धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ?

0 टिप्पणीहरू 313 आगन्तुकहरू

जब तपाईँ कायानुपश्यना (कायमा संवेदना उत्पत्ति गरिने विपश्यना साधना) मा प्रवेश गर्नुहुन्छ तब तपाईँको मनमा आखिर कायमा केकस्ता संवेदना कुनकुन स्रोत वा कारणबाट उत्पन्न हुन्छन् ? भन्ने प्रश्न उठ्न सक्छ ।

तपाईँको कायमा दुःखद र सुखद संवेदना उत्पन्न हुने अनेक कारण छन् । कायमा यसरी संवेदना उत्पन्न हुने अनेक कारणमध्ये एक कारण तपाईँमा क्रियाशील जीवन्त जीवन प्रक्रिया हो । तपाईँको देहसत्ता (काय र चित्त) मा प्रकृतिका शाश्वत नियमहरूको क्रियाशीलताका कारण एक जीवन्त जीवन प्रक्रिया स्वतः चलिरहेको छ । यही स्वतः सञ्चालित जीवन प्रक्रियाका कारण तपाईँको कायमा अनेक जैविक, रासायनिक प्रतिक्रियाहरू, विद्युत चुम्बकीय प्रक्रियाहरू स्वतः चलिरहेका छन् । तपाईँमा स्वतः चलिरहेका यी जैविक, रासायनिक आदि क्रिया–प्रतिक्रियाका कारण तपाईँका कायमा अनेक प्रकारका संवेदना उत्पन्न भइरहेका छन् ।

कायमा संवेदना उत्पत्तिको दोस्रो कारण तपाईँको कायका महाभूतहरू नै हुन् । चार महाभूत (पृथिवी, जल, अग्नि, वायु) बाट निर्मित तपाईँको कायमा चार भौतिक तत्व (पृथिवी, जल, अग्नि, वायु )का कारण पनि संवेदना उत्पन्न भइरहेका छन् ।

यहाँनेर के प्रश्न उठ्न सक्छ भने कायमा चार धातुहरूका केकस्ता कारणले केकस्ता संवेदना प्रकट भइरहेका छन् ? पृथिवी धातुको नैसर्गिक गुण हलुकापना वा गह्रौँ पना हो । पृथिवी धातु तपाईँका कायमा कहिले हलुका, कहिले गह्रौँ अनुभूति (संवेदना) मा प्रकट भइरहेको हुन्छ । जल धातुको नैसर्गिक गुण प्रवाह अनुभूति हो । शरीरभित्र केही जोडिएझैँ, छुटेझैँ आदि हो । जलधातु तपाईँको शरीरभित्र प्रवाह, हलचल आदि अनुभूति (संवेदना) आदिका रूपमा प्रकट भइरहेको छ । अग्नि धातु कायमा जाडो, गर्मी, तातो, चिसो आदि अनुभूतिका रूपमा प्रकट भइरहेको छ । वायु धातु शरीरमा ग्यास, डकार आदि अनुभूति वा संवेदनाका रूपमा प्रकट भइरहेको छ । तपाईँको कायमा सतत यी चार भौतिक तत्वका अनुभूति वा संवेदनाका रूपमा प्रकट भइरहेको छ ।

कायमा उत्पन्न हुने संवेदनाहरूका अर्को कारण चित्तले ग्रहण गर्ने धर्म हुन् । चित्तको क्षेत्रले ग्रहण गर्ने धर्मका कारण पनि तपाईँको कायमा संवेदनाहरू उत्पन्न भइरहेका छन् । तपाईँको काय र चित्तका क्षेत्र एकअर्कोसँग अन्योन्याश्रित रुपमा जोडिएका छन् । जब तपार्इँको कायमा कुनै संवेदना उत्पन्न हुन्छ, तब यसको प्रभाव चित्तको क्षेत्रमा पर्छ । त्यस्तै जब चित्तले कुनै धर्म ग्रहण गर्छ, यसको प्रभाव कायको क्षेत्रमा पर्छ । भगवान् स्वयंले १२१ प्रकारका चित्त र ५२ प्रकारका चित्तवृतिको व्याख्या गर्नुभएको छ । त्यसैले चित्तमा केकस्ता संवेदना उत्पन्न हुन्छन् र त्यसको प्रभावका कारण कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् भन्ने कुराको निश्चित उत्तर दिन सकिँदैन । मौसम, भोजन आदि अन्य कैँयौँ बाह्य पक्षका कारण पनि तपार्इँको कायमा अनेक प्रकारका संवेदना उत्पन्न भइरहन्छन् ।

स्मरणरहोस् हाल तपाईँ कायमा यी अनेक कारणले उत्पन्न भइरहेका संवेदनालाई भोग गरेर खुसी, दुःखी भइरहनुभएको छ । कायानुपश्यना साधनामा माथिका वा अन्य कुनै पनि कारणले जब कुनै पनि प्रकारका संवेदना उत्पन्न हुन्छन् ती संवेदनाप्रति रागद्वेष उत्पन्न नगरी, यथाभूतरूपमा तिनका अनित्य, गुण, धर्म स्वभावलाई अवलोकन गर्नुहुन्छ । तपाईँ कायमा उत्पन्न भएका कुनै पनि संवेदनाप्रति न राग न द्वेष मात्र समभावमा विद्यमान तथा अविद्यमान अवस्थाको बोध मात्र गर्नुुहोस् । कायका संवेदनाहरूमा विपश्यना साधना गरिरहनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 317 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 388 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 250 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 281 0
सद्गुरुको खोजी 1/12/2023 275 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 283 0
गुरु अलार कालमसँग भेट 1/12/2023 344 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 272 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 276 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 211 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 243 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 243 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 285 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 278 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 245 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 735 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 270 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 346 0
उपक आजीवनसँग भेट 1/13/2023 281 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 318 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 299 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 283 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 317 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 335 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 383 0
चार आर्य सत्य 1/13/2023 409 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 336 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 298 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 280 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 427 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 271 0
दुःख समुदय आर्य सत्य 1/13/2023 333 0
दुःख निरोध आर्यसत्य 1/13/2023 282 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 306 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 439 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 294 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 280 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 303 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 270 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 235 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 334 0
आसन ग्रहण 1/13/2023 271 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 238 0
आनापानसति 1/13/2023 296 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 317 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 301 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 275 0
कायानुपश्यना 1/13/2023 244 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 301 0
चित्तानुपश्यना 1/13/2023 315 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 236 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 261 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 290 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 259 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 261 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 303 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 290 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 295 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 288 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 282 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 236 0
दसौँचरण-अनित्य बोध 1/13/2023 253 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 320 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 230 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 348 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 305 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 265 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 266 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 251 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 372 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 292 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 241 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 254 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 265 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 330 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 310 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 543 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 413 0