कर्मयोग वा जगतका मोक्ष विद्याहरु मूल रुपमा तीन कारणहरुको कारण नै लुप्त हुन्छन् । प्रथम कारण – जगतका विषयहरुको असाधारण माया शक्ति, दोस्रो कारण – मनुष्य जीवन संरचना र छिपेका शाश्वत नियमहरु, तेस्रो कारण – मोक्ष विद्याहरुको सुक्ष्मता र गहनता ।
जगतका विषयहरु अत्यन्त आकर्षक छन् । पञ्चइन्द्रियहरुका प्रत्येक विषयहरु तिब्र सुखदायी छन् । तिब्र आनन्ददायी छन् । त्यस्तै वैभव, मान, सम्मान, प्रशंसा आदि मनका विषयहरुबाट प्राप्त हुने सुख पनि आनन्ददायी छ । रागपूर्ण छ । जगत मन इन्द्रियका असंख्य विषयहरुले भरिएको छ । यि विषयहरुबाट उत्पन्न भइरहेको राग, आकर्षण आदिले भरिएको छ । यो राग, यो आकर्षण, विषयहरुबाट उत्पन्न यो मोहीनी शक्ति अत्यन्त सघन छ । शक्तिशाली छ । यो जगत मायाको मोहनी शक्ति यति प्रवल छ कि उच्च साधकहरु, ऋषिहरु पनि मायाको मोहनी शक्तिको कारण जागरुकतालाई गुमाउन पुगी नष्ट भएका छन् । जब जगतका विषयहरु उत्पन्न माया तिब्र हुन्छ, त्यो स्थिति मानिसहरु स्वतः यि विषयहरु पनि आकर्षित हुन्छ । यि विषयहरु……………………
सघन हुँदै जान्छ, शनैः शनैः मानिसहरु कर्मयोग मोक्ष विद्यालाई विस्मृत गर्दै जान्छन्, यस्तो अवस्थामा मोक्ष विद्या लुप्त हुँदै जान्छ । जगत विषयको माया वा मोहनीको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
इन्द्रियाणि मनो बुद्धिरस्याधिष्ठानमुच्यते ।
एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनम् ।।३–४०।।
इन्द्रिय, मनहरु र बुद्धि यसको (काम) वासस्थान भनिन्छ । यो काम मन, बुद्धि र इन्द्रियहरुद्वारा ज्ञानलाई छोपेर
(देहाभिमानी) जिवात्मालाई मोहित गर्दछ ।
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।
न चाभावयतः शान्तिरशान्तस्य कुतः सुखम् ।।२–६६।।
असंयमीत वा मन र इन्द्रीयहरु वशमा नभएको पुरुषमा निश्चयात्मक बुद्धि हुदैन । त्यो अयुक्त मनुष्यको अन्तःकरणमा भावना हुँदैन । भावनाहीन मनुष्यलाई शान्ति प्राप्त हुँदैन । र शान्तिरहित मनुष्यलाई सुख कसरी मिल्दछ र ?
धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च ।
यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृतम् ।।३–३८।।
जसरी धुवाँले अग्निलाई, धुलोले दर्पणलाई छोप्दछ, तथा जसरी झिल्ली (साल) ले गर्भ छोपिएको हुन्छ, त्यसरी नै यो कामबाट ज्ञान (विवेक) छोपिएको छ ।
मानिसको जीवन सत्तामा ईश्वरीय नियमहरु छिपेका छन् । जब जगतका विषयहरु प्रतिका राग वा मायाका कारण मानिसहरु यि विषयहरु प्रति आकर्षित हुन्छन् । यि विषयहरु प्राप्त गर्न चिन्तन, प्रयास आदि गर्दछन् । यि सम्पूर्ण स्थितिमा यि शाश्वत नियमहरुले यि विचारहरु, भाव आदिबाट संग्रह गर्दछन् । मलजल वा विस्तार गर्दछन् । (यि शाश्वत नियमहरुको विस्तृत व्याख्या……………..अध्यायमा गरिएको छ ।) जब ईश्वरीय नियमहरुले विषयहरु प्रतिको यो आकर्षण, चिन्तन र कर्म आदिलाई विस्तार र मलजल गर्दछन्, त्यो स्थितिमा मानिसमा यि विषयहरु प्रतिको मोह झन् झन् विस्तारित हुँदै जान्छ । प्रवल हुँदै जान्छ । उ झन् झन् यि विषयहरु प्राप्त गर्ने कर्ममा अग्रसर हुन पुग्दछ । यो स्थितिमा मानिसको चित्तमा विषयको चिन्तन नै प्रवाहीत भइरहन्छ । जहाँ विषय चिन्तनका धाराहरु बगिरहन्छन्, त्यो स्थितिमा मानिस धर्म, ईश्वर, मोक्ष आदि बारेमा चिन्तन गर्न असमर्थ रहन्छ । जसको परिणाम स्वरुप कर्मयोग लुप्त हुन पुग्दछ । मोक्ष विद्या लुप्त हुन पुग्दछ ।
कर्मयोग वा मोक्ष विद्या लुप्त हुनुको अर्को कारण हो – मोक्ष विद्याको सुक्ष्मता, गहनता । मोक्ष विद्या अत्यन्तै सुक्ष्म छ । गोपनीय छ । रहस्यमय छ । स्वयं भगवान भन्नुहुन्छः
श्रीभगवानुवाच ।
इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे ।
ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् ।।९–१।।
तिमी जस्तो दोषदृष्टि रहित भक्तको लागि यो अत्यन्त गोपनिय विज्ञान सहितको ज्ञान (पुनः) राम्रोसँग बताउने छु । जसलाई जानेर तिमी दुखरुप (जन्म मरणरुप) संसारबाट मुक्त हुनेछौ ।
राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम् ।
प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम् ।।९–२।।
विज्ञान संयुक्त यो ज्ञान सम्पूर्ण विद्याहरुको राजा, सम्पूर्ण रहस्यहरुको पनि महारहस्य, अति पवित्र, अति उत्तम, प्रत्यक्ष फलदायी, अविनाशी, धर्ममय (धर्मयुक्त) साधना गर्नलाई अत्यन्त सुगम छ ।
इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया ।
विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु ।।१८–६३।।
यसप्रकार गोपनीय भन्दा पनि अति गोपनीय ज्ञान मैले तिमीलाई दिएँ । अब तिमी यो रहस्ययुक्त ज्ञानलाई राम्रोसँग विचार गरेर जस्तो चाहन्छौ त्यस्तै गर । वा जे चाहन्छौ त्यही गर ।
जब कुनै विद्या सुक्ष्म हुन्छ । गहन हुन्छ । यो स्थितिमा सर्वप्रथम त त्यो विद्यालाई सहज रुपमा बुझ्न नै सकिदैन । जब विद्या बुझ्न कठीन हुन्छ, यो अवस्थामा जुन जुन मानिसहरुले त्यो मोक्ष विद्या प्राप्त गर्दछन् वा सुन्दछन् । ति मानिसहरुले आ–आफ्नै बौद्धिक क्षमता वा ग्रहण शक्ति अनुरुप नै यो विद्यालाई बुझ्दछन् । र ग्रहण गर्दछन् । यो क्रियामा एउटा मूल विद्याले अनेकौँ रुप लिन थाल्दछ । मूल विद्या अपभ्रमशित हुन पुग्दछ । जब यहि विद्या श्रूतज्ञान परम्परा अनुरुप एक पिढिबाट अर्को पिढिमा सर्दै जान्छ, मानिसहरुको पृथक पृथक बौद्धिक क्षमता वा ग्रहण क्षमताको कारण समयको धारामा अन्ततः यो विद्या नै नष्ट हुन पुग्दछ । जगतमा अनेकन् प्रकारका धर्म, सम्प्रदाय, शास्त्र, गुरुहरु, साधना विधिहरुको उत्पति पनि यहि कारण नै हुन पुग्दछ । अवतारहरु पृथ्वीमा उत्पति हुनुको मूल कारण नै यसरी समयको धारामा लुप्त भएको मोक्ष विद्यालाई पुनः व्यूँताउनु नै हो । स्मरण रहोस् – वर्तमान समयमा सुनिने ‘मुखमा राम राम, हातमा काम’ कर्मयोगको एक अपभ्रमशित रुप हो । जसले यो मानिस………………………..