धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस्

0 टिप्पणीहरू 444 आगन्तुकहरू

जब तँपाई अझै गहिरिएर आनापानसतिलाई अवलोकन गर्नुहुन्छ तब देख्नुहुनेछ कि प्रज्ञापक्ष (संवेदनाका उदय र व्ययका बोध) अनुपस्थित रहे पनि श्वासप्रश्वासमाथि गरिने यो ध्यान साधना स्वयंमा एक गहन साधना हो । आनापानसति साधनाकै कारण सातौँ, आठौँ ध्यानको स्थिति प्राप्त गर्नुभएका भगवान् बुद्धका गुरु आलार कालम र उद्धक रामपुत्तले मृत्युपश्चात् अरूप ब्रम्हलोक प्राप्त गर्नुभएबाट पनि आनापानसति साधना कति गहन साधना हो भन्ने स्पष्ट हुन्छ । भगवान् बुद्ध यही आनापानसतिको अभ्यासबाट प्राप्त गर्नुभएको चित्तको उच्च जागरुकता र सूक्ष्मताकै कारण मध्यमार्गी आर्य अष्टाङ्ग साधनाविधिको मार्ग पहिल्याउन सफल हुनुभएको थियो ।

तपाईँ चित्त शुद्धि वा निर्वाणको जुन लक्ष्य लिएर आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्नुभएको छ त्यस साधनाको मूल लक्ष्य निर्वाण प्राप्त गर्न आनापानसतिको कति महत्व छ भन्ने तथ्यलाई तल दिइएका बुँदाहरूबाट पनि बुझ्न सकिन्छ । त्यसैले ती बुँदाहरूप्रति स्पष्ट हुनुहोस् ।

१. धर्मचक्र प्रवर्तन वा आर्य अष्टाङ्ग साधना भनेकै चित्तको संवेदनाहरूलाई भोग गर्ने स्वभावलाई नाश गर्नु हो । चित्तलाई सुखद र दुःखद संवेदनाहरूप्रति समभावी बन्न प्रशिक्षण दिनु हो । जबसम्म तपार्इँ संवेदनाहरूमाथि साधना गरी चित्तमा संवेदनालाई भोग नगर्ने स्वभाव विकास गर्न सक्नुहुन्न तबसम्म तपाईँले निर्वाण साधनाका नाममा जेजस्ता साधना गरे पनि निर्वाण लक्ष्य प्राप्त गर्न सक्नुहुन्न । संवेदनाहरूमाथि साधना गर्न तपाईँले देहसत्ता (काय र चित्त) मा संवेदना उत्पन्न गर्न सक्नुपर्छ ।

जब आनापानसति साधनाका कारण तपाईँको नासिका तलको त्रिकोणात्मक क्षेत्रमा संवेदना उत्पन्न हुन थाल्छन् तब तपाईँ आनापानसति वा श्वासप्रश्वास प्रक्रियालाई आधार बनाएर शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म संवेदना उत्पन्न गर्दै यिनै संवेदनाप्रति समभावी रहन चित्तलाई प्रशिक्षण दिन प्रारम्भ गर्नुहुन्छ । यसरी विपश्यना साधनाको मूल आधार संवेदनाहरू उत्पन्न गर्न आनापानसति साधनाको महत्वपूर्ण भूमिका छ । आनापानसति साधनाको अनुपस्थितिमा तपाईँ सहजरूपमा संवेदनालाई उत्पत्ति गरी आफैँमा धर्मचक्र प्रवर्तन गर्न असमर्थ रहनुहुन्छ ।

