जब त्रिगुणी विषयहरु, मानिसका मनका त्रिगुणी तत्वहरु र ईश्वरीय नियमहरुको संयोजनबाट मानिसमा संस्कारहरु वा बन्धनहरु उत्पन्न हुन प्रारम्भ हुन्छन् । तत्पश्चात मानिसको जीवन वा जीवन संरचनामा ‘तीन मूल समस्याहरु’ उत्पन्न हुन्छन् ।
प्रथम – संस्कारहरु मनमा संग्रह हुनु
जब मनमा सुखद र दुखद संवेदनाहरु (अनुभूति) हरु उत्पन्न हुन्छन् । मानिस यि संवेदनाहरुलाई भोग्दछ । सुख संवेदनाहरु खुसी (रागपूर्ण) भएर भोग्दछ । दुखद् संवेदना भए दुखीत वा द्वेषपूर्ण भएर भोग्दछन् । यसरी मनमा स्वभाव (संस्कार) को उत्पति हुन्छ । यि संस्कारहरु ईश्वरीय नियमहरुको कारणले मानिसको मनमा संग्रह हुन थाल्दछन् । यो प्रक्रियामा अनन्त संस्कारहरु संग्रह हुन पुग्दछ । यि संस्कारहरु सहजै नाश हुँदैनन् । (२–४०) समयको धारामा कैयन संस्कारहरु विस्तारित हुँदै यति शक्तिशाली हुन्छन् कि ति संस्कारहरुले मानिसको मृत्यू पश्चातको गति र स्थितिलाई पनि प्रभावित पार्दछन् । (६–४०,४१,४२,४३)
दोस्रो – नयाँ संस्कारहरु निर्माण हुन
संस्कारको कारण जब मानिसको जन्म हुन्छ, यिनै संस्कारहरुको कारण मानिस स्वतः संस्कारका विषयहरु प्रति आकर्षित हुन थाल्दछ । जगतका विषयहरु प्रति राग वा द्वेषपूर्ण प्रतिक्रिया प्रारम्भ गर्न प्रारम्भ गर्दछ । उ पुनः नवसंस्कारहरु निर्माण र पूर्व संस्कारहरुको अन्तहीन प्रक्रियामा नै प्रवेश गर्दछ । यो प्रक्रिया नै जीवनमा प्रतिपल प्राप्त हुने दुःखको कारण बन्दछ ।
तेस्रो – ‘म’ भाव उपस्थित भइरहनु
मानिस जब यसरी विषयतर्फ आकर्षित भइरहन्छन् । जब उ त्रिगुणी विषयहरुबाट मोहित भइरहन्छन् । यो स्थितिमा मानिसको मन वा चित्तलाई त्रिगुणी तत्वका भावहरुले छोपिदिन्छन् । (७–१३,७–२०,७–२७) । यस्तो चित्तमा त्रिगुणका भावहरुको पर्दा उपस्थित भएको स्थितिमा उ स्वस्वरुप (वा मानिसको आत्मरुप स्वरुप) सम्म पुग्न सक्दैन । योग स्थिति सम्म पुग्न नै सक्दैन । परम तत्वलाई स्पर्श सम्म गर्न सक्दैन । जसको कारण उ स्वयंलाई देह मान्दछ । जब मानिसमा यो ‘म देह हुँ’ भन्ने उपस्थित रहन्छ, यो स्थितिलाई मूल अज्ञान वा मूल अविधा भनिन्छ । जब मानिस स्वयंलाई ‘देह’ मान्दछ, त्यो अवस्थामा उ विषयबाट………………..