गहिराइमा गीतालाई अध्ययन गर्दा यो स्पष्ट छ कि गीता मूलतः कर्मयोग ग्रन्थ हो । गीतामा कर्मयोगको गहन व्याख्या गर्नुभएको छ । मूलतः गीता अध्याय २ देखि अध्याय ६ सम्म, अनि अन्य अध्यायहरुका विभिन्न श्लोकहरुमा पनि कर्मयोगका विविध पक्षहरुमाथि विस्तृत व्याख्या गर्नुभएको छ । गीतामा जति व्याख्या कर्मयोगको सम्बन्धमा गरिएको छ । त्यति विस्तृत व्याख्या अन्य कुनै पनि योग विधिहरुको बारेमा गरिएको पनि छैन । गीता मूलतः कर्म (युद्ध) वा घर गृहस्थ नै त्यागेर सन्यास जीवन ग्रहण गरी सांख्य (सन्यास) मार्गबाट मोक्ष प्राप्त गर्नु इच्छुक अर्जुनलाई भगवानले किन सांख्ययोग भन्दा कर्मयोग श्रेष्ठ छ भनी दिनुभएको व्याख्याको वरिपरि नै घुमेको छ । गीतामा कर्मत्यागरुपी सन्यास जीवन ग्रहण गरी मोक्ष प्राप्त गर्न अभिलाषी अर्जुन बारम्बार भगवानलाई भन्दछन्ः
अर्जुन उवाच ।
ज्यायसी चेत्कर्मणस्ते मता बुद्धिर्जनार्दन ।
तत्किं कर्मणि घोरे मां नियोजयसि केशव ।।३–१।।
हे जनार्दन ! यदि तपाईलाई कर्म (कर्मयोग) को अपेक्षा ज्ञान (सांख्य वा ज्ञानयोग) श्रेष्ठ मान्य छ भने फेरि हे केशव मलाई यो भयंकर (कर्मयोग) मार्गमा किन लगाउनु हुन्छ ?
व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे ।
तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम् ।।३–२।।
हे कृष्ण ! तपाईको मिलेको (मिश्रित) वचनले मेरो वुद्धिलाई मोहित गरिरहेको छ । यसैले त्यो एक मार्ग (साधनामार्ग) लाई निश्चय गरेर भन्नोस् जसबाट म ‘श्रेय’ वा मोक्ष प्राप्त गरु ।
अर्जुन उवाच ।
संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि ।
यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम् ।।५–१।।
हे कृष्ण ! तपाई कर्म सन्यास (कर्म त्याग रुप सन्यास वा सांख्ययोग) र फेरि कर्मयोगको प्रशंसा गर्नुहुन्छ । यसैले यि (दुई मोक्ष साधनाहरुमा) जुन एक (साधना) मेरो लागि निश्चित रुपमा कल्याणकारक छ, त्यो बताइदिनुहोस् ।
गीताका विभिन्न अध्यायका विभिन्न श्लोकहरुमा कर्मयोगलाई श्रेष्ठ बताउँदै मोक्ष अभिलाषी साधकहरुले कर्मयोगका साधना नै ग्रहण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । गीतालाई गहिरिएर अवलोकन गर्दा भगवानको यो जोडको पछाडि मूलतः चार कारणहरु छिपेका छन् ।
प्रथमः ‘सतत्’ बन्धनहरु उत्पति भइरहने मानिसको जीवन स्थिति जीवन संरचनामा त्रिगुणी वा संस्कारहरु वा गुणहरु साथसाथै छिपेको छ ।
शाश्वत ईश्वरीय नियमहरु पनि छिपेका छन् । गुणहरु नै प्रकट भइरहने यो सत्तामा गुणहरु कै प्रकटिकरणको कारण मानिसमा ‘सतत्’ विषयहरु प्रति मूलतः राग वा द्वेषका विचारहरु उत्पन्न भइरहन्छ । यहि कारण मानिस ‘सतत्’ विषयहरु प्रति मूलतः राग वा द्वेषका विचारहरु उत्पन्न भइरहन्छ । यहि कारण मानिस ‘सतत्’ रुपमा विचार, वाणी र देहको स्तरमा कुनै न कुनै कर्म गरिरहन्छ । भगवान भन्नुहुन्छः
न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ।।३–५।।
