(शरणागत शिष्यप्रति गुरुको कर्तव्यलाई वर्णन गरिन्छ ।)
तथा वदन्तं शरणागतं स्वं संसारदावानलतापतप्तम् ।
निरीक्ष्य कारूण्यरसार्द्रदृष्ट्या दद्यादभीतिं सहसा महात्मा ।।४३।।
संसाररूपी डढेलोको तापबाट सन्तप्त भई यसप्रकार प्रार्थना गर्दै आफ्नो शरणमा आएको शिष्यलाई ब्रह्मनिष्ठ गुरुले करूणामयी दृष्टि गर्दै अति शीघ्र अभयदान प्रदान गर्नुपर्दछ । ।।४३।।
ब्रह्मनिष्ठ गुरुहरू भवसंसार सागरमा डुबिरहेका व्यक्तिहरूको दुःख देखेर अकारण करूणामय हुनुहुन्छ भनेर व्याख्या गरिसकिएको छ । आदिशंकराचार्य स्वयं ब्रह्मनिष्ठ आत्मज्ञानी सद्गुरु हुनुहुन्थ्यो । यो श्लोकमा उहाँकै करूण हृदयको प्रतिबिम्ब झल्किन्छ । उहाँ भन्नुहुन्छ — संसाररूपी डढेलोबाट दग्ध भएर यदि कोही शिष्य पुकार गर्दै गुरुको शरणमा आउँछ भने गुरूले यथ(ाशीघ्र आश्रय दिएर भयबाट मुक्त गर्नुपर्दछ ।
विद्वान्स तस्मा उपसत्तिमीयुषे मुमुक्षवे साधु यथोक्तकारिणे ।
प्रशान्तचित्ताय शमान्विताय तङ्खवोपदेशं कृपयैव कुर्यात् ।।४४।।
ब्रह्मनिष्ठ गुरुले शरणमा आएको, आज्ञाकारी, प्रसन्नचित्त, शम आदि गुणयुक्त मुमुक्षुलाई कृपापूर्वक तङ्खव उपदेश अवश्य दिनुपर्दछ । ।।४४।।
ब्रह्मनिष्ठ गुरुको शरणमा विविध प्रकारका मानिसहरू साधारण जिज्ञासादेखि मोक्षको विचारहरूसम्म बोकेर आउन सक्दछन् । फेरि आत्मविद्या यस्तो विद्या हो, जुन सम्पूर्ण मानिसलाई समान रूपमा बाँड्नुको अर्थ रहँदैन ।
मूर्ख, अल्पबुबुद्धि अनि तमोगुणी मानिसहरूलाई आत्मज्ञानको विद्या दिनु बालुवामा बिउ छर्नु समान हो । यो सद्गुरुले बुझ्नुभएको छ । यो श्लोकमा आदिगुरु भन्नुहुन्छ – मोक्षमात्र एक लक्ष्य भएको प्रशन्न चित्त, गुरुका वचनहरूप्रति सधैं श्रद्धावान् र आज्ञाकारी, जो षड्सम्पति (शम, दम आदिमा) स्थित छ, त्यस्ता मुमुक्षुलाई तङ्खवको उपदेश अवश्य दिनुपर्दछ । सद्गुरु पाउन जति दुर्लभ छ, त्यति नै कठिन आत्मज्ञान ग्रहण गर्ने क्षमता भएको शिष्य पाउन छ । त्यसैले वैराग्य अनि इन्द्रिय निग्रह गरिसकेका मुमुक्षुलाई मात्र तङ्खवज्ञान दिने गुरु–शिष्य परम्परा प्राचीनकालमा प्रचलित थियो ।
मा भैष्ट विद्वंस्तव नास्त्यपायः संसारसिन्धोस्तरणेऽस्त्युपायः ।
यनैव याता यतयोऽस्य पारं तमेव मार्गं तव निर्दिशामि ।।४५।।
श्री गुरुदेव भन्नहुन्छ — हे विद्वान् ! तिमी भयभीत नबन । तिम्रो नाश हुँदैन । संसार–सागर तर्ने उपाय छ । जुन मार्गबाट महात्माहरू तरेर गए, म तिमीलाई त्यही मार्ग बताउँछु । ।।४५।।
