प्रविलीयते ।।५६५।।
जसरी सूर्यको प्रकाश उपस्थित हुँदा विपरित स्वभावको अन्धकार उसैमा लिन हुन्छ । त्यस्तै ज्ञानोदय भएपछि सम्पूर्ण दृश्य प्रपन्च ब्रह्ममा नै लीन हुन्छ । ।।५६५।।

जसरी सूर्यको उदय भएपछि अन्धकारको सत्ता उपस्थित रहन सक्दैन । त्यो सूर्यमा नै विलय हुन जान्छ । त्यस्तै ज्ञानको उदय वा ब्रह्मसाक्षात्कार प्राप्त भएर सङ्खव सत्ताको बोध भएपछि देह, मन, इन्द्रिय, प्राण जगत्रूपी सम्पूर्ण दृश्य प्रपन्च ब्रह्ममा नै लिन हुन्छ । दुई भिन्न सत्ताको उपस्थिति एकैचोटी असम्भव छ ।

घटे नष्टे यथा व्योम व्योमैव भवति स्फुटम् ।
तथैवोपाधिविलये ब्रह्मैव ब्रह्मवित् स्वयम् ।।५६६।।
घडा नष्ट भएपछि जसरी घटाकाश महाकाश नै हुन्छ । त्यस्तै उपाधि लय भएपछि ब्रह्मवेत्तास्वयं ब्रह्म नै हुन्छ । ।।५६६।।

घडा (घैंटो) भित्रको घटाकाश र बाहिरको आकाशमा कुनै भिन्नता छैन । मात्र घैंटोको उपस्थितिले मिथ्या भेद प्रतित भएको हो । जब घैटो नष्ट हुन्छ, घैंटोभित्रको त्यो घटकाश महाकाश विलय हुन्छ ।
त्यस्तै आत्मज्ञानद्वारा देहरूपी उपाधि नष्ट भएपछि मनुष्य सहज ब्रह्मस्वरूप प्राप्त गर्दछ वा स्वयं ब्रह्म बन्दछ ।

क्षीरं क्षीरे यथा क्षिप्तं तैलं तैले जलं जले ।
संयुक्तमेकतां याति तथात्मन्यात्मविन्मुनिः ।।५६७।।
जसरी दूधमा मिसाइएको दूध, तेलमा मिसाइएको तेल र पानीमा मिसाइएको पानी, मिसिएर एक हुन्छ । त्यस्तै आत्मज्ञानी मुनी आत्मामा लिन भएपछि आत्मस्वरूप नै प्राप्त गर्दछन् । ।।५६७।।

एक धर्म, गुण, स्वभावका वस्तुहरू जब एक आपसमा मिसिन्छन् तिनीहरूको धर्म, गुण, स्वभावमा परिवर्तन नभई ती एकस्वरूप, एक गुण, एक धर्म प्राप्त गर्दछ । जब साधनाद्वारा चित्तका सम्पूर्ण विकार गरी नष्ट ब्रह्मभावमा स्थित मुनि दूधमा दूध, पानीमा पानी, मिसिए झैं परब्रह्ममा मिसिएर ब्रह्मसँग एकास्वरूप प्राप्त गर्दछ ।
स्वयं ब्रह्म बन्दछ ।

एवं विदेहकैवल्यं सन्मात्रत्वमखण्डितम् ।
ब्रह्मभावं प्रपद्यैव यतिर्नावर्तते पुनः ।।५६८।।
अखण्डित ब्रह्मभावरूपी विदेह कैवल्य (पद) प्राप्त गरेको मुनी पुनःसंसार चक्रमा पर्दैन । ।।५६८।।

अज्ञानजनित वासनाको कारण पुरुषले जन्म–मरणरूपी संसार प्राप्त गर्दछ । चित्तका सम्पूर्ण वृत्तिलाई नष्ट गरेर ब्रह्ममा विलय मुनि पुनः जगत्मा फर्कन असम्भव भएकोले परब्रह्ममा विलय भई ब्रह्म बन्दछ । विदेहकैवल्य प्राप्त गर्दछ ।

