भगवान् बुद्धको निर्वाण साधना सङ्घर्षका कथा

२.३ आध्यात्मिक जगतका अनेक दृश्य

0 टिप्पणीहरू 516 आगन्तुकहरू

निर्वाण प्राप्त गुरु खोजको यात्रामा सत्य वा मोक्ष प्राप्त गुरु प्राप्त गर्न असमर्थ रहेपनि भगवान्ले तत्कालीन भारत वर्षको आध्यात्मिक जगतलाई नजिकबाट अवलोकन, अध्ययन र चिन्तन गर्ने मौका प्राप्त गर्नुभयो । यस यात्राका क्रममा भगवान्ले के स्पष्ट देख्नुभयो भने यस संसारमा उहाँ मात्र निर्वाणको खोजीमा प्रजवित जीवन ग्रहण गर्ने साधक हुनुहुन्नथ्यो । अपितु असङ्ख्य अन्य साधक पनि थिए, जो भगवान्झैँ निर्वाण प्यासी थिए, भगवान् झैँ निर्वाण प्राप्तिका लागि परिवार, गृहस्थी, श्रीमती त्याग गरी प्रजवित जीवन ग्रहण गरेका थिए, जसले विभिन्न गुरुहरूको शिष्यत्व ग्रहण गरी अनेक गुरुहरूको आश्रममा स्थायी रूपमा रहेर निर्वाण प्राप्तिहेतु साधनाका अनेक क्रिया गरिरहेका थिए ।

यस्ता अनेक आध्यात्मिक समूह वा सम्प्रदायमा विभक्त साधकले पृथक–पृथक साधनाविधि, जीवनपद्धति र बाह्य आवरणलाई ग्रहण गरेका थिए । केही सम्प्रदायका साधकहरूले कपाल खौरिएका थिए । केही सम्प्रदायका साधकहरूले भुईँसम्म छुने गरी कपाल पालिरहेका थिए । केही साधक अनवरत मन्त्र उच्चारण गरिरहन्थे, केही साधक मौनी थिए । केही साधक विभिन्न किसिमका वस्त्र आभूषण धारण गर्थे, केही साधक नग्न थिए । केही साधक अल्पहारी, शाकाहारी थिए, केही साधक मासु, मादक पदार्थ पनि सेवन गर्थे । केही साधक अनेक प्रकारका ध्यान साधनामा समाहित थिए भने केही साधक देहपीडक तपस्यामा संलग्न देखिन्थे ।

अनेक जन्मदेखिको साधनाका कारण विस्तार हुँदै आएको जागरुकताका कारण भगवान् तीक्ष्ण दृष्टियुक्त पुरुष हुनुहुन्थ्यो । यही तीक्ष्ण दृष्टिका कारण उहाँ कुनै पनि विषय वा वस्तुमा छिपेको सत वा असत पक्षलाई सहजै बोध गर्न सक्नुहुन्थ्यो । आफ्ना यही तीक्ष्ण दृष्टिले जगतका विषयहरूमा छिपेको असत पक्ष बोध गरेका कारण भगवान्ले दरबारलाई पनि त्यागी दिनुभएको थियो । जब भगवान्ले यी अनेक प्रकारका बाह्य आध्यात्मिकतामाथि दृष्टि दिनुहुन्थ्यो उहाँको दृष्टिले यस आवरणीय आध्यात्मिकतामा छिपेको मिथ्या पक्षलाई सहजै भेदन गथ्र्याे । मूलतः निर्वाण प्राप्त गर्न असमर्थ, गुरुत्वको भोगमा लिप्त, सत्य मोक्ष साधना विधिसँग अनभिज्ञ गुरुहरूले सिर्जना गरेका अनेक सम्प्रदायहरू र आफ्ना सम्प्रदायलाई अन्य सम्प्रदायबाट पृथक देखाउन सिर्जना गरेका अनेक बाह्य आभूषण र कर्मकाण्डीय साधनाविधिका कारण सत्य निर्वाणाभिलाषी साधकहरू पनि अनेक अनर्थपूर्ण साधनामा फसिरहेका छन् भन्ने तथ्य भगवान्को दृष्टिमा सहजै बोध हुनपुग्थ्यो । जब भगवान् सत्य मोक्ष विद्या लुप्त भएकै कारण जन्मिएका आध्यात्मिक जगतका यी अनर्थपूर्ण बाह्य आध्यात्मिक दृश्यलाई देख्नुहुन्थ्यो त्यस क्षणमा उहाँलाई निर्वाण प्राप्तिमा सत्य गुरु वा सत्य साधनाविधिको महत्व झन् गहन बोध हुन्थ्यो ।

