तँपाईको जिवन सत्तामा दुई पक्षहरु (जड र चेतना) मधये जिवन सत्ताको जडपक्ष नाशवान, परिवर्तनशील, विनाशी आदि प्रकृतिको छ । समयको धारामा जिवन सत्ताको यो चेतन पक्ष अविनाशी, शाश्वत, अमर आदि गुणयुक्त छ ।
तँपाईको देह सत्ताको जडपक्ष स्वरुपमा असत्, असत्य, स्वयंमा सत्ताहीन, नाशवान् आदि प्रकृतिको भएकोले यो पक्षलाई तँपाईको मूल स्वरुप मानिदैन । तँपाई मूल रुपमा ‘बोध स्वरुप’ भएकोले यहि बोध स्वरुपलाई नै तँपाईका साय स्वरुप मानिन्छ । सत्य स्वरुपमा तँपाई अविनाशी, अजर, अमर आत्मा हुनुहुन्छ । भगवान कृष्ण यो सत्य माथि प्रकाश पार्दै भन्नुहुन्छः
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।२–१२।।
न त यस्तो हो कि कुनै कालमा म थिइन (अथवा) तिमी थिएनौ (अथवा) यी राजाहरु थिएनन् । फेरी यो पनि होइन कि भविष्यमा हामीहरु सम्पूर्ण रहँदैनौ ।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।।२–१३।।
जसरी देहधारी (जीवात्मा) को यो देहमा बालकपन, यौवन र वृद्धावस्था प्राप्त हुन्छ, त्यसरी नै अन्य शरीरको पनि प्राप्ति हुन्छ । यो विषयमा धिर पुरुष मोहित हुँदैनन् ।
अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।।२–१८।।
नाशरहित अप्रमेय, नित्यस्वरुप यो जिवात्माको शरिर नाशवान भनिएको छ । यसकारण हे भरतवंशी अर्जुन ! तिमी युद्ध गर ।
अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।२–२४।।
यो आत्मा अच्छेद्य (काट्न नसकिने) छ । अदाह्य (जलाउन नसकिने) छ । अक्लेध (गलाउन नसकिने) छ । अशोष्य (समाहित गर्न नसकिने) छ । तथा निसन्देह नित्य, सर्वव्यापक, अचल, स्थिर तथा सनातन छ ।
जिवात्मा वा मानिसमा के के छिपेको छ ?
तँपाईको उत्पत्ति त्रिगुणी प्रकृति (तमगुण, रजगुण, सतगुण) र परमात्मा तत्वको अंश (आत्मा) को संयोजनबाट भएको छ । यहि कारण तँपाईमा त्रिगुणी प्रकृतिका सम्पूर्ण गूणहरु उपस्थित छन् । (स्मरहण रहोस्– तँपाईमा त्रिगूणी प्रकृतिका सम्पूर्ण गूणहरु उपस्थित भएपनि समयका धारामा तँपाईमा त्रिगूणी तत्वका जून जून गूणहरु विस्तारीत र शक्तीशाली भएका छन्, तिनै गूणहरु मात्र प्रकट भइरहेका छन् ।) साथै, यि त्रिगूणीतत्वका सम्पूर्ण गुणहरुको व्याख्या अध्याय………..मा गरिएको छ । स्वयं परमात्मा तत्वको अंश तँपाईमा उपस्थित भएकोले अध्याय….मा व्याख्या गरीएका परमात्मा तत्वका सम्पूर्ण मौलिक गुणहरु, श्रेष्ठ विभूतिहरु र ६ शाश्वत नियमहरु पनि तँपाईमा उपस्थित छन् ।