किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ?

0 टिप्पणीहरू 780 आगन्तुकहरू

यो धरतीमा सत्य मोक्ष विद्याको पूर्न स्थापनाको लागि विभिन्न समयमा विभिन्न अवतारहरुले जन्म लिएको सत्य इतिहास छ । यि अवतारहरुको अवतरण वा जन्म कुनै मीथ्या कल्पना वा भ्रमपूर्ण कथा नभई सत्य हो भन्ने तथ्यको प्रमाण शिव सुत्र, बाइबल, त्रिपिटक, गीता जस्ता अवतारहरुको अकाट्य “सत्य वचनहरु” संग्रह भएका आध्यातमीक ग्रन्थहरुले नै दिएका छन् । यि ग्रन्थले यि अवतारहरुको परम वचनहरु मात्र नभई पवित्र, अलौकिक, परम जीवनको स्पष्ट झलकहरु पनि प्रदान गरेका छन् । यो स्पष्ट प्रमाण दिएका छन् कि यि अवतारहरु मानिसको दुःख, व्यथा, आँसु, पीडा आदिबाट द्रवीत भएर करुणाले नै यो धरतिमा अवतरित भएका थिए । यि अवतारहरु मानिसको जीवन के हो ? मानिसको यो जीवनको चरम आन्तरीक विकासको स्थिति के हो ? मानिसको जीवनको त्यो परम स्थितिमा पुग्ने साधना मार्ग के हो ? आदिको व्याख्या गर्न नै यो धरतिमा आएका थिए । तर, जगतको यर्थाथता यस्तो छ कि जब यि अवतारहरु धरतीमा उपस्थित थिए । (स्मरण रहोस् वर्तमान समयमा पनि यि अवतारबाट स्वयंका परमवचनहरुमा जिवित नै छन् ।) तर यो जगतको यर्थाथता यस्तो छ कि न त विगत न त वर्तमानमा नै मानिसहरुले यि अवतारहरुलाई चिन्न र बुझ्न सकेका छन् । यि अवतारहरुको वचनमा छिपेको परमसत्यलाई ग्रहण गर्न सकेका छन् । यि ईश्वरीय अवतारहरुको जीवनको मूल मर्म र अर्थलाई ग्रहण गर्न सकेका छन् । बहुसंख्यक मानिसहरु यि अवतारहरु, यि अवतारहरुको परमवचनहरु र यि अवतारहरुले संकेत गरेका परम जीवन मार्ग प्रति न त आकर्षित छन्, न त परिचित छन् ।

यो स्थितिमा एक गम्भिर प्रश्न उठ्दछ कि आखिर किन मानिसहरु अवतारहरु प्रति आकर्षित छैनन् । कि मानिसहरु यि अवतारहरुले संकेत गरेको धर्म, ईश्वर, सत्य परम जीवन आदि प्रति आकर्षित हुँदैनन् ? किन नश्वर मानिस संसारका नश्वर पदार्थको संग्रहमा नै जीवनलाई समाप्त गर्दछन् ?

यो रहस्यको गहिराइमा तँपाईको त्रिगूण (तम, रज, सत) छिपेको छ ।

तँपाईको जिवनमा सत, रज, तम नामक तिन त्यस्ता रहस्यमय गूणहरु छिपेका छन् जूनको प्रत्यक्ष सम्बन्ध तँपाईका चेतना, अन्र्तदृष्टि, विवेक शक्ति आदि सँग जोडिएको छ । जब तँपाईमा यि तिन गूणहरु मध्ये सत् गूणको मात्रा बढी हुनछ, त्यो स्थितिमा तँपाईको जागरुकता, चेतना, अन्तरदृष्टी आदि तिक्ष्ण हुन पुग्दछ । जसको कारण तँपाई सत वस्तु के हो ? असत वस्तु के हो ? मानिसको जिवनमा कुन वस्तु प्राप्त गर्न प्रयास गर्नुपर्ने हो ? आदि प्रश्नहरु प्रति तँपाई स्वष्ट हुनुहुन्छ । त्यो क्षणमा तँपाई अवतारहरु, अवतारहरुको जिवनमा छिपेका मर्महरु, अवतारका शब्दहरुमा प्रकृट सत्यहरु तर्फ आकषित को निर्णय गर्ने क्षमतासँग जोडिएको छ । मानिस जगतका विषयहरु वा सांसारिक जीवनप्रति आर्कर्षित हुनुहुन्छ । तँपाई शाश्वत वस्तुको खोजी गर्न थाल्नुहुन्छ । तँपाई धर्म, ईश्वर, अवतार, शाश्वत जीवन आदि प्रति आकर्षित हुन पुग्नुहुन्छ ।

