त्रिगुण र बन्धन

0 टिप्पणीहरू 819 आगन्तुकहरू

तम, रज, सत गुणमा केहि तत्वहरु छिपेका छन् । यि तत्वहरुको प्रकृति नै यस्तो छ कि यि तत्वहरुले मानिसको जीवनमा केहि न केहि भाव उत्पन्न गरिदिन्छन् । बन्धन उत्पन्न गरिदिन्छन् । भगवान यो तथ्यको व्याख्या गर्दै भन्नुहुन्छः

सत्त्वं रजस्तम इति गुणाः प्रकृतिसम्भवाः ।
निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम् ।।१४–५।।

हे महावाहो ! सत्वगुण, रजगुण र तमगुण यि प्रकृतिबाट उत्पन्न तीन गुुणहरु अविनाशी जिवात्मालाई शरिरमा बाँधिदिन्छन् ।

त्रिगुण र जीवन

मानिस सात्वीक सुख तर्फ आकर्षित हुन्छ कि ? सकाम कर्म तर्फ आकर्षित हुन्छ कि ? प्रमाद तर्फ आकर्षित हुन्छ ? मानिस जीवनका यि सम्पूर्ण स्थितिहरु गुणहरुले नै निर्धारण गर्दछन् । त्रिगुण र जीवन मानिसमा जुन गुणको प्रधानता छ, उ मूलतः गुण अनुरुप कै जीवनमा प्रवेश गर्दछ । भगवान भन्नुहुन्छः

सत्त्वं सुखे सञ्जयति रजः कर्मणि भारत ।
ज्ञानमावृत्य तु तमः प्रमादे सञ्जयत्युत ।।१४–९।।

हे भारत ! सत्वगुुण मनुष्यलाई सात्विक सुखमा लगाउँछ । रजगुण सकाम कर्ममा लगाउँछ र तमगुुण ज्ञानलाई छोपेर प्रमादमा लगाउँछ ।

त्रिगुण र मनको त्रिगुणी भावहरु

मानिसमा प्रतिपल मनका भावहरु परिवर्तन भइरहन्छन् । कुनै क्षण मनमा सकारात्मक भावहरु उठ्दछ । फेरि कुनै क्षण मनमा नकारात्मक भावहरु उठ्दछन् । मनमा प्रतिपल उठ्ने भावहरु त्रिगुणसँग सम्बन्धित छन् । भगवान भन्नुहुन्छः

सर्वद्वारेषु देहेऽस्मिन्प्रकाश उपजायते ।
ज्ञानं यदा तदा विद्याद्विवृद्धं सत्त्वमित्युत ।।१४–११।।

जुन क्षण वा समयमा यो शरिर, अन्तःकरण र सम्पूर्ण इन्द्रियहरुमा प्रकाश (चेतना, स्वच्छता) र ज्ञान (विवेक, शक्ति) उत्पन्न हुन्छ, त्यो क्षणमा सत्वगुण बढेको छ भन्ने बुझ्नु पर्दछ ।

लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा ।
रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ ।।१४–१२।।

हे अर्जुन ! रजगुण बृद्धि भएपछि लोभ, प्रवृत्ती (स्वार्थबुद्धिबाट कर्ममा प्रवृत्त हुने चेष्टा) सकाम कर्म आरम्भ, अशान्ति, विषय भोगको लालसा, यि सम्पूूर्ण उत्पन्न हुुन्छन् ।

अप्रकाशोऽप्रवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ।।१४–१३।।

हे कुरुनन्दन् ! तमगुुणको बृद्धि भएपछि अन्तःकरण र इन्द्रियहरुमा अप्रकाश (चेतनाह्रास, विवेकशक्ति ह्रास), अप्रवृत्ति (निरर्थक बसिरहने, कर्म नगर्ने वृत्ति), प्रमाद (गर्न लायक कर्ममा मन नलाग्नु, गर्न नहुने कर्म जस्तै मद्यपान, धुम्रपान, तास, जुवा आदिमा मन लाग्नु), मोह (विषय मोह) यि वृत्तिहरु उत्पन्न हुुन्छन् ।

