आत्मालाई देहमा धारण गरेर प्राणी नै जिवात्मा हो । सृष्टिका आदिकालमा जब परमात्मा तत्वले स्वयंको एक अंश (आत्मा) लाई त्रिगुणी महत् प्रकृतिमा स्थापना गर्यो, त्यहि क्षणबाट त्रिगुणी प्रकृति र चेतना तत्व (आत्मा) संयोजित एक अस्तित्व प्रकट भयो
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।
हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।।१४–४।।
हे कुन्ती नन्दन ! अनेकन् योनीहरुमा जति पनि शरिरधारी प्राणीहरु उत्पन्न हुन्छन् । महत् ब्रम्हा (मूूल त्रिगुणी प्रकृति) त ति सबैलाई गर्भमा धारण गर्ने माता हुुन् । र म चेतन वीजलाई स्थापना गर्ने पिता हुुँ ।
यो असतीत्व नै जिवात्मा होे । जब जिवात्मा भनिन्छ यो शब्दले मानिस सहित यो सृष्टीका सम्पूर्ण प्राणीहरु जून प्राण्ीहरुले आत्मालाई देहमा धारणा गरेका छन्, ति समपूर्ण प्राणीहरुलाई बुझाउँदछ । यो जगतका सम्पूर्ण जिवात्माहरुमा मानिस आत्माको ईश्वरीय चेतना अत्यन्त उच्च रुपमा प्रकट भएको जिवात्मा मानिस हो । मानिसको आत्मा प्रकट ईश्वरीय चेतना त यति पनि उच्च छ कि त उ यो उच्च चेतनाद्वारा इन्द्रीय, मन, बुद्धीलाई पनि नियनत्रण गर्न सक्दछ । भगवान् यो सत्यको प्रकाश पार्दै भन्नुहुन्छः
इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः ।
मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः ।।३–४२।।
इन्द्रियहरुलाई स्थुल शरिर भन्दा पर (सवल, श्रेष्ठ, सुक्ष्म, प्रकाशक) भनिन्छ । यि इन्द्रियहरु भन्दा पर मन छ । मन भन्दा पर सबल बुद्धि छ । वुद्धि भन्दा पनि अत्यन्त पर आत्मा छ ।