रजगुण मध्यम चेतना प्रधान र उच्च कर्मप्रधान गुण हो । जब तँपाईमा रजगुणको प्रधानता रहन्छ, त्यो स्थितिमा तँपाईमा धर्म, ईश्वर, अवतार, परम् जीवन आदिहरु प्रति मनमा जिज्ञासाहरु उपस्थित रहन्छन् । तर तँपाईमा उपस्थित मध्यम परिणामको जागरुकता, चेतना, अनतरदृष्टी आदिको कारण गर्दा तँपाई यि वस्तुहरु प्रति गहन रुपमा आकर्षीत हुनुहुन्न । जब तँपाई रजगूणको प्रधानता रहन्छ , यो स्थितिमा गूणको कारण नै तँपाईमा लोभ, स्वार्थ, बुद्धी, सकाम कर्म भाव, विषय भोग आदि विचारहरु प्रकट हुनछन्, जसको परिणामस्वरुप तँपाईसंसार प्रति नै आकर्षित हुनुहुन्छ । तँपाईको झुकाब असत् वस्तु, संग्रह, इन्द्रिय भोग, लोभ, स्वार्थ आदि हुन्छ । जब तँपाई यसरी सांसारीक विषयहरुमा प्रवेश गरीरहनुहुन्छ, त्यो क्षणमा तँपाईमा छिपेका ईश्वरीय नियमहरुले रजगुण वृतिहरुलाई झन् झन् विस्तार गरिदिने भएको रजगुण प्रधान मानिस भौतिक वस्तु संग्रह र भोगको संसारको पासोमा छट्पटिएर नै जीवनबाट विदा हुन्छ । उ जीवनमा छिपेको धर्म, ईश्वर शाश्वत जीवन आदिका संस्कार विजहरुलाई मलजल गर्न सक्दैनन् । रजगुणको कारणले नै उ अवतारहरुले प्रदर्शित गर्नुभएको शाश्वत जीवन मार्गमा विचरण गर्न सक्दैनन् ।

तमोगुण अत्यन्त न्यून प्रकाश वा जागरुकता अनुपस्थित गुण हो । जब तँपाईमा तमोगुणको प्रधानता रहन्छ, त्यो स्थितिमा तँपाई गूणको कारण नै अत्यन्त मूढ, बेहोसी र अज्ञानी स्थितिमा रहनुहुन्छ । यो स्थितिमा तँपाईमा जागरुकता, चेतना, अन्तरदृष्टी, विवेक आदि अत्यन्त न्यून हुन्छ । यो स्थितिमा तमोगुण प्रधान मानिसले धर्म, ईश्वर, अवतार, शाश्वत जीवन, मोक्ष आदि धारणाहरु नै बुझ्दैनन् । यि शव्दहरुमा छिपेको अर्थ र मर्मलाई नै ग्रहण गर्न सक्दैनन् । जब कोहि मानिस जीवन के हो ? धर्म के हो ? जीवनको विकास के हो ? ईश्वर के हो ? आदि प्रश्न सम्म बुझ्दैन भने त्यस्तो मानिस धर्म, ईश्वर, अवतार, परम् जीवनतर्फ आकर्षित हुने भन्ने प्रश्न नै अप्रासांगिक हुन पुग्दछ । सारांसमा स्वयंमा छिपेको गूण वा प्रकृतिको कारण नै तँपाई अवतारहरु प्रति आकर्षित, अनाकर्षित हुनुहुन्छ ।

मानिसको जीवनमा गुणहरुको कति असाधारण भूमिका छ ? कसरी यि गुणहरुले ईश्वर वा अवतार प्रति आकर्षित हुन्छन् कि हुँदैनन् भन्ने निर्णयलाई प्रभावित पार्दछ ? भगवान कृष्णका वचनहरु नै सुनौँः

सर्वद्वारेषु देहेऽस्मिन्प्रकाश उपजायते ।
ज्ञानं यदा तदा विद्याद्विवृद्धं सत्त्वमित्युत ।।१४–११।।

जुन क्षण वा समयमा यो शरिर, अन्तःकरण र सम्पूर्ण इन्द्रियहरुमा प्रकाश (चेतना, स्वच्छता) र ज्ञान (विवेक, शक्ति) उत्पन्न हुन्छ, त्यो क्षणमा सत्वगुण बढेको छ भन्ने बुझ्नु पर्दछ ।

लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा ।
रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ ।।१४–१२।।

