धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

के होे आर्य अष्ठाङ्ग मार्ग ?

0 टिप्पणीहरू 336 आगन्तुकहरू

निर्वाणको अर्थ हो जन्म–जन्मान्तरदेखि धम्मका शाश्वत नियमहरूका कारण उत्पन्न, सङ्ग्रहित, विस्तार हुँदै आएका चित्तका संस्कारहरू वा स्वभावलाई नाश गर्नु । निर्वाण अत्यन्त दुरुह साधना हो । यसलाई करोडौँ साधकमा एकदुई असाधारण साधकले मात्र सिद्ध गर्न सकेका छन् । जन्म–जन्मान्तदेखि सञ्चित हुँदै आएको संवेदना भोग गर्ने तपाईँका स्वभावका कारण तपाईँका मन वा चित्तमा अर्वौँ संस्कार सङ्ग्रहित छन् । यी संस्कारमध्ये कैँयौँ संस्कार अत्यन्त शक्तिशाली छन्, जसले प्रतिदिन प्रकट भएर तपाईँलाई व्याकुल बनाइहेका छन् । चित्तमा यसरी सङ्ग्रह भएर प्रकृतिको शाश्वत नियमका कारण शक्तिशाली बनेका संस्कारहरू साधारण साधनाद्वारा नष्ट हुन सक्दैनन् । चित्तका यस्ता संस्कार नष्ट गर्न असाधारण प्रकृतिका शक्तिशाली साधना चाहिन्छ । चित्तका यिनै संस्कार वा संवेदना भोग गर्ने स्वभावलाई नष्ट गरी निर्वाण प्राप्त गर्न “आठ वटा साधना”लाई जोडेर भगवान्ले निर्माण गर्नुभएको विश्वप्रसिद्ध साधनाविधि नै आर्य अष्टाङ्गमार्ग साधना हो ।

१) आर्य अष्टाङ्ग मार्गसाधना भगवान्को आफ्नै झण्डै ६ वर्षसम्मको आंशिक, अपूर्ण, भ्रामक प्रकृतिका अनेक मोक्ष साधनाविधिको असफल प्रयोगपश्चात स्वप्रयास, स्वपरीक्षण, स्वअनुभवबाट जन्मिएको प्रामाणिक साधना विधि हो । भगवान् आफैँले यही साधना विधिबाट निर्वाण प्राप्त गर्नुभएको थियो । भगवान् स्वयंले अन्य साधनाविधिबाट नभई यही साधना विधिबाट निर्वाण प्राप्त गर्नुभएकाले यस निर्वाण साधना सत्य र असाधारण प्रकृतिका शक्तिशाली साधना हो भन्ने कुरा आफैँ स्पष्ट हुन्छ ।

२) धम्मका शाश्वत नियमहरूका कारण तपाईँको जीवनमा चौवीसै घण्टा सततरूपमा संस्कारहरू उत्पत्ति, र विस्तार भइरहन्छन् । यस स्थितिमा यदि तपाईँ निर्वाण चाहनुहुन्छ भने तपाईँ साधनारत रहनुभएको निर्वाण साधनाविधिले तँपाईलाई पनि चौवीसै घण्टा सततरूपमा साधनारत राखीरहन सक्नुपर्छ । सम्यक कर्म, सम्यक वाणी, सम्यक आजिविका जस्ता असाधारण साधना उपस्थित आर्य अष्टाङ्गमार्ग साधनाको संरचना नै यस्तो छ कि यदि तपाईँले यस साधनालाई “विधिपूर्वक” साधनामा उतार्नुहुन्छ भने तपाईँ पनि सम्पूर्ण कर्म, वाणी, आजिविकाका क्षणमा सम्यक (न राग न द्वेष) को स्थितिमा रहनुहुन्छ अथवा तपाईँ पनि चौवीसै घण्टा साधनारत रहनुहुन्छ । तपाईँ पनि चौवीसै घण्टा धम्मका नियमहरूले संस्कारहरू उत्पत्ति र विस्तार गर्ने प्रक्रियालाई अवरुद्ध गरी चित्तमा समभावको बीज छरिरहनुहुन्छ ।

