स्वयं भगवानले मामिकाम प्रकृति वा मेरो प्रकृति (९–७) भनेर व्याख्या गर्नुभएको त्रिगुण वा तमगुण, रजगुण, सतगुण सृष्टिमा उपस्थित ति रहस्यमय अनादी (१३–१९) तत्वहरु हुन्, जहाँ प्रत्येक तत्वका पृथक पृथक गुणहरु र कार्यहरु छन् । (प्रत्येक गुणहरुको विस्तृत व्याख्या यहि अध्यायमा गरिएको छ ।) ति असाधारण छन् । यि त्रिगुणी तत्वहरु यति असाधारण छन् कि यि तत्वहरु यो सृष्टिसँग जोडिएको छ । मानिसहरु लगायत अनेकन् योनीहरुमा उपस्थित प्राणीहरुको उत्पत्तिसँग जोडिएको छ । मानिसको बन्धन (विकार, संस्कार, पाप) हरुसँग जोडिएको छ । मानिसको प्रतिक्षणको दुःख सुखसँग जोडिएको छ । मानिसको प्रतिक्षणको विचार र कर्मसँग जोडिएको छ । सृष्टिका सम्पूर्ण पदार्थको उत्पतिसँग जोडिएको छ । यो जगतका सम्पूर्ण वस्तुहरुको उत्पति, परिवर्तन, विनाश र पुनः उत्पतिसँग जोडिएको छ । सृष्टिमा त्रिगुण भूमिकाको चर्चा गर्दै भगवान भन्नुहुन्छः
त्रिगुणी र चराचर जगतको उत्पति र त्रिगुणी
मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम् ।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते ।।९–१०।।
(त्रिगुणी) प्रकृति मेरो अध्यक्षतामा उपस्थितिमा यो चराचर सहित सम्पूर्ण जगतको रचना गर्दछ । हे कुन्तिनन्दन ! यहि कारण यो जगत परिवर्तन (उत्पति विनास) भइरहन्छ ।
त्रिगुणी र मानिस सहित सम्पूर्ण मूल प्राणीहरुको उत्पति, परिवर्तन, विलय, पुनः उत्पति
मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।
हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।।१४–४।।
हे कुन्ती नन्दन ! अनेकन् योनीहरुमा जति पनि शरिरधारी प्राणीहरु उत्पन्न हुन्छन् । महत् ब्रम्हा (मूूल त्रिगुणी प्रकृति) त ति सबैलाई गर्भमा धारण गर्ने माता हुुन् । र म चेतन वीजलाई स्थापना गर्ने पिता हुुँ ।
सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम् ।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ।।९–७।।
हे अर्जुन ! कल्पको अन्तमा सम्पूर्ण प्राणी मेरो (त्रिगुणी) प्रकृतिलाई प्राप्त हुन्छ । अथवा मेरो (त्रिगुणी) प्रकृतिमा लीन हुन्छन् । अनि कल्पको आदिमा तिनलाई म फेरि रच्दछु ।
प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः ।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात् ।। ९–८।।
आफ्नो (त्रिगुणी) प्रकृतिलाई अङ्गीकार गरेर स्वभावको कारण परतन्त्र भएका सम्पूर्ण प्राणी समुदायलाई बारम्बार (प्रकृति) अनुसार रच्दछु ।
त्रिगुणी र पदार्थ उत्पति
प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उभावपि ।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान् ।।१३–१९।।
अनि त्रिगुणी प्रकृति र पुरुष (क्षेत्रज्ञ) लाई तिमी अनादि जान । र सम्पूर्ण राग द्वेष आदि विकार तथा त्रिगुणी सम्पूर्ण पदार्थलाई त्रिगुणी प्रकृतिबाट उत्पन्न जान ।
त्रिगुणी र कार्य–कारण–कार्य–चक्र
कार्यकारणकर्तृत्वे हेतुः प्रकृतिरुच्यते ।
पुरुषः सुखदुःखानां भोक्तृत्वे हेतुरुच्यते ।।१३–२०।।
किनभने त्रिगुणी प्रकृतिलाई कार्य र कारण (कार्य, कारण, कार्य ……चक्र) उत्पन्न गर्नुमा हेतुु भनिन्छ । पुुरुषः (जिवात्मा) चाहिँ सुख, दुःखहरुको भोक्तापनको अर्थात् भोग्नुुको हेतुु भनिन्छ ।
त्रिगुणको उत्पति कहिले भयो ?
प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उभावपि ।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान् ।।१३–१९।।
अनि त्रिगुणी प्रकृति र पुरुष (क्षेत्रज्ञ) लाई तिमी अनादि जान । र सम्पूर्ण राग द्वेष आदि विकार तथा त्रिगुणी सम्पूर्ण पदार्थलाई त्रिगुणी प्रकृतिबाट उत्पन्न जान ।
भगवान कृष्ण स्वयंले ईश्वर तत्व झैँ त्रिगुणी प्रकृतिलाई पनि ‘अनादी’ तत्व हो भनी बताउनु भएकोले तमगुण, रजगुण, सतगुणको उत्पति कहिले भयो भन्ने प्रश्न नै अप्रासांगीक हुन पुग्दछ । मात्र भन्न सकिन्छ – अजन्मा, अविनाशी, त्रिगुणी प्रकृति तत्व र चेतन पुरुष तत्व अस्तित्वमा सधैँ नै उपस्थित छन् । सृष्टि नै यि दुई तत्वहरुको संयोजनबाट भएकोले यो चराचर जगत वा ब्रम्हाण्डको उत्पति हुनु भन्दा पूर्वकाल देखि नै छन् ।



