भगवान् बुद्धको निर्वाण साधना सङ्घर्षका कथा

२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि

0 टिप्पणीहरू 465 आगन्तुकहरू

गुरु आलार कालम त्यस समयका भारत वर्षका प्रसिद्ध आध्यात्मिक गुरु हुनुहुन्थ्यो । उहाँको आध्यात्मिक सुवासको सुगन्ध भारत वर्षमा निकै टाढासम्म फैलिएको थियो । जब भगवान्ले गुरु कालमलाई भेट गर्नुभयो त्यतिबेला उहाँले भगवान्सँग परम्परागत शास्त्र ज्ञानका चर्चा गर्नु भएन । गुरु कालमले निर्वाण प्राप्तिका लागि गुरुकृपा, परमात्माकृपा, तारक ब्रह्मा,आफ्नै सम्प्रदायको शिष्यत्व ग्रहण, दीक्षा ग्रहण, मन्त्र ग्रहण, गुरुभक्ति आदिका आवश्यकताबारे पनि चर्चा गर्नुभएन । गुरु कालमले निर्वाण प्राप्तिकालागि गहन ध्यान साधनाको आवश्यकतामाथि जोड दिनुभयो । साथै कुनै पनि तीक्ष्ण बुद्धि, लगनशील र कुशाग्र दृष्टिसाधकले उहाँको मोक्ष साधनाविधिद्वारा वर्तमान जीवनमै निर्वाणको अमृतमय अनुभूति प्राप्त गर्न सक्ने पनि बताउनुभयो ।

भगवान् गुरु कालमका शब्दहरूप्रति आकर्षित हुनुभयो । परम्परागत शास्त्रीय ग्रन्थहरूको व्याख्या र बाह्य कर्मकाण्डीय साधना अनुपस्थित गुरु कालमको साधनाको केन्द्रमा ‘ध्यान साधना’ मात्र थियो । जुन त्यस समयमा अत्यन्त नवीन र पृथक प्रतीत हुन्थ्यो । भगवान् गुरु कालमबाट प्रभावित हुनुभयो । निर्वाण साधनामा योग्य गुरुको अभावमा असङ्ख्य साधकको कर्मकाण्डीय साधनामा अड्किन पुगी साधनाको नाममा जीवन नष्ट भएको आफैँले देख्नुभएको थियो । भगवान्ले आलार कालमको शिष्यत्व ग्रहण गर्नुभयो र उहाँकै निर्देशनमा ध्यान साधनामा प्रवेश गर्नुभयो ।

निर्वाणप्रतिको गहन प्यास, संसारप्रतिको गहन वैराग्यभाव, अनेक आंशिक मोक्ष साधनाविधिको असफल प्रयोग, साधनाप्रतिको गहिरो लगनशीलता, पूर्वजन्महरूका पारमिताहरू आदिका पृष्ठभूमिमा भगवान्को ध्यान साधनाले लय समात्यो । भगवान् लघु समयमा नै गुरु कालमद्वारा प्रदान गरिएको ध्यान साधनाद्वारा प्रथम, दोस्रो, तेस्रो गर्दै ध्यानको उच्च स्थितितर्फ बढ्नुभयोे । ध्यान साधनामा अझ प्रगति गर्दै उहाँ अपदार्र्थताको अवस्था ९जुन अवस्थामा साधकमा द्रष्टाभाव मात्र शेष रहन्छ० सम्म पुग्नुभयो । योअवस्था नै सातौँ ध्यानको अवस्था थियो । यही सातौँ ध्यानको अवस्था नै गुर कालमको ध्यानविधिले प्रदान गर्न सक्ने उच्च अवस्था थियो ।

गुरु आलार कालम भगवान्को शीघ्र साधना सफलताले आश्चर्यचकित हुनुभयो । उहाँले आफ्नो जीवनमा भगवान् जस्तोतीव्र प्रतिभाशाली शिष्य प्राप्त गर्नुभएको थिएन । ध्यान साधनामा यति शीघ्र समयमा आफ्नै समकक्षी क्षमता प्राप्त गर्ने कुनै शिष्य पनि देख्नुभएको थिएन । गुरु कालम भगवान्को ध्यान साधनाको प्रगतिबाट प्रभावित हुनुभयो । अतः लघु समयमा नै भगवान गुरु कालमको प्रिय र आश्रमको श्रेष्ठ शिष्यको रूपमा स्थापित हुनुभयो ।