त्रिगुण र पूजा

जगतमा मानिसहरुमा अनेकन प्रकारका श्रद्धाहरु उपस्थित रहन्छन् । जगतका मानिसहरु देवता प्रति श्रद्धा राख्दछन् कि ? यक्ष वा राक्षस प्रति श्रद्धा राख्दछन् कि ? भूत प्रेत प्रति श्रद्धा राख्दछन् ? कसको पूजा, आराधाना प्रार्थना गर्दछ ? आदि सम्पूर्ण गुणहरुले नै परिभाषित गर्दछन् । जस्तो गुण छ, त्यही अनुरुप नै श्रद्धा छ । भगवान भन्नुहुन्छः

सत्त्वानुरूपा सर्वस्य श्रद्धा भवति भारत ।
श्रद्धामयोऽयं पुरुषो यो यच्छ्रद्धः स एव सः ।।१७–३।।

हे भारत ! सम्पूर्ण मनुष्यको श्रद्धा उसको अन्तःकरण (को गुण) अनुरुप नै हुन्छ । जो पुरुष श्रद्धायुक्त छ । (यसैले) जुन पुरुष जस्तो श्रद्धापूर्ण हुन्छ, त्यो (गुणजनीत वा पे्ररित श्रद्धा) नै उ स्वयं हो ।

यजन्ते सात्त्विका देवान्यक्षरक्षांसि राजसाः ।
प्रेतान्भूतगणांश्चान्ये यजन्ते तामसा जनाः ।।१७–४।।

सात्विक पुरुष देवताहरुलाई पूजा गर्दछन् । राजस पुरुष यक्ष र राक्षसलाई पूजा गर्दछन् । अन्य तामस मनुष्य छन्, ति प्रेत र भूत गणलाई पूजा गर्दछन् ।

त्रिगुण र भोजन

प्रत्येक मानिसमा पृथक पृथक भोजनवृत्ति छ । कोहि मानिसलाई मांसाहार, मध्यपान आदि प्रिय छ । फेरि कोहि मानिसहरु सात्विक खानाहरु प्रति आकर्षित छन् । किन ? मानिसमा उपस्थित गुणहरुले कसरी मानिसको भोजन वृत्तिलाई परिभाषित गर्दछ ? भगवान भन्नुहुन्छः

आयुःसत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः ।
रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः ।।१७–८।।

आयु सत्व, बल, आरोग्य, सुख र प्रसन्नता बढाउने रसयुक्त, चिल्लो (र) स्थिर रहने तथा हृदयको शक्ति वृद्धि गर्ने आहार सात्विक पुरुषलाई प्रिय लाग्छ ।

कट्वम्ललवणात्युष्णतीक्ष्णरूक्षविदाहिनः ।
आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः ।।१७–९।।

तितो, अमिलो, नून चर्को, गरम, तिक्ष्ण (अति तातो, अति कडा – चिया), अति सुख्खा (आदि) अनि दुःख, चिन्ता तथा रोग उत्पन्न गर्ने आहार (भोजन) राजस पुरुषलाई मनपर्ने हुन्छ ।

त्रिगुण र यज्ञ

जब यो जगतमा आदिकाल देखि नै विभिन्न किसिमका यज्ञहरु प्रचलनमा छन् । यज्ञको मूल लक्ष्य आध्यात्मिक वृद्धि नै हो । फेरि मानिसमा उपस्थित त्रिगुणहरुले यो यज्ञ विधि, यज्ञ प्रक्रिया, यज्ञ परिणाम आदिलाई प्रभावित पार्दछ । भगवान यसरी व्याख्या गर्नुहुन्छः

अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत् ।
इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम् ।।१७–१२।।

तर हे अर्जुन ! केवल दम्भ आचरणको लागि वा फललाई उद्धेश्य राखेर जुन यज्ञ गरिन्छ, त्यो यज्ञलाई तिमी राजस मान ।

विधिहीनमसृष्टान्नं मन्त्रहीनमदक्षिणम् ।
श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते ।।१७–१३।।

शास्त्र विधिले हीन, अन्न दानरहित एवं विना मन्त्र, विना दक्षिणा र विना श्रद्धा गरिएको यज्ञलाई तामस् यज्ञ भनिन्छ ।
त्रिगुण र तप

यज्ञ झैँ तपको लक्ष्य पनि आध्यात्मिक विकास नै हो । जीवनलाई परम लक्ष्य तर्फ नै अग्रसर गराउनु हो । शरिर तप, वाणी तप, मन तप गरि तीन प्रकारका तपहरु छन् । यि सम्पूर्ण तपहरु वा आध्यात्मिक साधनाहरुलाई कसरी तम, रज, सत गुणहरुले प्रभावित पार्दछन् ? भगवान भन्नुहुन्छः

सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो भवतोऽज्ञानमेव च ।।१४–१७।।

सत्वगुणबाट ज्ञान (वोधशक्ति, विवेकशक्ति, चेतना आदि) उत्पन्न हुन्छ । रजगुणबाट निःसन्देह लोभ उत्पन्न हुुन्छ । तथा तमगुणबाट प्रमाद, मोह (विषयमोह) र अज्ञान (मूढता, विवेकशक्ति हिनता, वोधशक्ति हिनता आदि) उत्पन्न हुन्छ ।

ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः ।।१४–१८।।

सत्वगुणमा स्थित पुरुष उध्र्वम् वा उच्च निर्मल लोकमा जान्छ । रजगुणमा स्थित पुुरुष मध्य वा मनुष्य लोकमा नै जन्म लिन्छ । तमगुणमा स्थित तामस् पुरुष अध वा अधोगती रुप पशु, पंक्षी, कीट आदि नीच योनीहरुलाई प्राप्त गर्दछ ।

नान्यं गुणेभ्यः कर्तारं यदा द्रष्टानुपश्यति ।
गुणेभ्यश्च परं वेत्ति मद्भावं सोऽधिगच्छति ।।१४–१९।।

जुन काल (साधना सिद्धिको समय) मा द्रष्टा त्रिगुणको अतिरिक्त अन्य कसैलाई कर्ता देख्दैन । वा गुणहरुको मात्र क्रियाशिलता देख्दछ । र स्वयंलाई तीन गुणहरुबाट पृथक (द्रष्टा, साक्षी) अनुभव गर्दछ । (त्यो समयमा) उ मेरो स्वरुपलाई प्राप्त गर्दछ ।

त्रिगुण र दान

दान एक गहन आध्यात्मिक साधना हो । यो संसारमा विभिन्न मानिसहरुले दान गर्दछन् । फेरि मानिसमा उपस्थित त्रिगुणीहरुले मानिसको मनमा कस्तो भाव उत्पन्न गरी दान रुपी आध्यात्मिक साधनालाई प्रभावित पार्दछ ? भगवान भन्नुहुन्छः

गुणानेतानतीत्य त्रीन्देही देहसमुद्भवान् ।
जन्ममृत्युजरादुःखैर्विमुक्तोऽमृतमश्नुते ।।१४–२०।।

यो पुरुष शरिरको उत्पतिको कारण रुप यि तीन गुणलाई उल्लंघन (नष्ट, भष्म) गरेर जन्म, मृत्युु, वृद्धावस्था र सम्पुर्ण प्रकारका (मनमा उत्पन्न हुने राग–द्वेषपूर्ण) दुःखबाट मुक्त भएर अमृतलाई प्राप्त गर्दछन् ।

