यदि तँपाई प्रतिक्षण यो जगतका प्रत्येक मानिसमा घटीरहेका (माथि व्याख्या गरिएका) संस्कार विज उत्पत्ति, संस्कार विज विस्तार, गूण विकास, गूण प्रकटीकरण, विज अनुरुपको गूण उच्छेद फल आदि प्रक्रियाहरु अकारण घटीरहेका छैनन् (वा कुनै कारण घटीत भइरहेका छन्) भन्ने तथ्यलाई स्वीकार गर्नुहुन्छ भने वा प्रतित्य समूत्पादको नियमले संस्कार विज प्राप्त गरी दुखचक्र वा निर्वाण चक्र उत्पन्न गर्नलाई प्रकृतिका अन्य श्वाशत नियमहरुको पनि सहयोग वा क्रियाशीलता आवश्यक पर्दछ भन्ने तथ्यलाई स्वीकार गर्नुहुन्छ भने यो क्षणमा एक महत्वपूर्ण प्रश्व उठ्दछ की आखीर प्रकृतिका अन्य श्वाशत नियमहरु के के हुन् ? प्रकृतिका यि श्वाशत नियमहरुको कार्यहरु वा भूमीकाहरु के के हुन् ?
जब तपाई भगवान् बुद्धका बचनहरुको संग्रह त्रिपीटकलाई गहिरिएर अध्ययन गर्नुहुन्छ, तँपाई भगवान् बुद्धले व्याख्या गर्नुभएका प्रकृतिका विभिन्न श्वाशत नियमहरुलाई विभिन्न स्थानहरुमा देख्न सक्नुहुन्छ ।
भगवान्ले प्रकृतिका यि श्वाशत नियमहरुलाई कतै ‘प्रत्यक्ष’ कतै ‘अप्रत्यक्ष’ र कतै ‘सांकेतिक’ रुपमा व्याख्या गर्नुभएको छ । भगवान् बुद्धका वचनहरुलाई गहीरीएर अध्ययन गर्दा मानिसको जिवनसत्तामा प्रकृतिका ६ वटा श्वाशत नियमहरु क्रियाशील भएको तथ्य स्पष्ट रुपमा देख्न सकिन्छ । भगवान् बुद्धले (प्रत्यक्ष, अप्रत्यक्ष, सांकेतिक) रुपमा व्याख्या गर्नुभएका धम्म वा प्रकृतिका छ श्वाशत नियमहरु यस प्रकार छ ।
१.संस्कार वा वीज संग्रहको नियम
२.संस्कार वा वीज विस्तारको नियम
३.संस्कार वा गूण प्रकृटिकरणको नियम
४.संस्कार वा गूण आकर्षणको नियम
५.प्रतित्य समूत्पाद वा कारण कार्य कारण नियम
६.संस्कार वा गूण उच्छेदको नियम