गुरु कालम बृद्ध हुँदै जानुभएको थियो । गुरु कालम स्वयंलाई निर्वाण प्राप्त गुरु बताउनुहुन्थ्यो तर उहाँ मनभित्र स्वयंको संप्रदायलाई निरन्तरता दिन सक्ने योग्य शिष्य खोजिरहनु भएको थियो । भगवान्को असाधारण साधना सफलताले योग्य उत्तराधिकारी खोजिरहेको गुरु कालमको मनको तृष्णाले प्राण पाइरहेको थियो । गुरु कालम आफ्नो सम्प्रदायलाई भगवान्को नेतृत्वमा सुम्पिएर अवकाश ग्रहण गर्ने सपना देखिरहनुभएको थियो । स्वयंलाई मोक्ष घोषित गर्ने गुरुहरू पनि तृष्णा रहित थिएनन् । तृष्णाको साम्राज्य सर्वत्र उपस्थित थियो ।

जब भगवान्ले गुरु कालमको ध्यान साधनाबाट ध्यानको यस उच्च स्थिति प्राप्त गर्नुभयो तत्पश्चात् उहाँले निर्वाण साधनाले प्रदान गर्नुपर्ने अविनाशी अनुभूतिको कसीमा गुरु कालमको यस सातौँ ध्यानको स्थितिलाई मूल्याङ्कन गर्नुभयो तर यो उच्च ध्यानको गहन समाधि अनुभूति पनि क्षणिक प्रकृतिको थियो, जुन समाधि अनुभूति साधनाबाट बाहिर आएको छोटो समयमै शनैःशनैः बिलाएर जान्थ्यो ।

भगवान्ले यस गहन समाधिबाट बाहिर आएका क्षणमा स्वयंको आन्तरिक मनको स्थितिलाई नियालेर हेर्नुभयो । त्यतिबेला भगवान्ले स्वयंको चित्तमा अझै पनि संस्कार उपस्थित छन् भन्ने तथ्यलाई बोध हुन्थ्यो । गहन ध्यान साधनाबाट उत्पन्न हुने शान्तिका कारण चित्तका यी संस्कारले प्रकट भएर साधनाकालमा यातना नदिए पनि जब भगवान् ध्यान साधनाबाट बाहिर आउनुहुन्थ्यो त्यसको केही समयमै चित्तका ती संस्कार पुनःप्रकट भएर भगवान्लाई अस्थिर, अशान्त, व्याकुल बनाउन थालिहाल्थे । मनमा अनेक प्रकारका सांसारिक विचार र भावना उत्पन्न भएर भगवान्लाई पुनः संसारका अनेक विषयमा प्रवेश गराइदिन थालिहाल्थे । यसबाट के स्पष्ट हुन्थ्यो भने गुरु कालमको यस साधनाविधि चित्तका विकार नष्ट गरेर मोक्षको स्थिति प्रदान गर्न असमर्थ साधना थियो । यो एक अपूर्ण, भ्रामक र निर्वाणका दृष्टिले मिथ्या मोक्ष साधना थियो । यो पनि स्पष्ट थियो कि गुरु आलार कालम स्वयं मोक्ष प्राप्त पुरुष हुनुहुन्थेन ।

जब गुरु कालमले भगवान्लाई आध्यात्मिक क्षेत्रमा यस सातौँ ध्यानको गहन समाधिको स्थितिभन्दा पर अर्को उच्च आध्यात्मिक स्थिति उपस्थित नरहेको जानकारी दिनुभयो तत्पश्चात् भगवान्ले यी वृद्ध गुरुप्रति प्रेम, भक्ति, श्रद्धा प्रकट गर्दै यस आंशिक असत साधनालाई सत्यको रूपमा स्वीकार गरी आफूलाई बर्बाद नगर्ने निर्णय लिनुभयो । गुरु भक्तिको नाममा यस्ता भ्रामक, आंशिक, अपूर्ण साधनाविधिलाई ग्रहण गरी जीवन बर्बाद गरिरहेका असङ्ख्य साधकलाई भगवान् आफैँले भेट्नुभएको थियो । भगवान्ले गुरुभक्तिको नाममा आफ्नो जीवनलाई बर्बादीको मार्गलाई अलग गर्ने निर्णय गर्नुभयो ।