करूणामय ब्रह्मनिष्ठ गुरुदेवले संसारको अग्निबाट दग्ध भएर शरणमा आएका मुमुक्षलाई सर्वप्रथम “तिमी नडराऊ” शब्द प्रयोग गरेर अभयदान प्रदान गर्नुहुन्छ । शिष्यलाई ‘विद्वान्’ भनी सम्बोधन गरेर उसमा विकास भएको पात्रता (मुमुक्षुता) लाई सम्मान गर्नुहुन्छ । अहंकारशून्य वास्तविक सद्गुरुबाट मात्र यी शब्दहरू सम्भव छन् । आदिगुरु भन्नुहुन्छ – हे विद्वान् ! तिमी भयभीत नबन । तिमी मृत्युसँग नडराऊ । तिम्रो नाश हुँदैन । किनभने मोक्षको मार्ग नै अमरताको मार्ग हो । तिमी अमरता प्राप्त गर्न सक्छौ । अतीतमा पनि यही आत्मज्ञान (ब्रह्मविद्या) को मार्गबाट धेरै सन्त–महात्माहरू यो भवसंसार तरी जन्म–मृत्युको चक्रबाट छुटेर स्वयं अमृततङ्खवमा परिणत भई अमर बनेर गए । म तिमीलाई त्यही मार्ग देखाउँदछु ।
अस्त्युपायो महान्कश्चित्संसारभयनाशनः ।
येन तीत्र्वा भवाम्भोधिं परमानन्दमाप्स्यसि ।।४६।।
संसाररूपी भयको नाश गर्ने एउटा महान्् उपाय छ, जुन उपायद्वारा तिमी संसार–सागरलाई तरेर परमानन्दलाई प्राप्त गर्नेछौ । ।।४६।।
मनुष्य जीवन, जीवनपर्यन्तका अनन्त भयहरू, मृत्युजस्तो जीवनको डरलाग्दो भय, जसले तिमीलाई अस्थिर र व्याकुल बनाइरहेको छ । यी सम्पूर्ण भयहरूलाई नास गर्ने उपाय छ । सद्गुरू भन्नुहुन्छ – यो संसाररूपी भयकोसागरलाई पार गर्ने मात्र ‘एक महान्् उपाय’ छ । यही एक उपायको मार्गद्वारा धेरै मानिसहरू संसार–सागरलाई तरेर गए, र अमर भए। जीवनको परमपुरुषार्थलाई प्राप्त गरे ।
तिमीले पनि यही एकमात्र उपायमा निर्देशित विधिहरूलाई गहन साधनाको मार्गद्वारा आत्मसात् गर्दै गयौ भने साधना÷तपस्याकै माध्यमद्वारा एक यस्तो विन्दुमा पुग्नेछौ, अवस्था प्राप्त गर्नेछौ, त्यसलाई प्राप्त गरेपछि यो संसाररूपी भयको महासागरलाई पार गर्दै अमृततुल्य परम नित्य आनन्दको स्थिति प्राप्त गर्नेछौ ।
वेदान्तार्थविचारेण जायते ज्ञानमुत्तमम् ।
तेनात्यन्तिकसंसारदुःखनाशो भवत्यनु ।।४७।।
वेदान्तका अर्थहरूको विचार गर्नाले उत्तम ज्ञान प्राप्त हुन्छ । फलस्वरूप संसारिक दुःखको आत्यन्तिक (पूर्ण) नाश हुन्छ । ।।४७।।
