परमात्मा तत्व मूल तत्व हो । आत्मा यहि ‘मूल’ परमात्मा तत्वले त्रिगुणी प्रकृतिमा स्थापना गरेका एक ‘अंश’ वा ‘विज’ हो ।
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।
हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।
यसरी तँपाई अखण्ड परमात्मा तत्वले छोपिएको यो व्रम्हाण्डमा आत्मारुप एक पृथक अस्तीत हुनुहुन्छ । तँपाईको यो पृथक अंशरुप अस्तीत्व अविनाशी प्रकृतिको छ ।
जब आत्मा र परमात्माको पृथकताको चर्चा चल्दछ, साधकहरु यो तथ्यमा स्पष्ट हुन अत्यन्छ जरुरी छ कि आत्मा र परमात्मा तत्व बीचको यो पृथकता बोध मानिसमा ‘म’ भाव उपस्थित रहेको अवस्थासम्म मात्र रहनछ, जब तँपाई मोक्ष साधनाद्वारा चित्तका सम्पूर्ण संस्कार (संवेदना भोग गर्ने स्वभाव) हरु सहित ‘म’ भाव नाश भएको त्यो विन्दूमा तँपाई एक पृथक आत्मा रुप अस्तित भएपनि परमात्मा तत्वसंगको पृथकताको बोध गर्न असमर्थ रहनुहुन्छ । भगवान् यो सत्यको व्याख्या गर्दै भन्नुहुन्छ ।
अविभक्तं च भूतेषु विभक्तमिव च स्थितम् ।
भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ।।१३–१६।।
अविभक्त (विभाजन रहित) भएर पनि सम्पूूर्ण प्राणीहरुमा पृथक पृथक झैँ स्थित प्रतित हुन्छ । अनि त्यो जान्न योग्य परमात्मा सम्पूूर्ण प्राणीहरुलाई उत्पन्न, भरण–पोषण र अन्तमा संहार गर्दछ ।
यो क्षणमा पुनः एक प्रश्न उठ्छ कि आखिर किन परमात्मा तत्व र आत्मा (मानिस वा जीवीतमा ) बीच पृथकताको अनुभूति हुन्छ ? किन उ प्रामाणिक अनुभूतिको आधारमा नै ‘म ईश्वर हुँ’ भनेर घोषणा गर्न सक्दैन ?
परमात्मा तत्व र आत्मा तत्व (वा तँपाई) विचको यो ‘अस्थायी’ पृथकता त्रिगुणी संस्कारहरुले नै उत्पन्न गर्दछन् । जब चित्तका संस्कारहरुको कारण तँपाईमा जगतका विषयहरुप्रति रागपूर्ण वा द्वेषपूर्ण भाव (संवेदना)हरु उत्पन्न हुनछन् । त्यो क्षणमा चित्तमा छिपेका ईश्वरीय श्वाशत नियमहरुले विषयहरु प्रतिका राग र द्वेषका भावहरुलाई तँपाईका चित्तमा विस्तारित गरिदिन्छ । जसको कारण तँपाईको चित्त अनेकन् रागद्वेषका भावहरुले मारिन पुग्दछ । जसको परिणाम स्वरुप आत्मा र परमात्मा तत्व विच एक आवरण वा पर्दा उतपनन हुनपुग्दछ । यो पर्दाको कारण नै तँपाईको ज्ञान (स्वस्वरुपको ज्ञान) छोपिनपुग्छ । यो स्थितिको व्याख्या गर्दै भगवान् भन्नुहुन्छः
धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च ।
यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृतम् ।।३–३८।।
जसरी धुवाँले अग्निलाई, धुलोले दर्पणलाई छोप्दछ, तथा जसरी झिल्ली (साल) ले गर्भ छोपिएको हुन्छ, त्यसरी नै यो कामबाट ज्ञान (विवेक) छोपिएको छ ।
त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् ।।७–१३।।
यि तिन गुण (तम, रज, सत) का भावहरुबाट यो जगत मोहित भइरहेको छ । यसैले यो सम्पूर्ण जगत वा मानिसहरु यि तिन गुणहरु भन्दा परको म अविनाशी तत्वलाई जान्दैनन् ।
यथार्थतामा मोक्ष साधना भन्नु नै यिनै त्रिगुणी संस्कारहरुलाई साधनाद्वारा नष्ट गरी आत्मा र परमात्मा विचको भेद नाश गर्नु हो । जब त्रिगुणी संस्कारहरु नाश हुन्छन्, यो भेद समाप्त हुन्छ, त्यो अवस्थामा परमात्मा तत्व र मानिस (जिवात्म) तत्व विचको भेद समाप्त हुन्छ । यो सत्यको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः ।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम् ।।५–१६।।
तर जसको त्यो अज्ञान (म भाव) लाई परमात्माको तत्वज्ञानद्वारा नाश भएको छ, उसको त्यो ज्ञानले सूर्यले (अन्धकार बिनाश गरी यथार्थ प्रकाश गरे झैं) झैँ परमतत्व परमात्मालाई प्रकाशित गर्दछ ।
सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम् ।
वेत्तियत्र न चैवायं स्थितश्चलति तत्त्वतः ।।६–२१।।
अनि इन्द्रियबाट अतीत, केवल शुद्ध भएको सुक्ष्म बुद्धिद्वारा ग्रहण गर्न योग्य, जुन अनन्त आनन्द छ, त्यस आनन्दको जुन अवस्थामा उ अनुभव गर्दछ । त्यो अवस्थामा स्थित भएको त्यो योगी भगवत्स्वरुप तत्वबाट विचलित हुँदैन । वा स्वरुपबाट विचलित हुँदैन ।
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति ।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति ।।६–३०।।
जुन पुरुष सम्पूर्ण भूतमा म परमात्मालाई व्याप्त देख्दछ, (र) सम्पूर्ण भूतहरुलाई म वासुदेव अन्तर्गत देख्दछ । उसको लागी म अदृश्य हुन्न । उ मेरो लागि अदृश्य हँुदैन ।
सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः ।
सर्वथा वर्तमानोऽपि स योगी मयि वर्तते ।।६–३१।।
(ममा) एकीभावमा स्थित योगी सम्पूर्ण भूतहरुमा आत्मारुपले स्थित म परमात्मालाई भज्दछ । त्यो योगी सम्पूर्ण प्रकारले आचरण गर्दै ममा नै व्यवहार गर्दछ । अथवा उ नित्य निरन्तर ममा नै रहन्छ ।



