धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या

दुःख निरोध गामिनी प्रतिपदा

0 टिप्पणीहरू 560 आगन्तुकहरू

प्रथमआवृत्ति :– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य हो ।

दुःख निरोध गामिनी प्रतिपदाको प्रथम आवृत्तिमा साधकले भगवान्ले प्रतिपादन गर्नुभएको आर्य अष्टाङ्ग मोक्ष साधनाविधिले अवश्य मोक्ष प्रदान गर्छ भन्ने कुरा स्वीकार गर्छ । आर्य अष्टाङ्ग साधनाविधि आंशिक, अपूर्ण, भ्रामक, असत्य साधनाविधि नभई सत्य निर्वाण दायिनी साधनाविधि हो भन्ने श्रुतज्ञानलाई स्वीकार गर्छ ।

यदि कुनै मानिस ईश्वर, गुरु, धर्म, सम्प्रदाय, मान्यता आदिमा विश्वास गर्छ, मोक्ष ईश्वरकृपा, गुरुकृपा आदिबाट प्राप्त हुन्छ भन्ने विश्वास गर्छ भने उसले धर्म, ईश्वर, आत्मा आदि पूर्णरूपमा अनुपस्थित यस साधनाविधिलाई अस्वीकार गर्छ । त्यस्तो स्थितिमा उसले यस साधनाको प्रथम आवृत्तिमै प्रवेश गर्दैन तर जो साधक भगवान्द्वारा प्रतिपादित दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यलाई सत्य मान्छ ऊ भने साधनामा प्रवेश गर्छ ।

दोस्रो आवृत्ति :– यो दुख निरोध गामिनी प्रतिपदा आर्य सत्यलाई भावना गर्नु पर्छ ।

दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यको दोस्रो आवृत्ति हो– बुद्धिका स्तरमा यस्तो स्वीकार गर्नु हो कि यस साधनाविधिलाई भावना गर्नुपर्छ, अनुभुतिमा उतार्नुपर्छ ।

यस आर्य सत्यको दोस्रो आवृत्तिका साधकले आठ अङ्ग भएको यस साधनाविधिका प्रत्येक अङ्गलाई साधनामा उतारेर प्रत्यक्ष अनुभूतिको स्तरमा भावित गर्नुपर्छ भन्ने कुरालाई स्वीकार गर्छ । साधनाको यस आवृत्तिमा साधकले यस मार्गमाथि चिन्तन, मनन्, बौद्धिक अवलोकन आदि प्रक्रियाद्वारा साधनाको सैद्धान्तिक पक्षलाई पुष्ट गर्छ, चिन्तन ज्ञान प्राप्त गर्छ तर बुद्धिको स्तरमा गरिएको स्वीकार र बौद्धिक चिन्तनबाट मात्र निर्वाण प्राप्त हुँदैन । त्यसैले ऊ साधनाको तेस्रो आवृत्तिमा प्रवेश गर्छ ।

तेस्रोआवृत्ति :– यो दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य भावित भयो ।

दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यको तेस्रो आवृत्ति हो– अनुभूतिमा भावित (थाहा) हुनु । दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्यको तेस्रो आवृत्तिका साधक साधनामा प्रवेश गर्छ, आर्य अष्टाङ्गमार्गका प्रत्येक मार्ग वा अङ्गलाई पटकपटक अनुभूतिमा उतार्छ, पटकपटक भावित गर्छ, शील, समाधि, प्रज्ञालाई साधनाद्वारा पुष्ट गर्छ । जब चार आर्य सत्यका सम्पूर्ण अवस्थालाई अनुभूतिमा भावित गर्छ तब यही अनुभूतिका आधारमा घोषणा गर्छ कि दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य भावित भयो ।

सारांशमा भन्नुपर्दा यी चार आर्य सत्यको पहिलो आवृत्ति वा श्रुतज्ञानलाई श्रद्धाको स्तरमा सत्य मानेर स्वीकार गर्दा साधकले साधनाको प्रथम कदमलाई अगाडि बढाउँछ । उसले भगवान् बुद्धले प्रतिपादन गर्नुभएको मोक्ष विद्या सत्यलाई स्वीकार गर्छ । जीवनमा सत्य अन्वेषणको ढोका खोल्छ । जीवनको दुःखको परिधिलाई पार गरेर भवचक्र, लोकचक्रलाई समाप्त गर्ने सम्भावनाको ढोका सृजना गर्छ तर जसले चार आर्य सत्यको पहिलो आवृत्तिलाई नै स्वीकार गर्दैन, भगवान्को चार आर्य सत्यको सिद्धान्तलाई नै स्वीकार गर्दैन ऊ सांसारिक भोगपूर्ण जीवनको दुःखपूर्ण परिधिभित्र व्याकुल भएर बाँच्छ । मृत्युपश्चात् अनेक लोकका लागि पृष्ठभूमि तयार पार्छ । त्यस्तो मानिसले जीवन मुक्तिको सम्पूर्ण सम्भावनाका द्वारलाई बन्द गर्छ ।