निःसन्देह कोहि पनि पुरुष कुनै कालमा क्षण मात्र पनि कर्म नगरी रहन सक्दैन । किनकि सम्पूर्ण मनुष्य समुदाय प्रकृति जनित गुणहरुद्वारा परवश हँुदै कर्म गर्दछन् वा प्रकृतिजन्य गुणहरुले नै कर्म गराउँदछ ।
यदहङ्कारमाश्रित्य न योत्स्य इति मन्यसे ।
मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति ।।१८–५९।।
अनि अहंकारको आश्रय लिएर तिमी जुन ‘म युद्ध गर्दिनँ’ भन्ने मानिरहेका छौ, तिम्रो यो निश्चय झुठो वा मिथ्या छ । किनकी तिम्रो (क्षेत्रीय) प्रकृति वा स्वभाव तिमीलाई युद्धमा लगाउने छ ।
जब मानिसमा ‘सतत्’ रुपमा कर्म घटित भइरहन्छ । यहि जीवन सत्तामा छिपेका शाश्वत नियमहरुले पनि ‘सतत्’ रुपमा बन्धनहरुको उत्पति, विस्तार, विज अनुरुप परिणाम आदि प्रदान गरिरहन्छन् । गुणहरुको ‘सतत्’ क्रियाशिलता, शाश्वत नियमहरुको ‘सतत्’ सक्रियताको कारण ‘सतत्’ बन्धनहरु निर्माण भइरहने यो जीवन सत्तामा त्यो अवस्था सम्म ‘मोक्ष’ प्राप्ति सम्भव नै हुँदैन । जब सम्म मोक्ष अभिलाषी साधन पनि ‘सतत’ रुपमा साधनारत हुँदैन । सांख्ययोग, ध्यानयोग वा अन्य समत्वबुद्धि योग विधिहरुमा चौविसै घण्टा वा ‘सतत्’ साधनारत रहन असम्भव प्रायः नै छ । यो स्थितिमा प्रतिक्षण घटित हुने कर्मलाई साधन बनाएर मोक्ष प्राप्त गर्न प्रयास गरिने कर्मयोग त्यो साधना विधि हो, जहाँ साधक ‘सतत’ रुपमा साधना सम्भव छ । ‘सतत्’ रुपमा बन्धन उत्पतिको प्रक्रियालाई अवरुद्ध गर्न र संग्रहित संस्कारहरुलाई नष्ट गरी मोक्ष प्राप्त गर्न संभव छ ।
दोस्रो – श्रेष्ठ पुरुषको जीवन, कर्म, वचन आदिको अनुकरण गर्ने संसारको प्रकृति
मानिसमा छिपेको ईश्वरीय चेतनाको प्रकृति नै यस्तो छ कि यो विस्तार हुन चाहन्छ । यो उच्च जीवन क्षेत्रमा प्रवेश गर्न चाहन्छ । यो चेतना स्वरुप नै मोक्ष हुन चाहन्छ । अनेकन् तमोगुणी रजोगुणी बन्धन ग्रहण गर्न चाँहदैन । यो चेतना बोधपूर्ण छ । अवतारको रुपमा अवतरित हुन सक्दछ । तमगुण, रजगुण प्रधान मानिसहरु वा न्यून चेतना भएका मानिसहरु सतगुण प्रधान श्रेष्ठ मानिसहरुको जीवन तर्फ आन्तरिकतामा आकर्षित भइरहन्छ………………..
पछ्याइरहन्छन्, अनुकरण गरिरहन्छ । यस्तो स्थितिमा जब सतगुरुको कारण नै अध्यात्म, ईश्वर, मोक्ष आदि प्रति आकर्षित श्रेष्ठ पुरुष जब थर, परिवार, सामाजिक दायित्व आदिलाई त्याग गरेर जब सन्यास जीवन ग्रहण गर्दछ । कर्म नै त्यागेर पहाड, हिमाल, आश्रम आदिमा अरण्य वास गर्दछ, यस्तो अवस्थामा समाजका साधारण मानिसहरुले पनि ‘यहि मार्ग नै सत्य हो’ भन्दै घर परिवार, दायित्व आदि सम्पूर्ण त्यागी दिन सक्दछन् । जसको भयावह परिणाम घर, परिवार, समाजमा पर्दछ । यथार्थमा, विगतमा यो अनुकरणले कैयन घर, परिवारलाई विगतमा व्यापक रुपमा वर्वाद पारेको थियो । र कैयन परिवार पुत्रविहिन, पति विहीन, अभिभावक विहीन हुन पुगी परिवारका सदस्यहरुले ‘जीवन पर्यन्त’ यो लहडपूर्ण आध्यात्मिक नक्कल’ को दुष्परिणाम भोग्न पुगी वर्वाद सम्म हुन पुगेका थिए । वर्तमान समयमा पनि यो न्यून परिणाममा नै किन नहोस् प्रचलनमा छ । सांसारीक मानिसहरुको यो प्रवृत्तिलाई बुझ्नु भएको भगवान कर्मयोगलाई जोड दिदै भन्नुहुन्छः
ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवाः ।
श्रद्धावन्तोऽनसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः ।।३–३१।।
जो मनुष्य दोष दृष्टिले रहित र श्रद्धापूर्ण भएर मेरो यो मतको सधैँ अनुशरण गर्दछ, त्यो सम्पूर्ण कर्म बन्धनहरुबाट छुटकारा पाउँछ ।
उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।
सङ्करस्य च कर्ता स्यामुपहन्यामिमाः प्रजाः ।।३–२४।।
यदि मैले कर्म गरिन भने सम्पूर्ण मनुष्य नष्ट – भ्रष्ट हुनेछ । र (म) वर्णशंकरलाई सृजना गर्ने कारण बन्नेछु । सम्पूर्ण प्रजालाई नष्ट गर्ने बन्नेछु ।
तेस्रो – साधना अनुकरणको कारण साधकको ‘निश्चित’ असफलता
मोक्ष साधनाको अर्थ हो – स्वयंका त्रिगुणी संस्कारको विनाश गर्नु । वा स्वयंको गुणहरु वा स्वभावहरुलाई नष्ट गर्नु । त्रिगुणी तत्वहरुको स्वभाव नै यस्तो छ कि यि गुणहरुले मानिसलाई निश्चित कर्महरु तर्फ प्रेरित गर्दछ । (सतगुण वा उच्च चेतना), क्षेत्रीय (रजगुण वा मध्य चेतना), वैश्य (तमगुण वा न्यून चेतना), शुद्ध (सघन तमगुण वा ………………….
कर्महरु प्रति प्रेरित हुन्छन् (१८–४२, ४३, ४४) । गुणहरुले विचार, कर्महरुलाई पूर्ण रुपमा प्रभावित पार्ने यो जीवनमा स्वयंको गुण के हो ? स्वयंको स्वभाव के हो ? स्वयं कुन कर्म तर्फ आकर्षित छु ? किन आकर्षित छु ? कुन गुणहरु वा संस्कारहरुले गर्दा आकर्षित छु ? मैले नाश गर्नुपर्ने स्वयंका संस्कारहरु के के हुन् ? आदि प्रति अन्वेषण, अनुसन्धान, चिन्तन नै नगरी जब कुनै साधक श्रेष्ठ वा अन्य पुरुषको साधनाको नक्कल गर्दछ । (स्मरण रहोस् – वर्तमान समयमा यहि भइरहेको छ । जब उ स्वयंको गुणहरुले उत्पन्न भइरहेका कर्महरु प्रति समभावी साधन नगरीकन जब उ अन्य साधकहरुको साधनाको नक्कल वा अनुसरण गर्दछ, उ निश्चित रुपमा साधनामा असफल हुन पुग्दछ । यसलाई एक साधारण उदाहरणद्वारा पनि बुझ्न सकिन्छ । मानौँ एक साधकले उच्च चेतनाको कारण जगतका प्राप्तिहरुको मीथ्यात्व, व्यर्थता, अनित्यता आदि स्वयंको दृष्टिमा स्पष्ट बोध भई मनमा वैराग्य भाव पलाउन कुनै साधकले सन्यास जीवन ग्रहण ग¥यो । त्यस्तै, दोस्रो रजगुणी, तमोगुणी साधकले न्यून चेतनाको कारण जगत प्राप्तिहरुका मीथ्यात्वहरु नै नबुझी मनमा वैराग्य उत्पन्न नभई कुनै पनि श्रेष्ठ पुरुषको अनुकरण गर्दै सन्यास ग्रहण ग¥यो वा दुई पृथक गुणहरु भएका साधकहरुले सन्यास ग्रहण गरे । यो अवस्थामा प्रथम साधकको मनमा वैराग्य भाव, ईश्वर, मोक्ष, शाश्वत जीवन आदि प्रति एक निश्चयपूर्ण बुद्धि भएकाले उसलाई सन्यास ग्रहण पश्चात जगतका विषयहरुले आन्तरिक द्वन्द्वहरु, संघर्षहरु उत्पन्न गर्दैनन् । गुणको कारण उसको साधनाले लय र गहिराई समात्दछ । उ साधनामा सफल हुन सक्दछ । तर दोस्रो साधकको मनमा जगत विषयहरु प्रति वैराग्य भावहरु उत्पन्न नभएकोले उ गुणहरुको कारणले जगतका विषयहरु प्रति आकर्षित हुन पुग्दछ । गुणको कारणले उसको साधनाले लय र गतिलाई समात्न नै सक्दैन । यस्तो अवस्थामा उ साधनामा असफल हुन पुग्दछ । तर कर्मयोग यस्तो साधना विधि छ, जहाँ साधक स्वगुणले जो कर्ममा छ, त्यहि कर्म मार्फत नै मोक्ष प्राप्त गर्न सक्दछ । यसैले स्वगुण जनित कर्ममा योग (वा कर्मयोग) मा जोड दिदै भगवान भन्नुहुन्छः
