ति मानिसहरु जो जीवनमा संसारका तमोगुणी, रजोगुणी विषयहरु तर्फ आकर्षित हुन्छ । ति वस्तुहरुको प्राप्ति, संग्रह र भोगको चिन्तन र कर्ममा अनवरत लागिरहन्छन् ।
यि प्रकृतिका मानिसहरुले मनको सत्तामा तमगुण, रजगुण विस्तारित गरिरहन्छन् । यो प्रक्रिया जब मानिस जीवनमा रजोगुण प्रधान हुन्छ । कर्म प्रधान हुन्छ । मृत्यू पश्चात त्यो मानिसले मनुष्यलोक वा पृथ्वीमा नै जन्म प्राप्त गर्दछ । जब मानिस तमोगुण प्रधान हुन्छ, त्यो मानिसले ………………….
किन स्वर्ग प्राप्ति नै बन्धन बन्दछ ?
आध्यात्मिकताको मूल मर्म हो सम्पूर्ण रुपमा यो लोक र परलोकका विषयहरु प्रतिको इच्छा, तृष्णा, लालसा आशक्ति आदिको त्याग मोक्ष प्राप्तिको इच्छाको पनि त्याग । सम्पूर्ण रुपमा इच्छा निरत जीवनको प्राप्ति । जबसम्म मानिसको मनमा कुनै पनि प्रकारको इच्छा, कामना (चाहे त्यो स्वर्ग, मोक्ष) आदि उपस्थित रहन्छ, त्यो अवस्थासम्म बन्धन नै उपस्थित हुन्छ । फेरि यो सम्पूर्ण प्रकारका आशा, तृष्णा आदि पूर्णरुपमा निरत जिवन स्थिति प्राप्त गर्न सहज छैन । यो जीवन स्थिति प्राप्त गर्न अत्यन्तै दुरुह छ । मोक्ष प्राप्तिको यो जटिलता सांसारिक मानिस मात्र उपस्थित छैन । आध्यात्मिकतामा प्रवेश गरेका साधकहरुको मनमा पनि अनेकन् इच्छाहरु जिवित छ । आध्यात्मिक संसारमा पनि कैयन साधकहरु हुन्छन्, जसको मनमा मृत्यूपश्चात प्राप्त हुने भनिएको स्वर्ग, अप्सरा, स्वर्गका भोगहरु आदि प्रति तृष्णा जिवितै रहन्छ । यद्धपी वेदमा स्वर्ग, देवता आदिसँग सम्बन्धित निष्काम यज्ञहरु दुबै यज्ञहरुको व्याख्या उपस्थित छ । तर, परमात्मा तत्व वा मोक्ष प्रति निश्चय बुद्धि नभएका यि साधकहरु वेदलाई नै प्रमाण मान्दै स्वर्ग, स्वर्गको भोगहरु प्राप्तिको आशामा अनेकन यज्ञहरु, पूजाहरुमा प्रवेश गर्दछ । जब कुनै साधक स्वर्ग, स्वर्गका सुखपूर्ण भोगहरुको रागपूर्ण कल्पना वा प्राप्तिमा जब यज्ञ गर्दछ, यस्तो अवस्थामा साधक त्रिगुण नै प्राप्त गर्दछ । बन्धन नै प्राप्त गर्दछ । स्वर्ग प्राप्तिको कामनाले विपरित परिणाम उत्पन्न गर्दछ ।
भगवान भन्नुहुन्छः
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।२–४२।।
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।२–४३।।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।। २–४४।।
हे अर्जुन ! जो कामनामा तन्मय छन् । वेदका व्याख्या गरिएका सकाम वाक्य वा कर्ममा प्रिति राख्दछन् । जसको बुद्धिमा स्वर्ग नै परम प्राप्य बस्तु छ । जो स्वर्गभोग भन्दा दोस्रो वस्तु केहि छैन भन्दछन् । यि अविवेकि मनुष्यहरु जुन पुष्पित (देखावटी शोभायुक्त) वाणीहरु बोल्दछन्, ति जन्मरुपी कर्मफल दिने अनि भोग र ऐश्वर्य प्राप्तीको लागी धेरै कृयाहरुको वर्णन गर्ने हुन्छन् । ती पुुष्पीत वाणीहरुले जसको अन्तकरणलाई हरण गरेको छ, जो भोग तथा ऐश्वर्यमा आशक्त छ । त्यो मनुष्यको परमात्मा एक निश्चयपूर्ण बुद्धि हुँदैन ।
स्वर्गको सिमितताहरु के के हुन् ?
स्वर्गलोक मोक्ष लोक होइन । यो मोक्ष पश्चात प्राप्त हुने प्रभूको परमधाम होइन । यो जन्म, मृत्यू निरत लोक पनि होइन । यो मात्र मृत्यूपश्चात दैविक सम्पदायुक्त पुण्य आत्माहरुले जन्म लिने स्थान हो । यो सद्गुरु प्रधान लोक हो । सद्गुरु प्रधान लोक भएकाले अनि सतगुणमा परमात्मा तत्वका मौलिक गुणहरु प्रकट हुने भएकाले यो लोकमा जिवात्माहरुको स्थिति शान्तिमय, आनन्दमय छ । तर पृथ्वी लोक झैँ यो लोकका अनेकन् सीमाहरु छन् । पृथ्वीलोक झैँ स्वर्गलोकको मूल सिमितता जन्म पश्चातको मृत्यू नै हो । स्वर्गलोक पनि पुनरावर्ति लोक हुनु नै हो । यो लोकका जन्म प्राप्त भएका प्राणीहरु मृत्यू पश्चात पृथ्वी तल्लो लोकहरुमा उत्पन्न हुनु नै हो । स्वर्गको सिमितताहरुको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते ।।६–४१।।
(त्यो) योग भ्रष्ट पुरुष पुण्यकर्म गर्नेहरुलाई प्राप्त हुने लोक (उच्चलोक) लाई प्राप्त गरेर धेरै वर्षसम्म त्यहाँ वास गरेर पुनः शुद्ध आचरण भएका श्रीमान पुरुषहरुको घरमा जन्म लिन्छन् ।
आब्रह्मभुवनाल्लोकाः पुनरावर्तिनोऽर्जुन ।
मामुपेत्यतु कौन्तेय पुनर्जन्म न विद्यते ।।८–१६।।
हे अर्जुन ! ब्रम्हालोक देखि लिएर सम्पूर्ण लोक पूनरावर्ति छन् । तर हे कुन्तीपुत्र ! मलाई प्राप्त भए पछि पुनर्जन्म हँुदैन ।
ते तं भुक्त्वा स्वर्गलोकं विशालं क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति ।
एवं त्रयीधर्ममनुप्रपन्ना गतागतं कामकामा लभन्ते ।।९–२१।।
(अनि) उ विशाल स्वर्गलोकलाई भोगेर पूण्य क्षीण भएपछि मृत्यू लोकलाई प्राप्त गर्दछ । यसप्रकार स्वर्गको साधनरुप तीन वेदमा उल्लेखित सकाम कर्मको शरणमा गएका, भोगहरुको कामना भएका पुरुष बारम्बार आवागमन (पुनर्जन्म) लाई प्राप्त गर्दछन् ।



