जब यसरी तपाईंमा संस्कार (चित्तको संवेदना भोग गर्ने स्वभाव) बीज उत्पत्ति हुन्छ त्यस क्षणमा तपाईंको चित्तमा छिपेको प्रतित्यसमुत्पादको नियमले संस्कार बीजलाई प्राप्त गर्छ । जब यस नियमले यसरी संस्कार बीजलाई प्राप्त गर्छ तत्पश्चात् एउटा संस्कार बीजको अनेक परिणाम चक्रीय रूपमा प्रदान गर्दै जान्छ र परिणाम स्वरूप तँपाई अन्त्यहीन दुखचक्र, लोकचक्र र भव चक्रमा फसिरहनुुहुन्छ । यस सत्यलाई प्रतित्यसमुत्पादको अनुलोम सत्य भनिन्छ । तपाईं यस सत्यलाई प्रतित्यसमुत्पादको अनुलोम चक्र पनि भन्न सक्नुहुन्छ । प्रतित्य समूत्पादको अनुलोम चक्रले नै तपाईंमा दुखचक्र, भवचक्र, लोकचक्र उत्पन्न गरीन्छ । विपश्यना साधना भन्नु नै प्रतित्य समूत्पादको नियमले उत्पन्न गरीएको अनुलोम चक्रलाई नाश गर्नु वा उल्टाउनु हो । प्रतित्यसमुत्पाद अनुलोम सत्यको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–
अविज्जा– पच्चया सङखारा अर्थात् अविद्याका कारण संस्कार वा संवेदना भोग
सङखारा– पच्चया विञ्ञाणं अर्थात् संस्कारका कारण विज्ञान वा चेतना वा चित्तको आहार
विञ्ञाणं– पच्चया नामरुपं अर्थात् विज्ञानका कारण नामरूप वा पुनर्जन्म वा शरीर
नामरुपं– पच्चया सलायतनं अर्थात् नामरूपका कारण छ इन्द्रिय
सलायतनं– पच्चया फस्सो अर्थात् ६ इन्द्रियका कारण विषय स्पर्श
फस्स– पच्चया वेदना अर्थात् स्पर्शका कारण वेदना वा संवेदना
वेदना– पच्चया तण्हा अर्थात् वेदना वा संवेदनाका कारण तृष्णा
तण्हा– पच्चया उपादानं अर्थात् तृष्णाका कारण उपादान वा आशक्ति
उपादानं– पच्चया भवो अर्थात् आशक्तिका कारण भव वा उत्पति
भव– पच्चया जाति अर्थात् भवका कारण जन्म
जाति पच्चया जरामरण– शोक– परिदेव– दुक्ख– दोमनस्सूपायासा
सम्भवन्ति अर्थात् जन्मका कारण वृद्धावस्था, मृत्यु, शोक, चिन्ता, दुःख