धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

के हो कहिल्यै नसुनेको धर्म ?

0 टिप्पणीहरू 401 आगन्तुकहरू

भगवान् बुद्धको समयमा निर्वाण प्राप्तिसँग जोडिएका अनेक धर्म, गुरु, दर्शन, मत आदि प्रचलनमा थिए, जस्तो हाल प्रचलनमा छन् । भगवान् स्वयंले कैँयौँ महिनासम्म यिनै निर्वाण साधनाविधिका गहन अध्ययन, अनुसन्धान र प्रयोग गर्नुभएको थियो । यी सम्पूर्ण सम्प्रदायका एउटै लक्ष्य थियो– मोक्ष । सर्वत्र मोक्षकै चर्चा थियो । प्रत्येक सम्प्रदायका गुरुहरू मोक्षकै चर्चा गर्नुहुन्थ्यो । मोक्ष प्राप्य छ, मोक्ष प्राप्त गर्नुपर्छ भन्नुहुन्थ्यो तर मोक्ष के हो ? मोक्ष प्राप्त गर्ने स्पष्ट साधनाविधि के हो ? त्यस विधिले कसरी मोक्ष प्रदान गर्छ ? त्यसले मोक्ष प्रदान गर्ने आधार के हो ? मोक्ष साधनाका चरणहरू केके हुन् ? ती प्रत्येक चरणका अनुभुतिहरू केके हुन् ? मोक्ष साधनाको प्रगतिको मापदण्ड के हो ? मोक्ष प्राप्तिपश्चात्का अनुभूतिहरू केके हुन् ? भन्नेजस्ता मोक्षसँग सम्बन्धित महत्वपूर्ण प्रश्नका चित्त बुझ्दो उत्तर भने कसैसँग पनि थिएन । प्रत्येक सम्प्रदाय र सम्प्रदायवादीका अभिमत पृथकपृथक थिए ।

यी सम्प्रदायमा मोक्ष प्राप्तिका लागि, गुरुकृपा, परमात्माकृपा, तारक ब्रह्मा आदिका आवश्यकता पर्ने धारणा पनि उत्तिकै व्याप्त थियो । प्रत्येक सम्प्रदायका गुरुहरू आफ्नै सम्प्रदायसँग सम्बन्धित धर्म दर्शन, मान्यता, मत, विश्वास आदिलाई स्वीकार गरेमा मात्र मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने धारणा बाँडिरहनु भएको थियो ।
भगवान्ले जब यो आर्य अष्टाङ्गमार्ग साधनाद्वारा निर्वाण प्राप्त गर्नुभयो, जब चार आर्य सत्यलाई साधनामा उतार्नुभयो, जब एक आर्य सत्यलाई साधनामा उतार्दा चारै आर्य सत्य अनि बाह्र आवृत्ति स्पष्ट भएका थिए भगवान् यी आफ्ना निर्वाण अनुभूतिलाई यसरी व्याख्या गर्नुहुन्छ–

पूष्वे अननुस्सुतेसु अर्थात् पहिले कहिल्यै नसुनिएको ।

भगवान्ले मोक्षका नाममा अनेक दर्शन, धारणा, मत, साधनाविधि आदिका बारेमा सुन्नुभएको थियो । यस्ता अनेक मतहरूमा समाहित भई मोक्ष प्राप्त गर्न प्रयासरत साधकलाई पनि देख्नुभएको थियो । आफैँले पनि यी अनेक साधनाका असफल प्रयोग पनि गर्नुभएको थियो तर संसारमा दुःख छ, दुःखको कारण छ, दुःख निवारणको मार्ग (साधनाविधि) छ, दुःख निरोधको अवस्था छ भन्ने जस्ता सरल, स्पष्ट, शुद्ध धर्मको व्याख्या भने कहिल्यै सुन्नुभएको थिएन । अनेक आंशिक, अपूर्ण, कर्मकाण्डी मोक्ष साधनाविधिका बारेमा सुन्नुभएको थियो तर आफैँले आन्तरिक आध्यात्मिक रूपान्तरण बोध गर्न सक्ने प्रामाणिक पूर्ण साधनाविधिबारे भने कहिल्यै कतैबाट सुन्नुभएको थिएन, धम्मका नियमहरूलाई नै निर्वाणको पक्षमा क्रियाशील गराई निर्वाण प्राप्त गर्ने साधनाविधि (उपाय) का बारेमा पहिले कहिल्यै कतै सुन्नुभएको थिएन । आफूले भेटेका कुनै पनि गुरुबाट यस्तो कुरा सुन्न पाउनुभएको थिएन ।

जब भगवान्ले आर्य अष्टाङ्ग मार्गद्वारा निर्वाण प्राप्त गर्नुभयो तब यस्तो कहिल्यै कसैबाट नसुनिएको साधनाविधिबाट भगवान्लाई अनेक परिणाम प्राप्त भए । केके परिणाम प्राप्त भए ? उत्तर हो भगवान्लाई चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

प्रश्न उठ्न सक्छ कस्तो चक्षु उत्पन्न भयो ? उत्तर हो धर्मचक्षु उत्पन्न भयो । धर्म (आध्यात्मिक रूपान्तरण) को चक्षु (स्पष्ट बोध) प्राप्त भयो । साधनाका कारण मनको आन्तरिक प्रदेशमा जुनजुन आध्यात्मिक रूपान्तरणहरू भए ती परिवर्तन स्पष्ट र प्रमाणिकरूपमै आन्तरिक चक्षुमा अनुभूति भयो । आन्तरिक आध्यात्मिक रूपान्तरणका अनेक चरण, अनित्यबोध, अनात्मबोध, दुःखको दर्शन, निर्वाण स्थितिको इन्द्रियातीत अनुभूति आदि अब कुनै कल्पना, भ्रम, मिथ्या वा श्रुतज्ञान थिएनन् । यी प्रामाणिक अवस्था हुन् भन्ने प्रामाणिक ज्ञान प्राप्त भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 469 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 526 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 348 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 393 0
सद्गुरुको खोजी 1/12/2023 447 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 399 0
गुरु अलार कालमसँग भेट 1/12/2023 474 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 410 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 396 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 307 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 363 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 363 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 421 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 361 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 941 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 382 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 488 0
उपक आजीवनसँग भेट 1/13/2023 407 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 418 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 417 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 435 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 439 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 500 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 655 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 484 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 452 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 549 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 363 0
दुःख समुदय आर्य सत्य 1/13/2023 449 0
दुःख निरोध आर्यसत्य 1/13/2023 388 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 432 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 557 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 430 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 434 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 429 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 392 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 403 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 452 0
आसन ग्रहण 1/13/2023 393 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 362 0
आनापानसति 1/13/2023 456 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 443 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 441 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 415 0
कायानुपश्यना 1/13/2023 360 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 395 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 418 0
चित्तानुपश्यना 1/13/2023 433 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 362 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 347 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 420 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 365 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 369 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 452 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 409 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 501 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 390 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 346 0
दसौँचरण-अनित्य बोध 1/13/2023 357 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 456 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 360 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 480 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 431 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 383 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 394 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 387 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 520 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 438 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 385 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 451 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 387 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 492 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 531 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 699 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 569 0