२. जब तपाईँ धर्मचक्र साधना प्रारम्भ गर्नुहुन्छ, जब तपाईँ संवेदनाहरू उत्पन्न गर्दै शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ तब पूर्व संस्कारका कारण साधनाकालमा पनि तपाईँको मन भड्किरहन्छ । यसरी साधनाकालमा भड्किएको मनलाई एकाग्रत बनाई पुनः विपश्यना साधनालाई निरन्तरता दिन तपाईँलाई आनापानसति साधना वा श्वासप्रश्वासकै सहयोग चाहिन्छ । आनापानसति वा श्वासप्रश्वासमाथि गरिने ध्यान नै त्यस्तो विधि हो, जसको सहयोगमा तपाईँ साधनाकालमा साधनाबाट भड्किएको चित्तलाई पुनः सहजातापूर्वक फर्काएर साधनामा ल्याउन सक्नुहुन्छ । आनापानसति साधनाको अनुपस्थितिमा तपाईँ सहजतापूर्वक साधनाबाट भड्किएको चित्तलाई साधनामा फर्काएर ल्याउन असमर्थ रहनुहुनेछ ।

३. जब तपाईँ विपश्यना साधना प्रारम्भ गर्नुहुन्छ तब शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म चक्कर लगाउन थाल्नुहुन्छ । यस्तो अवस्थामा तपार्इँ कायमा स्थूलता वा जडताको उपस्थिति बोध गर्नुहुन्छ । कायको यस स्थूलता तथा जडता यति स्थूल प्रकृतिको हुन्छ कि तँपाई एकएक इन्च गरेर कायमा कायानुपश्यना साधना गर्न असमर्थ हुन पुग्नुहुन्छ । त्यस क्षणमा तपार्इँको साधनाको क्रमबद्धता खण्डित भइरहन्छ । साधना सही दिशामा प्रवाहित हुन असमर्थ भइरहन्छ । त्यस्तो अवस्थामा साधनाको क्रमबद्धतालाई लय प्रदान गर्न तपाईँले पुनः आनापानसति साधनामा प्रवेश गर्नुपर्छ, श्वासप्रश्वासको लयलाई समात्नुपर्छ ।

तपाईँले आनापानसति साधना र विपश्यना (संवेदनामाथि गरिने समभावी) साधनालाई समानान्तररूपमा लैजान सक्नुपर्छ । यस्तो अवस्थामा तपाईँका चित्त सूक्ष्म हुन पुगी कायको स्थूलता वा जडतालाई नष्ट गर्न थाल्छ । अन्ततः तपाईँ कायका सम्पूर्ण स्थूलतालार्ई नष्ट गर्दै कायलाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम एकाइमा टुक्र्याउँदै कायको भित्र, बाहिर, सर्वत्र कायानुपश्यना साधना गर्न सक्षम हुनुहुन्छ । आनापानसति वा श्वासप्रश्वासलाई आलम्बन वा आधार नबनाई तपाईँ कायको स्थूलता वा जडतालाई नाश गर्न असमर्थ हुनुुहुनेछ । यदि तपाईँले कायको जडतालाई नष्ट गर्न सक्नुभएन भने विपश्यना साधनामा कस्तो अवरोध खडा हुन पुग्छ भन्ने कुरा विपश्यना साधनाका अनुभवी साधक परिचित नै हुनुपर्छ ।

४. जब तपाईँ विपश्यना साधना भन्नुहुन्छ यो साधनाले चित्तको गहिराइ वा अवचेतन क्षेत्रसम्म पुगेर चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्ने साधनालाई बुझाउँछ । जबसम्म तपाईँ चित्तको अन्तिम गहिराइसम्म पुगेर अवचेतन चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुहुन्छ तबसम्म तपाईँ पञ्चस्कन्धको क्षेत्रभित्रै फसिरहनुहुन्छ । तपाईँको अवचेतन मनले संवेदनालाई नै भोगी रहन्छ, संस्कारहरूकै निर्माण र विस्तार गरिरहन्छ ।

यस्तो स्थितिमा तपाईँ पञ्चस्कन्धको क्षेत्रभन्दा बाहिरको अमृत वा निर्वाणको क्षेत्रमा प्रवेश गर्न असमर्थ रहनुहुन्छ । चित्तको अन्तिम गहिराइसम्म पुगेर संवेदनालाई भोग गर्ने स्वभावलाई नष्ट गर्न तपाईँलाई विपश्यना साधनालाई गहिराइसम्म लैजान एक शक्तिशाली आधारको आवश्यकता पर्छ । यस्तो स्थितिमा आनापानसति साधना त्यो आलम्बन (आधार) हो, जसलाई आधार बनाएर तपाईँ संवेदनामाथि समभावी साधना गर्दै अवचेतन वा अत्यन्त गहिराइसम्म पुगेर चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न सक्नुहुन्छ ।