हे अर्जुुन ! रजगुुण बृद्धि भएपछि लोभ, प्रवृत्ती (स्वार्थबुुद्धिबाट कर्ममा प्रवृत्त हुने चेष्टा) सकाम कर्म आरम्भ, अशान्ति, विषय भोगको लालसा, यि सम्पूूर्ण उत्पन्न हुुन्छन् ।

अप्रकाशोऽप्रवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ।।१४–१३।।

हे कुुरुनन्दन् ! तमगुुणको बृद्धि भएपछि अन्तःकरण र इन्द्रियहरुमा अप्रकाश (चेतनाह्रास, विवेकशक्ति ह्रास), अप्रवृत्ति (निरर्थक बसिरहने, कर्म नगर्ने वृत्ति), प्रमाद (गर्न लायक कर्ममा मन नलाग्नु, गर्न नहुने कर्म जस्तै मद्यपान, धुम्रपान, तास, जुवा आदिमा मन लाग्नु), मोह (विषय मोह) यि वृत्तिहरु उत्पन्न हुुन्छन् ।

सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो भवतोऽज्ञानमेव च ।।१४–१७।।

सत्वगुणबाट ज्ञान (वोधशक्ति, विवेकशक्ति, चेतना आदि) उत्पन्न हुन्छ । रजगुणबाट निःसन्देह लोभ उत्पन्न हुुन्छ । तथा तमगुणबाट प्रमाद, मोह (विषयमोह) र अज्ञान (मूढता, विवेकशक्ति हिनता, वोधशक्ति हिनता आदि) उत्पन्न हुन्छ ।

त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् ।।७–१३।।

यि तिन गुण (तम, रज, सत) का भावहरुबाट यो जगत मोहित भइरहेको छ । यसैले यो सम्पूर्ण जगत वा मानिसहरु यि तिन गुणहरु भन्दा परको म अविनाशी तत्वलाई जान्दैनन् ।

न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः ।।७–१५।।

मायाद्वारा ज्ञान (चेतना) अपहरित, आसुरी स्वभाव धारण गरेका, मनुष्यमा नीच र दूषित कर्म गर्ने, मूढ मनुष्यहरु मलाई भज्दैनन् ।

चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन ।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ।।७–१६।।

हे भरत वंशींहरुमा श्रेष्ठ अर्जुन ! उत्तम वा श्रेष्ठ कर्म गर्ने अथार्थी, आर्त, जिज्ञासु र ज्ञानी (प्रेमी), यि चार प्रकारका भक्तजन मलाई भज्दछन् ।

अधिभूतं क्षरो भावः पुरुषश्चाधिदैवतम् ।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर ।।८–४।।

उत्पति र विनाश धर्म (प्रकृति) भएका पदार्थ अधिभूत हुन् । प्रकृति भन्दा परको परम पुरुष नै अधिदैव हुन् । यस देहमा अन्तरयामी रुपमा स्थित म नै अधियज्ञ हुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 983 0
अवतरण के हो ? 1/9/2023 872 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 852 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 868 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 881 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 831 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 798 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 861 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 846 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 854 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 713 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 673 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 722 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 891 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 748 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 860 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 694 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 880 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 771 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 849 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 732 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 848 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 673 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 783 0
त्रिगुण के हो ? 1/9/2023 1026 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 737 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 715 0
त्रिगुण र बन्धन 1/9/2023 820 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 700 0
सतगुण के हो ? 1/9/2023 684 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 651 0
मनुष्य उत्पति 1/9/2023 722 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 742 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 606 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 794 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 615 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 694 0
धर्मक्षेत्र के हो ? 1/9/2023 648 0
मोक्ष साधना के हो ? 1/9/2023 645 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 780 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 514 0
यज्ञ के हो ? 1/9/2023 576 0
धर्मयुद्ध के हो ? 1/9/2023 733 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 665 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 654 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 618 0
के हो ईश्वर भजन ? 1/9/2023 691 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 567 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 464 0
कर्म के हो ? 1/9/2023 1048 0
कर्मको गति किन गहन छ ? 1/9/2023 645 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 752 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 633 0
कर्मयोग के हो ? 1/9/2023 662 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 664 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 613 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 696 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 667 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 633 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 746 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 949 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 585 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 567 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 632 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 668 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1628 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 775 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 793 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 664 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1625 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 681 0
वेद के हो ? 1/10/2023 705 0
देवता के हो ? 1/10/2023 759 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 742 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 734 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 690 0
मृत्यु के हो ? 1/10/2023 741 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 703 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 694 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3321 0