विपश्यना साधनाको चरणबद्ध साधनाविधि

९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस्

0 टिप्पणीहरू 534 आगन्तुकहरू

जब तँपाई अझै गहिरिएर आनापानसतिलाई अवलोकन गर्नुहुन्छ तब देख्नुहुनेछ कि प्रज्ञापक्ष (संवेदनाका उदय र व्ययका बोध) अनुपस्थित रहे पनि श्वासप्रश्वासमाथि गरिने यो ध्यान साधना स्वयंमा एक गहन साधना हो । आनापानसति साधनाकै कारण सातौँ, आठौँ ध्यानको स्थिति प्राप्त गर्नुभएका भगवान् बुद्धका गुरु आलार कालम र उद्धक रामपुत्तले मृत्युपश्चात् अरूप ब्रम्हलोक प्राप्त गर्नुभएबाट पनि आनापानसति साधना कति गहन साधना हो भन्ने स्पष्ट हुन्छ । भगवान् बुद्ध यही आनापानसतिको अभ्यासबाट प्राप्त गर्नुभएको चित्तको उच्च जागरुकता र सूक्ष्मताकै कारण मध्यमार्गी आर्य अष्टाङ्ग साधनाविधिको मार्ग पहिल्याउन सफल हुनुभएको थियो ।

तपाईं चित्त शुद्धि वा निर्वाणको जुन लक्ष्य लिएर विपश्यना साधनामा प्रवेश गर्नुभएको छ त्यस साधनाको मूल लक्ष्य निर्वाण प्राप्त गर्न आनापानसतिको कति महत्व छ भन्ने तथ्यलाई तल दिइएका बुँदाहरूबाट पनि बुझ्न सकिन्छ । त्यसैले ती बुँदाहरूप्रति स्पष्ट हुनुहोस् ।

१. विपश्यना साधना भनेकै चित्तको संवेदनाहरूलाई भोग गर्ने स्वभावलाई नाश गर्नु हो । जबसम्म तपार्इँ संवेदनाहरूमाथि साधना गरी चित्तमा संवेदनालाई भोग नगर्ने स्वभाव विकास गर्न सक्नुहुन्न तबसम्म तपाईंले निर्वाण साधनाका नाममा जेजस्ता साधना गरे पनि निर्वाण लक्ष्य प्राप्त गर्न सक्नुहुन्न । संवेदनाहरूमाथि साधना गर्न तपाईंले देहसत्ता (काय र चित्त) मा संवेदना उत्पन्न गर्न सक्नुपर्छ ।

जब आनापानसति साधनाका कारण तपाईंको नासिका तलको त्रिकोणात्मक क्षेत्रमा संवेदना उत्पन्न हुन थाल्छन् तब तपाईं आनापानसति वा श्वासप्रश्वास प्रक्रियालाई आधार बनाएर शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म संवेदना उत्पन्न गर्दै यिनै संवेदनाप्रति समभावी रहन चित्तलाई प्रशिक्षण दिन प्रारम्भ गर्नुहुन्छ । यसरी विपश्यना साधनाको मूल आधार संवेदनाहरू उत्पन्न गर्न आनापानसति साधनाको महत्वपूर्ण भूमिका छ । आनापानसति साधनाको अनुपस्थितिमा तपाईं सहजरूपमा संवेदनालाई उत्पत्ति गरी आफैँमा निर्वाण चक्र उत्पत्ति गर्न असमर्थ रहनुहुन्छ ।

२. जब तपाईं विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ, जब तपाईं संवेदनाहरू उत्पन्न गर्दै शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ तब पूर्व संस्कारका कारण साधनाकालमा पनि तपाईंको मन भड्किरहन्छ । यसरी साधनाकालमा भड्किएको मनलाई एकाग्रत बनाई पुनः विपश्यना साधनालाई निरन्तरता दिन तपाईंलाई आनापानसति साधना वा श्वासप्रश्वासकै सहयोग चाहिन्छ । आनापानसति वा श्वासप्रश्वासमाथि गरिने ध्यान नै त्यस्तो विधि हो, जसको सहयोगमा तपाईं साधनाकालमा साधनाबाट भड्किएको चित्तलाई पुनः सहजातापूर्वक फर्काएर साधनामा ल्याउन सक्नुहुन्छ । आनापानसति साधनाको अनुपस्थितिमा तपाईं सहजतापूर्वक साधनाबाट भड्किएको चित्तलाई साधनामा फर्काएर ल्याउन असमर्थ रहनुहुनेछ ।

