अर्थात् समुदय व्यय धर्मको अनुपस्यना अथवा संवेदनाहरू व्यय भएको बोध हुनु ।
विपश्यना साधनाको यस अवस्थाको अनुभूति हो सतत संवेदना समुदय व्ययको अनुभूति प्राप्त हुनु । साधनाका प्रारम्भिक दिनमा तपाईँ संवेदनाहरूका समुदय र व्ययका बीचमा समयको अन्तराल उपस्थित रहेको बोध गर्नुहुन्छ । जब तपाईँ साधनामा पाक्दै जानुहुन्छ, साधनामा आतापी, स्मृतिवान् र प्रज्ञावान् हुँदै जानुहुन्छ यस्तो स्थितिमा संवेदनाका समुदय र व्यय प्रक्रियाबीचको समयानुभूति पनि शनैःशनैः क्षय हुँदै जान्छ र अन्ततः यस्तो स्थितिमा आइपुग्नुहुन्छ, जहाँ तपाईँ संवेदनाका समुदय–व्ययबीचमा समयानुभूति उपस्थित भएको बोध प्राप्त गर्नै असमर्थ रहनुहुन्छ ।
साधनाको यस स्थितिमा तपाईँ संवेदनाका मात्र समुदय र व्ययको सतत धारा अनुभूति गर्नुुहुन्छ । यस्तो अवस्थामा तपाईँ यस्तो अनुभूति गर्नुहुन्छ कि मानौँ यी उदय र व्ययरूपी दुई क्रिया समानान्तररूपमै सञ्चालित भइरहेका छन् ।
यस्तो स्थितिमा तपाईँ संवेदनाहरूलाई यथाभूतरूपमा बोध गर्दै समुदय व्यय धर्मानुपश्यी भएर विहार गर्नुहुन्छ ।
स्मरणरहोस् माथिको प्रथम श्लोकमा भगवान्ले सब्बकायपटि संवेदी (सम्पूर्ण शरीरमा संवेदनाको अनुभव हुनु) र पस्सम्भयं कायसङ्खार (कायको संस्कार प्रश्रब्धि वा शान्तपना) उल्लेख गर्नु भएको भए पनि साधनाका यी चरण कायको भित्र, बाहिर सर्वत्र संवेदना बोध र संवेदनाको उदय, व्यय, समुदय, व्ययको उच्च स्थितिमा मात्र प्राप्त हुने तथ्यसँग विपश्यना साधनाका गम्भीर वा अनुभवी साधक स्पष्ट भएकाले सब्वकायपटिसंवेदी (चरण) र पस्सम्भयं कायसङखार (चरण) लाई साधनाको प्रथम र द्वितीय चरणमा नराखी सातौँ र आठाँै चरणमा राखिएको छ ।