स्वे स्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः ।
स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।।१८–४५।।
आफ्नो आफ्नो (गुण जनित) स्वभाविक कर्ममा तत्परतापूर्वक लागेको मनुष्य भगवान प्राप्तिरुप सम्यक सिद्धिलाई प्राप्त गर्दछ । आफ्नो स्वभाविक कर्ममा लागेको मनुष्य जुन प्रकारले कर्मद्वारा परम सिद्धिलाई प्राप्त गर्दछ, त्यो तिमी म बाट सुन ।
यतः प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम् ।
स्वकर्मणा तमभ्यर्च्य सिद्धिं विन्दति मानवः ।।१८–४६।।
जुन परमात्माबाट सम्पूर्ण प्राणीहरुको उत्पति भएको छ । (र) जसद्वारा यो सम्पूर्ण जगत व्याप्त छ । त्यो परमेश्वरलाई आफ्नो स्वाभाविक (गुण जनित) कर्मद्वारा पूजा गरेर मनुष्य परमसिद्धि प्राप्त गर्दछ ।
चौथो – अन्य साधना विधिहरुमा ‘म’ भाव त्यागको जटीलता
‘म’ रुपी मूल अज्ञान नाश वा ‘म’ विहीन स्व–स्वरुपको प्राप्ति नै सम्पूर्ण मोक्ष साधनाहरुको मूल लक्ष्य हो । कर्मयोग त्यो साधना विधि हो, जहाँ साधक कर्म, कर्मफल, कर्म सिद्धि असिद्धि आदि सम्पूर्ण रुपमा प्रभुमा अर्पण गर्दछ । वा उ कर्ममा ‘म’ (त्यो) कर्म गरिरहेछु । म (यो) प्राप्तिको लागि कर्म गरिरहेको छु । म (यो) प्राप्तिमा खुसी छु, दुखी छु । आदि सम्पूर्ण ‘म’ भावहरुको त्याग गरी सम्पूर्ण रुपमा अनाशक्त भई प्रभुको सेवक भई कर्म गर्दछ । साधनाको प्रथम विन्दूबाट नै उ ‘म’ भावलाई क्षय वा विलय गर्ने प्रकृयाको प्रारम्भ गर्दछ । जब साधन सिद्धि प्राप्त हुन्छ, स्वस्वरुप प्राप्त हुन्छ , यो ‘म’ भावरुपी मूल अज्ञान पूर्णरुपमा विलाउँदछ । साधक सहज रुपमा मोक्ष प्राप्त गर्दछ । तर सांख्ययोग वा ध्यान योग आदि साधनाहरु जहाँ साधक निराकार तत्व चिन्तनद्वारा परमात्मा तत्वमा एकी भाव प्राप्त गर्न प्रयास गर्दछ, यि साधनाहरुमा न त साधना कालमा ‘म’ भाव अर्पण गरिन्छ । न त साधनाबाट बाहिर निश्क्रिय पश्चात ‘म’ भावहरु विलय गर्ने उपायहरु नै छन् । (स्मरण रहोस् – सतत् घटित हुने कर्महरुमा ‘सतत्’ रुपमा कर्मयोग साधना गर्दा मान ‘सतत्’ म भाव क्षय अवस्था सृजना हुन पुग्दछ ।) जसको परिणाम स्वरुप साधक ‘म’ भावलाई कर्मयोग झैँ सहज रुपमा विनाश गर्न सक्दैन । यो ‘सुक्ष्म तथ्य’ मात्र प्रकाश पार्दै भगवान भन्नुहुन्छः
योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः ।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते ।।५–७।।
जसको मन आफ्नो वशमा छ । जो जितेन्द्रीय छ । जसको अन्तःकरण शुद्ध छ । सम्पूर्ण प्राणीको आत्मारुप परमात्मा नै जसको आत्मा छ । यस्तो कर्मयोगी कर्म गर्दा पनि (कर्ममा) लिप्त हुँदैन ।