अर्जुन उवाच ।
कैर्लिङ्गैस्त्रीन्गुणानेतानतीतो भवति प्रभो ।
किमाचारः कथं चैतांस्त्रीन्गुणानतिवर्तते ।।१४–२१।।

अर्जुन सोध्दछन् – हे पुरुषोत्तम ! यि तिनै गुणहरुबाट अतीत पुरुष कुुन कुन लक्षणले युक्त हुन्छ ? उ कस्तो प्रकारको आचरण गर्दछ ? तथा हे प्रभु ! कुन उपायले यि तीन गुणहरुबाट अतीत हुन्छ ?

श्रीभगवानुवाच ।
प्रकाशं च प्रवृत्तिं च मोहमेव च पाण्डव ।
न द्वेष्टि सम्प्रवृत्तानि न निवृत्तानि काङ्क्षति ।।१४–२२।।

हे अर्जुन ! जुन पुरुष सतगुणको कार्य ईश्वरीय प्रकाश (अन्तःकरण, इन्द्रियादिमा जाग्रत चेतना, विवेक आदि) रजगुणको कार्य प्रवृत्ति तथा तमगुणको कार्य जगत विषय मोह, (अन्तःकरण, इन्द्रियादिमा चेतनाहिनता आदि) न त प्रवृत्त हँुदा द्वेष गर्दछ, न त निवृत्त हँुदा आकाक्षां गर्दछ ।
त्रिगुण र कर्म त्याग

प्रत्येक मानिसको जीवनको प्रत्येक क्षण कर्तव्य कर्म उपस्थित छ । फेरि मानिसमा उपस्थित त्रिगुणीहरुले मनमा अनेकौँ भावहरु उत्पन्न गरेर कर्मलाई प्रभावित पार्दछन् । त्रिगुण र कर्म त्यागको सम्बन्धिलाई व्याख्या गर्दै भगवान भन्नुहुन्छः

नियतस्य तु संन्यासः कर्मणो नोपपद्यते ।
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ।।१८–७।।

तर नियत कर्मलाई त्याग गर्नु उचित होइन, त्यसैले मोहको कारण नियत कर्मलाई त्याग गर्नु तामस त्याग भनिएको छ ।

दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत् ।
स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत् ।।१८–८।।

जुनसुकै कर्महरु किन नहुन्, ति दुःख रुप छन्, यस्तो सम्झिएर यदि कोही शारिरीक दुःख वा परिश्रमका भयले कर्मको त्याग गर्दछ भने यस्तो राजस त्याग गरेर त्यागको फललाई कुनै प्रकारले पनि प्राप्त हुँदैन ।

कार्यमित्येव यत्कर्म नियतं क्रियतेऽर्जुन ।
सङ्गं त्यक्त्वा फलं चैव स त्यागः सात्त्विको मतः ।।१८–९।।

हे अर्जुन ! शास्त्र विहित कर्म गर्नु कर्तव्य हो, यस्तो भावबाट जव आशक्ति र फल त्याग गरेर (कर्म) गरिन्छ । त्यहि सात्विक त्याग भनिएको छ ।

त्रिगुण र ज्ञान

ज्ञान वा बोधको प्रत्यक्ष सम्बन्ध चेतनासँग जोडिएको छ । यो चेतना वा अन्तरदृष्टि त्रिगुणी तत्वसँग जोडिएको छ । भगवान भन्नुहुन्छः

सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते ।
अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम् ।।१८–२०।।

जुन ज्ञानद्वारा पुरुष पृथक पृथक सम्पूर्ण भूतहरुमा विभागरहित एक अविनाशी परमात्मा (सत्ता) लाई देख्दछ, त्यस ज्ञानलाई तिमी सात्विक भनी बुझ ।

पृथक्त्वेन तु यज्ज्ञानं नानाभावान्पृथग्विधान् ।
वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम् ।।१८–२१।।