जब साधकले चार आर्य सत्यको दोस्रो आवृत्तिलाई स्वीकार गर्छ उसले साधनाको दोस्रो कदमलाई अगाडि बढाउँछ, चार आर्य सत्यको चिन्तन मनन गर्दछ ? चार आर्य सत्य के हो ? यसले कसरी निर्वाण प्रदान गर्छ ? भन्नेबारे अन्वेषण गर्छ । यही अन्वेषण प्रक्रियाद्वारा साधनाको सैद्धान्तिक पक्षप्रति स्पष्ट बन्छ ।

जब साधकले चार आर्य सत्यको तेस्रो अङ्गलाई स्वीकार गर्छ ऊ स्पष्टरूपमा आर्य अष्टाङ्ग साधनामा प्रवेश गर्छ । उसले मनुष्य जीवनको चरम विकासको सम्भावना वा बुद्धत्वलाई प्राप्त गर्ने सम्भावनाको द्वार खोल्छ । जन्म–जन्मान्तरको दुःखचक्र, भवचक्र, लोकचक्रलाई नाश गरेर सधैँका लागि मुक्त भएर जाने मार्गमा विचरण गर्न थाल्छ । भगवान्ले यी चार आर्य सत्यका तीन आवृतिबाट गुज्रिएर निर्वाण प्राप्त गर्नुभएको थियो ।

‘‘यावकीवञ्च मे, भिक्खवे, इमेसु चतूसु अरियसच्चेसु एवं तिपरिवट्टं द्वादसाकारं यथाभूतं ञाणदस्सनं न सुविसुद्धं अहोसि, नेव तावाहं, भिक्खवे, सदेवके लोके समारके सब्रह्मके सस्समणब्राह्मणिया पजाय सदेवमनुस्साय ‘अनुत्तरं सम्मासम्बोधिं अभिसम्बुद्धो’ति पच्चञ्ञासिं ‘‘यतो च खो मे, भिक्खवे, इमेसु चतूसु अरियसच्चेसु एवं तिपरिवट्टं द्वादसाकारं यथाभूतं ञाणदस्सनं सुविसुद्धं अहोसि, अथाहं, भिक्खवे, सदेवके लोके समारके सब्रह्मके सस्समणब्राह्मणिया पजाय सदेवमनुस्साय ‘अनुत्तरं सम्मासम्बोधिं अभिसम्बुद्धो’ति पच्चञ्ञासिं । ञाणञ्च पन मे दस्सनं उदपादि ‘अकुप्पा मे विमुत्ति अयमन्तिमा जाति, नत्थिदानि पुनब्भवो’’ति ।

अर्थात् भिक्षुहरू ! जबसम्म यी चार आर्य सत्यका तीनतीन आवृत्तिको यथार्थ विशुद्ध ज्ञान प्राप्त दर्शन गरिन भिक्षुहरु तबसम्म देवतासहित, मार, ब्रह्मा, श्रमण तथा ब्राह्मण, देवता, मनुष्यमा मैले यस्तो दावी गरिन कि मलाई अनुत्तर (सर्वोत्तम) सम्यक सम्बोधि प्राप्त भएको छ ।

भिक्षुहरू ! जब यी चार आर्य सत्यका तीनतीन आवृत्तिसहित बाह्र आवृत्तिका यथार्थ विशुद्ध ज्ञान दर्शन प्राप्त भयो तब मैले देवतासहित, मार, ब्रह्मा, श्रमण, ब्राह्मण तथा अन्य देवता, मनुष्यमा यस्तो दावी गरेँ कि मलाई अनुत्तर सम्यक सम्बोधि प्राप्त भएको छ । मैले ज्ञान दर्शन प्राप्त गरेको छु, अचल विमुक्ति प्राप्त गरेको छु । यो मेरो अन्तिम जन्म हो । अब मेरो आगमन (पुनर्जन्म) समाप्त भएको छ ।

भगवान् भन्नुहुन्छ भिक्षुहरू ! यी जुन चार आर्य सत्य छन्, यी चार आर्य सत्यका जुन तीनतीन आवृत्ति छन्, जहाँ साधकले प्रथम आवृत्तिमा प्रत्येक आर्य सत्यलाई श्रुतज्ञानको आधारमा यो सत्य हो भन्ने स्वीकार गर्दछ, दोस्रो आवृत्तिमा प्रत्येक आर्य सत्यलाई चिन्तन वा बौद्धिक ज्ञानको आधारमा यो सत्यलाई पूरा जानकारी गर्नुपर्छ भन्ने स्वीकार गर्छ र तेस्रो आवृत्तिमा साधक प्रत्येक साधनाको प्रामाणिक अनुभूतिका आधारमा यो सत्यको पूरा जानकारी भयो भन्ने घोषणा गर्छ ।