३. जब तपाईं विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ तब शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म चक्कर लगाउन थाल्नुहुन्छ । यस्तो अवस्थामा तँपाई कायमा स्थूलता वा जडताको उपस्थिति बोध गर्नुहुन्छ । कायको यस स्थूलता तथा जडता यति स्थूल प्रकृतिको हुन्छ कि तपाईं एकएक इन्च गरेर कायमा कायानुपश्यना साधना गर्न असमर्थ हुन पुग्नुहुन्छ । त्यस क्षणमा तँपाईको साधनाको क्रमबद्धता खण्डित भइरहन्छ । साधना सही दिशामा प्रवाहित हुन असमर्थ भइरहन्छ । त्यस्तो अवस्थामा साधनाको क्रमबद्धतालाई लय प्रदान गर्न तपाईंले पुनः आनापानसति साधनामा प्रवेश गर्नुपर्छ, श्वासप्रश्वासको लयलाई समात्नुपर्छ ।

तपाईंले आनापानसति साधना र विपश्यना (संवेदनामाथि गरिने समभावी) साधनालाई समानान्तररूपमा लैजान सक्नुपर्छ । यस्तो अवस्थामा तपाईंका चित्त सूक्ष्म हुन पुगी कायको स्थूलता वा जडतालाई नष्ट गर्न थाल्छ । अन्ततः तपाईं कायका सम्पूर्ण स्थूलतालार्ई नष्ट गर्दै कायलाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम एकाइमा टुक्र्याउँदै कायको भित्र, बाहिर, सर्वत्र कायानुपश्यना साधना गर्न सक्षम हुनुहुन्छ । आनापानसति वा श्वासप्रश्वासलाई आलम्बन वा आधार नबनाई तपाईं कायको स्थूलता वा जडतालाई नाश गर्न असमर्थ हुनुुहुनेछ । यदि तपाईंले कायको जडतालाई नष्ट गर्न सक्नुभएन भने विपश्यना साधनामा कस्तो अवरोध खडा हुन पुग्छ भन्ने कुरा विपश्यना साधनाका अनुभवी साधक परिचित नै हुनुपर्छ ।

४. जब तपाईं विपश्यना साधना भन्नुहुन्छ यो साधनाले चित्तको गहिराइ वा अवचेतन क्षेत्रसम्म पुगेर चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्ने साधनालाई बुझाउँछ । जबसम्म तपाईं चित्तको अन्तिम गहिराइसम्म पुगेर अवचेतन चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुहुन्छ तबसम्म तपाईं पञ्चस्कन्धको क्षेत्रभित्रै फसिरहनुहुन्छ । तपाईंको अवचेतन मनले संवेदनालाई नै भोगी रहन्छ, संस्कारहरूकै निर्माण र विस्तार गरिरहन्छ ।
यस्तो स्थितिमा तपाईं पञ्चस्कन्धको क्षेत्रभन्दा बाहिरको अमृत वा निर्वाणको क्षेत्रमा प्रवेश गर्न असमर्थ रहनुहुन्छ । चित्तको अन्तिम गहिराइसम्म पुगेर संवेदनालाई भोग गर्ने स्वभावलाई नष्ट गर्न तपाईंलाई विपश्यना साधनालाई गहिराइसम्म लैजान एक शक्तिशाली आधारको आवश्यकता पर्छ । यस्तो स्थितिमा आनापानसति साधना त्यो आलम्बन (आधार) हो, जसलाई आधार बनाएर तपाईं संवेदनामाथि समभावी साधना गर्दै अवचेतन वा अत्यन्त गहिराइसम्म पुगेर चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न सक्नुहुन्छ ।

