किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ?

0 टिप्पणीहरू 637 आगन्तुकहरू

एकमात्र सत्य मोक्ष साधनामार्ग

के महासतिपट्टान साधनामात्र सत्य मोक्ष साधना विधि हो ? जब भगवान् महासत्तिपट्टान साधना निर्वाणप्राप्तीको एकमात्र मार्ग हो भनेर घोषणा गर्नुहुन्छ तब मोक्ष प्राप्तिका अनेक साधनाविधि प्रचलनमा रहेको वर्तमान सन्दर्भमा स्वभाविकरूपमा यस्ता प्रश्न उठ्छन् कि आखिर किन भगवान विपश्यना वा महासतिपट्टान साधनालाई “एकमात्र सत्य निर्वाण साधनामार्ग हो” भनेर घोषणा गर्नुहुन्छ ? के संसारमा प्रचलित अन्य मोक्ष साधनाविधि सांच्चै निर्वाण प्रदान गर्न असमर्थ छन् ? के ती साधनामार्ग निर्वाणका मार्ग नै होइनन ? के ती निर्वाण साधनाविधि चित्तको विकार (स वेदना भोग गर्ने स्वभाव नाश गर्न असमर्थ छन् ? के ती साधनाविधि आंशिक अपूर्ण भ्रामक, मिथ्या प्रकृतिका साधनाविधि हुन् ? असङ्ख्य साधुकुहरू अनेक प्रकारका साधनामा समाहित भई निर्वाण प्राप्त गर्न प्रयासरत रहेका वर्तमान अवस्थामा भगवानुका यी वचनलाई गहिराईमा पुगेर अवलोकन गर्न अत्यन्त आवश्यक छ ।

किन महासतिपद्वान साधनामात्र सत्यमोक्ष साधना हो ?

आखिर किन भगवान् वा सम्यक सम्बुद्धले महासतिपान साधनामात्र संसारको एकमात्र निर्वाणमार्ग वा सत्य निर्वाण साधनाविधि हो भनेर घोषणा गर्नुभयो ? यस सत्यलाई स्पष्टरूपमा बुझ्न सर्वप्रथम चित्तको संस्कार भनेको के हो भन्ने प्रश्नलाई नै स्पष्टरूपमा बुझ्नुपर्ने हुन्छ । चित्तको संस्कार भनेको विषयहरूप्रतिको राग-द्वेषपूर्ण आशक्ति’ हो कि ‘विषयहरूका कारण उत्पन्न हुने सुखद, दुखद संवेदनाहरूप्रतिको आशक्ति’ हो भन्ने कुराको सूक्ष्म भेदप्रति नै स्पष्ट हुनु आवश्यक हुन्छ ।

यहाँनेर के प्रश्न उठ्छ भने आखिर चित्तको संस्कार भनेको के हो ? संसारमा प्रचलित खासगरी हिन्दूधर्मसँग जोडिएका सम्पूर्ण मोक्षशास्त्रहरू मन वा चित्तको विषयप्रतिको तृष्णा वा आशक्ति नै संस्कार हो भन्ने मत राख्छन्, यहिकारण निर्वाण प्राप्तिका लागि मनको विषयप्रतिको आशक्तिलाई नष्ट गर्नुपर्छ भन्ने मान्यता राखेका छन् तर भगवान् बुद्ध यसमा सहमत हुनुहुन्न । उहाँ त्यसको गहिराईमा गएर भन्नुहुन्छ कि संस्कारको अर्थ मनको विषयप्रतिको आशक्ति वा तृष्णा नभई विषयबाट उत्पन्न हुने संवेदनाहरूप्रतिको आशक्ति वा तृष्णा हो ।

