मानिस स्वयंमा साक्षात ईश्वर स्वरुप छ । (४–१०) । जब यो ईश्वर स्वरुप स्थिति प्राप्त हुन्छ, त्यो जीवन स्थिति अक्षय सुखपूर्ण (५–२१) छ । स्वयंको आत्मामा सन्तुष्ट सुख दुःखमा सम, शुभ–अशुभ प्राप्त हुँदा न खुसी, न दुखी, मात्र ब्रम्हानन्दमय आनन्दपूर्ण (२–७२) छ । मृत्यू पश्चात प्रभू कै परमधाम, अपुनरावृत्ती स्थिति छ । (८–१६) । फेरि यहाँ प्रत्येक मानिसको अवस्था अर्जुन झैँ छ । प्रत्येक मानिस स्वयंमा संग्रहीत त्रिगुणी संस्कारहरुको कारण विषयहरुमा आकर्षित हुन पुगी प्रतिक्षण बन्धन प्राप्त गरिरहको छ । दुःख प्राप्त ……………………………………….
मृत्यू पश्चात अनेकन् लोकहरु, योनीहरु प्राप्त गरिरहेछ । अन्तहीन दुःखचक्र, भवचक्र, लोकचक्र प्राप्त गरिरहेको छ ।
यसैले धर्मयुद्धको अर्थ हो जन्मजन्मान्तरका त्रिगुणी संस्कारलाई समूल विनाश गरी वर्तमन जीवनमा नै मोक्षरुपी चरम जीवन विकास स्थिति प्राप्त गर्नु । स्वयंको ईश्वरीय स्वरुप प्राप्त गरी ईश्वरका परमशान्ति, परमआनन्द आदि मौलिक गुणहरु स्वयंमा प्रकट गरी अनुभूति गर्नु । दुःखचक्र, भवचक्र, लोकचक्रलाई नष्ट गरी मृत्यू पश्चात प्रभुको परमधाम प्राप्त गर्नु ।
क्षेत्रीयको कर्तव्य हो – धर्मयुद्ध गर्नु वा मोक्ष साधना गर्नु ।