५. आनापानसति साधनामा श्वासप्रश्वास प्रक्रियालाई जागरुकतापूर्वक यथाभूतरूपमा दर्शन गर्दा कुनै क्षणमा चित्त यति एकाग्र र सूक्ष्म हुन्छ कि श्वासप्रश्वास अत्यन्त गहिरो क्षेत्रमा प्रवेश गर्छ । त्यस क्षणमा चित्तमा सङ्गह भएका विकारहरू र निर्मल भएको चित्त एकअर्काको सम्पर्कमा आइपुग्छन् । परिणामस्वरूप दुई विपरीत विद्युतीय ध्रुवबीच विपरीत प्रतिक्रिया भएजस्तै संवेदना भोग गर्ने र नगर्ने दुई विपरीत स्वभावबीच विपरीत प्रतिक्रिया उत्पन्न हुन पुग्दा चित्तका विकार उखेलिन थाल्छन् । सूक्ष्म परिणाममा भए पनि यस क्षणमा चित्त शुद्ध वा निर्मल हुन पुग्छ । स्मरणरहोस चित्तमा सङग्रहित विकारलाई नष्ट गर्ने साधनामा मूल साधना विपश्यना नै साधना हो, विपश्यनाको प्रज्ञा क्षेत्रको साधना नै हो तर आनापानसति साधनाले सूक्ष्म परिणाममा भए पनि चित्तका विकारलाई नष्ट गर्छ र तपाईलाई निर्वाण लक्ष्यतर्फ बढ्न सहयोग गर्छ ।

६. श्वासप्रश्वास प्रक्रिया र तपाईंको मनका विकारहरू एकअर्कोमा सम्बन्धित हुन्छन् । जब तपाईंमा संस्कारहरू उत्पन्न हुन्छन् तब तपाईंको श्वासप्रश्वासको गति परिवर्तन हुन थाल्छ, तीव्र हुन थाल्छ । उदाहरणका लागि जब तपाईंमा क्रोध उत्पन्न हुन्छ, काम भोगको इच्छा उत्पन्न हुन्छ त्यस क्षणमा तपाईंको श्वासप्रश्वासको गति तीव्र हुन थाल्छ । तपाईंको श्वासप्रश्वास गतिको लयबद्धता नष्ट हुन थाल्छ । जब तपाईं आनापानसति साधनामा प्रवीण हुँदै जानुहुन्छ वा श्वासप्रश्वासको गति झन्झन् जागरुक हुँदै जानुहुन्छ यस्तो स्थितिमा जब तपाईंको मनमा विकार उत्पन्न हुन्छ, जब विकार उत्पन्न भएका कारण तपाईंको श्वासप्रश्वासको गतिमा परिवर्तन आउन थाल्छ, तपाईंँ स्वयंमा विकार उत्पन्न भइरहेको छ भन्ने तथ्य सहजै थाहा पाउनुहुन्छ । एक विपश्वी साधकका रूपमा तपाईं यथाभूत लय खण्डित भएको श्वासप्रश्वासको प्रक्रियालाई अवलोकन गर्न प्रारम्भ गर्नुहुन्छ । यसरी चित्तमा उत्पन्न विकारहरूले तपार्इँलाई अपहरण गरेर विषयहरूमा प्रवेश गराउनु पूर्व नै तपाईं आनापानसति साधनामा प्रवीण भएकै कारण आफूलाई नियन्त्रणमा लिन समर्थ हुनुहुन्छ, निर्वाण लक्ष्यबाट च्यूत हुने स्थितिबाट आफूलाई बचाउन सक्नुहुन्छ ।

७. संसारमा प्रचलित जति पनि मोक्ष साधनाका विधि छन् ती सबै साधनाविधिका मूल लक्ष्य चित्तलाई आध्यात्मिक लगायत सबै विषयप्रति राग वा द्वेष भावबाट मुक्त गर्नु हो । मोक्ष साधनाको यस लक्ष्यलाई तपाईं (परमात्मा, गुरु, प्रतिमा, ध्वनि, मन्त्र, प्रकाश आदिलाई साधनाको आलम्बन बनाएर कहीँल्यै प्राप्त गर्न सक्नुहुन्न ।