सत्गुरु खोजको यात्रा क्रममा भगवान्ले कैँयौँ सम्प्रदायमा बसेर तिनका साधना विधिलाई पनि अवलोकन, अध्ययन, अनुसन्धान गर्ने अवसरप्राप्त गर्नुभयो । यी सम्प्रदायका गुरु र साधकहरूले निर्वाणको पक्षमा प्राप्त गरेका आध्यात्मिक उपलब्धिलाई समीपबाट अवलोकन गर्ने अवसर पनि प्राप्त गर्नुभयो । अवस्था यति आश्चर्यपूर्ण थियो कि निर्वाण खोजको प्रजवित जीवन ग्रहण गरेका गुरुहरू, साधकहरू, साधना (मूलतः ध्यान साधना) बाट प्राप्त क्षणभङ्गुर शान्ति, आनन्द आदि बाहेक निर्वाणको पक्षमा कुनै यथार्थ आन्तरिक रूपान्तरण प्राप्त गर्न असमर्थ थिए । निर्वाण अनुभूति क्षणभङ्गुर वा विनाशी हुन सक्दैन भन्ने साधारण तथ्यसँग पनि अपरिचित यी गुरु र साधकहरू ध्यान साधनाकाकालमा जन्मने क्षणिक, खुसी, आनन्द आदि अनुभूतिलाई नै निर्वाण अनुभूतिको रूपमा बुझेर रमाइरहेका थिए । ध्यान साधनामा एकाग्रताको कारण जन्म हुने क्षणभङ्गुर आनन्द, शान्ति आदि अनुभूति बाहेक यी गुरु र साधकहरू मोक्षको पक्षमा कुनै गहन आन्तरिक आध्यात्मिक रूपान्तरण प्राप्त गर्न असमर्थ थिए ।

साधनाका यी साधारण उपलब्धिलाई बिर्सने हो भने यी गुरु र साधकहरूमा स्वयंका धर्म, गुरु, दर्शन, सम्प्रदाय आदिप्रति तीव्र राग, एकोहोरो पक्षपोषण, अन्धभक्तपूर्ण दृष्टि, अनुभूति विहीन ज्ञानका व्यर्थ चर्चा आदि मात्र शेष थियो । कैँयौँ गुरु र साधकहरू आध्यात्मिक जडपन र अन्य सम्प्रदायप्रति आलोचनात्मक वा निषेधात्मक दृष्टिबाट पनि ग्रसित देखिन्थे । आध्यात्मिकताको संसारभित्र पनि सर्वत्र राग र द्वेषकै साम्राज्य थियो । जो साधक गृहस्थी जीवनको राग द्वेषबाट मुक्त हुन परिव्राजक जीवन ग्रहण गरी आध्यात्मिक जगतमा प्रवेश गरेका थिए ती साधक पनि आध्यात्मिक जगतको सुन्दर आवरणमा उत्पन्न हुने धर्म, गुरु, सम्प्रदाय आदिका रागरूपी सूक्ष्म डोरीमा बाँधिएका थिए । भगवान्को जागरुक दृष्टिमा निर्वाणको संसारका यी कटु दृश्य छिप्न सकिरहेका थिएनन् । घर, गृहस्थी, परिवार त्याग गरी निर्वाणको महान् लक्ष्य प्राप्तिको यात्रामा प्रवेश गरेका साधकहरू अध्यात्मका विषयबाट बन्धन प्राप्त गरी निर्वाण लक्ष्यबाट टाढा हुँदै गइरहेको दृष्य पनि भगवान्को दृष्टिमा छिप्न सकिरहेको थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 436 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 823 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 655 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 562 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 494 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1836 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 577 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 563 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 557 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 457 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 547 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 453 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 608 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 499 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 507 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 740 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 503 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 485 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 578 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 470 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 432 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 475 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 518 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 421 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 480 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 866 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 706 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 464 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 471 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 567 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 769 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 635 0
७.१ सम्यक कर्म साधना 1/11/2023 591 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 526 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 476 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 453 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 410 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 558 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 480 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 501 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 392 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 498 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 450 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 564 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 449 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 494 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 547 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 395 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 502 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 508 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 543 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 478 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2126 0