यो धरतीमा सत्य मोक्ष विद्याको पूर्न स्थापनाको लागि विभिन्न समयमा विभिन्न अवतारहरुले जन्म लिएको सत्य इतिहास छ । यि अवतारहरुको अवतरण वा जन्म कुनै मीथ्या कल्पना वा भ्रमपूर्ण कथा नभई सत्य हो भन्ने तथ्यको प्रमाण शिव सुत्र, बाइबल, त्रिपिटक, गीता जस्ता अवतारहरुको अकाट्य “सत्य वचनहरु” संग्रह भएका आध्यातमीक ग्रन्थहरुले नै दिएका छन् । यि ग्रन्थले यि अवतारहरुको परम वचनहरु मात्र नभई पवित्र, अलौकिक, परम जीवनको स्पष्ट झलकहरु पनि प्रदान गरेका छन् । यो स्पष्ट प्रमाण दिएका छन् कि यि अवतारहरु मानिसको दुःख, व्यथा, आँसु, पीडा आदिबाट द्रवीत भएर करुणाले नै यो धरतिमा अवतरित भएका थिए । यि अवतारहरु मानिसको जीवन के हो ? मानिसको यो जीवनको चरम आन्तरीक विकासको स्थिति के हो ? मानिसको जीवनको त्यो परम स्थितिमा पुग्ने साधना मार्ग के हो ? आदिको व्याख्या गर्न नै यो धरतिमा आएका थिए । तर, जगतको यर्थाथता यस्तो छ कि जब यि अवतारहरु धरतीमा उपस्थित थिए । (स्मरण रहोस् वर्तमान समयमा पनि यि अवतारबाट स्वयंका परमवचनहरुमा जिवित नै छन् ।) तर यो जगतको यर्थाथता यस्तो छ कि न त विगत न त वर्तमानमा नै मानिसहरुले यि अवतारहरुलाई चिन्न र बुझ्न सकेका छन् । यि अवतारहरुको वचनमा छिपेको परमसत्यलाई ग्रहण गर्न सकेका छन् । यि ईश्वरीय अवतारहरुको जीवनको मूल मर्म र अर्थलाई ग्रहण गर्न सकेका छन् । बहुसंख्यक मानिसहरु यि अवतारहरु, यि अवतारहरुको परमवचनहरु र यि अवतारहरुले संकेत गरेका परम जीवन मार्ग प्रति न त आकर्षित छन्, न त परिचित छन् ।
यो स्थितिमा एक गम्भिर प्रश्न उठ्दछ कि आखिर किन मानिसहरु अवतारहरु प्रति आकर्षित छैनन् । कि मानिसहरु यि अवतारहरुले संकेत गरेको धर्म, ईश्वर, सत्य परम जीवन आदि प्रति आकर्षित हुँदैनन् ? किन नश्वर मानिस संसारका नश्वर पदार्थको संग्रहमा नै जीवनलाई समाप्त गर्दछन् ?