भिक्षुहरू ! जबसम्म यी चार आर्य सत्य र प्रत्येक आर्य सत्यका तीनतीन आवृत्ति गरी सम्पूर्ण बाह्र आवृत्तिलाई आफैँले साधनामा सम्यक रूपले उतार्न सकिन वा जबसम्म प्रामाणिकरूपमै मैले निर्वाणको अनुभूति गरिन तबसम्म मेरो ज्ञान शुद्ध भएन, सम्यक सम्बोधि प्राप्त भएन, मैले प्रामाणिक सम्यक ज्ञान प्राप्त गर्न सकिन अर्थात् मलाई प्रामाणिक निर्वाण प्राप्त भएन ।

अनि जबसम्म मलाई प्रामाणिकरूपमा निर्वाण प्राप्त भएन तबसम्म यो संसार, जहाँ देवता पनि छन्, मार पनि छन्, ब्रह्मा पनि छन्, श्रवण पनि छन्, ब्राह्मण पनि छन्, प्रजा वा साधारण मानिस पनि छन् । यी देवता, मार, श्रवण, ब्रह्मा, ब्राह्मण, प्रजा आदिका बीचमा मैले यो कहिल्यै घोषणा गरिन कि मलाई ‘सम्बोधि’ प्राप्त भएको छ । (स्मरणरहोस् जब पञ्चवर्गीय भिक्षुहरूले साधना भ्रष्ट भगवान्लाई कसरी निर्वाण प्राप्त भयो ? भन्ने प्रश्न उठाइरहेका थिए । त्यतिबेला भगवान्ले पञ्चवर्गीय भिक्षुहरूलाई यही प्रश्न गर्नुभएको थियो कि के मैले यस भन्दा अगाडि कहिल्यै निर्वाण प्राप्त गरेको दावी गरेको थिएँ ?)

जब गुरुहरूको सत्यवादिताको प्रसङ्ग उठ्छ तब कुन पक्ष मननीय हुन पुग्छ भने हालकै अवस्थामा जस्तै भगवान्को समयमा पनि विभिन्न धर्म, ईश्वर, गुरु, दर्शन आदिसँग सम्बन्धित अनेक सम्प्रदाय, मत, मान्यता प्रचलनमा थिए । ती प्रत्येक सम्प्रदायका गुरु थिए । कैँयौँ गुरु यस्तो हुनुहुन्थ्यो, जो स्वयंलाई मोक्ष पुरुषको रूपमा घोषणा गर्नुहुन्थ्यो, मैले मोक्ष प्राप्त गरेको छु भन्ने दावी गर्नुहुन्थ्यो तर ती गुरुका निर्वाण ज्ञान बौद्धिक व्याख्याको रूपमा मात्र सीमित थियो । उहाँहरूले ध्यानको विनाशी अनुभूति त प्राप्त भएको थियो तर चार आर्यसत्यका बाह्र आवृतिलाई साधना उतारेर निर्वाणको इन्द्रियातीत अविनाशी अनुभूति प्राप्त गर्नुभएको थिएन । गुरु आलार कालम, उद्दक रामपुत्त यस्तै प्रकृतिका गुरु हुनुहुन्थ्यो । भगवान् स्वयंलाई गुरु आलार कालम र गुरु रामपुत्तका साधना अनुभूति प्राप्त थियो । तैपनि भगवान्ले ती उच्च साधनानुभूति पश्चात् मैले मोक्ष प्राप्त गरेको छु भन्ने घोषणा गर्नुभएन ।

भगवान्ले कठोर देहपीडक तपस्या पनि गर्नुभएको थियो । त्यस साधनामा जेजस्ता अनुभूति प्राप्त भएका थिए त्यसको आधारमा पनि उहाँले निर्वाण प्राप्त गरेँ भन्ने दावी गर्नुभएन किनभने भगवान् सत्यवादी हुनुहुन्थ्यो । असाधारण इमान्दार हुनुहुन्थ्यो । गुरुत्व भोग उहाँको लक्ष्य थिएन । उहाँ स्वयं उच्च सम्मानको वैभवपूर्ण जीवनलाई त्यागेर सत्यको खोजमा आउनुभएको थियो । सत्य प्राप्ति मात्र उहाँको लक्ष्य थियो । यही सत्य प्राप्तिका लागि जीवन अर्पण गर्नुभएको थियो । जब भगवान्ले चार आर्य सत्यमाथि साधना गर्नुभयो, चार आर्य सत्यका तीनतीन आवृत्तिका दरले बाह्र आवृत्तिलाई पटकपटक साधनामा उतार्नुभयो र साधनाद्वारा जब भगवान्ले ६ इन्द्रिय क्षेत्रका अनित्यतालाई साक्षात्कार गरेर इन्द्रियातीत क्षेत्रलाई साक्षात्कार गर्नुभयो अर्थात् उहाँलाई प्रामाणिकरूपमा निर्वाण प्राप्त भयो तब मात्र पूर्वजन्मका यावत स्मृति प्राप्त भयो, दिव्य चक्षु प्राप्त भयो, आश्रव क्षयको स्पष्ट अनुभूति भयो, दुःख सम्पूर्णरूपमा समाप्त भएको बोध भयो ।

