आत्म चिन्तनको उपदेश

0 टिप्पणीहरू 491 आगन्तुकहरू

आत्मचिन्तनद्वारा भ्रान्तिलाई नष्ट गर्ने उपायको व्याख्या गरिन्छ ।

चित्तमूलो विकल्पोऽयं चित्ताभावे न कश्चन ।
अतश्चित्तं समाधेहि प्रत्यग्रूपे परात्मनि ।।४०८।।
यो विकल्प (कल्पना) भेद, चित्त मूलक हो । चित्तको अभावमा यो (भेद) रहँदैन । यसैले चित्तलाई अन्तरआत्मारूपी परमात्मामा स्थापित गर । ।।४०८।।

जबसम्म तमोगुणको शक्तिले चित्तलाई छोपिदिन्छ । त्यो क्षणसम्म पुरुषलाई मूढता वा विपरित भावना प्राप्त हुने हुनाले मनुष्य साधनामा प्रवेश गर्न सक्दैन । परमात्माको अवधारणा बुझ्न सक्दैन । जब चित्तलाई रजगुणको विक्षेप शक्तिले ग्रसित गर्दछ । त्यस्तो अवस्था मुनष्य जगत्का वासनाप्रति आकृष्ट रहन्छ यी दुवै स्थितिमा चित्तमा भेद, कल्पना उठिरहन्छन् ।

चित क्लेशको अभाव वा पूर्ण चित्तशुद्धिको अवस्था प्राप्त भएमा यी विकल्प रहँदैन । यसैले हे साधक, तिमी, विवेक, वैराग्यादि साधनाद्वारा चित्तका तम,रजादि गुणहरूलाई नष्ट गरी शुद्ध चित्तद्वारा आत्मालाई साक्षात्कार गरी चित्तलाई आत्मचिन्तनको प्रक्रियाद्वारा अन्तरआत्मारूपी परमात्मामा स्थापित गर । यो अवस्थामा चित्तले आत्माका गुणहरूलाई ग्रहण गरी स्वयं ब्रह्ममय हुन पुगी तिमी मोक्ष हुनेछौ ।

किमपि सततबोधं केवलानन्दरूपं निरूपममतिवेलं नित्युमुक्तं निरीहम् । निरवधिगगनाभं निष्कलं निर्विकल्पंहृदि कलयति विद्वान् ब्रह्म पूर्णं समाधौ ।।४०९।।

वाणीको अविषय, नित्यबोधस्वरूप, केवल आनन्दरूप, उपमारहित, कालातित, नित्यमुक्त, (निष्क्रिय) अन्तरहित, असंग, कालरहित, निर्विकल्प पूर्णब्रह्मलाई विद्वान्हरूले समाधि अवस्थामा स्वहृदयमा अनुभव गर्दछन् । ।।४०९।।
वा

णीद्वारा बुझ्न, बुझाउन, व्याख्या गर्न असम्भव भएकोले वाणीको अविषय, स्वरूपल सदा चेत(चैतन्य) भएकोले नित्यबोधस्वरूप, दुःखबाट रहित भएकोले केवल आनन्दरूप, ब्रह्मको केही उपमा (तुलना) नभएकोले उपमारहित, कालभन्दा टाढा भएकोले कालातित, सधैं वन्धरहित भएकोले नित्यमुक्त, कर्मरहित भएकोले निस्क्रीय, देश, काल र वस्तुसँग परिच्छिन्न (वाँधिनु) नभएकोले अन्तरहित, विकाररहित भएकोले निर्मलविविधबाट सून्य भएकोले निर्विकल्प, असँग यस्तो ब्रह्मको अनुभूति चित्त पूर्णरूपमा निर्मल भई आत्मज्ञान प्राप्त गरेका विद्वान्हरूले स्वहृदयमा अनुभव गर्दछन् ।