सदात्मैकत्वविज्ञानदग्धाविद्यादिवष्र्मणः ।
अमुष्य ब्रह्मभूतङ्खवाद् ब्रम्हणः कुत उद्भवः ।।५६९।।
ब्रह्म र आत्माको एकत्व ज्ञानरूपी अग्निबाट अविद्यादिरूप शरीर नष्ट भएपछि उ ब्रह्मरूप हुन्छ । ब्रह्मको उत्पति कसरी सम्भव छ ? ।।५६९।।

जसले ब्रह्म र आत्माको एकताको सम्यक् अनुभव गरी अविद्यादिरूप शरीर (स्थूल, सूक्ष्म र कारण शरीर) नष्ट गरि ब्रह्ममा विलय भई ब्रह्मारूप बनेका छन् उनीहरुको उत्पति सम्भव छैन ।
बन्धन र मोक्ष दुवै अपारमार्थिक (मोक्ष र बन्धन दुवै किन मिथ्या कल्पना हुनको व्याख्या गरिन्छ ।)

मायाक्लृप्तौ बन्धमोक्षौ न स्तः स्वाात्मनि वस्तुतः ।
यथा रज्जौ निष्क्रियायां सर्पाभासविनिर्गमौ ।।५७०।।
जसरी निस्क्रिय डोरीमा सर्पको प्रतीति हुन प्रतीति नहुनु दुबै भ्रम हुन् । यसैगरी बन्धन र मोक्ष दुवै मायाद्वारा कल्पित हुन । वास्तवमा ती आत्मामा छैनन् । ।।५७०।।

साँझपख वा अँध्यारोमा डोरी भ्रमवश सर्प झैं प्रतीत हुन्छ । जब त्यो स्थानमा प्रकाश पर्दछ । भ्रमरूपी सर्प लोप हुन्छ । यथार्थमा सर्प डोरीमा देखिनु वा नदेखिनु दुबै भ्रम हुन् । डोरीमा न त सर्प थियो न त त्यो कतै गएको विलाएको थियो । मात्र अँध्यारो (अज्ञान) को कारण यी भ्रमहरू सिर्जना भएका थिए ।

त्यस्तै आत्मामा न बन्धन छ न मोक्ष । आत्मामा आत्मा अतिरिक्त केही छैन । यसैले आत्मामा कल्पना गरिएका यी बन्धन, मोक्ष मायाद्वारा कल्पित भ्रम हुन ।

आवृतेः सदसङ्खवाभ्यां वक्तव्ये बन्धमोक्षणे ।
नावृतिर्ब्रह्मणः काचिदन्याभावादनावृतम् ।
यद्यस्त्यद्वैतहानिः स्याद् द्वैतं नो सहते श्रुतिः ।।५७१।।
अज्ञानको आवरण रहनु र नरहनुलाई मोक्ष र बन्धन भनिन्छ । ब्रह्ममा आवरण सम्भव छैन । यसैले अन्य (वस्तु) को अभावले ब्रह्म अनावृत्त छ । ब्रह्ममा आवृत्त (आवरण) मानियो भने अद्वैत सिद्धान्त सिद्ध हुन सक्दैन । द्वैत श्रुतिलाई मान्य छैन । ।।५७१।।

वेदान्त अनुसार यो जगत्मा ब्रह्मबाहेक अन्य केही छैन । अज्ञानको उपस्थितिमा सर्वत्र ब्रह्म अनुभूति नभएर यो जगत्रूपी भ्रम सिर्जना भएको हो ।

यदि सृष्टिमा ब्रह्मावाहेक अन्य केहि छँदै छैन भने ब्रह्मको आवरण कसरी हुन सक्दछ ?यदि ब्रह्ममा आवरण छ भन्ने मानियो भने यो वेदान्तको अद्वैत सत्ता सिद्धान्त अनुरूप हुन सक्दैन ।

यसैले बन्धन र मोक्ष भनेको ब्रह्ममा आवरण रहनु नरहनु नभई मनुष्यमा अज्ञान आवरण रहनु नरहनु हो । जब अज्ञानको आवरण नष्ट हुन्छ यहाँ मात्र ब्रह्म उपस्थित रहन्छ । सम्पूर्ण द्वैत सत्ता समाप्त हुन्छ ।

