धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ?

0 टिप्पणीहरू 552 आगन्तुकहरू

साधनाको प्रमाणिक अनुभूति नै ज्ञान हो । धर्मचक्षुमा जुन अनुभूतिलाई सत्यको रूपमा उतारिन्छ त्यही नै ज्ञान हो । जब साधकले आर्य अष्टाङ्गमार्गमा प्रवेश गर्छ, जब उसले देह र चित्त क्षेत्रका अनुसन्धान प्रारम्भ गर्छ, जब उसले यी क्षेत्रलाई टुक््रयाउँदै लगेर देह र चित्तको गुण, धर्म र स्वभावको यथार्थस्वरूप (परमाणुको तह) सम्म पुगेर देह र चित्तको यथार्थ स्वरूप मात्र तरङ्ग नै तरङ्ग हो भन्ने सत्यलाई साक्षात्कार गर्छ । अनि यस क्षेत्रलाई पनि पार गरेर जब साधक निर्वाण क्षेत्रसम्म पुग्छ तब यस साधना प्रक्रियामा प्रामाणिकरूपमै बोध हुने स्थिति जस्तै अष्टकलाप, प्रिति प्रमोद, प्रश्रब्धि, अनित्यबोध, अनात्मबोध, दुःख दर्शन, आदि श्रुतज्ञान नभई यथार्थ ज्ञान बन्छ र यो सम्यक ज्ञान बन्न पुग्छ । भगवान्लाई आर्य अष्टाङ्ग साधनाबाट अन्ततः निर्वाणरूप अन्तिम ज्ञान प्राप्त भयो अर्थात् यस्तै सम्पूर्ण ज्ञान उत्पन्न भयो ।

प्रज्ञा उत्पन्न भयो, कस्तो प्रज्ञा उत्पन्न भयो ?

प्रामाणिक ज्ञान नै प्रज्ञा हो । जब साधक आर्य अष्टाङ्गमार्ग साधनामा प्रवेश गर्छ, जब साधकले शील, समाधि र प्रज्ञालाई साधनामा उतार्न थाल्छ, जब उसले संवेदनामाथि नै समभावपूर्ण साधना गर्छ तब साधक विपश्यना साधनाका विभिन्न बाह्र चरणबाट प्रामाणिकरूपमा गुज्रिएर निर्वाण प्राप्त गर्छ । आफ्नै अनुभूतिमा उतारिएको यस्तो प्रामाणिक ज्ञानलाई नै प्रज्ञा भनिन्छ । महासतिपट्ठान सुत्तमा भगवान्ले व्याख्या गर्नुभएअनुसार साधकले तलका बाह्र चरणका प्रामाणिक ज्ञान (प्रज्ञा) गर्छ ।

प्रथमचरण :– बहिद्धा वा काये कायानुपस्सी विहरती
अर्थात् कायको बाहिर क्षेत्रको कायानुपश्यना अथवा कायको बाहिरी क्षेत्रमा संवेदनाहरूका अनुभूति प्राप्त हुनु ।
दोस्रोचरण :– अज्झतं वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्री क्षेत्रको कायानुपश्यना अथवा कायको भित्री क्षेत्रमा संवेदनाहरूका अनुभूति प्राप्त हुनु ।
तेस्रोचरण :– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति
अर्थात् कायको भित्री–बाहिरी क्षेत्रमा कायानुपश्यना अथवा कायको भित्रीबाहिरी क्षेत्रमा संवेदनाहरूका अनुभूति प्राप्त हुनु ।
चौथोचरण :– समुदय धम्मानुपस्सी वा कायस्ंिम विहरति
अर्थात् समुदय धर्मको अनुपश्यना अथवा संवेदनाहरू समुदय (उत्पत्ति) को अनुभूति प्राप्त हुनु ।
पाँचौचरण :– वय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् व्ययधर्मको अनुपश्यना अथवा संवेदनाहरू व्ययको अनुभूति प्राप्त हुनु ।
छैठौँचरण :– समुदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति
अर्थात् समुदय व्ययधर्मको अनुपश्यना अथवा संवेदनाहरू समुदय र व्यय भएको अनुभूति प्राप्त हुनु ।
सातौँचरण :– सब्वकायपटि संवेदी
अर्थात् साधकको सम्पूर्ण शरीरमा उत्पन्न भएका संवेदनाहरूको अनुभव हुनु ।
आठौँचरण :– पस्सम्भयं कायरसङ्खार
अर्थात् कायको चञ्चल स्वभाव नाश भई प्रश्रब्धि वा शान्तपन अनुभव हुनु ।
नवौँचरण :– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति
अर्थात् यो काय हो भन्नेमा स्मृति प्रतिष्ठापित हुनु ।
दसौँचरण :– काय परमाणुको पुञ्ज मात्र हो वा काय अनित्य हो भन्ने भाव पुष्ट हुनु ।
एघारौँचरण :– अनात्म बोध वा साधकको अहं रूपी ‘म’ र ‘मेरो’ भाव नाश हुनु ।
बाह्रौँचरण :– निर्वाण वा साधकलाई इन्द्रियातीत क्षेत्रको प्रामाणिक अनुभूति प्राप्त हुनु, ‘म’ अनुपस्थित मात्र दर्शन (द्रष्टा होइन) शेष रहनु ।

जतिबेला भगवान्ले गुरु आलार कालाम र उद्धक रामपुत्तबाट उच्च ध्यानविद्या प्राप्त गर्नुभएको थियो त्यहाँ चित्तको गहन एकाग्रता वा समाधि पनि स्थिति उपस्थित थियो तर देह र चित्तको क्षेत्रमा उत्पन्न हुने संवेदनाका गुण, धर्म र स्वभावप्रतिको सम्प्रज्ञानयुक्त जागरुकता उनुपस्थित थियो । यसैले ती ध्यानविधि साधकमा आन्तरिक रूपान्तरणको प्रामाणिक अनुभूति अनुपस्थित थिए, निर्वाणको विभिन्न चरणका प्रज्ञा उत्पन्न गर्न असमर्थ थिए तर जब भगवान्ले यस नयाँ (आर्य अष्टाङ्गमार्ग) साधनाविधिमा संवेदनाहरूमाथि समभावी अवलोकन प्रारम्भ गर्नुभयो तब धम्मका नियमहरूले समभावलाई विस्तारित गरिदिँदा संवेदनाका सतत उदय र व्ययधारा उत्पति भयो र यस साधनाले चित्तविकारलाई नष्ट गरी आध्यात्मिक रूपान्तरणको प्रामाणिक ज्ञान प्रदान ग¥यो, भगवान्मा प्रज्ञा स्पष्टरूपमा उत्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 469 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 528 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 449 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 407 0
गुरु अलार कालमसँग भेट 1/12/2023 478 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 416 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 402 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 371 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 421 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 363 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 949 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 384 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 411 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 422 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 443 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 502 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 655 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 490 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 455 0
दुःख निरोध आर्यसत्य 1/13/2023 390 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 440 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 559 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 433 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 407 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 393 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 364 0
आनापानसति 1/13/2023 460 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 364 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 397 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 437 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 351 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 424 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 365 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 375 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 507 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 392 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 456 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 364 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 486 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 433 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 524 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 391 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 533 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 569 0