यो रहस्यको गहिराइमा तँपाईको त्रिगूण (तम, रज, सत) छिपेको छ ।
तँपाईको जिवनमा सत, रज, तम नामक तिन त्यस्ता रहस्यमय गूणहरु छिपेका छन् जूनको प्रत्यक्ष सम्बन्ध तँपाईका चेतना, अन्र्तदृष्टि, विवेक शक्ति आदि सँग जोडिएको छ । जब तँपाईमा यि तिन गूणहरु मध्ये सत् गूणको मात्रा बढी हुनछ, त्यो स्थितिमा तँपाईको जागरुकता, चेतना, अन्तरदृष्टी आदि तिक्ष्ण हुन पुग्दछ । जसको कारण तँपाई सत वस्तु के हो ? असत वस्तु के हो ? मानिसको जिवनमा कुन वस्तु प्राप्त गर्न प्रयास गर्नुपर्ने हो ? आदि प्रश्नहरु प्रति तँपाई स्वष्ट हुनुहुन्छ । त्यो क्षणमा तँपाई अवतारहरु, अवतारहरुको जिवनमा छिपेका मर्महरु, अवतारका शब्दहरुमा प्रकृट सत्यहरु तर्फ आकषित को निर्णय गर्ने क्षमतासँग जोडिएको छ । मानिस जगतका विषयहरु वा सांसारिक जीवनप्रति आर्कर्षित हुनुहुन्छ । तँपाई शाश्वत वस्तुको खोजी गर्न थाल्नुहुन्छ । तँपाई धर्म, ईश्वर, अवतार, शाश्वत जीवन आदि प्रति आकर्षित हुन पुग्नुहुन्छ ।
रजगुण मध्यम चेतना प्रधान र उच्च कर्मप्रधान गुण हो । जब तँपाईमा रजगुणको प्रधानता रहन्छ, त्यो स्थितिमा तँपाईमा धर्म, ईश्वर, अवतार, परम् जीवन आदिहरु प्रति मनमा जिज्ञासाहरु उपस्थित रहन्छन् । तर तँपाईमा उपस्थित मध्यम परिणामको जागरुकता, चेतना, अनतरदृष्टी आदिको कारण गर्दा तँपाई यि वस्तुहरु प्रति गहन रुपमा आकर्षीत हुनुहुन्न । जब तँपाई रजगूणको प्रधानता रहन्छ , यो स्थितिमा गूणको कारण नै तँपाईमा लोभ, स्वार्थ, बुद्धी, सकाम कर्म भाव, विषय भोग आदि विचारहरु प्रकट हुनछन्, जसको परिणामस्वरुप तँपाईसंसार प्रति नै आकर्षित हुनुहुन्छ । तँपाईको झुकाब असत् वस्तु, संग्रह, इन्द्रिय भोग, लोभ, स्वार्थ आदि हुन्छ । जब तँपाई यसरी सांसारीक विषयहरुमा प्रवेश गरीरहनुहुन्छ, त्यो क्षणमा तँपाईमा छिपेका ईश्वरीय नियमहरुले रजगुण वृतिहरुलाई झन् झन् विस्तार गरिदिने भएको रजगुण प्रधान मानिस भौतिक वस्तु संग्रह र भोगको संसारको पासोमा छट्पटिएर नै जीवनबाट विदा हुन्छ । उ जीवनमा छिपेको धर्म, ईश्वर शाश्वत जीवन आदिका संस्कार विजहरुलाई मलजल गर्न सक्दैनन् । रजगुणको कारणले नै उ अवतारहरुले प्रदर्शित गर्नुभएको शाश्वत जीवन मार्गमा विचरण गर्न सक्दैनन् ।
तमोगुण अत्यन्त न्यून प्रकाश वा जागरुकता अनुपस्थित गुण हो । जब तँपाईमा तमोगुणको प्रधानता रहन्छ, त्यो स्थितिमा तँपाई गूणको कारण नै अत्यन्त मूढ, बेहोसी र अज्ञानी स्थितिमा रहनुहुन्छ । यो स्थितिमा तँपाईमा जागरुकता, चेतना, अन्तरदृष्टी, विवेक आदि अत्यन्त न्यून हुन्छ । यो स्थितिमा तमोगुण प्रधान मानिसले धर्म, ईश्वर, अवतार, शाश्वत जीवन, मोक्ष आदि धारणाहरु नै बुझ्दैनन् । यि शव्दहरुमा छिपेको अर्थ र मर्मलाई नै ग्रहण गर्न सक्दैनन् । जब कोहि मानिस जीवन के हो ? धर्म के हो ? जीवनको विकास के हो ? ईश्वर के हो ? आदि प्रश्न सम्म बुझ्दैन भने त्यस्तो मानिस धर्म, ईश्वर, अवतार, परम् जीवनतर्फ आकर्षित हुने भन्ने प्रश्न नै अप्रासांगिक हुन पुग्दछ । सारांसमा स्वयंमा छिपेको गूण वा प्रकृतिको कारण नै तँपाई अवतारहरु प्रति आकर्षित, अनाकर्षित हुनुहुन्छ ।
