धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

दुःख निरोध आर्यसत्य

0 टिप्पणीहरू 391 आगन्तुकहरू

‘‘इदं दुक्खनिरोधं अरियसच्च’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । ‘तं खो पनिदं दुक्खनिरोधं अरियसच्चं सच्छिकातब्ब’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । ‘तं खो पनिदं दुक्खनिरोधं अरियसच्चं सच्छिकत’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’

अर्थात् भिक्षुहरू ! यो जुन पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो । यही नै दुःख निरोध आर्य सत्य हो । यस आर्य सत्यलाई साक्षात्कार गर्नुपर्छ । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो । यो दुःख निरोध आर्य सत्य साक्षात्कार भयो । भिक्षुहरू ! यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।

दुःख निरोध (निर्वाण) आर्यसत्य त्यो अवस्था हो, जुन अवस्थामा साधकमा दुःख पूर्णरूपमा अनुपस्थित रहन्छ । यस्तो स्थितिमा चित्त पूर्णरूपमा शुद्ध हुने भएकाले मनमा संवेदनाप्रति तृष्णा उत्पन्नै हुँदैन । यदि कतै इन्द्रिय र विषयको मिलनको कारण संवेदना उत्पन्न भयो भने पनि निरोध वा निर्वाणको स्थिति प्राप्त गरेकाले त्यस्ता पुरुषका समभावी मनले यी संवेदनामाथि रागपूर्ण वा द्वेषपूर्ण प्रतिक्रिया गर्दैन ।

दुःख निरोध आर्यसत्य
प्रथमआवृति :– यो दुःख निरोध आर्य सत्य हो ।

दुःख निरोध आर्य सत्यको प्रथम आवृत्ति हो दुःख निरोध वा निर्वाणको स्थिति छ भन्ने श्रुतज्ञानलाई सत्य मानेर स्वीकार गर्नु । आफ्नै जीवनको सम्पूर्ण दुःख निरोध हुन सक्छ भन्ने तथ्यलाई स्वीकार्नु । दुःख निरोध आर्य सत्यको प्रथम आवृत्ति (श्रुतज्ञानमा) साधकले मानव जीवनमा दुःख सत्य भए जस्तै निर्वाणको स्थिति पनि सत्य हो भनेर स्वीकार गर्छ । आफ्नै जीवनमा पनि बुद्ध, कृष्ण जस्तै दुःख नभएको समभावी निर्वाणको स्थिति प्राप्त गर्न सम्भव छ भनी स्वीकार गर्छ ।

निर्वाण (मोक्ष, मुक्ति) कुनै मिथ्या वा भ्रमपूर्ण कल्पना होइन अपितु शुद्ध चित्तरूप जीवन स्थिति हो भनी स्वीकार गर्छ । जब साधनाद्वारा तृष्णा (मनको संवेदना भोग्ने स्वभाव) नाश हुन्छ तब अवश्य दुख निरोधको अवस्था प्राप्त हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्छ तर केही मानिस यस्ता छन्, जो मनको विषय संवेदनाप्रतिको तृष्णालाई दुःखको कारणको रूपमा स्वीकारै गर्दैनन् । जो मनको तृष्णालाई पूर्णरूपमा नाश गर्न सकिन्छ भन्ने तथ्यलाई नै स्वीकार गर्दैन र आफ्नै दार्शनिक मान्यताका आधारमा गुरु कृपा, ईश्वर कृपा आदिका कारण निर्वाण प्राप्त हुन्छ भन्ने धारणा राख्छन् ।

फेरि अन्य मानिस छन्, जसको चेतना यति न्यून छ कि आध्यात्मिक विकास प्रक्रियाद्वारा निर्वाणरूपी अमृत पद प्राप्त गर्न सकिन्छ भन्ने सत्यमाथि विश्वासै गर्दैनन् र निर्वाणको जीवन स्थितिलाई भ्रम मिथ्या कल्पना मात्र ठान्छन् । यस्ता मानिस दुःख निरोधको प्रथम आवृत्तिमै प्रवेश गर्दैनन् वा साधनामै प्रवेश गर्दैनन् तर जो साधक निर्वाण वा मोक्षको अवस्था पनि छ र मनको तृष्णालाई साधनाद्वारा परिवर्तन गरेर त्यस्तो स्थिति प्राप्त गर्न सकिन्छ भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ऊ भने दुःख निरोध आर्य सत्य साधनाको प्रथम आवृत्तिमा प्रवेश गर्छ ।

दोस्रो आवृत्ति :– यो दुःख निरोध आर्य सत्यलाई साक्षात्कार गर्नु पर्छ

दुःख निरोध आर्य सत्यको दोस्रो आवृत्ति हो– बुद्धिद्वारा दुःख निरोध निर्वाणको अवस्थालाई साक्षात्कार गर्नुपर्छ भनेर स्वीकार गर्नु । दुःख निरोध आर्य सत्यको दोस्रो आवृत्तिमा साधक मनको संवेदनाप्रतिको तृष्णालाई पूर्णरूपमा नाश गरेर निर्वाणको अवस्थालाई साक्षात्कार गर्नुपर्छ भन्ने तथ्यलाई बुद्धिको स्तरमा स्वीकार गर्छ । साधनाको यस आवृत्तिमा साधकले श्रुतज्ञानमाथि चिन्तन, मनन, बौद्धिक विश्लेषण गर्छ । साधनाविधिप्रति सैद्धान्तिक स्पष्टता प्राप्त गर्छ तर बुद्धिको स्तरमा गरिएको स्वीकार वा चिन्तनबाट मात्र निर्वाण प्राप्ति सम्भव हुँदैन । त्यसैले साधक साधनाको तेस्रो आवृतिमा प्रवेश गर्छ ।

तेस्रो आवृत्ति :– यो दुःख निरोध आर्य सत्य साक्षात्कार भयो

दुःख निरोध आर्य सत्यको तेस्रो आवृत्ति हो– साधनाको अनुभूतिद्वारा निरोध अवस्थाको साक्षात्कार । यस आवृत्तिमा साधक आर्य अष्टाङ्ग साधनामा प्रवेश गर्छ, देह र चित्तको सत्यको अनुसन्धान गर्छ, देह र चित्तको क्षेत्रमा सतत उत्पन्न संवेदनाको उदय–व्यय धारालाई समभावी बनेर अवलोकन गर्छ । यसरी तटस्थ भावले संवेदनालाई अवलोकन गर्दै मनको संवेदनालाई भोग्ने स्वभावलाई परिवर्तन गर्छ, जन्म–जन्मान्तरदेखि सञ्चित विकारलाई क्षय गर्छ र यही साधना प्रक्रियाद्वारा देह र चित्तको क्षेत्रभन्दा बाहिरको शाश्वत, ध्रुव, अमृत पदको अनुभूति प्राप्त गर्छ । यसरी क्रमशः सोतापन्न, सकृतागामी, अनागामी हुँदै अन्ततः अरहत स्थिति प्राप्त गर्छ । यही अनुभवका आधारमा प्रामाणिकरूपमा उसले भन्छ कि दुःख निरोध अवस्थाको साक्षात्कार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 469 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 449 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 478 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 416 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 402 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 371 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 421 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 363 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 949 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 384 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 411 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 422 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 443 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 502 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 655 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 490 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 553 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 455 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 559 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 433 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 407 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 393 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 364 0
आनापानसति 1/13/2023 460 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 364 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 397 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 437 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 353 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 424 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 367 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 507 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 392 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 456 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 364 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 486 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 433 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 524 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 391 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 533 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 569 0