जब तँपाई यी बाह्य आलम्बनहरूलाई साधनाको आधार बनाउनुहुन्छ तब तपाईंमा यी आलम्ब (ईश्वर, गुरु आदि) प्रति राग उत्पन्न हुने सम्भावनाको जन्म हुन्छ । अध्यात्मका यी विषयबाट बन्धन प्राप्त गर्ने सम्भावनाको जन्म हुन्छ । निर्वाण साधनाबाट च्यूत हुने सम्भावनाको जन्म हुन्छ । जब तपार्इँ श्वासप्रश्वास प्रक्रियालाई साधनाको आधार बनाउनुहुन्छ तब यथाभूतरूपमा श्वासप्रश्वासलाई अवलोेकन गर्नुहुन्छ र यस आलम्बन (श्वासप्रश्वास) प्रति तपाईंमा राग, द्वेष, मोह आदि उत्पन्न हुनै सक्दैनन् । फलतः तपाईं साधनाका आलम्बबाटै बन्धन प्राप्त गर्ने स्थितिबाट मुक्त हुन सक्नुहुन्छ ।

यसरी आनापानसति साधनाले मनको बहिर्मुखी स्वभाव नाश गरी मनको जागरुकताको विस्तार, विपश्यना साधनाका लागि संवेदनाहरूका उत्पत्ति, साधनाको मनको अवचेतन क्षेत्रसम्ममा प्रवेश, चित्तका विकार नाश, साधनामा राग द्वेष निरत आलम्बन आदि प्रदान गर्दै तपाईंमा धर्मचक्र उत्पत्ति गर्छ । साधनालाई निर्वाणको लक्ष्यतर्फ बढ्ने पृष्ठभूमि तयार पार्छ । निर्वाण साधनाले समाधान गर्नुपर्ने समस्यालाई पूर्णरूपमा समाधान गर्ने पृष्टभूमि तयार पार्छ । स्पष्ट छ आनापानसति साधनाको अनुपस्थितिमा विपश्यना साधनाका साधकलाई निर्वाण लक्ष्य प्रदान गर्न असमर्थ रहन्छ ।
आनापानसति साधनाको निरन्तरता

अब तपाईं आनापानसति साधनालाई निरन्तरता दिइरहनुहोस् । यस क्रममा आसन ग्रहणपश्चात् जब तपाईं आनापानसति साधना प्रारम्भ गर्नुहुन्छ तब यस साधनालाई ४–५ मिनेटसम्म निरन्तरता दिइरहनुहनुहोस् । (स्मरणरहोस् विपश्यनाको १० दिवसीय साधना शिविरमा आनापानसति साधना लगातार तीन दिनसम्म गरिन्छ । तत्पश्चात् साधक विपश्यना साधनामा प्रवेश गर्छ )।

तपाईं जागरुक भएर श्वास लिनुहोस् र जागरुक भएर श्वास छोड्नुहोस् । लामो श्वास आउँदा मात्र लामो श्वास आइरहेकोे छ भनेर जान्नुहोस् । लामो श्वास जाँदा लामो श्वास गइरहेको छ भनेर यथाभूतरूपमा जान्नुहोस् । छोटो श्वास भित्र आउँदा छोटो श्वास आइरहेको छ भनेर जान्नुहोस् । छोटो श्वास बाहिर जाँदा छोटो श्वास गइरहेको छ भनेर जान्नुहोस् । दाँया नासिकाबाट श्वास आउँदा वा जाँदा दाया नासिकाबाट श्वास आइरहेको छ, गइरहेको छ भनेर राम्रोसँग जान्नुहोस् ।
बाँया नासिकाबाट श्वास आउँदा वा जाँदा बायाँ नासिकाबाट श्वास आइरहेको छ र गइरहेको छ भनेर जान्नुहोस् । नासिकाबाट तातो वा चिसो श्वास आउँदा वा जाँदा तातो वा चिसो श्वास आइरहेको वा गइरहेको छ भनेर जान्नुहोस् । श्वासप्रश्वासका यी सम्पूर्ण प्रक्रियालाई जस्तो छ त्यस्तैरूपमा अवलोकन गर्नुहोस् । श्वासप्रश्वासका यी स्थितिमा कुुनै पनि किसिमको हस्तक्षेप नगर्नुहोस् ।