बन्धञ्च मोक्षञ्च मृषैव मूढा बुद्धेर्गुणं वस्तुनि कल्पयन्ति ।
दृगावृतिं मेघकृतां यथा रवौ यतोऽद्वयास·चिदेकमक्षरम् ।।५७२।।
जसरी मेघ (बादल) द्वारा दृष्टिलाई ढाकिंदा सूर्यलाई ढाकिएको भनिन्छ । यसैप्रकार बन्धन र मोक्ष बुद्धिको गुण हो । यसलाई मूढपुरुष आत्मामा कल्पित गर्दछ, जबकी आत्मा अद्वितीय, असंग, ज्ञानरूप र अविनाशी छ । ।।५७२।

आत्मा नित्य असंग, विशुद्ध र ज्ञानरूप छ । आत्मामा बन्धन, मोक्ष नामक कुनै आवरण उपस्थित छैन । जब अन्तःकरणमा विकार उपस्थित छ, त्यहाँ अज्ञान छ, बन्धन छ । अन्तःकरण पूर्ण निर्मल छ त्यहाँ मोक्ष छ । यसैले बन्धन र मोक्ष अन्तःकरण (बुद्धि) मा वासना उपस्थित हुनु र नहुनुको स्थिति मात्र हो । यो बुद्धिका गुण हुन् । फेरि अज्ञानी मुढ मनुष्य आत्मा विशुद्ध छ, बन्धन र मोक्ष मनको गुण हुन् भन्ने नवुझी बन्धन र मोक्ष छ भनेर बुझ्दछ । स्वतन्त्र आत्मामा बन्धन मोक्ष असम्भव छ ।

अस्तीति प्रत्ययो यश्च यश्च नास्तीति वस्तुनि ।
बुद्धेरेव गुणावेतौ न तु नित्यस्य वस्तुनः ।।५७३।।
ब्रह्ममा आवरणको प्रतिति र अप्रतिति यो दुबै बुद्धिका गुण हुन् । नित्य आत्माको होइन । ।।५७३।।

कुनै पनि वस्तुको प्रथम ज्ञान इन्द्रियको माध्यमद्धारा हुन्छ । त्यो वस्तु कस्तो हो ? त्यसको गुण, धर्म स्वभाव के हो ? त्यो सत् असत् के हो ? यी सम्पूर्णको निर्णय बुद्धिले गर्दछ । जब बुद्धि भ्रमित हुन्छ वा जब बुद्धिले अज्ञानको कारणले सही निर्णय दिन सक्दैन, बुद्धिको त्यो निर्णय गलत वा भ्रमपूर्ण हुन्छ । मरूभूमिमा जलाशय प्रतित हुनु, अँध्यारोमा डोरीमा सर्पको प्रतिति देखिनु यस्तै बुद्धि भ्रमित भएका अवस्था हुन् । यथार्थ ज्ञान हुन्छ भ्रमहरू स्वतः विलय हुन्छ ।

त्यस्तै नित्य, शुद्ध, मुक्त आत्मामा आवरणको प्रतिति (बन्धन), अप्रतिति (मोक्ष) यी दुबै बुद्धिका कारण सिर्जित भएका हुन् । आत्मा बन्धन मोक्षरहित छ । जब अज्ञान नष्ट भई आत्मासाक्षात्कार हुन्छ बुद्धिको यो भ्रम नष्ट हुन्छ ।

अतस्तौ मायया क्लृप्तौ बन्धमोक्षौ न चात्मनि ।
निष्कले निष्क्रिये शान्ते निरवद्ये निरञ्जने ।
अद्वितीये परे तङ्खवे व्योमवत्कल्पना कुतः ।।५७४।।
यसकारण बन्धन र मोक्ष दुवै मायाद्वारा कल्पित छन् । वस्तुतः आत्मामा यी छैनन् । आकाश समान निष्कल, निष्क्रिय, शान्त, निर्दोष, निरन्जन र अद्धितिय परमतङ्खवमा कुनै वस्तुको कल्पना कसरी हुनसक्छ । ।।५७४।।