प्रकृतिविकृतिशून्यं भावनातीतभावं समरसमसमानं मानसम्बन्धदूरम् । निगमवचनसिद्धं नित्यमस्मत्प्रसिद्धं हृदि कलयति विद्वान्् ब्रह्म पूर्णं समाधौ ।।४१०।।
प्रकृति (कारण), विकृति (कार्य)बाट रहित, मानवीय भावनाबाट अतीत, एकरस, एकरूप, निरूपम (अतुलनीय), अप्रमेय (प्रमाण भन्दा पर), वेदवचनबाट सिद्ध, सदा अस्मत् (म) रूपले प्रसिद्ध, पूर्णब्रह्मलाई विद्वान् पुरुष समाधि अवस्थामा हृदयमा साक्षात अनुभव गर्दछन् । ।।४१०।।

विशुद्ध प्रकृति (तम, रज, गुण) र त्यसको कार्यबाट रहित (प्रकृति, विकृति रहित) साधारण मानवीय कल्पनामा आउन नसक्ने श्रुतिका अतिरिक्त अन्य तर्कद्वारा बुझ्न नसकिने (मानविय भावनाबाट अतित), सदा एकरूप, सदा एकरस अतुलनीय, प्रमाणभन्दा पर (अप्रमेय), मात्र वेदवचनबाट सिद्ध हुने, सदा म रूपले प्रसिद्ध, यस्तो तत्व, जसले यो सम्पूर्ण ब्रह्माण्ड ढाकेको छ । यस्तो तत्व ब्रह्मलाई विद्वान् साधकले सम्यक् समाधिको अवस्थामा सत, चित, आनन्दको रूपमा हृदयमा साक्षात अनुभव गर्दछन् ।

अजरममरमस्ताभासवस्तुस्वरूपं स्तिमितसलिलराशिप्रख्यमाख्याविहीनम् । शमितगुणविकारं शाश्वतं शान्तमेकं हृदि कलयति विद्वान्् ब्रह्म पूर्णं समाधौ ।।४११।।
अजर, अमर, आभाष शुन्य, निश्चल, पानीको ताल जस्तै, नामरहित, गुणहरूको विकारले शुन्य, शाश्वत् , शान्त, एक, पूर्णब्रह्मको विद्वान् पुरुष समाधिमा स्वयंको हृदयमा अनुभव गर्दछन् । ।।४११।।

क्षयहीन (अजर), नाश रहित (अमर), प्रतीति हीनविहीन (आभाष शून्य), विकार वा क्रिया विहीन (शान्त), निश्चल, जाति, प्रवृत्ति आदिबाट रहित (नामरहित), गुण विकारले शून्य (निर्गुण), अनादि सिद्ध(शाश्वत्), परिणाम रहित (शान्त), अद्वितीय स्वरूप यस्तो ब्रह्मतत्वलाई आत्मज्ञानी विद्वान् पुरुषहरूले समाधिमा स्वहृदयमा अनुभव गर्दछन् ।

समाहितान्तःकरणः स्वरूपे विलोकयात्मानमखण्डवैभवम् ।
विच्छिन्धि बन्धं भवगन्धगन्धिलं यत्नेन पुंस्त्वं सफलीकुरुष्व ।।४१२।।
स्व–स्वरूपमा चित्तलाई स्थिर गरेर अखण्ड ऐश्वर्य सम्पन्न आत्माको साक्षात्कार गर । संसार वासनाले युक्त बन्धनलाई काटेर प्रयत्नपूर्वक मनुष्य जन्मलाई सफल बनाउ । ।।४१२।।

हे शिष्य ! तिमी अनादि अज्ञान सिर्जित देहबुद्धिको कारणले गर्दा सांसारिक भोगमा लिप्त भई, वासनाका बन्धनहरूले बाँधिई सँधै भोग चिन्तन अनि वासनायुक्त कर्म गरी यो दूर्लभ मनुष्य जीवनलाई नष्ट गरिरहेका छौ । संसारका वासनाहरूसँग पराजित तिम्रो जीवनमा वासनाहरू बीजयी भई तिम्रो जन्म असफल भएको छ ।