जब तपाईं गहिरिएर अवलोकन गर्नुहुन्छ, तपाई भगवान् बुद्धको मत नै सत्य हो भन्ने तथ्यमा स्पष्ट हुनुहुन्छ । तपाईंले यो पनि स्पष्ट देख्नुहुन्छ कि यथार्थमा मानिसले विषय नभई विषयबाट उत्पन्न संवेदनामाथि आशक्ति गर्छ । मानिसमा धूमपान, मद्यपान, कामभोग जस्ता विषयप्रति जुन आशक्ति वा संस्कार छ यथार्थमा त्यो तृष्णा वा संस्कार विषयसँग नभई संववेदनाहरूसँग जोडिएको हुन्छ । तपाईं संवेदनाहरू सुखद भएकै कारण विषयहरूलाई भोग गर्नुहुन्छ ।

झट्ट सुन्दा विषयप्रतिको तृष्णा र विषयबाट उत्पन्न हुने संवेदनाप्रतिको तृष्णा एकै हुन् वा पर्यायवाची हुन् भन्ने प्रतीत हुन्छ तर यी दुई मतका बीचमा छिपेको पृथकता वा भेद यति गहन छ कि यो सूक्ष्म भेद्रलाई बुझ्न नसक्दा निर्वाण साधनाविधि नै प्रभावित हुन पुग्छ, साधनाको परिणाम नै प्रभावित हुनपुग्छ ।

जब तपाईं चित्तको संवेद्रनाहरूलाई भोग गर्ने स्वभाव नै संस्कार हो भन्ने तथ्यप्रति स्पष्ट हुनुहुन्छ तब तपाईं निर्वाण प्र राप्तिका लागि चित्तको यो संवेदना भोग गर्ने स्वभावलाई नै नष्ट गर्नुपर्छ, चित्तको संस्कार वा संवेद्रनाहरूलाई भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई नै संवेदनाहरूप्रति भोग नगर्ने प्रशिक्षण दिनुपर्छ भन्ने तथ्यहरूसँग पनि स्पष्ट हुन् पुग्नुहुन्छ । यस्तो स्थितिमा तपाईं काय र चित्तका क्षेत्रमा उत्पन्न भइरहेका संवेदनालाई भोग नगरिकन जागरुक भएर यी संवेद्रना उदय र व्यय भइरहेको प्रक्रियालाई समभावी भएर अवलोकन गर्न थाल्नुहुन्छ, यही नै महासतिपट्टान साधना हो ।

जब तपाईं यसरी चित्तलाई संवेदनाहरूप्रति समभावी बन्नु प्रशिक्षण दिनुहुन्छ तब तपाईंमा छिपेका धम्म वा प्रकृतिका शाश्वत नियमहरूले तपाईंमा धर्मचक्र उत्पन्न गर्दै निर्वाण प्रदान गर्छ । संवेदनामाथि गरिने महासतिपट्टान साधनाले धम्मका शाश्वत नियमहरूका सहयोगमा धर्मचक्र उत्पन्न गरी कसरी चरणबद्धरूपमा तपाईंलाई निर्वाण प्रदान गर्छ भन्ने तथ्यको व्याख्या यहि पुस्तकमा गरीएको छ ।

जब तपाईं संस्कार शब्दको सत्य अर्थ बुझ्न असमर्थ रहनुहुन्छ तब तपाईं संस्कारको अर्थ मनको विषयप्रतिको आशक्ति हो भनेर बुझ्नुहुन्छ । त्यस स्थितिमा चित्तलाई संवेद्रनाहरूप्रति समभावी बन्नु प्रशिक्षण दिने साधनामा प्रवेश गर्ने सक्नुहुन्न । तपाईं काय र चित्तका क्षेत्रमा उत्पन्न भइरहेका जुन संवेदनालाई भोग गरी प्रतिक्षण दुःखी, सुखी भइरहनुभएको छ वा प्रतिक्षण संस्कारहरूलाई निर्माण र विस्तार गरिरहनुभएको छ त्यो सत्यप्रति दृष्टि नै दिनुहुन्न् ।

