आर्य अष्टाङ्गमार्ग साधना

७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना )

0 टिप्पणीहरू 523 आगन्तुकहरू

भगवान्ले निर्वाण पश्चात् बोध गर्नुभएको प्रतित्यसमुत्पादको अनुलोमचक्र र प्रतिलोमचक्र, प्रकृति शाश्वत नियमहरू, चार आर्य सत्य, चार आर्य सत्यका बाह्र आवृत्ति आदिका व्याख्या अघिल्ला अध्यायहरूमा गरिसकिएको छ ।
जब भगवान् प्रकृतिका शाश्वत नियमहरूप्रति स्पष्ट हुनुभयो तत्पश्चात् भगवान् प्रकृतिका शाश्वत नियमहरूका कारण संसारका मानिसमा प्रतिक्षण उत्पन्न भइरहेको दुःखचक्र, लोकचक्र, भवचक्रप्रति स्पष्ट हुनुभयो । यस जगत्को स्थिति भयावह थियो । यस जगत्का प्रत्येक मानिसमा प्रतिक्षण शाश्वत नियमहरूका कारण गुण नै प्रकट भइरहेको थियो । जगत्का प्रत्येक मानिसमा प्रतिक्षण गुणअनुरूप विचार कर्म घटित भइरहेको थियो । विचार कर्मअनुरूप शारीरिक कर्म, वाणी कर्म आदि घटित भइरहेका थिए । यी कर्मका क्षणहरूमा मानिसको काय र चित्तमा सुखद र दुखद संवेदना उत्पत्ति भइरहेका थिए । चित्तको प्राकृतिक स्वभावका कारण मानिस यिनै संवेदनालाई भोग गरी दुःखी वा सुखी भइरहेका थिए । चित्तको संस्कार (चित्तको संवेदना भोग गर्ने स्वभाव) का कारण मानिसमा प्रतित्यसमुत्पादको अनुलोमचक्र उत्पन्न भइरहेको थियो । यहि कारण मानिस वर्तमान जिवनमा दुःख चक्र र मृत्युपश्चात् पनि अनेक लोकचक्र, भवचक्रमा फसिरहेका थिए । प्रकृतिका शाश्वत नियमहरूले मानिसमा उत्पन्न गरिरहेको यो अनुलोम चक्र अन्त्यहीन र भयावह प्रकृतिको थियो ।

प्राकृतिक नियमका कारण चौवीसै घण्टा उत्पन्न भइरहेको यस अनुलोम चक्र वा दुःखचक्रलाई नष्ट गर्न अत्यन्त दुरुह कार्य (साधना) थियो । यस जगत्का मानिसलाई यी दुःखचक्र, भवचक्र, लोकचक्रबाट मुक्त गर्न प्रकृतिका नियमहरूका कारण मानिसमा उत्पन्न भइरहेको यस अनुलोमको चक्रलाई नष्ट गरी प्रतिलोमको चक्र (धर्मचक्र, निर्वाणचक्र) उत्पन्न गर्न सक्नुपथ्र्याे, जुन अत्यन्त दुरुह साधना क्रिया थियो ।

प्रकृतिका नियमहरूले सतत (चौवीसै घण्टा) उत्पन्न गरिरहेको यस भयावह अनुलोम चक्रलाई पूर्णरूपमा उल्टाएर मानिसमा सतत (चौवीसै घण्टा) प्रतिलोम चक्र उत्पन्न गर्न चौवीसै घण्टा साधकलाई साधनारत स्थितिमा राखिरहनुपर्ने आवश्यकता थियो ।

