यो जगतमा प्रत्येक मानिसको आध्यात्मिक स्थिति पृथक छ । कोहि मानिस तमोगुण प्रधान छन् । कोहि मानिस रजोगुण प्रधान छन् । कोहि मानिस सतगुण प्रधान छन् । सतगुणी प्रधान पुरुषहरु स्वभावतः धर्म, ईश्वर, मोक्ष, परम जीवन आदि प्रति आकर्षित हुन्छन् । यस्ता सदगुणी पुरुषहरु वेदविद्हरु, सन्यासीहरु, महात्माहरु, ब्रम्हचारीहरु जब मानिसको जीवन प्राप्त हुन्छ, यो जीवनलाई मिथ्या, नश्वर वस्तुको संग्रहमा अर्पण गर्दैनन् । तिनीहरु ति मनमा त्रिगुणी विस्तार गर्ने धन्धामा लाग्दैनन् । ति जीवनको चरम आध्यात्मिक विकासको लागि प्रयत्न गर्दछन् । परम तत्वसँग विलय हुन प्रयास गर्दछन् । सम्यक योग स्थितिरुपी परमपद प्राप्त गर्न प्रयास गर्दछन् । अन्ततः यस्ता अत्यन्त श्रेष्ठ साधकहरु स्वयंका सम्पूर्ण त्रिगुण जनित स्वभावहरु, वृत्तिहरु, संस्कारहरुलाई पूर्ण नाश गरी ब्रम्हमय बन्दछ । यि विशिष्ट पुरुषहरु जीवन स्थिति यस्तो हुन्छ कि जहाँ जे अर्पण गरिएको छ । जे हवन गरिएको छ । जुन अग्नीमा हवन गरिएको छ । जुन कर्ताले हवन गरेको छ । जुन क्रिया, परिणाम छन् सम्पूर्ण विशुद्ध ब्रम्हामय छ (४–२४) पश्चात लोकहरु र गतिहरु प्राप्त हुँदा सद्गुण प्रधान पुरुषले स्वर्गलोक, रजगुण प्रधान पुरुषले पृथ्वीलोक र तमोगुण प्रधान पुरुषले नीचलोक वा गति प्राप्त गरे झैँ परम तत्वमा पूर्ण विलय ब्रम्हमय योगीहरु जब मृत्यू प्राप्त गर्दछन् एक श्रेष्ठ शिखर जीवन स्थिति, गति, लोक (धाम) प्राप्त गर्दछ । यहि मृत्यू पश्चात ब्रम्हमय योगीहरुले प्राप्त गर्ने यहि गति, धाम, लोक आदिलाई परमधाम, परमगति आदि भनिन्छ । परमगति, परमधामको व्याख्या गर्दै भगवान भन्नुहुन्छः
सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।
मूर्ध्न्याधायात्मनः प्राणमास्थितो योगधारणाम् ।।८–१२।।
ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।८–१३।।
सम्पूर्ण इन्द्रियको द्वारलाई रोकेर तथा मनलाई हृदयमा निरोध गरेर अनि प्राणलाई मस्तक (ललाट) मा स्थापित गरेर योगमा सम्यक रुपले स्थित भएर जो पुरुष ‘ॐ’ वा ‘ओम्’ यो एक अक्षररुप ब्रम्हाको उच्चारण गर्दै मलाई स्मरण गर्दै देहलाई त्याग गरेर जान्छ । त्यो पुरुष परमगतिलाई प्राप्त गर्दछ ।
परस्तस्मात्तु भावोऽन्योऽव्यक्तोऽव्यक्तात्सनातनः ।
यः स सर्वेषु भूतेषु नश्यत्सु न विनश्यति ।।८–२०।।
तर त्यो (त्रिगुणी प्रकृति उपस्थित) अव्यक्त (ब्रम्हा) बाट पनि अत्यन्त परब्रम्हा दोस्रो विलक्षण जुन (त्रिगुणातीत) सनातन अव्यक्त भाव छ । त्यो (भावप्राप्त) परमदिव्य पुरुष सम्पूर्ण भूत नष्ट भएपनि नष्ट हँुदैन ।