भगवान् भन्नुहुन्छ कि भिक्षुहरू ! जब आफैँलाई यी चार आर्य सत्य र तिनका बाह्र आवृतिका साधनापश्चात् निर्वाण प्राप्त भएको स्पष्ट बोध भयो त्यसपछि मात्र यो जगत्, जहाँ देवता पनि छन्, मार पनि छन्, ब्रह्मा पनि छन्, श्रवण पनि छन्, ब्राह्मण पनि छन्, साधारण मनुष्य पनि छन् । यी देवता, मार, ब्रह्मा, श्रवण, ब्राह्मण, मनुष्य आदिका बीचमा मैले यो घोषणा गरेँ कि मलाई अनुत्तर सम्यक सम्बोधि प्राप्त भएको छ, मैले ज्ञान वा निर्वाण प्राप्त गरेको छु, अचल विमुक्ति प्राप्त गरेको छु, जीवन विकासको पराकाष्ठालाई प्राप्त गरेको हुँ, मेरो सम्पूर्ण विकार नष्ट भई शुद्ध भएको छु, यो मेरो अन्तिम जन्म हो, अब मेरो आगमन वा पुनर्जन्म समाप्त भएको छ ।

बुद्ध साहित्यको अध्ययन गर्दा के देखिन्छ भने भगवान्लाई निर्वाण प्राप्त भएको एक सप्ताहपश्चात् एक अभिमानी ब्राह्मण भगवान्को समीप आएर यस्तो प्रश्न गरे कि ब्राह्मण भनेको के हो ? भगवान्ले उनलाई ब्राह्मणको ‘अर्थ’ सम्झाउनु भयो तर म सम्यक सम्बुद्ध हुँ भन्ने घोषणा गर्नुभएन । यसभन्दा अगाडि भगवान्ले ‘गुरु’ बनेर कतै धर्मचर्चा गरेको पाइन्न । उहाँले धर्मचर्चा, धर्म प्रवर्तन त के धर्मका साधारण उपदेशसम्म कसैलाई दिनुभएन ।

त्यस्तै निर्वाणको दोस्रो सप्ताहमा तपस्सू र मल्लिक नाम गरेका दुई व्यापारीलाई भगवान्ले धर्मको उपदेश दिनुभयो । यसको अर्थ यही हुन्छ कि जब भगवान्लाई धर्म बोध भयो तत्पश्चात् मात्र उहाँले धर्मको शरणमा आएका उपासकलाई धर्मचर्चा गर्न प्रारम्भ गर्नुभयो । जबसम्म भगवान् स्वयंलाई बोधि प्राप्त भएको थिएन तबसम्म उहाँले कुनै पनि उपासकलाई धर्मोपदेश दिनुभएन ।

त्यस्तै जब भगवान् धर्मचक्र प्रवर्तन गर्न पञ्चवर्गीय भिक्षुलाई खोज्दै वाराणसीतर्फ जाँदै हुनुहुन्थ्यो बाटामा एक नग्न साधु भगवान्को आध्यात्मिक किरणले प्रदिप्त सौन्दर्यपूर्ण रूप, काय देखेर प्रभावित भए । ती नग्न साधुले भगवान्लाई सोधे कि कुन गुरु वा सम्प्रदाय सम्बन्धित हुनुहुन्छ ? भगवान्ले प्रथमपटक ती साधुलाई स्वयं सम्यक सम्बुद्ध भएको घोषणा गर्नुभएको थियो । त्यतिबेला भगवान्ले भन्नुभएको थियो कि मेरो कोही गुरु हुनुहुन्न । म संसारमा अरहत हुँ । अपूर्व शास्ता (गुरु) हुँ । एक सम्यक सम्बुद्ध, शीतल तथा निर्वाण प्राप्त हुँ । धर्मचक्र प्रवर्तनका लागि काशीतर्फ गइरहेको छु ।
तत्पश्चात् पञ्चवर्गीय भिक्षुहरूले भगवान्लाई जब समकालीन मित्रलाई जस्तै आबुस वा आयुष्मान् भनेर सम्बोधन गरे त्यतिबेला मात्र भगवान्ले स्पष्टरूपमा स्वयं सम्यक सम्बुद्ध भएको घोषणा गर्दै भन्नुभएको थियो कि भिक्षुहरू ! तथागतलाई नाम वा आबुस भनेर सम्बोधन नगर । भिक्षुहरू तथागत अरहंत सम्यक सम्बुद्ध हुनुहुन्छ । स्पष्ट छ– सत्यवादी भगवान्ले त्यतिबेलासम्म मलाई सम्यक सम्बोधि प्राप्त भएको छ भनेर दावी गर्नुभको थिएन जति बेलासम्म उहाँलाई यथार्थ ज्ञान प्राप्त भएको थिएन । यस तथ्यले भगवान्को गहन सत्यवादितालाई उजागर गर्छ । वर्तमान समाजमा जसरी निर्वाण अनुभूति प्राप्त नगरेका गुरुहरू स्वघोषित मोक्ष पुरुष बन्दै धर्मशिक्षा बाँडिरहेका छन् यस्तो समयमा भगवान्को सत्यवादिता मर्मपूर्ण देखिन्छ ।