तर जुन ज्ञानद्वारा मनुष्य सम्पूर्ण भूतहरुमा भिन्न भिन्न प्रकारका अनेकन भावहरुलाई अलग अलग जान्दछ, त्यो ज्ञानलाई तिमी राजस भनी जान ।

यत्तु कृत्स्नवदेकस्मिन्कार्ये सक्तमहैतुकम् ।
अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम् ।।१८–२२।।

(तर) जुन ज्ञानद्वारा मनुष्य एक कार्यरुप शरिरमा नै सम्पूर्ण (सत्ता वा सर्वस्व) हो झैँ आशक्त रहन्छ । तथा (जो) युक्तिरहित, वास्तविक ज्ञानबाट रहित र अल्प छ । त्यो तामस भनिएको छ ।

त्रिगुण र कर्म

प्रत्येक क्षणमा प्रत्येक मानिस केहि न केहि कर्म गर्दछ । फेरि यो कर्म प्रक्रियामा त्रिगुणीको कारणले मानिसको मनमा अनेकन् प्रकारका विचारहरु, भावहरु उत्पन्न हुन पुगी कर्मको स्वरुपलाई नै प्रभावित पार्दछन् । यो सम्बन्धमा भगवान भन्नुहुन्छः

यत्तु कामेप्सुना कर्म साहङ्कारेण वा पुनः ।
क्रियते बहुलायासं तद्राजसमुदाहृतम् ।।१८–२४।।

जुन कर्म धेरै परिश्रमले युक्त छ । तथा फलको इच्छा राख्ने पुरुषद्वारा वा अहंकारयुक्त पुरुषले गर्दछ । त्यो कर्म राजस भनिएको छ ।

अनुबन्धं क्षयं हिंसामनपेक्ष्य च पौरुषम् ।
मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते ।।१८–२५।।

अनि जुन कर्म परिणाम, हानी, हिंसा र सामथ्र्य विचार नगरिकन केवल मोहवस आरम्भ गरिन्छ । त्यो कर्म तामस भनिएको छ ।

मुक्तसङ्गोऽनहंवादी धृत्युत्साहसमन्वितः ।
सिद्ध्यसिद्ध्योर्निर्विकारः कर्ता सात्त्विक उच्यते ।।१८–२६।।

जुन कर्ता रागरहित, कर्ता अभिमानले रहित, धैर्य र उत्साहले युक्त तथा कार्य सिद्धि र असिद्धिमा निर्विका हर्ष–शोकादी विकार रहित छ, त्यो सात्विक भनिएको छ ।

त्रिगुण र कर्ता

तमगुण, रजगुण, सतगुणहरु जब मानिसमा प्रकट हुन्छन् । यि तत्वबाट प्रकट हुने गुणहरुले कर्ता (वा कर्ता सग्रम व्यक्तित्व) लाई नै प्रभावित पार्दछन् । भगवान भन्नुहुन्छः

रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोऽशुचिः ।
हर्षशोकान्वितः कर्ता राजसः परिकीर्तितः ।।१८–२७।।

जुन कर्ता रागपूर्ण वा (आशक्तिले युक्त) कर्मको फल चाहने, लोभी, हिंसापूर्ण (दोस्रो व्यक्तिलाई कष्ट दिने), अशुद्ध (अपवित्र), हर्ष शोकले युक्त छ, त्यो कर्ता राजस भनिएको छ ।

अयुक्तः प्राकृतः स्तब्धः शठो नैष्कृतिकोऽलसः ।
विषादी दीर्घसूत्री च कर्ता तामस उच्यते ।।१८–२८।।

जुन कर्ता असावधान, अशिक्षित, घमण्डी, जिद्धी, उपकारीको अपकार गर्ने, विषादीपूर्ण वा शोक गर्ने स्वभाव भएको, अल्छी र दीर्घसुत्री छ, त्यो कर्तालाई तामस भनिएको छ ।