फेरि जगत्को यथार्थ अवस्था पूर्णतः पृथक थियो । वर्षौँदेखिका अनेक धर्म, ईश्वर, गुरु, सम्प्रदाय आदिसँग जोडिएका अनेक भ्रामक सिद्धान्त, धारणा, मतहरूद्वारा ग्रसित साधकहरू बन्धन र मोक्षको केन्द्रमा छिपेको प्रकृतिका शाश्वत नियमहरू, यी नियमका कारण मानिसमा उत्पन्न भइरहेको अनुलोमको चक्र (दुःखचक्र भवचक्र, लोकचक्र), यस अनुलोम चक्रलाई नष्ट गरी प्रतिलोम चक्र (निर्वाणचक्र) उत्पन्न गर्न आवश्यक पर्ने सत्य साधनाविधि आदिप्रति पूर्णरूपमा अनभिज्ञ थिए । ती साधक निर्वाण प्राप्तिका नाममा बिहान बेलुका एक–दुई घण्टा सम्पन्न गरिने अनेक बाह्य कर्मकाण्डीय साधनामा अलमलिरहेका थिए । यसरी प्रकृतिका शाश्वत नियमहरूले उत्पन्न गरिरहेका दुःखको चक्रलाई नष्ट गरी निर्वाण प्राप्त गर्न लघु समयमा सम्पन्न गरिने साधारण प्रकृतिका साधनाबाट वर्षौँ त के कल्पौँसम्म साधना गरे पनि सम्भव थिएन । प्रकृतिका शाश्वत नियमहरूका कारण चौवीसै घण्टा क्रियाशील र मानिसमा छिपेको जन्म–जन्मान्तरदेखिको संवेदना भोग गर्ने चित्तको स्वभावका कारण भगवान्लाई निर्वाणप्राप्तिको जटिलता झन्झन् स्पष्ट हुँदै गएको थियो ।

मूलतः यही कारण भगवान्ले आठ साधनाहरू (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका, सम्यक स्मृति, सम्यक सङ्कल्प, संम्यक समाधि, सम्यक व्यायाम, सम्यक दृष्टि) लाई जोडेर एक आसाधारण रूपमा शक्तिशाली निर्वाण साधनाविधि निर्वाण गर्नुभयो, जुन निर्वाण साधनाविधि आर्य अष्टाङ्गमार्ग साधनाको नामले विश्व प्रसिद्ध छ । यस आर्य अष्टाङ्गमार्ग साधनालाई विपश्यना साधना, महासतिपट्ठान साधना पनि भनिन्छ । यस जगत्मा यसरी आठ साधनालाई जोडेर निर्माण गरिएका पूर्ण, सत्य, अत्यन्त शक्तिशाली, साधकले सतत वा चौवीसै घण्टा साधनारत (सम्यक स्थिति) रहनुपर्ने सत्य निर्वाण साधना संसारका कुनै पनि मोक्षशास्त्रमा उल्लेख भएको पाइँदैन । यस्तो असाधारण निर्वाण साधनाविधि संसारका कुनै पनि आध्यात्मिक महापुरुषहरूद्वारा प्रतिपादन वा विकास गरिएको पाइँदैन ।

आर्य अष्टाङ्गमार्गका तीन साधना समूह

जब भगवान्ले आठ वटा साधनालाई जोडेर आर्य अष्टाङ्ग मार्ग (विपश्यना) साधनाको विकास गर्नुभयो तत्पश्चात् निर्वाण साधनाको दुरुह अवस्थासँग पूर्णरूपमा परिचित भगवान्ले यस साधनालाई साधकहरूले स्पष्टसँग बुझी सहजतापूर्वक साधनामा उतारेर निर्वाण प्राप्त गर्न सकुन् भन्ने हेतुले आर्य अष्टाङ्गमार्ग साधनाका आठ साधनालाई पुनः शील साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका), समाधि साधना (सम्यक स्मृति, सम्यक सङ्कल्प, सम्यक समाधि), प्रज्ञा साधना (सम्यक व्यायाम, सम्यक दृष्टि) गरी तीन साधना समूहमा विभाजन गर्नुभयो । विपश्यना साधनामा यिनै तीन साधना समूह अन्तर्गतका आठ साधनालाई आफ्नै जीवनमा उतारिन्छ ।