जब श्वासले लय समात्छ तब श्वासले लय समातिरहेको छ भनेर जान्नुहोस् । जब श्वासको लय नष्ट हुन्छ तब श्वासको लय नष्ट भएको छ भनेर जान्नुहोस् । नदी किनाराका यात्रीले नदीको प्रवाहलाई अवलोकन गरे जस्तै तटस्थ भावले अवलोकन गर्नुहोस् । जब आनापानसतिमा मन चञ्चल भई ध्यान भङ्ग हुन्छ तब मेरो साधना भङ्ग भएको छ भनेर यथाभूतरूपमा जान्नुहोस् तर त्यस्तो क्षणमा निराश, व्याकुल आदि नबन्नुहोस् । अपितु चञ्चल मनलाई पुनः श्वासप्रश्वासमा केन्द्रित गराउनुहोस् । श्वासप्रश्वासका सम्पूर्ण स्थितिमा बोधपूर्ण बन्नुहोस् । कुनै प्रतिक्रिया नगरी मात्र बोध गर्नुहोस् ।
आनापानसति साधनालाई निरन्तरता दिइरहनुहोस्

जब तँपाई यसरी श्वासप्रश्वासप्रति जागरुक र समभावी बनिरहनुहुन्छ त्यतिबेला धम्मका शाश्वत नियमहरूका कारण तँपाईको चित्तमा जागरुक, समभाव आदि साधनाबीज सङ्ग्रहित र विस्तारित भइरहेका हुन्छन् । त्यसैले तपाईंको बेहोश भई विषयहरूमा डुलिरहने मनको स्वभाव शनैःशनैः क्षय भइरहेको छ भन्ने तथ्यप्रति सचेत हुनुहोस् र आनापानसति साधनालाई निरन्तरता दिइरहनुहोस् ।

जब तपाईं यसरी आनापानसति साधनालाई निरन्तरता दिइरहनुहुन्छ तब पेट, छाती वा कायका अङ्गहरू फुल्दै र खुमचिँदै गएको जस्ता अनुभूति प्राप्त गर्नुहुन्छ । काय र चित्त शान्त हुँदै गएको अनुभूति प्राप्त गर्नुहुन्छ । यतिबेला कायका अनेक भागमा अनेक प्रकार संवेदना (चिलाएझैँ, पोलेझैँ, शीतल भएझैँ आदि) उत्पन्न भइरहेको अनुभूति पनि प्राप्त गर्नुहुन्छ तर काय क्षेत्रका यी अनुभूतिप्रति कुनै किसिमको प्रतिक्रिया नजनाउनुहोस् । राम्रो वा नराम्रो भनेर विभाजन नगर्नुहोस् । खुसी र दुखी हुने पनि नगर्नुहोस् । मात्र प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वासप्रति साक्षीभावपूर्ण भइरहनुहोस् । धम्म (प्रकृति) का शाश्वत नियमहरूले जब कुनै साधनाबीज प्राप्त गर्छन् त्यस बीजलाई कसरी सङ्ग्रह गर्छन्, कसरी विस्तार गर्छन् आदि तथ्यप्रति स्पष्ट हुनुहोस् ।

 आनापानसति साधना के हो ?
 आनापानसति साधना कसरी गरिन्छ ?
 आनापानसति साधना कति समयसम्म गरिन्छ ?
 आनापानसति साधनाको महत्व के हो ?
 आनापानसति साधनाको सिमितता के हो ?

माथिका प्रश्नहरुको उत्तर अध्याय एघारमा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 436 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 825 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 638 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 659 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 568 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 498 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 510 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 467 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 501 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 485 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 480 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 576 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 440 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1845 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 771 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 585 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 569 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 561 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 505 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 459 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 549 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 457 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 612 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 505 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 514 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 513 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 535 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 746 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 509 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 547 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 487 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 588 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 474 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 438 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 483 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 520 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 427 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 484 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 475 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 831 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 870 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 710 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 470 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 475 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 569 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 773 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 581 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 637 0
७.१ सम्यक कर्म साधना 1/11/2023 593 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 528 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 484 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 455 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 414 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 697 0
६.१ दुःख आर्य सत्य 1/11/2023 518 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 560 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 482 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 511 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 398 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 500 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 454 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 570 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 451 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 496 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 551 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 397 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 492 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 510 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 510 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 545 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 464 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 485 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 523 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 480 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 567 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2134 0