जब कर्म भनिन्छ । साधारण अर्थमा यो शव्दले वाह्य रुपमा सम्पादन हुने शारिरीक क्रिया भन्ने बुझाउँदछ । तर मोक्ष साधना दृष्टिले कर्मको यो परिभाषा आंशीक र त्रुटीपूर्ण छ । यो परिभाषामा मूलतः वाह्य वा शारिरीक रुपमा कुनै पनि कर्म घटित हुनुपूर्व मनको आन्तरिक सत्तामा विचार उत्पन्न हुन्छ । मनको सत्तामा विचार उत्पन्न हुने वित्तिकै यो विचार माथि शाश्वत ईश्वरीय नियमहरु स्वतः क्रियाशील हुन थाल्दछन् । थालिहाल्दछन् । वाह्य रुपमा कर्म घटित हुनु अगावै आन्तरिक रुपमा राग द्वेषका संस्कारहरु उत्पन्न हुन थालिहाल्दछन् । अनि मन र देहको क्षेत्रमा अनेकन् परिणामहरु प्राप्त हुन थालिहाल्दछन् । आदि सम्पूर्ण तथ्यहरु विस्मृत छन् । यसैले जब कर्म भनिन्छ, यसलाई एक प्रकृयाको रुपमा बुझिनु पर्दछ । कर्म भन्नाले विचार उत्पतिको प्रथम विन्दूबाट मानसिक, शारिरीक रुपमा सम्पादन हुने कर्मको सम्पूर्ण क्रियाहरु विचार उत्पति, राग द्वेष भाव उत्पति, बन्धन उत्पति) लाई बुझिन्छ ।
अकर्म के हो ?
मानिसको मनको सत्ता नै यस्तो छ कि, यो सत्तामा विचारहरु उत्पति भइ नै रहन्छन् । यि विचारहरु मूलतः इन्द्रियहरु र नियमहरुको प्रत्यक्ष मिलन वा मनमा संग्रहित संस्कारको कारण आन्तरिक रुपमा मन र विषयको मिलन हुँदा उत्पन्न हुन्छन् । जब विचार उत्पन्न हुन्छ, विचारहरु उत्पतिको प्रथम विन्दुमा संस्कारको कारण मानिसको मनमा विषय प्रति दुई भावहरु मात्र उत्पन्न हुन्छन् – कि राग कि द्वेष भाव उत्पन्न हुन्छ । विषय प्रतिको यो राग भाव वा द्वेष भाव नै कर्मको स्वरुप हो । कर्मको यो स्वरुपको बोध मनको क्षेत्रमा स्पष्ट गर्न सकिन्छ । कर्मको यो स्वरुप……………………….
यो यस अर्थमा महत्वपूर्ण छ कि यदि कर्मको स्वरुप रागपूर्ण छ भने मानिस त्यो विषय प्राप्त गर्न प्रयास (कर्म) गर्दछ । अनि यदि कर्मको स्वरुप द्वेषपूर्ण छ भने मानिस त्यो विषय प्राप्त नगर्न प्रयास (कर्म) गर्दछ । यो दुवै स्थितिमा बन्धन प्राप्त नै हुन्छ । तर यहि कर्म स्वरुपमा साधक समभावी बन्यो भने मोक्षको प्रक्रिया प्रारम्भ हुन्छ ।
सकाम कर्म के हो ?
विषय प्रति रागपूर्ण वा द्वेषपूर्ण विचार वा भावहरु उठ्दछन् । जब मानिस यि विचार वा भावहरुलाई भोग गर्दछ । त्यो अवस्थामा मनमा कर्म संस्कारहरु उत्पन्न, विस्तार आदि हुन थाल्दछन् । जब कर्मबाट बन्धन उत्पति हुन्छ, त्यो कर्म बन्दछ । त्यो सकाम कर्म बन्दछ । जब कर्म सकाम बन्दछ, मानिसको मनमा यो कर्मले त्रिगुणी कर्म संस्कारहरु सृजना गरिदिन्छ । जब कुनै जागरुक साधक कर्मको स्वरुपलाई भोग गर्दा कर्मसंस्कारहरु उत्पन्न हुन्छन् । विस्तार हुन्छन् । अनि यो कर्म संस्कारहरु कारण वर्तमान जीवनको प्रत्येक पल देखि लिएर मृत्यू पश्चातका अनेकन् जीवनहरुलाई समेत भयावह परिणाम प्रदान गर्दछ भन्ने तथ्य बुझ्दछ । जब उ यि रागपूर्ण, द्वेषपूर्ण विचारहरु प्रति समभावी बन्दछ । न राग न द्वेषको समदृष्टि राख्दछ । यि रागपूर्ण द्वेषपूर्ण विचार वा भावहरुलाई भोग गर्दैन । जब उ विनाकामना, फल आशक्ति त्याग गरी निराश्रय भएर कर्म गर्दछ । यो अवस्थामा कर्म साधकमा कर्म संस्कारहरु उत्पन्न गर्न असमर्थ रहन्छ । जब कर्म मानिसमा राग वा द्वेषपूर्ण संस्कारहरु उत्पन्न गर्न असमर्थ रहन्छ । यो अवस्थामा कर्म अकर्म बन्दछ । अकर्मको स्थिति साधकमा कर्मबन्धनहरु उत्पन्न हुने नभई साधकमा समभाव, समदृष्टि, समआयाम आदि विस्तार हुने भएकाले अकर्म साधना मोक्ष साधना बन्न पुग्दछ । जब कर्म, अकर्म बन्दछ, त्यो अवस्थामा मोक्ष प्रक्रिया पनि प्रारम्भ हुन्छ ।