‘‘इदं दुक्खनिरोधगामिनी पटिपदा अरियसच्च’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । तं खो पनिदं दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चं भावेतब्ब’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि । ‘तं खो पनिदं दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चं भावित’न्ति मे, भिक्खवे, पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि, विज्जा उदपादि, आलोको उदपादि ।’’
अर्थात् यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य हो । यसमा पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो । यस दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यको भावना गर्नुपर्छ । यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो । यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य भावित भयो । यो पहिले कहिल्यै नसुनिएको धर्ममा चक्षु उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो ।
दुःख निरोध गामिनी प्रतिपदा भगवान् बुद्धद्वारा विकास गरिएको आठ अङ्गको त्यस्तो पूर्ण साधनाविधि हो, जहाँ साधक प्रत्येक साधनाको अङ्गमा सम्यक स्थितिमा रहन्छ, समभावी स्थितिमा रहन्छ । साधकले दुःखको मूल कारण मनमा उत्पन्न हुने संवेदनाका तृष्णाप्रति समभावी बन्दै अन्ततः निर्वाणको स्थिति प्राप्त गर्छ । दुःख निरोध गामिनी प्रतिपदाका सम्पूर्ण साधना अङ्गहरूका व्याख्या माथि गरिसकिएको छ । त्यसैले यहाँ यस मार्गको प्रथम आवृत्ति (चरण) बाट व्याख्या प्रारम्भ गरिन्छ ।