त्यो क्षण हुन सक्छ, तपाईं विषय बन्धनको भयबाट मुक्त हुने आशले गृहस्थ, परिवार, श्रीमती आदि त्याग गरी हिमालय पर्वत, गुफा आदि एकान्त स्थलतर्फ लाग्नुहुन्छ । अथवा विषयबाट इन्द्रिय र मनलाई हटाउन देह पीडक कठोर तपस्यामा प्रवेश गर्नुहुन्छ । अथवा श्वासप्रश्वास, ईश्वर, गुरु, प्रकाश, ध्वनि आदिलाई आधार बनाएर अनेक प्र कारका मोक्ष साधनामा प्रवेश गर्नुहुन्छ । यस्तो स्थितिमा तपाईं गुरु कालम, उद्धक रामपुत्त वा स्वयं भगवान् साधनाका कारण केही न केही आध्यात्मिक उपलब्धि त प्राप्त गर्नुहुन्छ तर बन्धन र मोक्षको केन्द्रमा रहेको संवेदनाहरू भोग गर्ने चित्तको स्वभावलाई नष्ट गर्ने साधना नभएकाले वर्षों त के कल्पसम्म साधना गरे पनि निर्वाण प्राप्त गर्न सक्नुहुन्न । स्मरणरहोस् भगवान् बुद्धले पनि लामो समयदेखि निर्वाण प्राप्तिका लागि अनेक साधना गर्दै आउनुभएको थियो तर सत्यमोक्ष साधनाविधि प्राप्त नभएका कारण साधनाका अनेक पारमिता (आध्यात्मिक सम्पदा) सङ्क्रग्रह गरे पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुभएको थियो । उहाँले दरवार त्याग पश्चात् झण्डै छ वर्षसम्म जुन प्रकारका साधना गर्नुभयो ती साधनाबाट निर्वाण प्राप्त गर्न नसक्नुको मूल कारण चित्तलाई संवेद्रनाहरूप्रति समभावी बन्न प्रशिक्षण नदिनु नै थियो, बन्धन र मोक्षको केन्द्रीय विन्दु बुझ्न नसक्नु नै थियो ।

जब भगवानले अनेक प्रकारका निर्वाण साधनाको असफलता पश्चातु संवेद्रनाहरूमाथि समभावी विपश्यना साधना गर्नुभयो तब निर्वाण प्राप्त गर्नुभयो । तत्पश्चात् उहाँले आफ्नै साधना अनुभवको आधारमा घोषणा गर्नुभयो कि महासतिपट्टान वा विपश्यना साधना मात्र यस जगतको सत्य निर्वाण साधनाविधि हो ।

सारांशमा निर्वाण प्राप्त गर्न चित्तको संस्कार (संवेदनाहरूलाई भोग गर्ने स्वभावहरू लाई नै नष्ट गर्नुपर्ने, चित्तको स वेदनाहरूलाई भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई संवेदनाहरू भोग नगर्ने प्रशिक्षण दिनुपर्ने, चित्तको संवेदना भोग गर्ने स्वभावलाई श्वासप्रश्वास, गुरु, ईश्वर, प्रकाश आदिमा गरिने ध्यान साधनाबाट सम्भव नहुने, महासतिपट्टान साधनामा संवेद्रनाहरूमाथि नै साधना गरी चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गरिने हुनाले महासतिपान वा विपश्यना साधना नै संसारको एक मात्र सत्य मोक्ष मार्ग हो ।