आज अनेक जन्मको पुण्य प्रताप (प्रारब्ध) को कारण तिमीले यो अमूल्य मानव जीवन पाएका छौ । तिमी यो अवसरलाई व्यर्थ खेर नफाल । प्रयत्नपूर्वक यो बन्धनलाई नष्ट गर । जब तिमीले यो बन्धनलाई काट्ने छौ ।
स्व–स्वरूपमा तिम्रो चित्त स्थिर हुनेछ, तिमी अखण्ड ऐश्वर्यपूर्ण आत्मासँग साक्षात्कार गर्ने छौ । जब तिमीले यो परमऐश्वर्य पद प्राप्त गर्नेछौ, तिमीलाई संसारमा प्राप्त गर्नु पर्ने अन्य केही वस्तु बाँकी रहने छैन । तिमी परम ऐश्वर्यशाली मोक्ष पुरुष बन्नेछौ । तिम्रो जीवन धन्य बन्नेछ । त्यसैले तिमीले यो जन्ममा नै संसार वासनायुक्त बन्धनलाई काटेर, प्रयत्नपूर्वक मनुष्य जन्मलाई सफल बनाउ ।

सर्वोपाधिविनिर्मुक्तं सच्चिदानन्दमद्वयम् ।
भावयात्मानमात्मस्थं न भूयः कल्पसेऽध्वने ।।४१३।।
सम्पूर्ण उपाधिबाट रहित सचिच्दानन्दस्वरूप अद्वितीय, स्वहृदयमा स्थित आत्माको अनुभव गर । यसबाट तिमी पुनः संसारमार्गमा पर्ने छैनौ । ।।४१३।।

देह मन, अहंकारसम्पूर्ण उपाधिबाट रहित सत्(अस्तिङ्खव), चित्त (चेतना) आनन्द, अद्वितीय स्वरूपको आत्मा, तिम्रो अन्तरकणमा भासित छ । अज्ञानले गर्दा तिमीले यो आत्मालाई अनुभव गर्न नसक्दा स्वयंलाई देह मानी यो जगत्मा तिमी भड्किरहेका छौ । तिमी साधनाद्वारा अज्ञानलाई नष्ट गरी स्वयंको हृदयमा नै स्थित आत्मालाई अनुभव गरी मोक्ष प्राप्त गर । जब तिमी स्व–स्वरूप आत्मालाई साक्षात्कार गर्ने छौ, तिम्रासम्पूर्ण अज्ञान नष्ट हुने हुनाले तिमी पुनःजन्म मरणको यो संसार चक्रबाट मुक्त हुनेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 636 0
मंगलाचरण 1/15/2023 645 0
मुक्तिको दुर्लभता 1/15/2023 538 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 792 0
विचारको महङ्खव 1/15/2023 517 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 631 0
शिष्य प्रार्थना 1/15/2023 691 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 509 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 556 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 624 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 915 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 567 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 982 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 757 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 791 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 553 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 576 0
तमोगुण 1/15/2023 496 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 586 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 720 0
आवरण र विक्षेपशक्ति 1/15/2023 721 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 592 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 625 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 461 0
आत्मस्वरूप निरूपण 1/15/2023 531 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 553 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 636 0
वासना त्याग 1/15/2023 647 0
अध्यास निराकरण 1/15/2023 638 0
अहंपदार्थ निरूपण 1/15/2023 556 0
अहंकार – मुख्यवाधा 1/15/2023 464 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 480 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 560 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 557 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 583 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 648 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 534 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 568 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 573 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 570 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 563 0
प्रारब्ध कर्म विचार 594 0
प्रारब्ध निराकरण 1/15/2023 561 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 646 0
बोधोपलब्धी 1/15/2023 550 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 748 0
गुरुको अन्तिम उपदेश 1/15/2023 935 0
आत्माको अविनाशिता 1/15/2023 999 0
परमार्थता 1/15/2023 1478 0
शिष्य बिदाइ 1/15/2023 1218 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35536 0