५. आनापानसति साधनामा श्वासप्रश्वास प्रक्रियालाई जागरुकतापूर्वक यथाभूतरूपमा दर्शन गर्दा कुनै क्षणमा चित्त यति एकाग्र र सूक्ष्म हुन्छ कि श्वासप्रश्वास अत्यन्त गहिरो क्षेत्रमा प्रवेश गर्छ । त्यस क्षणमा चित्तमा सङ्गह भएका विकारहरू र निर्मल भएको चित्त एकअर्काको सम्पर्कमा आइपुग्छन् । परिणामस्वरूप दुई विपरीत विद्युतीय ध्रुवबीच विपरीत प्रतिक्रिया भएजस्तै संवेदना भोग गर्ने र नगर्ने दुई विपरीत स्वभावबीच विपरीत प्रतिक्रिया उत्पन्न हुन पुग्दा चित्तका विकार उखेलिन थाल्छन् । सूक्ष्म परिणाममा भए पनि यस क्षणमा चित्त शुद्ध वा निर्मल हुन पुग्छ । स्मरणरहोस चित्तमा सङग्रहित विकारलाई नष्ट गर्ने साधनामा मूल साधना विपश्यना नै साधना हो, विपश्यनाको प्रज्ञा क्षेत्रको साधना नै हो तर आनापानसति साधनाले सूक्ष्म परिणाममा भए पनि चित्तका विकारलाई नष्ट गर्छ र तपाईलाई निर्वाण लक्ष्यतर्फ बढ्न सहयोग गर्छ ।

६. श्वासप्रश्वास प्रक्रिया र तपाईँको मनका विकारहरू एकअर्कोमा सम्बन्धित हुन्छन् । जब तपाईँमा संस्कारहरू उत्पन्न हुन्छन् तब तपाईँको श्वासप्रश्वासको गति परिवर्तन हुन थाल्छ, तीव्र हुन थाल्छ । उदाहरणका लागि जब तपाईँमा क्रोध उत्पन्न हुन्छ, काम भोगको इच्छा उत्पन्न हुन्छ त्यस क्षणमा तपाईँको श्वासप्रश्वासको गति तीव्र हुन थाल्छ । तपाईँको श्वासप्रश्वास गतिको लयबद्धता नष्ट हुन थाल्छ । जब तपाईँ आनापानसति साधनामा प्रवीण हुँदै जानुहुन्छ वा श्वासप्रश्वासको गति झन्झन् जागरुक हुँदै जानुहुन्छ यस्तो स्थितिमा जब तपाईँको मनमा विकार उत्पन्न हुन्छ, जब विकार उत्पन्न भएका कारण तपाईँको श्वासप्रश्वासको गतिमा परिवर्तन आउन थाल्छ, तँपाईँ स्वयंमा विकार उत्पन्न भइरहेको छ भन्ने तथ्य सहजै थाहा पाउनुहुन्छ । एक विपश्वी साधकका रूपमा तपाईँ यथाभूत लय खण्डित भएको श्वासप्रश्वासको प्रक्रियालाई अवलोकन गर्न प्रारम्भ गर्नुहुन्छ । यसरी चित्तमा उत्पन्न विकारहरूले तपार्इँलाई अपहरण गरेर विषयहरूमा प्रवेश गराउनु पूर्व नै तपाईँ आनापानसति साधनामा प्रवीण भएकै कारण आफूलाई नियन्त्रणमा लिन समर्थ हुनुहुन्छ, निर्वाण लक्ष्यबाट च्यूत हुने स्थितिबाट आफूलाई बचाउन सक्नुहुन्छ ।

