धर्मचक्र पर्वतनको पृष्ठभूमि-२.३

निर्वाण खोजका अनेक दृश्य

0 टिप्पणीहरू 400 आगन्तुकहरू

सद्गुरु खोजीका क्रममा भगवान्ले तत्कालीन भारतवर्षको आध्यात्मिक जगतका अनौठा दृश्यहरू देख्नुभयो । यस क्रममा उहाँले उहाँ जस्तै निर्वाणका प्यासी असङ्ख्य साधक पनि देख्नुभयो, जो घर गृहस्थी त्यागेर निर्वाण अन्वेषणको यात्रामा लागेका थिए, उहाँले जस्तै परिब्राजकको जीवन ग्रहण गरी निर्वाणकै निम्ति जीवन अपर्ण गरेका थिए तर अनेक धर्म, ईश्वर, गुरु, दर्शनमा आधारित सम्प्रदायमा विभाजित थिए ।

यस्ता साम्प्रदायिक साधकका साधनाविधि, भेषभूषा, जीवनशैली पनि पृथकपृथक थिए । निर्वाण खोजमा हिँडेका यस्ता साधकमध्ये कसैले कपाल पालेका थिए, कसैले पूरै कपाल खौरिएका थिए, कोही अविरल मन्त्र उच्चारण गरिरहन्थे, कोही मौनी थिए, एउटा शब्दसम्म उच्चारण गर्दैनथे । कोही शाकाहारी थिए, कोही मासु, मादक पदार्थ सबै सेवन गर्थे । कोही वस्त्रधारी थिए, कोही नग्न थिए, कोही एउटै खुट्टाले दीर्घकालसम्म उभिएर एक हात आकाशमा उठाएर शरीरलाई यातना दिइरहेका देखिन्थे । तथापि उनीहरूका खोजी निर्वाणकै थियो, सत्यकै थियो, भगवान्को जस्तै निर्वाणकै कामना थियो ।

यसरी भगवान्ले सत्य गुरुको खोजमा एकपछि अर्को गर्दैै विभिन्न आश्रम, सम्प्रदाय र गुरुहरूका आश्रमहरू भ्रमण गर्दै हिँडिरहनुभयो । यी दिनमा भगवान्ले ती सम्प्रदायका मोक्ष विद्या, दर्शन, साधनाविधि आदिको अध्ययन र अवलोकन गर्दै हिँडिरहनुभयो । राजदरवारमा श्रेष्ठ गुरुहरूबाट शिक्षा प्राप्त, कुशाग्र बुद्धि र दृष्टिले युक्त भगवान्को विचारमा जब कुनै मोक्ष विद्या वा साधनाबाट मोक्ष प्राप्ति असम्भव छ भन्ने निश्चित हुन्थ्यो, उहाँ त्यस्तो आश्रम र गुरुलाई तत्काल छोडिदिनुहुन्थ्यो । यो क्रममा उहाँले त्यस्ता कैँयौँ गुरु, ती गुरुले प्रदान गरेका शास्त्रज्ञान, निर्वाण साधनाविधिलाई त्याग गरिसक्नुभएको थियो ।

शारीरिकरूपमा भगवान् अत्यन्त सुन्दर हुनुहुन्थ्यो, कुनै वैभवशाली परिवारको सदस्य हुनुहुन्छ भन्ने तथ्य बाह्यरूपमै प्रतिबिम्बित थियो । यसैले अनेक सम्प्रदायका गुरुहरू भगवान्लाई आफ्नै सम्प्रदायको सदस्य हुन अनुरोध गर्थे, मन्त्र वा दीक्षा ग्रहणका लागि आग्रह गर्थे । कैँयौँ गुरुहरू भगवान्लाई आफ्नो सम्प्रदायको उच्च पद प्रदान गर्थे तर भगवान्को लक्ष्य निर्वाणको थियो । त्यसैले उहाँले सद्गुरुको खोजीयात्रालाई निरन्तरता दिइरहनुभयो । यस क्रममा कैँयौँ हप्ता बितिसकेका थिए । तैपनि उहाँ सद्गुरु प्राप्त गर्न असफल रहनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 469 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 526 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 350 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 393 0
सद्गुरुको खोजी 1/12/2023 447 0
गुरु अलार कालमसँग भेट 1/12/2023 476 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 414 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 396 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 307 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 365 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 365 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 421 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 402 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 361 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 941 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 382 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 490 0
उपक आजीवनसँग भेट 1/13/2023 407 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 418 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 417 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 441 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 439 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 500 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 503 0
चार आर्य सत्य 1/13/2023 655 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 486 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 454 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 404 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 549 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 363 0
दुःख समुदय आर्य सत्य 1/13/2023 449 0
दुःख निरोध आर्यसत्य 1/13/2023 388 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 434 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 557 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 434 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 440 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 429 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 394 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 403 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 452 0
आसन ग्रहण 1/13/2023 393 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 362 0
आनापानसति 1/13/2023 458 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 447 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 447 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 415 0
कायानुपश्यना 1/13/2023 360 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 395 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 420 0
चित्तानुपश्यना 1/13/2023 433 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 364 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 347 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 420 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 365 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 369 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 449 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 454 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 411 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 505 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 390 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 350 0
दसौँचरण-अनित्य बोध 1/13/2023 357 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 456 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 360 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 480 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 431 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 387 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 398 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 389 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 520 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 442 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 387 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 453 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 387 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 496 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 531 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 701 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 569 0