वेदान्त (वेदको अन्त सार वा उपनिषद्) प्राचीन तङ्खवदर्शीहरूको अनुभूति हो । उपनिषद्मा वैदिक ऋषिहरूले तङ्खवज्ञान प्राप्तिको गूढतम रहस्यलाई विवेचना गरेका छन् । वेदान्तमा मुख्य चार महावाक्य उल्लेख छन् – ‘‘प्रज्ञानम् ब्रम्ह’’ (ज्ञान नै ब्रह्म हो), ‘‘अहम् ब्रह्मअस्मी’’ (म नै ब्रह्म हुँ), तत् त्वम् असी (त्यो तिमी नै हौ), अयम आत्मब्रह्म (यो आत्म नै ब्रह्म हो) । मुमुक्षु जब वेदान्तका यी महावाक्यहरूको चिन्तन, मनन गर्न थाल्दछ तब संशयभाव–आदिको नाश भई आत्मज्ञान प्राप्त हुन्छ । आत्मज्ञान प्राप्त भएपछि जगत््सँग सम्बन्ध नासिन्छ । सांसारिक दुःखको पूर्ण नाश हुन्छ ।
श्रद्धाभक्तिध्यानयोगान्मुमुक्षोर्मुत्तैmर्हेतून्वक्ति साक्षाच्छु«तेर्गीः ।
यो वा एतेष्वेव तिष्ठत्यमुष्य मोक्षोऽविद्याकल्पिताद्देहबन्धात् ।।४८।।
श्रद्धा, भक्ति, ध्यान तथा योगलाई मुक्तिको साक्षात् कारण हो भनिएको छ । जो यी साधनमा स्थिर हुन्छन्, ऊ अविद्या सिर्जित देहबन्धनबाट मुक्त हुन्छ । ।।४८।।
शास्त्र तथा सद्गुरु वचनप्रतिको सत्बुद्धि धारणा गर्नुलाई श्रद्धा भनिन्छ (श्लोक २६) । स्व–स्वरूपको अनुसन्धान गर्नु भक्ति हो (श्लोक ३२) । चित्तका सम्पूर्ण वृत्ति (क्लेश) हरूलाई नष्ट गरी आत्मा र परमात्माबीचको आवरणलाई नष्ट गर्नु चित्तवृत्ति निरोध योग हो । चित्तको एकाग्रता ध्यान हो । जब शास्त्र र तङ्खवज्ञानी सद्गुरुहरूको वचनप्रति, मुमुक्षुमा पूर्ण श्रद्धा स्थिर हुन्छ; शास्त्र र सद्गुरुका वचनहरूलाई सत्यवचनका रूपमा स्विकार्दै ती वचनहरू (उपनिषद्का चार महावाक्यहरूको स्मरण गर्नु होस्) प्रति विचार, चिन्तन र मनन गर्न थाल्दछ; तब स्वतः स्व–स्वरूपको अनुसन्धान वा भ(िक्तमा प्रवेश गर्दछ ।
जब मुमुक्षु स्वरूपको अनुसन्धानलाई तीव्र र गहन बनाउँदछ वा जब ऊ स्व–स्वरूपको चिन्तनमा लीन हुन थाल्दछ, ध्यान घटित हुन्छ । ती क्षणहरूमा संसारको चिन्तनबाट निवृत्त भई मात्र परमात्माको चिन्तन हुने भएकाले चित्त क्लेशविहीन हुन्छ, र चित्तको वृत्ति पूर्णरूपमा नष्ट भई साधकको आत्मा परमात्मामा विलय हुन्छ । जब आत्मा परमात्मामा विलय हुन्छ तब योग घटित हुन्छ । जो मुमुक्षु श्रद्धा, भक्ति, ध्यान र योगमा स्थिर हुन्छ, उ निर्विकल्प समाधी प्राप्त गरी ब्रह्मलीन भई स्वयं नै ब्रह्म बन्छ । ऊ अविद्या सिर्जित देह र यसका अनगिन्ती बन्धनहरूबाट मुक्त हुन्छ ।
अज्ञानयोगात्परमात्मनस्तव ह्यनात्मबन्धस्तत एव संसृतिः । तयोर्विवेकोदितबोधवहीनरज्ञानकार्यं प्रदहेत्समूलम् ।। ४९ ।।