डा.मूरली अधिकारी

आध्यात्मीक चिन्तक, सत्य मोक्ष साधना विधि अन्वेषक, तत्वसोध कर्ता, पशुपति – बुद्ध मन्दिर डलास अमेरिकाका स स्थापक अध्यक्ष डा.मुरली अधिकारी मूलतः सत्य मोक्ष विद्या वा साधना विधिको अनुसन्धान, स्व-साधना, प्रबंधन आदिमा रुची राख्नुहुन्छ । समाजसेवा, सामाजीक, धार्मिक, सांस्कृतिक, आध्यात्मीक उत्थान वा आदि क्षेत्रहरुमा पनि कि याशील डा. अधिकारीका धर्मचक्र प्रवर्तन, महासतिपट्टान सुत्त, विपश्यना साधना विधि, सरल सत्य गीता, गीता विपश्यना विज्ञान, सांख्ययोग, कर्मयोग, भक्तीयोग परमात्माका छ श्वाशत नियमहरु, विवेक चुडामणी आदि जस्ता झण्डै एक दर्जन आध्यात्मीक पुस्तकहरु लेखन समाप्त भई सम्पादन र प्रकाशनको चरणमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
मंगलाचरण 1/15/2023 645 0
मुक्तिको दुर्लभता 1/15/2023 538 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 792 0
विचारको महङ्खव 1/15/2023 517 0
शिष्य लक्षण 1/15/2023 612 0
साधन–चतुष्टय 1/15/2023 1587 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 604 0
सद्गुरु लक्षण 631 0
शिष्य प्रार्थना 1/15/2023 691 0
गुरु कर्तव्य 1/15/2023 723 0
1/15/2023 509 0
शिष्य प्रशंसा 1/15/2023 572 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 558 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 626 0
अपरोक्षानुभवको आवश्यकता 546 0
स्थूल शरीरको व्याख्या 1/15/2023 917 0
विषयविन्दा 1/15/2023 610 0
देहाशक्तिको निन्दा 1/15/2023 569 0
स्थूल शरीर निन्दा 1/15/2023 726 0
दश इन्द्रियहरू 1/15/2023 982 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 759 0
पञ्चप्राण 1/15/2023 734 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 793 0
प्राणको धर्म 1/15/2023 484 0
अहंकार 1/15/2023 553 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 454 0
माया वर्णन 1/15/2023 1188 0
रजोगुण 1/15/2023 576 0
तमोगुण 1/15/2023 496 0
सङ्खवगुण 1/15/2023 521 0
कारण शरीर 1/15/2023 586 0
आत्मा–निरूपण 1/15/2023 556 0
अध्यास 1/15/2023 720 0
आवरण र विक्षेपशक्ति 1/15/2023 722 0
बन्ध निरूपण 1/15/2023 498 0
अन्नमय कोश 1/15/2023 538 0
प्राणमय कोश 1/15/2023 552 0
मनोमय कोश 1/15/2023 513 0
विज्ञानमय कोश 1/15/2023 592 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 625 0
आनन्दमय कोश 1/15/2023 466 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 463 0
आत्मस्वरूप निरूपण 1/15/2023 531 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 461 0
जगत्को मिथ्यात्व 1/15/2023 553 0
ब्रह्म निरूपण 1/15/2023 793 0
महावाक्य – विचार 1/15/2023 642 0
ब्रह्मा–भावना 1/15/2023 636 0
वासना त्याग 1/15/2023 647 0
अध्यास निराकरण 1/15/2023 638 0
अहंपदार्थ निरूपण 1/15/2023 556 0
अहंकार – मुख्यवाधा 1/15/2023 464 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 482 0
प्रमाद – निन्दा 1/15/2023 583 0
अविद्याको स्थिति 1/15/2023 560 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 559 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 585 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 650 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 534 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 570 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 539 0
ध्यान विधि 1/15/2023 534 0
आत्म दृष्टि 1/15/2023 573 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 572 0
आत्म चिन्तनको उपदेश 1/15/2023 492 0
शरीर उपेक्षा 1/15/2023 479 0
आत्मज्ञानको फल 1/15/2023 576 0
जीवनमुक्तको लक्षण 1/15/2023 565 0
प्रारब्ध कर्म विचार 596 0
प्रारब्ध निराकरण 1/15/2023 561 0
नानात्व – निषेध 1/15/2023 621 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 648 0
बोधोपलब्धी 1/15/2023 550 0
शिष्यको अनुभव 1/15/2023 613 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 750 0
गुरुको अन्तिम उपदेश 1/15/2023 937 0
आत्माको अविनाशिता 1/15/2023 999 0
परमार्थता 1/15/2023 1478 0
शिष्य बिदाइ 1/15/2023 1218 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35536 0