(तलका श्लोकहरूमा जगत्को मिथ्यात्वको वर्णन गरिन्छ ।)
सत्यं यदि स्याज्जगदेतदात्मनोऽनन्तत्वहानिर्निगमाप्रमाणता । असत्यवादित्वमपीशितुः स्यान्नैतत्त्रयं साधु हितं महात्मनाम् ।।२३४।।
यदि यो जगत् सत्य हो भने आत्माको अनन्ततामा दोष आउँदछ । वेद अप्रमाणिक हुन्छ । ईश्वर पनि मिथ्यावादी मानिनुहुन्छ । यी तीनै कुरा आस्तिक पुरुषको लागि शुभ र हितकारी छैनन् । ।२३४।।
वस्तु परिच्छेदबाट शून्य भएकोले आत्मालाई अनन्त मानिएको छ । यो आत्माको अतीरिक्त यो जगत् सत्य हो भने ‘आत्मा अनन्त छ’ भन्ने श्रुती वाक्यमा दोष देखापर्दछ । जगत्सत्य र सत्य आत्मा गरी दुई सत्य उपस्थिती हुन असम्भव छ । सत्य एक हुन सक्दछ । त्यस्तै वेद, उपनिषद आदिलाई श्रुती प्रमाण मानिन्छ । वेदमा भनिएको छ कि (ब्रह्म सत्य, ज्ञानस्वरूप र अनन्त छ । जगत् असत्य छ । यदि जगत् सत्य हो भने वेदका वाक्यहरू अप्रामाणिक हुन पुगि सम्पूर्ण श्रुती प्रमाणहरू अर्थहीन हुन पुग्दछन् ।
गीता, श्रुती आदिलाई ईश्वरको वचन मानिएको छ । गीतालाई स्वयं भगवान श्रीकृष्णको मुखारविन्दुबाट उच्चारित वचन भनिएको छ । यदि जगत्लाई पनि सत्य भनियो ईश्वरीय वचनहरू झुठ हुनु पुगी ईश्वर मिथ्यावादी मानिनुहुन्छ । गुरु, शास्त्रप्रती श्रद्धावान आस्तीक पुरूषको लागि वेद आदि ग्रन्थ अनि ईश्वरका वचनहरू प्रती प्रश्न उठ्नु स्वाभाविक हुन सक्दैन । शुभ हुन सक्दैन ।
ईश्वरो वस्तुतङ्खवज्ञो न चाहं तेष्ववस्थितः ।
न च मत्स्थानि भूतानीत्येवमेव व्यचीक्लृपत् ।। २६५ ।।
परमार्थ तङ्खवका ज्ञाता भगवान श्रीकृष्णले भन्नुहुन्छ, न म प्राणीहरूमा स्थित छु, न प्राणीहरू नै ममा स्थित छन् । ।।२३५।।
यो श्लोकमा ब्रह्म नै सत्य हो जगत् मिथ्या हो भन्ने वेदान्त दर्शनको मर्म परमार्थ तङ्खवका ज्ञाता भगवान श्रीकृष्णको वचन हो भनि श्रुती प्रमाणरूपमा उल्लेख गरिएको छ ।
यदि सत्यं भवेद्विश्वं सुषुप्तावुपलभ्यताम् ।
यन्नोपलभ्यते किञ्चिदतोऽसत्स्वप्नवन्मृषा ।।२३६।।
यदि विश्व सत्य भएको भए, सुषुप्ति अवस्थामा उपलब्ध (अनुभूति) हुनुपर्दथ्यो । तर त्यसबेला (सुषुप्ति) केही पनि प्रतीत हुँदैन । यसैले यो जगत् स्वप्न जस्तै असत् र मिथ्या हो । ।।२३६।।
सुषुप्ति अवस्थामा मन निन्द्रासँग लयवद्ध भई निष्क्रिय हुनपुगि मनुष्य गहिरो निन्द्रामा पर्दछ । जब उ विउँझिन्छ उ भन्दछ की “ओहो कस्तो आन्नदसँग निदाए छु की केही थाहा नै भएन” उसले मात्र आनन्दको अनुभूति थाहा पाएको छ । अरु केही प्रतीति भएको छैन । त्यो थाहा पाउने तङ्खव आत्मा नै हो । देहका सम्पूर्ण अवस्थाको बोध मनुष्यले नित्य प्राप्त गर्ने हुनाले आत्माको उपस्थिति जागृत, सपना, सुषुप्ति तीनै अवस्थामा प्राप्त हुन्छ ।