जब भगवान्ले माथिका वचन भन्नुभयो तब भगवान्लाई पञ्चवर्गीय भिक्षुहरूले अभिनन्दन गरे ।
पञ्चवर्गीय भिक्षुहरू मोक्षमार्गका गम्भीर साधक थिए । उनीहरू कैँयौँ मोक्ष विद्या, साधनाविधिप्रति पनि परिचित थिए । जब उनीहरूले भगवान्लाई त्याग गरे तत्पश्चात् यही पवित्र स्थलमा आई आफूलाई ज्ञात भएका मोक्ष विद्यालाई साधनामा उतार्ने प्रयास गरिरहेका थिए तर साधनमा पूर्णतः असफल थिए । किनकि जुन विद्या, साधनाविधिका बारेमा उनीहरू परिचित थिए ती साधनाविधि आफैँ अपूर्ण थिए, अस्पष्ट थिए । जब उनीहरू आँखा बन्द गरेर साधनामा प्रवेश गर्थे तब प्रत्येक पाइलामा भ्रम, अन्योल र अस्पष्टता प्राप्त गर्थे । यस्तो दुरुह आन्तरिक साधनामा सत्य साधना मार्ग पहिल्याउन असमर्थ बनी असफलता प्राप्त गर्थे ।

यसरी निर्वाण साधनामा सत्य मार्ग पहिल्याउन नसकी साधना सङ्घर्षमा फसिरहेको समयमा भगवान्बाट जब उनीहरूले चार आर्य सत्य, चार आर्य सत्यका बाह्र आवृत्ति र चार आर्य सत्यलाई साधनामा उतार्ने स्पष्ट आर्य अष्टाङ्गमार्गका बारेमा ज्ञान प्राप्त गरे तत्पश्चात् पञ्चवर्गीय भिक्षुहरूलाई सत्य निर्वाण साधना मार्ग मध्याह्नको घाम जस्तै छर्लङ्ग भयो । भगवान्द्वारा प्रदान गरिएको यो नितान्त नवीन सरल, वैज्ञानिक निर्वाण ज्ञानको बोधसँगै उनीहरू भगवान्सँग कृत्यकृत्य भए । यतिबेला अनायासै उनीहरूका मनमा भगवान्प्रति गहन श्रद्धाभाव उत्पन्न भयो ।
यस साधनाको व्याख्या भगवान् स्वयंले गरिरहनुभएको थियो, जो स्वयं यही साधनाविधिबाट निर्वाण प्राप्त गरी पञ्चवर्गी भिक्षुहरूका अगाडि आध्यात्मिक किरणले प्रदिप्त महायोगी जस्तै उपस्थित हुनुहुन्थ्यो । उनीहरू भगवान्को धर्मोपदेशले अत्यन्त प्रशन्न भए । भगवान्प्रति उनीहरूका मनमा पुनः पुनः गहन श्रद्धा र कृतज्ञताका भाव उत्पन्न भए । तत्पश्चात् ती पञ्चवर्गीय भिक्षुहरूले उठेर आदरपूर्वक भगवान्लाई हार्दिक अभिनन्दन गरे, भगवान्द्वारा वाचन गरिएको सत्य मोक्ष साधनाविधिलाई अभिनन्दन गरे ।

‘‘इदमवोच भगवा । अत्तमना पञ्चवग्गिया भिक्खू भगवतो भासितं अभिनन्दुन्ति । इमस्मिञ्च पन वेय्याकरणस्मिं भञ्ञमाने आयस्मतो कोण्डञ्ञस्स विरजं वीतमलं धम्मचक्खुं उदपादि – ‘‘यं किञ्चि समुदयधम्मं, सब्बं तं निरोधधम्म’’न्ति ।

