विषयमा वैराग्य सिर्जना होस् भन्ने आशयसहित यो श्लोकबाट गुरु देहप्रतिको आशक्तिको निन्दा गर्नुहुन्छ ।
माक्षेस्य काङ्क्षा यदि वा तवास्ति त्यजातिदूराद विषयान् विषं यथा । पीयुषवत्तोषदयाक्षमार्जवप्रशान्तिदान्तीर्भज नित्यमादरात् ।।८४।।
यदि तिमीमा मोक्षको इच्छा छ भने विषयहरूलाई विषजस्तै ठानेर टाढैबाट त्याग गर । सन्तोष, दया, क्षमा, सरलता, शम र दमलाई नित्य अमृतसमान श्रद्धापूर्वक सेवन गर । ।।८४।।
विषयका अनुभूतिहरू क्षणिक रूपमा सुखद भए पनि कहिल्यै तृप्त नहुने, झन् झन् बलवान् भई आशक्तिमा परिणत हुने, मनुष्यलाई पूर्ण नियन्त्रणमा लिई भोगी, रोगी, उर्जाहीन, दिनहीन, बुद्धिहीन बनाउँदै अन्तः नष्ट गर्ने हुन्छन् । त्यसैले रूप, गन्ध, रस, स्पर्श र शब्दरूपी विषयवस्तुहरूलाई तिमी भोग त के, ग्रहणसम्म पनि नगरीकन कालो सर्पको विषजस्तै ठान्दै टाढैबाट परित्याग गर । अनि तिमी इन्द्रिय निग्रहरूपी शम, दम आदि सत्गुणरूपी सन्तोष, दया, क्षमा आदि अमृतको नित्य श्रद्धापूर्वक ग्रहण गरी मोक्ष प्राप्त गर ।
अनुक्षणं यत्परिहृत्य कृत्यमनाद्यविद्याकृतबन्धमोक्षणम् ।
देहः परार्थोऽयममुष्य पोषणे यः सज्जते स स्वमनेन हन्ति ।।८५।।
यो अनादि अविद्याद्वारा ििसर्जित बबन्धनबाट मुक्त हुनतर्फ विचार नदिएर, आफ्नो कर्तव्यलाई त्यागेर यो स्थूल शरीरको पुष्टिप्रति आशक्त छ । ऊ स्वयंलाई नष्ट गर्दछ । ।।८५।।
अनादि कालदेखिको अविद्याद्वारा ििसर्जित अहंकारदेखि लिएर देहसम्मका जुनबन्धन बन्धनहरूबाट यो जन्ममा नै मुक्त हुनु मनुष्यको प्रथम कर्तव्य हो । मनुष्य यो जुनीमा नै आफ्नो आत्मालाई उद्धार गर्नुपर्ने कर्तव्यलाई बिर्सिएर अनात्म, जड, शरीरको वशमा परेर स्थूल शरीरको भरण–पोषण, पुष्टिप्रति सधैं आसक्त रहन्छ भने ऊ सधैं वासनामा लिप्त भई आत्मामा झन् झन् बबन्धनहरू थप्दै योगी, रोगी हुँदै नष्ट हुन्छ ।
शरीरपोषणार्थी सन् य आत्मानं दिदृक्षति ।
ग्राहं दारूधिया धृत्वा नदीं तर्तुं स इच्छति ।।८६।।
पुरुष शरीर पोषणको कामना गरेर आत्मसाक्षात्कार प्राप्त गर्न चाहनु भनेको, m काष्ठबुद्धिले गोहीलाई समातेर नदी तर्न खोज्नुजस्तै हो । ।।८६।।
मोक्ष–मार्ग शरीर पोषणको वा भोगको मार्ग होइन । जुन पुरुषमा सदासर्वदा शरीर पोषण र इन्द्रिय भोगको इच्छा राख्छ, उसले मोक्षको लक्ष्य प्राप्त गर्न सक्दैन । जसरी नदीमा डुबेर अतालिएको मानिस नदीमा बगेर आइरहेको काठलाई समातेर बच्न खोज्दा भ्रमवश काठ र गोहीलाई चिन्न नसक्दा गोहीलाई काठ सम्झिएर त्यही काठलाई समाती नदीलाई तर्न खोज्छ; अन्ततः ऊ गोहीको आहार बन्न पुग्दछ । त्यस्तै जो पुरुष शरीर पोषणको कामना गरेर आत्मदर्शनको इच्छा गर्दछ; विषयभोगले बन्धनहरू झन् शक्तिशाली बनी ऊ झन् झन् भोगी हुने हुनाले आत्म साक्षात्कार प्राप्त गर्दैन । उल्टो भोगमा लिप्त भएर संसार–सागरमा डुब्दछ ।
मोह एव महामृत्युर्मुमुक्षोर्वपुरादिषु ।
मोहो विनिर्जितो येन स मुक्तिपदमर्हति ।।८७।।
शरीर आदिमा मोह राख्नु मुमुक्षुको लागि महामृत्यु हो । जसले मोहलाई जितेको छ उसैले मुक्तिपद प्राप्त गर्न सक्दछ । ।।८७।।
जसरी मृत्यु भएको मानिसले जगत््को कुनै कार्य सम्पादन गर्न सक्दैनन्, त्यस्तै शरीर आदिमा अहंभाव भएको पुरुष मन, इन्द्रियको वशमा भई जगत््–वासना वा भोगमा लिप्त रहेकाले मोक्ष साधना सम्पादन गर्न सक्दैन । देहबुद्धिको उपस्थितिमा ऊ वासना–बन्धनमा परिरहन्छ । यसैले स्वयंको देह आदिमा मोह राख्नु मोक्षकामी मुमुक्षुका लागि महामृत्यु हो । जसले वैराग्य, विवेक, चिन्तनद्वारा यो मोहलाई जितेको छ, उसले मात्र मोक्ष प्राप्त गर्न सक्दछ ।
मोहं जहि महामृत्युं देहदारसुतादिषु ।
यं जित्वा मुनयो यान्ति तद्विष्णोः परमं पदम् ।।८८।।
मुनिजनहरूले जुन मोहलाई जितेर विष्णुको परमपदलाई प्राप्त गर्दछन्, त्यो देह, पत्नी, पुत्रादि महामोहरूप मृत्युलाई नष्ट गर ।।।८८।।
अगाडिको श्लोकमा पनि स्व–देहमोहलाई महामृत्यु भनिएको थियो । यो श्लोकमा आदिगुरुले स्वयंको देहमोह मात्र नभई अत्यन्त निकट भएका, गहिरो स्नेह हुने पत्नी, पुत्रादीप्रतिको मोह पनि मोक्ष मार्गको महामृत्यु हो भन्नुभएको छ । आदिगुरु व्याख्या गर्दै भन्नुहुन्छ – हे साधक ! यदि तिमी विष्णुको परमपद (व्यापक, परिच्छेदशून्य, सर्वोकृष्ट ब्रह्मरूप स्थान, अनि ज्योति सूर्य जसलाई ज्ञानीहरूले पनि आँखा फैलाएर, टकटकी हेर्छन्) प्राप्त गर्न चाहन्छौ भने स्वदेह मोहदेखि लिएर पत्नी, पुत्रादि रूपी अनेकन भ्रमपूर्ण मिथ्या मोहलाई पनि चटक्क त्याग ।