३) कुनै पनि निर्वाण साधनालाई सफलतापूर्वक साधनामा उतार्न, त्यस साधनाको स्पष्ट सैद्धान्तिक पथ प्रदर्शन आवश्यक हुन्छ । स्पष्ट सैद्धान्तिक मार्गको अनुपस्थितिमा निर्वाण जस्तो सूक्ष्म र दुरुह साधनामा साधक वर्र्षौँ मात्र नभई कल्पसम्म पनि भड्किरहन्छ । आर्य अष्टाङ्गमार्ग साधना त्यस्तो निर्वाण साधना हो, जहाँ चार आर्य सत्यरूप स्पष्ट सैद्धान्तिक मार्ग उपस्थित छन् । यस साधनामा तपाईँ कुनै अमूर्त आत्मा, परमात्मा, परमधाम, परमगति आदि प्राप्त गर्न गइरहनु भएको छैन । मात्र स्वयंको दुःखको कारण (दुःख समुदय सत्य) लाई आर्य अष्टाङ्गमार्ग (मार्ग सत्य) द्धारा नाश गरी दुख (दुख सत्य) नाश र निर्वाण (निरोध सत्य) प्राप्त गर्न गइरहनु भएको छ ।

४) संसारमा प्रचलित जति पनि निर्वाण साधना छन् ती साधनामा जब साधकले प्रवेश गर्छ त्यस अवस्थामा उसले निर्वाण साधनाको कति चरण छन् ? निर्वाण साधनाको कुन चरणमा साधकलाई कस्तो अनुभूति प्राप्त हुन्छ ? साधनाकालमा स्वयंले प्राप्त गरेका अनुभूति केके हुन् ? आफू साधनाको कुन चरणमा छु ? म साधनामा सही दिशातर्फ बढिरहेको छु कि छैन ? जस्ता साधनासँग जोडिएका अत्यन्त महत्वपूर्ण प्रश्नहरूको सही उत्तर प्राप्त गर्नै सक्दैन । यसैका कारण साधक साधनामा अनेकन् भ्रम, कल्पना, द्धिविधा आदि प्राप्त गरी साधनाबाट च्यूत हुन पुग्छ । यस्तो स्थितिमा आर्य अष्टाङ्गमार्ग साधना मात्र संसारको एकमात्र यस्तो निर्वाण साधना हो, जहाँ साधकले माथिका प्रश्नहरूका स्पष्ट उत्तर प्राप्त गर्छ । जसको परिणाम स्वरुप साधक साधनामा सफल हुने सम्भावनाको जन्म हुन्छ । भगवान्को महासतिपट्ठान निर्वाण साधनाका बाह्रवटा चरण र प्रत्येक चरणका व्याख्या यसै पुस्तकमा रााखिएको छ ।

५) आर्य अष्टाङ्गमार्गका आठ साधनामा भगवान्ले प्रत्येक साधनामा ‘सम्यक’ शब्दमा जोड दिनुभएको छ । ‘सम्यक’ शब्द नै आर्य अष्टाङ्गमार्ग साधनाको मूल साधना शब्द हो । बुद्ध साहित्यमा ‘सम्यक’ शब्दलाई ठीक, पूर्ण, सही आदिका रूपमा परिभाषित गरिएको पाइन्छ तर यो परिभाषा सतही, आंशिक, भ्रमपूर्ण र स म्यक शब्दको मूल मर्मलाई ग्रहण गर्न असमर्थ देखीन्छ । “सम” शब्दको अर्थ हो– निष्पक्ष, तटस्थ, मध्यमार्ग आदि । ‘सम’ मूलरूपमा रहेर निर्माण भएको “सम्यक” शब्दको मूल अर्र्थ हो– न राग न द्वेष वा समभावी स्थिति । जब तपाईँ आर्य अष्टाङ्गमार्गमा प्रवेश गर्नुहुन्छ तब तपार्इँले जीवनका प्रत्येक क्षणमा न राग न द्वेषको स्थितिमै रहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 317 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 388 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 250 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 283 0
सद्गुरुको खोजी 1/12/2023 275 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 283 0
गुरु अलार कालमसँग भेट 1/12/2023 344 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 274 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 276 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 211 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 243 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 243 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 287 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 278 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 245 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 735 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 272 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 346 0
उपक आजीवनसँग भेट 1/13/2023 281 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 318 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 299 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 283 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 317 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 383 0
चार आर्य सत्य 1/13/2023 409 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 338 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 298 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 280 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 427 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 271 0
दुःख समुदय आर्य सत्य 1/13/2023 333 0
दुःख निरोध आर्यसत्य 1/13/2023 282 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 308 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 441 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 296 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 280 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 303 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 270 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 235 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 334 0
आसन ग्रहण 1/13/2023 271 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 238 0
आनापानसति 1/13/2023 296 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 317 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 301 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 275 0
कायानुपश्यना 1/13/2023 244 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 301 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 314 0
चित्तानुपश्यना 1/13/2023 315 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 238 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 263 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 290 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 261 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 261 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 303 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 290 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 295 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 288 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 283 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 236 0
दसौँचरण-अनित्य बोध 1/13/2023 253 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 320 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 230 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 350 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 305 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 265 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 268 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 251 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 372 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 292 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 241 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 254 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 265 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 330 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 312 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 543 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 413 0