आत्मामा के के छिपेको छ ?

0 टिप्पणीहरू 466 आगन्तुकहरू

‘आत्मा’ जिवन्त परमात्मा तत्वको तँपाईमा उपस्थित चेतन ‘अंश’ हो । सृष्टिको आदिकालमा जिवन्त परमात्मा तत्व जून स्वयंको सूक्ष्म अंशलाई त्रिगुणी प्रकृतिमा स्थापना गर्‍यो

ममैवांशो जीवलोके जीवभूतः सनातनः ।
मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ।।१५–७।।

यो देह वा जीव लोकमा यी सनातन जिवात्माहरु मेरो अंश हुन् । तर यही (अंश आत्मा) त्रिगुणी प्रकृतिमा स्थित मन र पाँच इन्द्रियहरुलाई आकर्षित गर्दछ ।

मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।

हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।

सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।।१४–४।।

हे कुन्ती नन्दन ! अनेकन् योनीहरुमा जति पनि शरिरधारी प्राणीहरु उत्पन्न हुन्छन् । महत् ब्रम्हा (मूूल त्रिगुणी प्रकृति) त ति सबैलाई गर्भमा धारण गर्ने माता हुुन् । र म चेतन वीजलाई स्थापना गर्ने पिता हुुँ ।

त्यो अंश नै आत्मा हो । यो आत्मा नै तँपाईको यर्थाथ स्वरुप हो ।

आत्मा तत्व स्वयं परमात्मा तत्वको अंश भएकाले परम तत्वका सम्पूर्ण मौलिक गुणहरु, श्रेष्ठ विभूतिहरु र शाश्वत नियमहरु यो आत्मा तत्वमा उपस्थित छन् । परमात्मा तत्वका गुणहरु, विभूतिहरु र नियमहरुको व्याख्या अध्याय……………मा गरिसकिएको छ । गीताका यि विभिन्न श्लोकहरुमा भगवानले आत्माको बारेमा गर्नुभएको व्याख्याहरुबाट पनि आत्मा के हो ? आत्माको स्वरुप कस्तो छ ? आत्मा तत्वमा के छिपेको छ ? के छ ? आदि बारेमा बुझ्न सकिन्छ ।

य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते ।।२–१९।।

यो जो आत्मालाई मार्ने सम्झन्छ । तथा जो यसलाई मरेको मान्दछ । ति दुबै जान्दैनन् । किनभने यो आत्मा न मर्दछ, न मारिन्छ ।

न जायते म्रियते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।।२–२०।।

यो आत्मा कुनै कालमा न मर्छ, न जन्मिन्छ । न यो उत्पन्न भएर फेरी हुुनेवाला छ । किनभने यो अजन्मा, नित्य, शाश्वत र पुरातन छ । शरिरको नाश हुदा पनि यो नष्ट हँुदैन ।

वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम् ।।२–२१।।

हे पृथापुत्र अर्जुुन ! जुन पुरुष यो आत्मालाई नाशरहित, नित्य, अजन्मा, अव्यय भन्ने जान्दछ । त्यो पुरुष कसरी कसैलाई मार्न लगाउँछ र कसरी कसैलाई मार्दछ ?

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२–२३।।

हे अर्जुन ! यो आत्मालाई शस्त्रले काट्न सक्दैन । यसलाई आगोले जलाउन सक्दैन । यसलाई पानीले भिजाउन सक्दैन र वायुले सुकाउन सक्दैन ।

अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।२–२४।।

यो आत्मा अच्छेद्य (काट्न नसकिने) छ । अदाह्य (जलाउन नसकिने) छ । अक्लेध (गलाउन नसकिने) छ । अशोष्य (समाहित गर्न नसकिने) छ । तथा निसन्देह नित्य, सर्वव्यापक, अचल, स्थिर तथा सनातन छ ।

अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२–२५।।

यो आत्मा अव्यक्त, अचिन्त्य –चिन्तन गर्न नसकिने) छ । यसलाई निर्विकार (विकार रहित) भनिन्छ । यसकारण यो आत्मालाई यस्तो जानेर तिमिले शोक गर्नुु उचित छैन ।

अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।
तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२–२६।।

(तर) यदि तिमी यो आत्मालाई सधैँ जन्मने वा सधैँ मान्छौ भने पनि हे महावाहु ! तिमीले यस प्रकार शोक गर्नु योग्य छैन ।

आश्चर्यवत्पश्यति कश्चिदेन–
माश्चर्यवद्वदति तथैव चान्यः ।
आश्चर्यवच्चैनमन्यः शृणोति
श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।।२–२९।।

कोहि महापुरुष यो आत्मालाई आश्चर्य मानेझँै देख्दछ (अनुभव गर्दछ) । त्यस्तै दोस्रो महापुरुष यो आत्मालाई आश्चर्य माने झैँ वर्णन गर्दछ । अन्य यो आत्मालाई आश्चर्य माने झैँ सुन्दछन् । कोहि सुनेर पनि यो आत्मालाई जान्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 723 0
अवतरण के हो ? 1/9/2023 632 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 654 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 652 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 649 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 577 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 612 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 615 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 599 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 618 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 660 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 487 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 551 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 540 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 587 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 524 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 614 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 636 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 573 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 613 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 514 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 652 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 481 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 565 0
त्रिगुण के हो ? 1/9/2023 724 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 537 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 463 0
त्रिगुण र बन्धन 1/9/2023 596 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 496 0
सतगुण के हो ? 1/9/2023 516 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 423 0
मनुष्य उत्पति 1/9/2023 522 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 506 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 430 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 546 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 419 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 448 0
धर्मक्षेत्र के हो ? 1/9/2023 472 0
मोक्ष साधना के हो ? 1/9/2023 471 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 554 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 378 0
यज्ञ के हो ? 1/9/2023 416 0
धर्मयुद्ध के हो ? 1/9/2023 491 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 467 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 416 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 400 0
के हो ईश्वर भजन ? 1/9/2023 457 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 385 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 316 0
कर्म के हो ? 1/9/2023 765 0
कर्मको गति किन गहन छ ? 1/9/2023 401 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 626 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 421 0
कर्मयोग के हो ? 1/9/2023 472 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 440 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 391 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 450 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 431 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 399 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 478 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 680 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 405 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 435 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 482 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 486 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1070 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 571 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 563 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 462 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1399 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 483 0
वेद के हो ? 1/10/2023 535 0
देवता के हो ? 1/10/2023 539 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 486 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 528 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 482 0
मृत्यु के हो ? 1/10/2023 509 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 475 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 498 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 2806 0