यदि जगत् पनि सत्य भएको भए त जागृत र स्वप्नमा झैं सुषुप्ति अवस्थामा जगत् कुनै न कुनै रूपमा बोध (अनुभूतित) हुनुपर्दथ्यो । तर मनुष्यको ‘खोइ केही थाहा नै भएन’भन्ने अनुभूतिले जगत्को कुनै पनि प्रकारको प्रतीति सुषुप्ति अवस्थामा नभएको स्पष्ट पार्दछ । नित्य, सत्य, सत्ता कहिले अनुभूति हुने कहिले अनुभूति नहुने नभएकोले यो जगत् असत् हो ।
अतः पृथङ्नास्ति जगत्परात्मनः पृथक्प्रतीतिस्तु मृषा गुणाहिवत् ।
आरोपितस्यास्ति किमर्थवत्ताऽधिष्ठानमाभाति तथा भ्रमेण ।।२३७।।
यसकारण जगत् परमात्माबाट भिन्न छैन । जगत्को पृथक् प्रतीति डोरीमा सर्पको प्रतीति जस्तै मिथ्या हो । आरोपित वस्तुको वास्तविकता नै के छ र ? अधिष्ठानको ज्ञान नहुनाले मात्र भ्रमले गर्दा आरोपित वस्तु नासवान् भएको हो ।।।२३७।।
अघिल्लो श्लोकमा तीनै अवस्थामा उपलब्ध नभएकोले जगत्लाई असत् वा मिथ्या हो भनिएको छ । यो श्लोकमा आदिगुरु वेदान्तदर्शनको मूलमर्म ‘अद्वैत सत्ता’को अवधारणा अगाडि सार्नुहुन्छ । वहाँ भन्नुहुन्छ जगत्् यथार्थमा परमात्मा भन्दा पृथक् छैन । मिथ्या प्रतीतिको सत्ता हुँदैन । त्यसलाई असत सत्ता हो भनी द्वैतसत्ताको अवधारणा अगाडि सार्ने प्रश्न हुँदैन । यसलाई स्पष्ट पार्न डोरी र सर्पको मिथ्या प्रतीतिलाई अगाडि सार्नुहुन्छ र भन्नुहुन्छ की साँझको अँध्यारोमा डोरीमा सर्पको भान परेपनि त्यहाँ सर्प उपस्थित थिएन । त्यहाँ कुनै दोश्रो सत्ता उपस्थित थिएन । त्यो मात्र मिथ्या प्रतीति थियो । त्यहाँमात्र अधिष्ठान थियो ।
त्यस्तै यो जगत् र परमात्माको सम्बन्ध पनि डोरी (अधिष्ठान) र डोरीमा भ्रमवस प्रतीति भइरहेको सर्प (आरोपित) जस्तै हो । जब प्रकाशको उपस्थितीमा सर्पको भ्रम नष्ट हुन्छ त्यहाँ डोरी शेष रहन्छ । त्यसरी नै जगत् परमात्माभन्दा भिन्न छैन । अधिष्ठानको ज्ञान (आत्मज्ञान) प्राप्त नहुनाले भ्रमले गर्दा जगत् भासवान् भएको हो ।
भ्रान्तस्य यद्यद्भ्रमतः प्रतीतं ब्रह्मैव तत्तद्रजतं हि शुक्तिः ।
इदन्तया ब्रह्म सदैव रूप्यते त्वारोपितं ब्रह्मणि नाममात्रम् ।।२३८।।
भ्रान्त पुरुषलाई भ्रमवश जे प्रतीत हुन्छ । त्यो सम्पूर्ण ब्रह्म हो । जसरी भ्रमले प्रतीत भएको चाँदी यथार्थमा सिपि नै ठहर्दछ । त्यस्तै यो ‘इदम’रूपले भासवान् जगत् ब्रह्म नै हो । ब्रह्ममा आरोपित जगत् नाम मात्रको हो । ।।२३८।।
जसलाई भ्रम (अज्ञान) छ उसलाई भ्रान्त भनिन्छ । यस्तो पुरुषलाई भ्रमको कारण वस्तु अन्यथा नै प्रतीत हुन्छ । अज्ञानको कारण कुनै पुरुषलाई ब्रह्मको अतीरिक्त जे पनि प्रतीति भइरहेको छ, त्यो यथार्थमा सम्पूर्ण ब्रह्म नै हो । जसरी पानीमा देखिएको सीपिको पृष्ठभाग चाँदीझैं प्रतीत भए पनि त्यो सिपि नै ठहर्दछ । आरोपित वस्तुको सत्ता अधिष्ठान भन्दा भिन्न नहुने हुनाले यो इदं जगत् भासवान छ । त्यो ब्रह्म हो । ब्रह्ममा आरोपित यो जगत् नाम मात्रको हो ।



