चार आर्य सत्य

६.५ चार आर्य सत्य सम्बन्धी भ्रम

0 टिप्पणीहरू 450 आगन्तुकहरू

जब भगवान्ले चार सत्यको व्याख्या गर्नुभयो भगवान्को यस व्याख्याको मुख्य उद्देश्य निर्वाण अभिलाषी साधकहरुलाई निर्वाण साधनाको सत्य साधना मार्ग प्रर्दशन गर्नु थियो । संसारका मानिसलाई आफ्नै जीवनमा छिपेका चार सत्यसँग परिचित गराउँदै कसरी आफैँमा छिपेका यी चार सत्यमाथि साधना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ ? वा कसरी स्वयंमा छिपेका यी सत्यमाथि साधना गरी एक अनार्य (चित्तमा छिपेका संस्कार युक्त मानिस) आर्य (चित्तमा विकाररहित सन्त वा निर्वाण पुरुष) मा रुपान्तरित हुन्छ भन्ने सत्यमाथि प्रकाश पार्नु थियो । स्मरणरहोस् जब तपाईं स्वयंमा छिपेका चार सत्यमाथि साधना गरी अनार्य (सांसारिक संस्कारयुक्त मानिस) बाट आर्य (सन्त वा निर्वाण प्राप्त शुद्ध चित्त पुरुष) बन्नुहुन्छ त्यस स्थितिमा यी चार सत्य नै चार आर्य सत्यमा परिणत हुन्छन् । चार सत्य र चार आर्य सत्य बिचको पृथकता यहि हो ।

जब कुनै साधक मार्ग सत्य (आर्य अष्टाङ्गमार्ग वा विपश्यना) साधनाद्वारा समुदय सत्य (दुःख उत्पत्तिका कारणरूप चित्तको संवेदना भोग गर्ने स्वभाव वा तृष्णा) लाई नष्ट गथ्र्यो त्यस स्थितिमा उसले समानान्तररूपमा दुःख (दुःख सत्य) लाई नाश गर्दै निर्वाण (निरोध वा निर्वाण) सत्य प्राप्त गथ्र्याे । यसरी निर्वाण साधनाको केन्द्रमा यिनै चार सत्य छिपेका थिए ।

यसरी मानिसमा छिपेका चार सत्यलाई भगवान्ले निर्वाण साधनाको केन्द्रको रूपमा स्पष्ट व्याख्या गर्दागर्दै वा निर्वाण साधना भन्नु नै चार सत्यमाथि गरिने साधना हो भनेर स्पष्ट शब्दमा भन्दाभन्दै पनि जब तपाईं हाल बजारमा उपलब्ध भगवान् बुद्धसँग सम्बन्धित पुस्तकहरूलाई अध्ययन गर्नुहुन्छ वा सामाजिक सञ्जालमा प्राप्त हुने अनेक गुरुका चार सत्य, चार आर्य सत्य सम्बन्धी प्रवचन वा व्याख्यानलाई श्रवण गर्नुहुन्छ । यी पुस्तक वा गुरुहरूले चार सत्य (दुःख छ, दुःखको कारण छ, दुःख निरोध वा निर्वाण स्थिति छ, दुःख निरोध मार्ग छ) लाई निर्वाण वा विपश्यना साधनासँग सम्बन्ध नै नभएको भगवान् बुद्धले प्रतिपादन गर्नुभएको कुनै कोरा बौद्धिक दर्शन, धारणा, सिद्धान्त, मत आदिको रूपमा व्याख्या गरेका छन् । चार सत्यमाथि गरिने साधनाको व्याख्या नै बिर्सेर वा कसरी चार सत्यमाथि साधना गरी निर्वाण प्राप्त गरिन्छ ? भन्ने मूल व्याख्या नै नगरी चार सत्य, चार आर्य सत्यमाथि अनेक प्रकारका बौद्धिक, सैद्धान्तिक व्याख्या गरेका छन्, जुन नितान्त भ्रामक छ ।

चार आर्य सत्य भगवान् बुद्धद्वारा प्रतिपादित बौद्धिक सिद्धान्त, मत, दर्शन, धारणा होइन । सम्यक सम्बुद्धहरू कुनै दर्शन, सिद्धान्त, मत, धारणा प्रतिपादन गर्दैनन् । सम्यक सम्बुद्धहरू जगत् र जीवनमा छिपेका सत्यलाई प्रकाश गर्छन् । चार आर्य सत्यको व्याख्यामा पनि भगवान्ले मात्र मानिसमा छिपेका चार सत्य (जुन बुझ्न साधारण मानिस असमर्थ छन्) लाई स्वयंले साधनाद्वारा प्रामाणिकरूपमा बोध गरी जगत्का मानिसका लागि प्रदान गर्नुभएको छ वा प्रकाश पार्नुभएको थियो । जब भगवान्ले गर्नुभएको चार आर्य सत्यको व्याख्यालाई यसरी भ्रामक वा बौद्धिकरूपमा व्याख्या गरिन्छ यी भ्रामक वा अपभ्रंशित व्याख्याले विपश्यनाका साधकमा द्विविधा, अन्योल, भ्रम उत्पन्न विपश्यना साधनालाई पनि प्रत्यक्षरूपमा प्रभाव पार्न सक्छ । यसर्थ चार आर्य सत्यमाथि गरिने व्याख्याप्रति प्रत्येक विपश्वी साधक सचेत हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 434 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 819 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 636 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 653 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 560 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 490 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 506 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 463 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 499 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 486 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 477 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 472 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 568 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 438 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1834 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 765 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 573 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 561 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 555 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 499 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 455 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 545 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 451 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 604 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 497 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 506 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 505 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 533 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 736 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 497 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 545 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 516 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 483 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 466 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 576 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 531 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 468 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 430 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 471 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 514 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 419 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 476 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 467 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 827 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 864 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 702 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 464 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 469 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 563 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 690 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 532 0
७.५ सम्यक समाधि साधना 1/11/2023 769 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 579 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 786 0
७.२ सम्यक वाणी साधना 1/11/2023 633 0
७.१ सम्यक कर्म साधना 1/11/2023 589 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 522 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 474 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 408 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 529 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 541 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 695 0
६.१ दुःख आर्य सत्य 1/11/2023 514 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 556 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 478 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 499 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 437 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 390 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 496 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 533 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 446 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 560 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 548 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 445 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 490 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 513 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 543 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 425 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 393 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 488 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 498 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 507 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 541 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 462 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 477 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 513 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 474 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 565 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 595 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2125 0