परमात्मा रूप तिमीमा सिर्जित अनात्मबबन्धन, अज्ञानकै कारणले हो, यसैले तिमीलाई जन्म–मरण (चक्ररूपी) संसार प्राप्त भइरहेको छ । आत्मा–अनात्माको विवेकले अज्ञानको कार्यरूप यो संसारको मूलसहित भष्म गरिदिन्छ । ।।४९।।
माथिको श्लोकमा वेदान्त दर्शनको मूल आशय समेटिएको छ । सद्गुरु आदिशंकराचार्य भन्नुहुन्छ – मूलतः तिमी परमात्मा स्वरूप नै हौ । मात्र तिमीले नित्य–अनित्य तङ्खव छुट्याउन नसक्दा (अज्ञान) तिमीलाई अनात्(मबबन्धन (देहबबन्धन) प्राप्त भएको हो ।बन्धन फलस्वरूप देहलाई नै स्वयं (म) मानेर देह, इन्द्रिय र मनका अनेकौं इच्छा वा वासनामा जीवनलाई अर्पण गर्दा तिमीमा विविध इच्छा, वासनारूपी अनन्त बबन्धनहरू सिर्जना भई झाङ्गिएका छन् ।
तिमीमा (सूक्ष्म शरीर वा अन्तःकरणमा) छिपेका इच्छा–वासनाहरूले बारम्बार जन्म लिँदा तिमी जन्म–मरणको चक्रमा फसिरहेका छौ । जन्म, बुढ्यौली, रोग, मरण, सुख, दुःखपूर्ण संसार तिमीलाई प्राप्त भइरहेको छ । जुन दिन आत्मा र अनात्माप्रति सम्यक् विवेक प्राप्त हुन्छ, विवेकबाट बोध (ज्ञान) प्राप्त हुन्छ, बोधरूपी अग्निमा सम्पूर्ण अज्ञान भष्म हुन्छन् । जब अज्ञान नष्ट हुन्छ, अहंकार, इन्द्रिय, मनदेखि लिएर देहसम्मका सम्पूर्ण बबन्धनहरू भष्म हुन्छन् । जन्म–मरणरूपी संसार जब तिमीलाई प्राप्त हुँदैन तब तिमी मुक्त हुन्छौ ।
कृपया श्रूयतां स्वामिन् प्रश्नोऽयं क्रियते मया ।
तदुत्तरमहं श्रुत्वा कृतार्थः स्यां भवन्मुखात् ।।५०।।
हे स्वामी, कृपया सुन्नुहोस् ! म केही प्रश्न गर्दछु । यी प्रश्नहरूको उत्तर हजुरको मुखारविन्दबाट सुन्न पाए म कृतज्ञ हुने थिएँ । ।।५०।।
श्लोक ३३ मा मोक्ष साधन चुतुष्ट्य सम्पन्न साधकमात्र ब्रह्मनिष्ठ गुरुको शरणमा जाओस् भनिएको छ । श्लोक ३४, ३५, ३६ मा श्रोत्रिय, पापरहित, निष्काम, ब्रह्मबेत्ता, शान्त, दयासागर, भक्त हितैषि गुरुको विनम्र सेवा गर्दै मुमुक्षुले आफ्ना प्रश्नहरू सोधोस् भनिएको छ । श्लोक ४१ र ४२ मा शिष्(यको प्रार्थना छ । श्रद्धावान् शिष्य गुरुको आज्ञा पाएपछि मात्र प्रश्न गर्दछ । यो शिष्यको धर्म हो । यो श्लोकमा ‘कृपया’ शब्दले विनम्रता र ज्ञान प्राप्तिप्रतिको तीव्रतालाई प्रतिबिम्बित गर्दछ ।
साधकका प्रश्नहरू छन् । शास्त्रादिबाट नभई गुरुकै मुखारविन्दबाट ती प्रश्नहरूको समाधान सुन्न शिष्यहरु व्यग्र एवं लालयित हुन्छन् । किनभने, पुस्तकमा लेखिएका सद्वचन शब्दहरूमा गुरुवाणीमा निहित हुने व्याख्यात्मक गहिराई, ओज र प्रभावकारिता सम्भव छैन ।