मानिसको जीवनमा गुणहरुको कति असाधारण भूमिका छ ? कसरी यि गुणहरुले ईश्वर वा अवतार प्रति आकर्षित हुन्छन् कि हुँदैनन् भन्ने निर्णयलाई प्रभावित पार्दछ ? भगवान कृष्णका वचनहरु नै सुनौँः
सर्वद्वारेषु देहेऽस्मिन्प्रकाश उपजायते ।
ज्ञानं यदा तदा विद्याद्विवृद्धं सत्त्वमित्युत ।।१४–११।।
जुन क्षण वा समयमा यो शरिर, अन्तःकरण र सम्पूर्ण इन्द्रियहरुमा प्रकाश (चेतना, स्वच्छता) र ज्ञान (विवेक, शक्ति) उत्पन्न हुन्छ, त्यो क्षणमा सत्वगुण बढेको छ भन्ने बुझ्नु पर्दछ ।
लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा ।
रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ ।।१४–१२।।
हे अर्जुुन ! रजगुुण बृद्धि भएपछि लोभ, प्रवृत्ती (स्वार्थबुुद्धिबाट कर्ममा प्रवृत्त हुने चेष्टा) सकाम कर्म आरम्भ, अशान्ति, विषय भोगको लालसा, यि सम्पूूर्ण उत्पन्न हुुन्छन् ।
अप्रकाशोऽप्रवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ।।१४–१३।।
हे कुुरुनन्दन् ! तमगुुणको बृद्धि भएपछि अन्तःकरण र इन्द्रियहरुमा अप्रकाश (चेतनाह्रास, विवेकशक्ति ह्रास), अप्रवृत्ति (निरर्थक बसिरहने, कर्म नगर्ने वृत्ति), प्रमाद (गर्न लायक कर्ममा मन नलाग्नु, गर्न नहुने कर्म जस्तै मद्यपान, धुम्रपान, तास, जुवा आदिमा मन लाग्नु), मोह (विषय मोह) यि वृत्तिहरु उत्पन्न हुुन्छन् ।
सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो भवतोऽज्ञानमेव च ।।१४–१७।।
सत्वगुणबाट ज्ञान (वोधशक्ति, विवेकशक्ति, चेतना आदि) उत्पन्न हुन्छ । रजगुणबाट निःसन्देह लोभ उत्पन्न हुुन्छ । तथा तमगुणबाट प्रमाद, मोह (विषयमोह) र अज्ञान (मूढता, विवेकशक्ति हिनता, वोधशक्ति हिनता आदि) उत्पन्न हुन्छ ।
त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् ।।७–१३।।
यि तिन गुण (तम, रज, सत) का भावहरुबाट यो जगत मोहित भइरहेको छ । यसैले यो सम्पूर्ण जगत वा मानिसहरु यि तिन गुणहरु भन्दा परको म अविनाशी तत्वलाई जान्दैनन् ।
न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः ।।७–१५।।
मायाद्वारा ज्ञान (चेतना) अपहरित, आसुरी स्वभाव धारण गरेका, मनुष्यमा नीच र दूषित कर्म गर्ने, मूढ मनुष्यहरु मलाई भज्दैनन् ।
चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन ।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ।।७–१६।।
हे भरत वंशींहरुमा श्रेष्ठ अर्जुन ! उत्तम वा श्रेष्ठ कर्म गर्ने अथार्थी, आर्त, जिज्ञासु र ज्ञानी (प्रेमी), यि चार प्रकारका भक्तजन मलाई भज्दछन् ।
अधिभूतं क्षरो भावः पुरुषश्चाधिदैवतम् ।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर ।।८–४।।
उत्पति र विनाश धर्म (प्रकृति) भएका पदार्थ अधिभूत हुन् । प्रकृति भन्दा परको परम पुरुष नै अधिदैव हुन् । यस देहमा अन्तरयामी रुपमा स्थित म नै अधियज्ञ हुँ ।