बुद्धेर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं शृणु ।
प्रोच्यमानमशेषेण पृथक्त्वेन धनञ्जय ।।१८–२९।।

हे धनन्जय ! अब तिमी गुण अनुसार बुद्धि र धृतिको पनि तीन प्रकारको भेदहरु मबाट अलग अलग रुपले सम्पूर्णतामा सुन ।

त्रिगुण र बुद्धि

त्रिगुण मानिसको चेतनासँग जोडिएको हुन्छ । जागरुकतासँग जोडिएको हुन्छ । यो चेतना वा जागरुकताको प्रत्यक्ष प्रभाव मानिसको बुद्धिमा पर्दछ । भगवान त्रिगुण र बुद्धिको सम्बन्धको व्याख्या गर्दै भन्नुहुन्छः

प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये ।
बन्धं मोक्षं च या वेत्ति बुद्धिः सा पार्थ सात्त्विकी ।।१८–३०।।

हे पार्थ ! जुन बुद्धि प्रवृत्ति र निवृत्ति, कर्तव्य र अकर्तव्य, भय र अभय तथा बन्धन र मोक्षलाई यथार्थ रुपमा जान्दछ, त्यो बुद्धि सात्विकी हो ।

यया धर्ममधर्मं च कार्यं चाकार्यमेव च ।
अयथावत्प्रजानाति बुद्धिः सा पार्थ राजसी ।।१८–३१।।

हे पार्थ ! जुन बुद्धिद्वारा मनुष्य धर्म र अधर्म तथा कर्तव्य र अकर्तव्य पनि यथार्थ रुपमा जान्दैन, त्यो बुद्धि राजसी हो ।

अधर्मं धर्ममिति या मन्यते तमसावृता ।
सर्वार्थान्विपरीतांश्च बुद्धिः सा पार्थ तामसी ।।१८–३२।।

हे पार्थ ! तमोगुणले ढाकिएको बुद्धि जुन अधर्मलाई धर्म जस्तो मान्दछ र सम्पूर्ण बस्तुलाई विपरित देख्दछ, त्यो बुद्धि तामसी हो ।

त्रिगुण र धृति

यो लोक तथा परलोकका सम्पूर्ण सुख भोग, वस्तु, पदार्थ आदिको धारण गर्नु (इच्छा गर्नु) व्यभिचार हो । मात्र परमात्मा तत्वको चिन्तनबाट धारण अव्यभिचार हो । त्रिगुणहरुले कसरी यो धृति वा धारणालाई प्रभावित पार्दछन् ? भगवान भन्नुहुन्छः

धृत्या यया धारयते मनःप्राणेन्द्रियक्रियाः ।
योगेनाव्यभिचारिण्या धृतिः सा पार्थ सात्त्विकी ।।१८–३३।।

समताले युक्त जुन अव्यभिचारीणी (मात्र परमात्मा स्मरण) धारणशक्तिद्वारा मनुष्य जब मन, प्राण र इन्द्रियहरुका क्रियाहरुलाई धारण गर्दछ वा संयम राख्दछ, त्यो धृति वा धारण सात्विकी हो ।

यया तु धर्मकामार्थान्धृत्या धारयतेऽर्जुन ।
प्रसङ्गेन फलाकाङ्क्षी धृतिः सा पार्थ राजसी ।।१८–३४।।

तर हे पृथानन्दन अर्जुन ! फलको इच्छा गर्ने मनुष्य जुन धारणा शक्तिद्वारा धर्म, काम (भोग) र अर्थलाई अत्यन्त आशक्तिपूर्वक धारण गर्दछ, त्यो धृति राजसी हो ।

यया स्वप्नं भयं शोकं विषादं मदमेव च ।
न विमुञ्चति दुर्मेधा धृतिः सा पार्थ तामसी ।।१८–३५।।

