यसरी भगवान्को गुरु खोजको क्रममा लामो समय बितिसकेको थियो । निर्वाण प्राप्तिको जुन अभिलाषाले उहाँले राजकीय वैभवलाई त्यागेर साधारण प्रजवित जीवन ग्रहण गर्नुभएको थियो, जसरी निर्वाण प्राप्त गुरुको खोजीमा एकपछि अर्र्को गर्दै हिउँद, वर्षा, गर्मी, दुःख नभनी भौतारिरहनु भएको थिया,े तर लामो समय वितिसक्दा पनि भगवान्ले.निर्वाण प्राप्तिको कुरै छाडौँ सत्य मोक्ष विद्या प्रदान गर्न सक्ने गुरुसम्म पनि प्राप्त गर्न सक्नुभएन । यसको स्पष्ट अर्थ थियो अध्यात्मको जगतमा सत्य गुरु र सत्य साधनाविधि नै उपस्थित थिएनन् । निर्माणको संसारमा अप्रमाणित गुरुहरूद्वारा बाँडिएका अपूर्ण, भ्रामक, मिथ्यापूर्ण असत्य निर्वाण साधनाविधिको मात्र साम्राज्य थियो । जुन गुरुको शिष्यत्व ग्रहण ग¥यो त्यही गुरु असत, जुन निर्वाण साधनाविधि ग्रहण ग¥यो त्यही विधि नै असत निर्वाणको संसारमा सर्वत्र धोका मात्र हो ।
अध्यात्मको नाममा यस्तो भ्रामक संसारमा कि त श्रद्धा, भक्ति, विश्वास आदि जस्ता स्वयंमा असत धारणाहलाई ग्रहण गर्दै आन्तरिक रूपान्तरण प्रदान गर्न असमर्थ साधनाविधिका क्षणिक अनुभूतिहरूमा रमाउँदै, यिनै अनुभूति नै मोक्ष अनुभूति हुन् भन्दै यस्तो भ्रमको संसारमा बाँच्न सक्नुपथ्र्यो कि यस भ्रममाथि भ्रमले भरिएको संसारलाई नै त्याग गर्नुपथ्र्याे ।
भगवान् सायद क्षणिक साधना अनुभूतिका भ्रमले भरिएको भ्रामक अध्यात्मको संसारमा अन्य साधक झैँ रमाएर बस्न पनि सक्नुहुन्थ्यो होला तर स्वयंको अगाडि जे प्रकट भइरहेको छ त्यो सत्य हो कि होइन ? भनेर भेदन गर्ने भगवान्को तीक्ष्ण दृष्टिले उहाँलाई ती असत, क्षणिक, मिथ्या, भ्रामक आध्यात्मिक अनुभूतिलाई सत मान्दै रमाएर बाँच्ने स्वीकृति दिँदैनथ्यो । सत्यको अन्तिम लक्ष्यलाई भेदन गर्न खोजिरहेको उहाँको तीक्ष्ण चेतनाले यी सम्पूर्ण असत अनुभूतिलाई अस्वीकार गरिदिन्थ्यो । यस्तो प्रतीत हुन्थ्यो कि भगवान्को जीवनको गहिराइमा कुनै शाश्वत चेतना स्वयंमा क्रियाशील छ, जुन चेतना स्वयंमा सम्पूर्ण असतलाई अस्वीकार गर्दै सत्य खोजतर्फ बढिरहेको छ ।
जगतका असत् वस्तुलाई अस्वीकार गर्ने र ती वस्तुप्रति विद्रोह गर्ने जाग्रत चेतनाका कारण भगवान्ले निर्वाण खोजको यस विन्दुसम्म स्वयंको जीवनमा जेजे प्राप्त गर्नुभयो ती सबैलाई त्यागिदिनुभएको थियो । यस क्रममा भगवान्ले अत्यन्त वैभवपूर्ण जीवन, राजकुमारको रूपमा सम्मानित जीवन, सुन्दरी सेवीकाहरूका सेवा, सङ्गीत, नृत्य, सुन्दरी पत्नी, एक मात्र पुत्रलाई मात्र त्याग गर्नुभएन अपितु यस जगतका सम्पूर्ण परम्परागत शास्त्रहरू, तीमाथि गरिएका परम्परागत व्याख्याहरू, स्वयंंमा अप्रमाणित शास्त्र ज्ञानका व्याख्याता गुरुहरू, अनेक साम्प्रदायिक आध्यात्मिक दर्शनहरू, मतहरू, सिद्धान्तहरू, अनेक प्रकारका भ्रामक, अपूर्ण, असत निर्वाण साधनाविधिहरू, यी भ्रामक साधनाविधिबाट जन्मिएका क्षणिक आनन्द, शान्ति, समाधिका अनुभूति आदि सबैलाई त्यागिदिनुभयो । अन्ततः एक त्यागपछि अर्को त्यागको लामो यात्रा पश्चात् भगवान् गुरु विहीन, मार्ग विहीन, मोक्ष साधनाविधि विहीनको स्थितिमा आइपुग्नुभयो ।
अन्ततः भगवान् एउटा यस्तो असहज स्थितिमा आइपुग्नुभयो जहाँ न त उहाँ पुनः दरबारको वैभव, सुखसयल, भोगपूर्ण जीवनमा फर्किन सक्नुहुन्थ्यो न त अगाडि बढ्ने कुनै मार्ग नै उपस्थित थियो । सत्यगुरुको खोजमा पुन आध्यात्मिक जगतमा फर्कनु भनेको पुनः सुन्दर आवरणले छोपिएको भ्रमपूर्ण संसारमा फर्कनु थियो । यसरी आध्यात्मिक जगतको कटु अनुभवपश्चात् भगवान्मा परम्परागत शास्त्रको जगमा सिर्जित आध्यात्मिक संसारप्रतिको मोह शनैःशनैः भङ्ग हुँदै गइरहेको थियो । आध्यात्मिक जगतमा सर्वत्र मिथ्या गुरुहरू र मिथ्या साधनाविधिकै साम्राज्य छ भन्ने बोधसँगै भगवान्को मनमा पुनः सत्यगुरु खोजको आशाले आध्यात्मिक जगतमा प्रवेश गर्ने इच्छा पनि मर्दैै गए । भगवान्लाई पुनः अध्यात्मको संसार, जहाँ अन्धकार, भ्रम, अज्ञानता, पीडा, समयका बर्बादी मात्र उपस्थित थिए, त्यो संसारमा पुनः प्रवेश गर्ने इच्छा पनि मर्दै गयो ।
यिनै उदेश्य विहीन दिनहरूमा भगवान् कुनै अज्ञात स्थलतर्फ बढिरहनुभयो । ती दिनमा लामो असफल यात्राको यात्री भगवान्को मनमा प्रतिपल अनेक प्रकारका विचार र भाव उठिरहेका थिए, बिलाइरहेका थिए । यी विचारहरूमा बग्दै भगवान् अन्ततः निरञ्जना नदीको किनारमा आइपुग्नुभयो । सतत प्रवाहित शान्त निरन्जना नदी भगवान् झँै कुनै अज्ञात दिशातर्फ बगिरहेको थियो । त्यो अज्ञात प्रवाहको अन्तिम लक्ष्य अनिश्चित जस्तै प्रतीत हुन्थ्यो । भगवान् निरन्जना नदीलाई पनि पार गरेर नजिकैको एउटा गाँउतर्फ बढ्नुभयो र उपयुक्त स्थानको चयन गरी लामो असफल यात्राबाट थकित देह र मनलाई विश्राम दिनुभयो ।