आर्य अष्टाङ्ग साधना मार्गका विशेष पक्ष

निर्वाणको अर्थ हो जन्म–जन्मान्तरदेखि धम्मका शाश्वत नियमहरूका कारण उत्पन्न, सङ्ग्रहित, विस्तार हुँदै आएका चित्तका संस्कारहरू वा संवेदना भोग गर्ने स्वभावलाई नाश गर्नु । निर्वाण अत्यन्त दुरुह साधना हो । यसलाई करोडौँ साधकमा एकदुई असाधारण साधकले मात्र सिद्ध गर्न सकेका छन् । जन्म–जन्मान्तदेखि सञ्चित हुँदै आएको संवेदना भोग गर्ने तपाईंका चित्तको स्वभावका कारण तपाईंका चित्तमा अर्वौँ संस्कार सङ्ग्रहित छन् । यी संस्कारमध्ये कैँयौँ संस्कार अत्यन्त शक्तिशाली छन्, जसले प्रतिदिन प्रकट भएर तपाईंलाई व्याकुल बनाइहेका छन् । चित्तमा यसरी सङ्ग्रह भएर प्रकृतिको शाश्वत नियमका कारण शक्तिशाली बनेका संस्कार साधारण साधनाद्वारा नष्ट हुन सक्दैनन् । चित्तका यस्ता संस्कार नष्ट गर्न असाधारण प्रकृतिका शक्तिशाली साधना चाहिन्छ । चित्तका यिनै संस्कार वा संवेदना भोग गर्ने स्वभावलाई नष्ट गरी निर्वाण प्राप्त गर्न “आठ वटा साधना” लाई जोडेर भगवान्ले निर्माण गर्नुभएको विश्वप्रसिद्ध आर्य अष्टाङ्गमार्ग साधनाका कैँयौँ महत्वपूर्ण विशेषता वा विशेष पक्ष छन् । विपश्यना साधनामा सम्पन्न हुने वा गरिने आर्य अष्टाङ्गमार्गका यी विशेषता वा विशेष पक्ष साधकले जान्न अत्यन्त आवश्यक भएकाले आर्य अष्टाङ्गमार्ग साधनाका केही विशेष पक्षलाई तल बुँदागतरूपमा राखिएको छ ।

१) भगवान्द्वारा आफैँ प्रमाणित साधना

आर्य अष्टाङ्ग मार्ग साधना भगवान्को आफ्नै झण्डै ६ वर्षसम्मको आंशिक, अपूर्ण, भ्रामक प्रकृतिका अनेक मोक्ष साधनाविधिको असफल प्रयोगपश्चात् स्वप्रयास, स्वपरीक्षण, स्वअनुभवबाट जन्मिएको प्रामाणिक साधनाविधि हो । भगवान् आफैँले यही साधनाविधिबाट निर्वाण प्राप्त गर्नुभएको थियो । भगवान् आफैँले अन्य साधनाविधिबाट नभई यही साधना विधिबाट निर्वाण प्राप्त गर्नुभएकाले यस निर्वाण साधना सत्य साधना हो भन्ने कुरा आफैँ स्पष्ट हुन्छ ।
स्मरणरहोस् भगवान् स्वयंले सर्वप्रथम आठ साधनालाई जोडेर आर्य अष्टाङ्गमार्ग साधनाविधिको विकास गरेर विपश्यना साधनामा प्रवेश गर्नुभएको थिएन । भगवान्मा शील साधना र समाधि साधना वर्षौँ वा जन्म–जन्मान्तरको साधनाका कारण पुष्ट भइसकेको थियो । जब भगवान्ले संवेदनामाथि साधना गरेर निर्वाण प्राप्त गर्नुभयो, तत्पश्चात् नै भगवान्ले निर्वाण प्राप्तिको दुरुह अवस्थालाई गहनरूपमा चिन्तन गरेर आर्य अष्टाङ्गमार्ग साधना विकास गर्नुभएको थियो ।