७. संसारमा प्रचलित जति पनि मोक्ष साधनाका विधि छन् ती सबै साधनाविधिका मूल लक्ष्य चित्तलाई आध्यात्मिक लगायत सबै विषयप्रति राग वा द्वेष भावबाट मुक्त गर्नु हो । मोक्ष साधनाको यस लक्ष्यलाई तपाईँ (परमात्मा, गुरु, प्रतिमा, ध्वनि, मन्त्र, प्रकाश आदिलाई साधनाको आलम्बन बनाएर कहिल्यै प्राप्त गर्न सक्नुहुन्न ।

जब तँपाई यी बाह्य आलम्बनहरूलाई साधनाको आधार बनाउनुहुन्छ तब तपाईँमा यी आलम्ब (ईश्वर, गुरु आदि) प्रति राग उत्पन्न हुने सम्भावनाको जन्म हुन्छ । अध्यात्मका यी विषयबाट बन्धन प्राप्त गर्ने सम्भावनाको जन्म हुन्छ । निर्वाण साधनाबाट च्यूत हुने सम्भावनाको जन्म हुन्छ । जब तपार्इँ श्वासप्रश्वास प्रक्रियालाई साधनाको आधार बनाउनुहुन्छ तब यथाभूतरूपमा श्वासप्रश्वासलाई अवलोेकन गर्नुहुन्छ र यस आलम्बन (श्वासप्रश्वास) प्रति तपाईँमा राग, द्वेष, मोह आदि उत्पन्न हुनै सक्दैनन् । फलतः तपाईँ साधनाका आलम्बबाटै बन्धन प्राप्त गर्ने स्थितिबाट मुक्त हुन सक्नुहुन्छ ।

यसरी आनापानसति साधनाले मनको बहिर्मुखी स्वभाव नाश गरी मनको जागरुकताको विस्तार, विपश्यना साधनाका लागि संवेदनाहरूका उत्पत्ति, साधनाको मनको अवचेतन क्षेत्रसम्ममा प्रवेश, चित्तका विकार नाश, साधनामा राग द्वेष निरत आलम्बन आदि प्रदान गर्दै तपाईँमा धर्मचक्र उत्पत्ति गर्छ । साधनालाई निर्वाणको लक्ष्यतर्फ बढ्ने पृष्ठभूमि तयार पार्छ । निर्वाण साधनाले समाधान गर्नुपर्ने समस्यालाई पूर्णरूपमा समाधान गर्ने पृष्टभूमि तयार पार्छ । स्पष्ट छ आनापानसति साधनाको अनुपस्थितिमा विपश्यना साधनाका साधकलाई निर्वाण लक्ष्य प्रदान गर्न असमर्थ रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 469 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 526 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 348 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 393 0
सद्गुरुको खोजी 1/12/2023 447 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 399 0
गुरु अलार कालमसँग भेट 1/12/2023 474 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 410 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 396 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 307 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 363 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 363 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 421 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 361 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 941 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 382 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 488 0
उपक आजीवनसँग भेट 1/13/2023 407 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 418 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 417 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 435 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 439 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 500 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 655 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 484 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 452 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 402 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 549 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 363 0
दुःख समुदय आर्य सत्य 1/13/2023 449 0
दुःख निरोध आर्यसत्य 1/13/2023 388 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 432 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 557 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 430 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 434 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 429 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 392 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 403 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 452 0
आसन ग्रहण 1/13/2023 393 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 362 0
आनापानसति 1/13/2023 456 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 441 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 415 0
कायानुपश्यना 1/13/2023 360 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 395 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 418 0
चित्तानुपश्यना 1/13/2023 433 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 362 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 347 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 420 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 365 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 369 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 452 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 409 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 503 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 390 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 346 0
दसौँचरण-अनित्य बोध 1/13/2023 357 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 456 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 360 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 480 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 431 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 385 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 394 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 387 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 520 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 438 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 385 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 453 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 387 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 494 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 531 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 699 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 569 0