यो व्याख्यानको रूपमा अर्थात् यस्तो व्याख्यानपछि वा व्याख्यान सुनेपछि अयुष्मान् कौडिन्यलाई ‘जो समुदय धर्म छ, त्यो निरोध धर्म छ ।’ यो ज्ञान वा निरज (रागरहित) विमल (मयलरहित) धर्मचक्षु उत्पन्न भएको थियो ।
त्यसपछि भगवान्को मुखबाट यस्तो उदान (उल्लास चित्तबाट निस्किएको वचन) निस्कियो– ‘अरे… कौडिण्यले जाने, अरे कौडिन्यले जाने ।’ यस प्रकार आयुष्मान् कौडिण्यको नाम ‘ज्ञानी कौडिण्य’ भयो ।

यी पञ्चवर्गीय भिक्षुमध्येका जेष्ठ भिक्षु कौडिण्य ब्राह्मण गहन आध्यात्मिक पृष्ठभूमिबाट आएका पात्र थिए । ती राजा शुद्धोदनद्वारा भगवान्को भविष्य सम्बन्धी प्रश्न समाधान गर्न दरवारमा निम्त्याइएका राज्यका आठ विशिष्ठ विद्वान् ब्राह्मणमध्येका कनिष्ट विद्वान् थिए । उनी विद्वान् बाह्मण मात्र नभई मोक्ष आकाङ्क्षी साधक भएकाले तिनले कैँयौँ मोक्ष शास्त्रका गहन अध्ययन गरेका थिए, ती शास्त्रप्रति गम्भीर चिन्तन गरेका थए, अनेक निर्वाण साधनाविधिलाई बारम्बार जीवनमा प्रयोग गरेका थिए ।

उनले भगवान्को कठोर देहपीडक तपस्याका दिनमा अन्य चार भिक्षुसँगै भगवान्को समीपमा बसेर तपस्या पनि गरेका थिए । भगवान्को भोजन ग्रहणपश्चात् मात्र तिनले साधना भ्रष्टको संज्ञा दिँदै भगवान्लाई त्यागेका थिए । उनको मोक्षप्रतिको प्यास यति तीव्र थियो कि उनी भगवान्लाई त्याग गरेपश्चात् पनि मृगदायमा आएर निर्वाण प्राप्तिका लागि साधना गरिरहेका थिए ।

यसरी मोक्षप्रतिको गहन अभिलाषा, निर्वाण शास्त्रका गहन अध्ययन, दीर्घकालसम्मको साधना प्रयास आदिले गर्दा उनमा गहन आध्यात्मिक पात्रत्वको विकास भइसकेको थियो । उनमा कुनै पनि मोक्ष विद्या वा साधनाविधिलाई सुन्ने वित्तिकै त्यस विद्या वा विधिको गहिराइमा छिपेको मर्मलाई सहजै ग्रहण गर्न सक्ने क्षमता पलाइसकेको थियो ।
जब भगवान्ले चार आर्य सत्य, बाह्र आवृत्ति, आर्य अष्टाङ्गमार्ग आदिका व्याख्या प्रारम्भ गर्नुभयो तब उनको तीक्ष्ण दृष्टिमा भगवान्का गहन शब्दमा छिपेका गहन भाव, अर्थ र मर्म खुल्दै गए । भगवान् आठ साधनाविधियुक्त असाधारण निर्वाण साधनाविधिको व्याख्या गरिरहनुभएको थियो । जब उनले भगवान्को शब्दमा छिपेको मर्मलाई ठम्याउँदै गए, भगवान्का गहन शब्द ग्रहणका साथै ज्ञानको गहिराइमा डुब्दै गए, जब उनीभित्र ती ज्ञान तरङ्गित हुँदै गइरहेका थिए तब अनायासै उनमा धर्मका तरङ्गहरू उत्पन्न हुँदै गए । उनी स्वयं काय र चित्तको क्षेत्रमा उत्पन्न भइरहेका सुखद, दुःखद प्रकृतिका अनेक संवेदना उदय–व्यय, उदय–व्यय भएको स्पष्ट बोध गरिरहेका थिए, संवेदनाप्रति समभावी वा सम्यक बनिरहेका थिए ।