२) साधकको चौवीसै घण्टा साधनारत स्थिति

धम्मका शाश्वत नियमहरूका कारण तपाईंको जीवनमा चौवीसै घण्टा सततरूपमा संस्कार उत्पत्ति, र विस्तार भइरहन्छन् । यस स्थितिमा यदि तपाईं निर्वाण चाहनुहुन्छ भने तपाईं साधनारत रहनुभएको निर्वाण साधनाविधिले तपाईंलाई पनि चौवीसै घण्टा सततरूपमा साधनारत राखिरहन सक्नुपर्छ । यदि तपाईं निर्वाण प्राप्तिका लागि साधनारत साधनाले तपाईंलाई चौवीसै घण्टा वा सततरूपमा साधनारत राख्न सक्दैन भने तपाईंले वर्षौँ त के कल्पौँसम्म साधना गरे पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ । करोडौँ साधकमा एकदुई साधक, जसले निर्वाण प्राप्त गरे ती साधकले चौवीसै घण्टा सम्यक (साधनारत) स्थितिमा रहेकाले नै निर्वाण प्राप्त गरेका थिए । जब तपाईं आर्य अष्टाङ्गमार्ग साधनालाई सूक्ष्म अवलोकन गर्नुहुन्छ । यस साधनामा सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका जस्ता चौवीसै घण्टा सतत सम्यक वा राग र द्वेषबीचको सम स्थितिमा स्थित रहनुपर्ने साधनाहरू छन् ।

विपश्यना साधनामा तपाईंलाई बिहान बेलुका एकएक घण्टा सघनरूपमा संवेदनाप्रति जागरुक र समभावी रहन चित्तलाई प्रशिक्षण दिइन्छ । तत्पश्चात् तपाईंले दैनिक जीवनका कर्म, वाणी आदिका स्थितिमा सततरूपमा सम्यक स्थितिमा स्थित रहनुपर्ने हुन्छ ।

सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका जस्ता असाधारण साधना उपस्थित आर्य अष्टाङ्गमार्ग साधनाको संरचना नै यस्तो छ कि यदि तपाईंले यस साधनालाई “विधिपूर्वक” साधनामा उतार्नुहुन्छ भने तपाईं पनि सम्पूर्ण कर्म, वाणी, आजीविकाका क्षणमा सम्यक (न राग न द्वेष) को स्थितिमा रहनुहुन्छ अथवा तपाईं पनि चौवीसै घण्टा साधनारत रहनुहुन्छ । तपाईं पनि चौवीसै घण्टा धम्मका नियमहरूले संस्कार उत्पत्ति र विस्तार गर्ने प्रक्रियालाई अवरुद्ध गरी चित्तमा समभावको बीज छरिरहनुहुन्छ ।

३) स्पष्ट सैद्धान्तिक पथ प्रदर्शन

कुनै पनि निर्वाण साधनालाई सफलतापूर्वक साधनामा उतार्न त्यस साधनाको स्पष्ट सैद्धान्तिक पथ प्रदर्शन आवश्यक हुन्छ । स्पष्ट सैद्धान्तिक मार्गको अनुपस्थितिमा निर्वाण जस्तो सूक्ष्म र दुरुह साधनामा साधक वर्र्षौँ मात्र नभई कल्पौँसम्म पनि भड्किरहन्छ । आर्य अष्टाङ्गमार्ग साधना त्यस्तो निर्वाण साधना हो, जहाँ चार आर्य सत्यरूप स्पष्ट सैद्धान्तिक मार्ग उपस्थित छन् । यस साधनामा तपाईं कुनै अमूर्त आत्मा, परमात्मा, परमधाम, परमगति आदि प्राप्त गर्न साधना गइरहनुभएको छैन । अपितु स्वयंको दुःखको कारण (दुःख समुदय सत्य) लाई आर्य अष्टाङ्गमार्ग (मार्ग सत्य) द्वारा नाश गरी दुःख (दुःख सत्य) नाश र निर्वाण (निरोध सत्य) प्राप्त गर्न गइरहनु भएको छ ।

४) निर्वाण साधनाका प्रत्येक चरणको स्पष्ट व्याख्या

संसारमा प्रचलित जति पनि निर्वाण साधना छन् ती साधनामा जब साधकले प्रवेश गर्छ त्यस अवस्थामा उसले निर्वाण साधनाको कति चरण छन् ? निर्वाण साधनाको कुन चरणमा साधकलाई कस्तो अनुभूति प्राप्त हुन्छ ? साधनाका कालमा स्वयंले प्राप्त गरेका अनुभूति केके हुन् ? म साधनाको कुन चरणमा छु ? म साधनामा सही दिशातर्फ बढिरहेको छु कि छैन ? जस्ता साधनासँग जोडिएका अत्यन्त महत्वपूर्ण प्रश्नहरूको सही उत्तर प्राप्त गर्नै सक्दैन ।