हे पार्थ ! दुष्ट बुद्धि भएको मनुष्य जुन धारणाद्वारा निन्द्रा, भय, चिन्ता, दुख र घमण्डलाई पनि छोड्दैन । अर्थात् धारण गर्दछ, त्यो धृति तामसी हो ।

त्रिगुण र सुख

प्रत्येक मानिस सुख चाहन्छ । सुखको हेतु नै कर्म गर्दछ । फेरि त्रिगुणको कारणले सुख प्राप्त गर्न मानिस पृथक पृथक प्रकृतिका कर्महरुमा प्रवेश गर्दछ । भगवान त्रिगुण र सुखको सम्बन्धलाई यसरी व्याख्या गर्नुहुन्छः

यत्तदग्रे विषमिव परिणामेऽमृतोपमम् ।
तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम् ।।१८–३७।।

हे अर्जुन ! अब तिमी तीन प्रकारका सुखको बारेमा पनि म बाट सुन । जुन सुखमा (मनुष्य) (साधना) अभ्यासबाट रमण गर्दछ र जसबाट दुखको अन्त हुन्छ । त्यो सुख यद्धपि साधनाको आरम्भकालमा विष झैँ प्रतित हुन्छ, तथापि परिणाममा अमृत तुल्य छ । त्यो परमात्मा विषयक बुद्धिको प्रसादबाट उत्पन्न हुने सुख सात्विक भनिएको छ ।

विषयेन्द्रियसंयोगाद्यत्तदग्रेऽमृतोपमम् ।
परिणामे विषमिव तत्सुखं राजसं स्मृतम् ।।१८–३८।।

जुन सुख विषय र इन्द्रियको संयोगबाट प्राप्त हुन्छ, त्यो प्रारम्भ वा भोग कालमा काम अमृत झैँ प्रतित हुन्छ, तर परिणाममा विष झैँ छ, त्यो सुख राजस भनिएको छ ।

यदग्रे चानुबन्धे च सुखं मोहनमात्मनः ।
निद्रालस्यप्रमादोत्थं तत्तामसमुदाहृतम् ।।१८–३९।।

निन्द्रा, आलस्य र प्रमादबाट उत्पन्न सुख जुन सुख भोगकालमा तथा परिणाममा पनि आत्मालाई मोहित गर्ने हुन्छ, त्यो सुखलाई सुख तामस भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 983 0
अवतरण के हो ? 1/9/2023 872 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 852 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 868 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 881 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 831 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 798 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 861 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 779 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 846 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 852 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 713 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 671 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 720 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 889 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 746 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 860 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 693 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 878 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 769 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 849 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 732 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 848 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 671 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 783 0
त्रिगुण के हो ? 1/9/2023 1026 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 737 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 715 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 700 0
सतगुण के हो ? 1/9/2023 684 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 651 0
मनुष्य उत्पति 1/9/2023 722 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 742 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 606 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 794 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 615 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 694 0
धर्मक्षेत्र के हो ? 1/9/2023 646 0
मोक्ष साधना के हो ? 1/9/2023 643 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 780 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 514 0
यज्ञ के हो ? 1/9/2023 576 0
धर्मयुद्ध के हो ? 1/9/2023 733 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 665 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 654 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 616 0
के हो ईश्वर भजन ? 1/9/2023 691 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 567 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 464 0
कर्म के हो ? 1/9/2023 1048 0
कर्मको गति किन गहन छ ? 1/9/2023 643 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 752 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 633 0
कर्मयोग के हो ? 1/9/2023 662 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 664 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 613 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 696 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 667 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 633 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 746 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 949 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 583 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 567 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 632 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 668 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1628 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 775 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 793 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 664 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1625 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 681 0
वेद के हो ? 1/10/2023 705 0
देवता के हो ? 1/10/2023 759 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 742 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 734 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 690 0
मृत्यु के हो ? 1/10/2023 741 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 703 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 694 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3321 0