उनमा चित्त संवेदनाको पुञ्ज वा तरङ्ग मात्र हो, तरङ्गरूप जीवनका सम्पूर्ण पक्ष अनित्य हो भन्ने भाव गहिरिँदै गइरहेको थियो । उनी शनैःशनैः अनात्मबोधको क्षेत्रमा प्रवेश गर्दै गए र परमाणुका पुञ्ज प्रवाह वा तरङ्गैतरङ्गको प्रवाह भइरहेको देह र चित्तमा ‘म’ र ‘मेरो’ नामक कुनै वस्तु नभएको ज्ञान वा बोध प्राप्त गरे । यसरी अनित्य बोध, अनात्म बोधका स्थितिबाट गुज्रिँदै उनी इन्द्रियातीत क्षेत्रतर्फ बढ्दै गए । आध्यात्मिक रूपान्तरणको प्रक्रियामा चित्तका विकारहरू उखेलिँदै जाँदा उनको चित्त झन्झन् उल्लासमय हुँदै गयो । चित्तका किरण मुहारमा प्रकट हुँदा झन्झन् आभापूर्ण हुँदै गए । उनमा धर्मचक्रको प्रामाणिक ज्ञान वा विरज, विमल धर्मचक्षु उत्पन्न भइरहेको थियो । जब भगवान्ले ब्राह्मण कौडिण्यको यस्तो स्थिति देख्नुभयो तब भगवान्लाई यस्तो स्पष्ट बोध भयो कि कौडिण्य गहन आध्यात्मिक रूपान्तरणबाट गुज्रिँदै अरहत वा निर्वाणको अवस्थातर्फ गइरहेका छन् । तत्पश्चात् भगवान्ले खुसी हुँदै भन्नुभयो– ‘अरे कौडीण्यले जाने ! अरे कौडीण्यले जाने वा निर्वाण प्राप्त गरे ।’ यसरी ब्राह्मण कौडिण्य भगवान्को प्रथम धर्मदेशना सुन्दासुन्दै अरहत अवस्था प्राप्त गर्ने प्रथम साधक बने ।

जब भगवान्ले यसरी पञ्चवर्गीय भिक्षुहरूलाई धर्मचक्र पवर्तनको साधनाविधि व्याख्या गरिरहनुभएको थियो तब यस धर्तीमा धेरै वर्षको अन्तरालमा जन्मनु भएका सम्यक सम्बुद्धको प्रथम धर्मदेशना सुन्न विभिन्न लोकबाट देवताहरू र ब्रह्मा पनि आएका थिए । किनकि सत्य निर्वाण साधनाविधि प्राप्त गर्नु दुरुह थियो । सत्य निर्वाण साधनाविधि प्राप्त गर्न असमर्थ भएकै कारण ती देवता, ब्रह्मा आदिले पनि पुनर्जन्म प्राप्त नहुने स्थिति प्राप्त गर्न असमर्थ भई मात्र उच्चलोक प्राप्त गरेका थिए । उनीहरू स्वयं ‘सत्य निर्वाण साधनाविधि’ सिक्न लालयित थिए । जब उनीहरूले भगवान्बाट धर्मचक्र प्रवर्तन सुत्तमा व्याख्या गरिएको चार आर्य सत्य, चार आर्य सत्यका बाह्र साधनालाई संयोजन गरी बनाइएको असाधारण आर्य अष्टाङ्गमार्गरूप सत्य निर्वाण साधनाविधिका बारेमा सुने तब मोक्ष अभिलाषी ती देवता, ब्रह्मा आदिले पनि यो सत्य निर्वाण साधनालाई अभिनन्दन गर्दै भने–

‘‘पवत्तिते च पन भगवता धम्मचक्के भुम्मा देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’
अर्थात् जब भगवान्को यस धर्मचक्र प्रवर्तनलाई भूमिका देवताहरूले सुने तब उनीहरूले यो घोषणा गरे कि भगवान्ले वाराणसीको यो ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ, जसलाई कुनै पनि श्रमण, ब्रह्मण, देवता, मार, ब्रह्मा आदि कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

भगवान्ले आज यस वाराणसी नगरको पवित्र ऋषिपतन मृगदायमा जुन अनुत्तर धर्मचक्र प्रर्वतन गर्नुभएको छ कि यस्तो आठ साधनायुक्त पूर्ण मोक्ष साधनाविधिलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा आदिले प्रतिपादन गर्न सक्दैनन् । यस्तो सर्वोत्तम धर्मचक्र प्रवर्तन गर्ने साधनाको व्याख्या त्यस्तो महापुरुषले मात्र गर्न सक्छ, जसले स्वयं यो धर्मचक्र साधनाद्वारा निर्वाणको अवस्था प्राप्त गरेको छ । तत्पश्चात् विभिन्न लोकमा यस्तो हर्ष ध्वनि फैलिँदै गयो, तरङ्गित हुँदै गयो–

‘‘भुम्मानं देवानं सद्दं सुत्वा चातुमहाराजिका देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’
अर्थात् भूमिका देवताहरूका शब्द सुनेर चातुरमहाराजिक (देवलोक) का देवताहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यो ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘चातुमहाराजिकानं देवानं सद्दं सुत्वा तावतिंसा देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’

