धर्मयुद्ध वा साधनामा समाहित नहुनुको अर्थ हो – जगतका विषयहरुलाई भोग गरिरहनु, जीवनको आन्तरिक क्षेत्रमा त्रिगुणी संस्कारहरुलाई विस्तार गरिरहनु, स्वयं भित्रका विषवृक्षहरुलाई मलजल गरिरहनु, स्वयंका आन्तरिक जीवनलाई नष्ट गरी प्रति क्षण मात्र दुःख, आँसु, व्यथा प्राप्त गरिरहनु । अनि वर्तमान जीवनका र मृत्यू पश्चातका जीवनहरुको परम सम्भावनाहरुलाई सधैँका लागि समाप्त पारिदिनु । सम्पूर्ण रुपमा जीवनलाई पतनको मार्गमा लानु । बर्बादीको मार्गमा लैजानु ।
जब कुनै साधक जगतका विषयहरुबाट प्राप्त हुने बन्धनहरु प्रति जागरुक बन्दैन । जब उ यि बन्धनहरु विरुद्धको युद्धमा प्रवेश गर्दैन, यो धर्म युद्ध त्यागको परिणामबारे व्याख्या गर्दै भगवान भन्नुहुन्छः
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते ।।२–३१।।
(र) स्वधर्मलाई देखेर पनि तिमी विकम्पित वा भय गर्नु योग्य छैन । किन कि क्षेत्रीयको लागि धर्मयुद्ध भन्दा अर्को कुनै कल्याणकारी कर्म छैन ।
यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।
सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम् ।।२–३२।।
हे पार्थ ! आफैँ प्राप्त भएको तथा खुलेको स्वर्गको ढोका जस्तो यस प्रकारको युद्धलाई त भाग्यवान क्षेत्रीयहरुले नै पाउँछन् ।
अथ चेत्त्वमिमं धर्म्यं सङ्ग्रामं न करिष्यसि ।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।२–३३।।
तर यदि तिमीले यो धर्मयुद्ध गरेनौ भने स्वधर्म र कृति गुमाएर पापलाई प्राप्त गर्नेछौ ।
अकीर्तिं चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।
सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते ।।२–३४।।
अनि सम्पुर्ण मानिसहरु दीर्घकालसम्म तिम्रो अपकिर्तिको कुरा गर्नेछन् । र सम्मानित पुरुषको लागि अपकिर्ति मृत्यु भन्दा पनि बढी कष्टकर हुनेछ ।
भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः ।
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम् ।।२–३५।।
अनि जुन महारथीहरुको दृष्टिमा पहिले तिमी धेरै सम्मानित थियौ, अब लघुुता (तुच्छता) लाई प्राप्त गर्नेछौ । ति महारथीहरु तिमीलाई भयको कारण युद्धबाट हटेको मान्नेछन् ।
अवाच्यवादांश्च बहून्वदिष्यन्ति तवाहिताः ।
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ।।२–३६।।
तिम्रा शत्रुहरु तिम्रो सामथ्र्यको निन्दा गर्दै तिमीलाई धेरै किसिमका भन्न अयोग्य (नहुने) वचनहरु भन्ने छन् । यो भन्दा धेरै दुःख अरु के होला ?
हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ।।२–३७।।
कि त तिमी युद्धमा मारिएर स्वर्गलाई प्राप्त गर्नेछौ । अथवा युद्धमा विजयी भएर ‘महीम मोक्ष्यसे’ वा महीम पद भोग्ने छौ (वा प्राप्त गर्नेछौ) । यस कारण हे अर्जुन, युद्धको लागी निश्चय भएर खडा होउ ।
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।२–३८।।
जय पराजय, लाभ हानी र सुख दुःखे समे वा सुख – दुखमा ‘सम’ भएर युद्धका लागि तयार होउ । यसप्रकार (समभावी) युद्ध गर्नाले तिमीलाई पाप लाग्ने छैन ।