विशुद्ध, निर्गुण, निर्मल, आत्मा जुन आकाशझैं निरवयव, निष्क्रिय, शान्त, निर्दोष र निरन्जन छ यस्तो परमतङ्खव आत्मामा मोक्ष बन्धन आदिको कल्पना कसरी हुन्छ ? हुँदैन । यसैले आत्मामा बन्धन र मोक्ष दुवै मायाद्वारा कल्पित हुन् । अज्ञान नष्ट भएपछि यो कल्पना वा प्रतिति नष्ट ह्ुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 482 0
मंगलाचरण 1/15/2023 513 0
मुक्तिको दुर्लभता 1/15/2023 416 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 626 0
विचारको महङ्खव 1/15/2023 407 0
शिष्य लक्षण 1/15/2023 472 0
साधन–चतुष्टय 1/15/2023 1193 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 423 0
सद्गुरु लक्षण 461 0
शिष्य प्रार्थना 1/15/2023 523 0
गुरु कर्तव्य 1/15/2023 581 0
1/15/2023 397 0
शिष्य प्रशंसा 1/15/2023 436 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 400 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 448 0
अपरोक्षानुभवको आवश्यकता 422 0
स्थूल शरीरको व्याख्या 1/15/2023 623 0
विषयविन्दा 1/15/2023 453 0
देहाशक्तिको निन्दा 1/15/2023 435 0
स्थूल शरीर निन्दा 1/15/2023 522 0
दश इन्द्रियहरू 1/15/2023 746 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 409 0
पञ्चप्राण 1/15/2023 536 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 567 0
प्राणको धर्म 1/15/2023 366 0
अहंकार 1/15/2023 385 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 322 0
माया वर्णन 1/15/2023 1004 0
रजोगुण 1/15/2023 400 0
तमोगुण 1/15/2023 350 0
सङ्खवगुण 1/15/2023 373 0
कारण शरीर 1/15/2023 404 0
आत्मा–निरूपण 1/15/2023 402 0
अध्यास 1/15/2023 456 0
आवरण र विक्षेपशक्ति 1/15/2023 500 0
बन्ध निरूपण 1/15/2023 358 0
अन्नमय कोश 1/15/2023 406 0
प्राणमय कोश 1/15/2023 390 0
मनोमय कोश 1/15/2023 367 0
विज्ञानमय कोश 1/15/2023 408 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 481 0
आनन्दमय कोश 1/15/2023 330 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 335 0
आत्मस्वरूप निरूपण 1/15/2023 401 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 333 0
जगत्को मिथ्यात्व 1/15/2023 419 0
ब्रह्म निरूपण 1/15/2023 601 0
महावाक्य – विचार 1/15/2023 460 0
ब्रह्मा–भावना 1/15/2023 504 0
वासना त्याग 1/15/2023 487 0
अध्यास निराकरण 1/15/2023 386 0
अहंपदार्थ निरूपण 1/15/2023 406 0
अहंकार – मुख्यवाधा 1/15/2023 326 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 366 0
प्रमाद – निन्दा 1/15/2023 441 0
अविद्याको स्थिति 1/15/2023 414 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 407 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 391 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 476 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 390 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 370 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 389 0
ध्यान विधि 1/15/2023 396 0
आत्म दृष्टि 1/15/2023 427 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 420 0
आत्म चिन्तनको उपदेश 1/15/2023 344 0
शरीर उपेक्षा 1/15/2023 327 0
आत्मज्ञानको फल 1/15/2023 434 0
जीवनमुक्तको लक्षण 1/15/2023 421 0
प्रारब्ध कर्म विचार 432 0
प्रारब्ध निराकरण 1/15/2023 383 0
नानात्व – निषेध 1/15/2023 463 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 466 0
बोधोपलब्धी 1/15/2023 410 0
शिष्यको अनुभव 1/15/2023 461 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 598 0
गुरुको अन्तिम उपदेश 1/15/2023 785 0
परमार्थता 1/15/2023 1112 0
शिष्य बिदाइ 1/15/2023 1056 0
अनुवन्ध – चतृष्टय 1/15/2023 34344 0