अर्थात् चातुर्महाराजिक देवताहरूका शब्द सुनेर त्रयस्ंित्रशत् लोकका देवताहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘तावतिंसानं देवानं सद्दं सुत्वा यामा देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’
अर्थात् त्रयस्ंित्रशत् (तुषित) लोकका देवताका शब्द सुनेर यामा लोकका देवताहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘यामानं देवानं सद्दं सुत्वा तुसिता देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’

अर्थात् यामा लोकका देवताहरूका शब्द सुनेर तुषित लोकका देवताहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘तुसितानं देवानं सद्दं सुत्वा निम्मानरती देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’

अर्थात् तुषित लोकका देवताहरूका शब्द सुनेर निर्माणरति लोकका देवताहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘निम्मानरतीनं देवानं सद्दं सुत्वा परनिम्मितवसवत्ती देवा सद्दमनुस्सावेसुं– एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं, अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’

अर्थात् निर्माणरति लोकका देवताहरूका शब्द सुनेर परनिर्वितवशवर्ती लोकका देवताहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘परनिम्मितवसवत्तीनं देवानं सद्दं सुत्वा ब्रह्मकायिका देवा सद्दमनुस्सावेसुं– ‘‘एतं भगवता बाराणसियं इसिपतने मिगदाये अनुत्तरं धम्मचक्कं पवत्तितं अप्पटिवत्तियं समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा केनचि वा लोकस्मि’’न्ति ।’’

अर्थात् परनिर्वितवशवर्ती लोकका देवताहरूका शब्द सुनेर ब्रह्मपरिषद लोकका देवताहरूले यस्तो घोषणा गरे कि भगवान्ले वाराणासीको यस ऋषिपतन मृगदायमा यस्तो अनुत्तर (सर्वोत्तम) धर्मचक्र प्रवर्तन गर्नुभएको छ कि, जसलाई कुनै पनि श्रमण, ब्राह्मण, देवता, मार, ब्रह्मा वा अन्य कसैले पनि प्रवर्तन गर्न सक्दैनन् ।

‘‘इतिह तेन खणेन (तेन लयेन) तेन मुहुत्तेन याव ब्रह्मलोका सद्दो अब्भुग्गच्छि । अयञ्च दससहस्सिलोकधातु सङ्कम्पि सम्पकम्पि सम्पवेधि, अप्पमाणो च उककारो ओभासो लोके पातुरहोसि अतिक्कम्म देवानं देवानुभावन्ति ।’’

अर्थात् यस प्रकार एकपछि अर्को लोक गदैँ त्यही क्षण, त्यही मुहूर्तमा यो शब्द ब्रह्मलोकसम्म पुग्यो र यो दसहजार चक्रवाल (दसहजार लोकहरूको समूह) एकै साथ कम्पायमान भयो । उच्चलोकका देवता, ब्रह्मा आदिबाट उत्पन्न हुने प्रकाशभन्दा पनि अत्यन्त तेजस्वी प्रकाश लोक (दस हजार लोकहरूको समूह) मा फैलियो ।

‘‘अथ खो भगवा इमं उदानं उदानेसि– ‘‘अञ्ञासि वत, भो, कोण्डञ्ञो, अञ्ञासि वत, भो, कोण्डञ्ञो’’ति! इति हिदं आयस्मतो कोण्डञ्ञस्स ‘अञ्ञासिकोण्डञ्ञो’ त्वेव नामं अहोसीति ।’’

अर्थात् यस्तो घटना हुँदा भगवान्को मुखबाट यस्तो उदान (उल्लास चित्तबाट निस्किएको वचन) निस्कियो– ‘अरे कौडिण्यले जाने, अरे कौडिण्यले जाने ।’ यस प्रकार आयुष्मान् कौडिण्यको नाम ज्ञानी कौडिण्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 471 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 530 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 354 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 399 0
सद्गुरुको खोजी 1/12/2023 449 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 409 0
गुरु अलार कालमसँग भेट 1/12/2023 480 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 418 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 404 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 315 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 371 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 371 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 423 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 363 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 949 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 386 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 492 0
उपक आजीवनसँग भेट 1/13/2023 413 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 424 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 427 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 443 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 443 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 504 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 657 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 492 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 458 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 406 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 553 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 371 0
दुःख समुदय आर्य सत्य 1/13/2023 457 0
दुःख निरोध आर्यसत्य 1/13/2023 392 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 442 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 433 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 396 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 407 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 460 0
आसन ग्रहण 1/13/2023 395 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 366 0
आनापानसति 1/13/2023 462 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 451 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 419 0
कायानुपश्यना 1/13/2023 366 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 397 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 439 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 368 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 353 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 426 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 367 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 377 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 464 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 417 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 509 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 392 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 356 0
दसौँचरण-अनित्य बोध 1/13/2023 361 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 458 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 366 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 488 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 435 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 393 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 400 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 393 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 524 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 448 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 397 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 457 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 393 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 502 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 535 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 707 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 571 0