यसैका कारण साधक साधनामा अनेक भ्रम, कल्पना, द्विविधा आदि प्राप्त गरी साधनाबाट च्यूत हुन पुग्छ । यस्तो स्थितिमा आर्य अष्टाङ्गमार्ग साधना संसारको एकमात्र यस्तो निर्वाण साधना हो, जहाँ साधकले माथिका प्रश्नहरूका स्पष्ट उत्तर प्राप्त गर्छ । जसको परिणाम स्वरूप साधक साधनामा सफल हुने सम्भावनाको जन्म हुन्छ । भगवान्को महासतिपट्ठान निर्वाण साधनाका बाह्र वटा चरण र प्रत्येक चरणका व्याख्या यसै पुस्तकमा रााखिएको छ ।

५) जीवनमा सतत सम्यक स्थिति

आर्य अष्टाङ्गमार्गका आठ साधनामा भगवान्ले प्रत्येक साधनामा ‘सम्यक’ शब्दमा जोड दिनुभएको छ । ‘सम्यक’ शब्द नै आर्य अष्टाङ्गमार्ग साधनाको मूल साधना शब्द हो । बुद्ध साहित्यमा ‘सम्यक’ शब्दलाई ठीक, पूर्ण, सही आदिका रूपमा परिभाषित गरिएको पाइन्छ तर यो परिभाषा सतही, आंशिक, भ्रमपूर्ण र सम्यक शब्दको मूल मर्मलाई ग्रहण गर्न असमर्थ देखिन्छ । “सम” शब्दको अर्थ हो– निष्पक्ष, तटस्थ, मध्यमार्ग आदि । ‘सम’ मूलरूपमा रहेर निर्माण भएको “सम्यक” शब्दको मूल अर्र्थ हो– न राग न द्वेष वा समभावी स्थिति । जब तपाईं न राग न द्वेषको स्थितिमा रहनुहुन्छ त्यस क्षणमा मात्र सम्यक स्थितिमा रहनुहुन्छ । साधारण उदाहरणका लागि यदि तपाईं दान जस्तो शुभ कार्य गर्दा पनि सम्यक वा सम स्थितिमा स्थित रहन नसकी खुसी (खुसीले उत्तेजित) भइरहनुभएको छ भने तपाईं सम्यक कर्म साधनामा हुनुहुन्न । तपाईंले संवेदना भोग गरी संस्कारको उत्पत्ति र विकास गरिरहनुभएको छ ।

मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा
भगवान्ले प्रतिपादन (विकास) गर्नुभएको आर्य अष्टाङ्गमार्गका आठ साधना निम्न प्रकारका छन्–

१) सम्यक कर्म साधना
२) सम्यक वाणी साधना
३) सम्यक आजीविका साधना
४) सम्यक स्मृति साधना
५) सम्यक समाधि साधना
६) सम्यक व्यायाम साधना
७) सम्यक सङ्कल्प साधना
८) सम्यक दृष्टि साधना

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 434 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 819 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 653 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 560 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 490 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 486 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1834 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 573 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 561 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 555 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 455 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 545 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 451 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 604 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 497 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 505 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 736 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 497 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 483 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 576 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 468 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 430 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 471 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 514 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 419 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 476 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 864 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 704 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 464 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 469 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 563 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 690 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 532 0
७.५ सम्यक समाधि साधना 1/11/2023 769 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 786 0
७.२ सम्यक वाणी साधना 1/11/2023 633 0
७.१ सम्यक कर्म साधना 1/11/2023 589 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 474 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 451 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 408 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 529 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 541 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 556 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 478 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 499 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 437 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 390 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 496 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 446 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 560 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 445 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 490 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 544 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 393 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 498 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 508 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 541 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 513 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 476 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 595 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2125 0