भगवान्को यस निर्णयले वृद्ध गुरुलाई गहिरो चोट पु¥यायो । आफ्नो सम्प्रदायलाई मृत्युपश्चात् पनि जोगाइ राख्ने जुन ‘तृष्णा’ गुरु कालमको मनमा झाङ्गिरहेको थियो त्यसमाथि आफ्नै शिष्यद्वारा कुठाराघात भइरहेको थियो । गुरु कालम भित्रभित्र क्रोधित हुनुहुन्थ्यो तर बाह्यरूपमा उहाँले भगवान्लाई धेरै अनुरोध गर्नुभयो । आफ्नो सम्प्रदायको सर्वश्रेष्ठ पदको प्रलोभन प्रदान गर्नुभयो तर भगवान्को दृष्टिमा गुरु कालमको ती अनुरोध, प्रलोभन एक उच्च गुरुमा शेष रहेको सांसारिक तृष्णा नै थियो ।अध्यात्मको संसार झुटो थियो । यस संसारमा सर्वत्र तृष्णाको साम्राज्य मात्र थियो । भगवान्को दृष्टिमा गुरु कालमका तृष्णा छिप्न सकेनन् । अन्ततः गुरु कालमको अनुनय र प्रलोभन पश्चात् पनि भगवान्ले उहाँको शिष्यत्वलाई त्याग गर्नुभयो ।

अत्यन्त प्रशिद्ध गुरु पनि निर्वाण प्राप्त गर्न असमर्थ रहनुभएको, उहाँको साधनाविधि पनि निर्वाण प्रदान गर्न असमर्थ रहेको, उच्च श्रेणीका गुरुको मनमा पनि सांसारिक तृष्णा जिवित रहेको आदि कुराको बोध सँगै भगवान्लाई निर्वाण प्राप्तिको जटिलता झन्झन् स्पष्ट हुँदै गयो । किन करोडौँ साधकमा एकदुई साधकले मात्र निर्वाण प्राप्त गर्न सकेका रहेछन् भन्ने तथ्यको बोध पनि सँगै प्राप्त हुँदै गयो । किनभने निर्वाण प्राप्त गर्नु दुरुह कार्य थियो । अर्थात् यस्तो कार्य सहज प्राप्य लक्ष्य थिएन ।

निर्वाण प्राप्त सद्गुरु खोजको एकपछि अर्को असफलता पश्चात् पनि भगवान् निराश हुनुभएन । उहाँले सत्य खोजको तीव्र अभिलाषालाई निरन्तरता दिइरहनुभयो । पुनः निर्वाण प्राप्त गुरुको खोजीमा एकपछि अर्को आश्रमको भ्रमण गर्न प्रारम्भ गर्नुभयो । यही क्रममा उहाँले उद्धक रामपुत्तको प्रसिद्धिको चर्चा सुन्नुभयो । यस क्रममा उहाँले उद्धक रामपुत्त गुरु आलार कालमभन्दा पनि ध्यान विद्यामा निपुण र भारतवर्षकै श्रेष्ठ गुरु हुनुहुन्छ भन्ने पनि सुन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 436 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 825 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 640 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 659 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 568 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 498 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 512 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 469 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 501 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 490 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 487 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 482 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 576 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 440 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1845 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 771 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 585 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 569 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 561 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 505 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 459 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 549 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 457 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 612 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 505 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 514 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 515 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 535 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 746 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 509 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 547 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 487 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 588 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 535 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 474 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 438 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 483 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 520 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 427 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 484 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 475 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 831 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 870 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 710 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 470 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 477 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 569 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 694 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 534 0
७.५ सम्यक समाधि साधना 1/11/2023 773 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 581 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 788 0
७.२ सम्यक वाणी साधना 1/11/2023 637 0
७.१ सम्यक कर्म साधना 1/11/2023 593 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 528 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 484 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 455 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 414 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 531 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 543 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 697 0
६.१ दुःख आर्य सत्य 1/11/2023 518 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 560 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 482 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 511 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 441 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 398 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 500 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 454 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 570 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 550 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 451 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 496 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 551 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 397 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 494 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 510 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 510 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 547 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 485 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 523 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 480 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 567 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 599 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2134 0