तपाईँको जीवनमा धर्मका छ वटा शाश्वत नियम क्रियाशील छन् ।
तपाईँको जीवनमा बन्धन र निर्वाणको केन्द्रमा धम्मका यिनै शाश्वत नियम मूल कारण रहेका छन् । धम्मका शाश्वत नियमसँग परिचित नभई तपाईँ बन्धन र निर्वाणको रहश्यलाई बुझ्न सक्नुहुने छैन । त्यसैले भगवान् बुद्धले पहिल्याउनुभएको धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस्, जसको व्याख्या परिशिष्टमा राखिएको छ ।
धर्मचक्र साधना प्रवेशको यस प्रारम्भिक चरणमा यो साधनाले धम्मको छ वटा शाश्वत नियमहरूका सहयोगमा कसरी तपाईँको जीवनमा धर्मचक्र उत्पन्न गरी निर्वाण प्रदान गर्छ भन्ने तथ्यप्रति पनि स्पष्ट हुनुहोस् । हाल अधिकांश साधक कसरी साधनाले निर्वाण प्रदान गर्दछ भन्ने तथ्यलाई बुझ््न असमर्थ रहेका पाइन्छन् । धम्मका छ शाश्वत नियमले उत्पन्न र सञ्चालन गर्ने निर्वाणचक्र प्रति स्पष्ट हुनुहोस् ।